calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

सुरज र अनिल नेशनल युथ बक्सिङको फाईनलमा

लक्ष्मण बस्नेत

दाङ,१९ कार्तिक । काठमाडौमा जारी नेशनल युथ बक्सिङ च्यापियनसिपमा दाङका सुरज ओली र अनिल कुमार पुन मगर फाईनलमा प्रवेश गरेका छ्न ।

नेपाल बक्सिङ संघको आयोजना तथा रास्ट्रिय खेलकुद परिषद सहयोगमा संचालित फष्ट अण्डर नाईन्टिन नेशनल युथ बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा ४९ केजी तौल समुहमा उदयपुरका लक्ष्मण राईलाई पराजित गर्दै दाङका सुरज ओलीले फाईनल यात्रा सुरक्षित गरेका हुन् ।

त्यस्तै ६० केजी तौल समुहमा पाटन बक्सिङ क्लबका रयान महर्जनलाई सेमिफाईनलमा पराजित गर्दै दाङका अनिल कुमार पुनमगरले फाईनल यात्रा तय गरेको दाङ जिल्ला बक्सिङ संघका अध्यक्ष तथा प्रशिक्षक राजु थापाले जानकारी दिएका छन ।

दाङका सुरज ओली नक्साल बक्सिङ क्लबका खान अलीसंग फाईनलमा भिड्ने छन् भने अनिल कुमार पुनमगर बाकेका ईन्द्र सुनारसंग भिड्ने छन् । फाईनल खेल बुधबार हुनेछ ।