calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

केशवको कटेज : च्याउका दर्जन परिकार

विपुल पोख्रेल
हामी मध्य धेरैको एउटा गन्तव्य हो कैलालीको टिकापुर । टिकापुरका दुईवटा बिशेषता छन्, एउटा पार्क, अर्को केराका परिकारहरु । पार्क धेरै ठाँउमा छन्, यद्देपी त्यहाँको पार्कको आफ्नै सुन्दरता छ, जस्ले पर्यटकहरुको मन जित्न सफल हुँदै आएको छ । त्यसैगरी ‘बनाना रिसोर्ट’का रुपमा ख्याति कमाएर केराका झण्डै दर्जन परिकारहरु उपलब्ध गराउन सक्नु टिकापुरको अर्को बिशेषता हो ।
अब टिकापुरजस्तै गन्तव्य दाङ हुन सक्छ, जहाँ च्याउका त्यस्तै परिकारहरु उपलब्ध गराउदै फरक बिशेषताका साथ पर्यटक लोभ्याउने क्षमताको विकास भएको छ ।


मंगलबार अर्थात कार्तिक १९ गते दिउँसो धारापानी तिर टहल्ने योजनाका साथ घोराहीवाट दक्षिण तर्फ लागियो । भाइ केशवराज पाण्डेले धारापानी पुग्नु अगाडि गुरुवागाउँमा रेष्टुरेण्ट सञ्चालनमा ल्याएको थाहा थियो—मसरुम रेष्टुरेण्ट एण्ट कटेज । तर, त्यहाँ छिर्ने योजना थिएन ।
भाइ आरके शीतल र म मोटरसाइकलमा जाँदै थियौं । उदय जीएमले फोन गरे, मध्यान्न १२ बजिसकेको थिएन ।
‘कता हो ? चिया खाने हैन ?’
‘म गुरुवागाँउ पुगे, यतै आउ, खाम्ला’ मैले फोनमा भने ।
अली टाढाँ भयो कि भने झै गरे, तर उनी आउने आश्वासन दिए । केएल पीडित पनि उनीसंग संगै थिए ।
‘लोकसन देउ आउछम् हामी’ उदयले भने ।
‘आउछम् हामी’ भनेकोले केएल पनि आउने पक्काभयो ।
मैले केशब भाइको कटेजको लोकेशन दिए । आरके र हामी त्यही बस्यौं ।
आरकेलाई रोशनमान श्रेष्ठले पनि फोन गरेछ । सायद कुनै कामले होला ।
‘विपुल दाइ र म घाम ताप्दै चिया पिउने भनेर गुरुवागाँउ छौ, आउनुस चिया पिउन’
आरकेको यो प्रस्तावमा रोशन पनि सहमत भयो, र आइहाल्यो । पहिलो उदय र केएल पुगे अनी रोशन पुग्यो ।


केशवलाई सबैसंग परिचित गराए । उस्ले चाँही त्यहाँ पुगेका हामी सबैलाई चिन्दो रहेछ । अनी चिया मगायौं । कालो चिया, तर के के हालेर मिठ्ठो बनायो । आफै कुक हो केशव । अनी उस्ले च्याउका परिकारको कुरा गर्न थाल्यो ।
‘चाखौ न त’ मैले भने ।
‘हस् दाजी’ उ किचेनमा छि¥यो ।
त्यसपछि टेवलमा परिकारहरुको ओइरो नै लाग्यो । मसरुम पकौडा, मसरुम फ्राई, मसरुम क्रिस्पी…. के के हो, के के ।
‘स्वाद कस्तो छ दाजी’ पातलो सरिरको, कालो बर्णको तर हसीलो केशव किचेनवाट निस्कदै सोध्यो ।
‘मिठ्ठो, तिमिले त टिकापुरको ‘बनाना आइटम’ भुलायौं यार’ मैले भने ।
‘अरु आइटम पनि छन्’ उस्ले उत्साहित हुँदै भन्यो ।
‘चाखौं न त’ मैले भने ।
केशब फेरि हौसिदै किचन छि¥यो ।


अब हामी सबैको कुराको प्रशंग उसका च्याउका परिकारमा केन्द्रीत हुन थाले । केएलले त उत्साहित हुँदै रेष्टुरेण्टका धेरै फोटो र च्याउका परिकारहरुको नाम लेखेर फेसबुकमा पोष्टी हाले । भावुक स्वभावका केएल एकोहोरो त्यहाँको बिशेषताका बारेमा चर्चा गर्न थालिहाले ।
‘अं के, म पनि यहाँको समाचार लेख्छु । खुब राम्रो लाग्यो मलाई त’ उदयले भने ।
झण्डै एक विगाहा जमिन भाडामा लिएर केशबले कटेज चलाएका छन् त्यहाँ । यो मेरो दोस्रो पटक थियो त्यहाँ । ३५ वटा बदीया कुखुरा पालेका छन् उनले । सबै त्यहाँ छाडा छन् । हामी बसेको वरपर पनि बदीया कुखुराहरु खुबै चरे । एउटाको ३ हजार, रोजेर लिन पाइने । त्यही पकाएर खान पनि मिल्ने । लैजान पनि मिल्ने त्यही मुल्यमा । त्यहीँ पकाउदा सायद मसला खर्च जोड्छन् होला । यो कुरा सोधेन मैले, तर मेरो अनुमान ।


केशब दिल्लि बस्थे । सन् २०१२ देखि मसंग फेसबुकमा कुरा गर्थे उनले । जोशिला युवा । केही गरौं भन्ने भावका लाग्थ्यो त्यतिबेलादेखि नै । यहाँ आएर काम शुरुगरेको एक बर्ष बित्यो । पहिले पार्टनरमा, अहिले सिंगल सञ्चालक छन् । छेवैमा ती पार्टनरले च्याउ खेती गर्छन । तर, त्यो च्याउले पुग्दैन उनलाई । सेवारवाट पनि ल्याउछन् । एकपटक त चन्द्रौटावाट पनि लिन प¥यो । मैले च्याउ खेती गर्ने केही साथीहरुको नाम दिए, सम्बन्ध रहेनछ । अब सम्पर्क गर्छ र दाङकै च्याउले पुराउछु भन्ने प्रतिबद्धता जनाए उनले ।
फेरि परिकारहरु थपिए टेवलमा ।
‘छोइला पनि बन्छ दाजी’ केशवले सुनायो ।
‘खै चाखौ’ रोशनमानले म भन्दा पहिले अर्डर गरिहाल्यो । नेवार न प¥यो, छोइला भन्नासाथ मुख रसाइहाल्यो उसले ।


रेवबहादुर बुढाथोकी त्यो बडाको बडा अध्यक्ष । फोन गर्दा उचित होला भन्ने नै लाग्यो । आरकेलाई फोन गर्न भने । हामी छौ भनेपछि उनी आइहाले । रमाइलो र सरस स्वभावका निक्कै नै धनी छन उनी । मेरो धेरै पुरानो चिनाजानी हो । वातावरण थप रसिलो भयो । केही खान आग्रह गरे ।
‘४५दिनसम्म बाहिर पानी पनि खाएको छैन, खादैन’ आमा गुमाएका उनले केही पनि खाएनन् ।
‘केशबलाई धन्यवाद छ, यत्तिका पत्रकारलाई हाम्रो बडामा ल्यायौ’ रमाइलो पाराले उनले केशब भाइलाई हौस्याउदै भने,‘एउटा आकर्षक केन्द्र बनाउदै छ च्याउका परिकारले यो ठाँउलाई ।’
केशव भाइको यो प्रयास निकै सह्रानीय लाग्यो । दाङ घुम्न आउनेलाई धारापानी, त्रीशुल मात्र हैन, त्यहाँ जाने वाटैमा रहेका केशबको कटेजमा छिराएर च्याउका दर्जन परिकारहरु खुवाउने अबसर पनि हामिले पाएका छौ । च्याउ खेती गर्ने मित्रहरुले उनलाई सम्पर्क गर्न पनि आग्रह गर्दछु । लोकल च्याउ भनी फ्राई गरेर चखाए, माछाको जस्तो स्वाद आयो । परिकार बनाउने क्षमता पनि विकास गरेका रहेछन् उनले । उठ्दै गर्दा ‘च्याउको सेकुवा बाँकी छ दाजी’ भन्दै प्लेट पकडेर आए । त्यो पनि चाखियो । विल पनि महंगो लागेन । चौरमा कुर्सी टेवलमा बसेर घाम ताप्दै रमाइलोसंग बित्यो मंगलबार ।


हिड्दै गर्दा ‘तिमिले के के परिकार बनाउछौ म्यासेन्जरमा पठाउ है, केही लेल्छु म’ भने केशबलाई मैले ।
‘हस् दाजी’ उनले भने ।
म गोरक्ष दैनिकको कार्यालयमा पुग्दै गर्दा उनको म्यासेज आइसकेको थियो ः
मसरुम सुप
मसरुम छोइला
मसरुम र दही कवाफ
मसरुम तरकारी
मसरुम चिल्लि
मसरुम पकौडा
मसरुम स्प्रिङ रोल
मसरुम मःमः
मसरुम साल्ट एण्ट पिप्पर
मसरुम मसरुम नुडल्स्
मसरुम सेकुवा
आदी ।


भाइ केशव तिमिलाई सफलताको शुभकामना ।