सच्चा अभिभावक बन्न सिकौँ
नारायणप्रसाद श्रेष्ठ
समाज असल संस्कृति र आचरण सिकाउने थलो हो । समाजमा स्थापित संस्कृति र संस्कार एवं परम्पराबाट नै नयाँ पुस्ताले आफ्नो परिवेशको पहिचान गर्ने अवसर पाएको हुन्छ । समाजमा स्थापित मान्यता र अभिभावकको कार्यशैलीबाट नै नयाँ पिंढीले असल आचरण र संस्कृति सिकेको हुन्छ । बाल मनोविज्ञान अनुसार अरुको नक्कल गर्ने र जान्ने उत्सुकता बच्चाहरुमा प्रशस्त हुने भएकोले अभिभावककले के गर्छ के गराउँछ उसले राम्ररी नियलिरहेको हुन्छ । दैनिक जीवन घरपरिवारले गरेका बोलेका कार्यहरुबाट नै उसले सामाजिक मान्यतालाई बुझेको हुन्छ ।
केटाकेटी जब केही बुझ्ने र जान्ने अवस्थामा हुन्छन् तबदेखि नै उसले अरुको नक्कल गर्ने तथा जानी नजानी आफूलाई प्रस्तुत गरिरहेका हुन्छन् । यस अवस्थामा अभिभावकले आफूलाई कुन अवस्थामा प्रयोग गरेको हुन्छ सोही मुताविक बालमनोविज्ञानमा प्रभाव पर्ने गरेको हुन्छ । तसर्थ, अभिभावकले कुनै पनि कार्य गर्न भन्नु, बोल्न पर्दा निकै विचार पु¥याएर गर्नु गराउनु पर्छ । बच्चाको भविष्य बनाउन अभिभावक स्वयम् जिम्मेवार हुनुपर्छ । अभिभावक आफू स्वयम्ले गर्न हुने र नहुने कार्यको आत्ममूल्याड्ढन गरी सामाजिक सद्भाव, परम्परामा आँच आउने गरी कार्य गर्नु पर्छ ।
परम्परादेखि चल्दै आएका असल संस्कृति र मान्यतालाई तथा अनुशासित जीवन पद्धतिलाई आफ्नो कार्यशेलीमा लागू गरी नयाँ पिढीको जीवनशैलीमा सकारात्मक भाव उत्पन्न हुने जिम्मेवारी वहन गर्नु पर्छ । सामाजिक प्रतिष्ठासँग गासिएको विश्वास र अनुशासनलाई आत्मसात गर्दै गतिशील जीवनसँगै समर्पित गर्नु पर्छ । अभिभावकको स्वच्छता र इमानदारिता नै बच्चाको भविष्य भएकोले आवरणयुक्त जीवनशैली अभिभावकले निर्वाह गर्नु पर्दछ । समाजमा स्थापित मूल्य मान्यता भनेकै अभिभावकको आचतरण व्यवहारबाट स्थापित संस्कार भएकोले परम्परागत मान्यतामा असल संस्कृति र आचरण झल्कने कार्यनीतिभित्र अभिभावक परिचालित हुनुपर्छ ।
ज्ञान विज्ञान हो र जीवन नै ज्ञानको सागर हो भन्ने यथार्थलाई आत्मसात गरी आफूले गर्नेै प्रत्येक कर्मले भावि पिढीलार्य दिशानिर्देश गर्दै अभिकावक आफू प्रस्तुत हुनुपर्छ । सामाजिक विसंगति र विकृतिलाई बालमनोविज्ञानभित्र प्रवेश गर्न नदिने आचरणयुक्त जीवनयापनको असल मार्ग पहिचान गर्नु र सोही मुताविक अभिभावकले आफूलाई प्रस्तुत गर्नु पर्छ । विगतमा पुर्खाले देखाएको त्याग र समर्पणलाई आफ्नो अमूल्य सम्पत्ति मानी सत्गुणयुक्त आचरण र व्यवहार गर्नु पर्दछ । बाटो विराएको लागि सहि स्पष्ट रुपले सकारात्मक बाटोमा ल्याउन असल आचरणको संस्कार सिकाउनु पर्दछ । बाल मनोविज्ञानपछि बढ्दै गएको ज्ञान र सीपबाट नै सामाजिक प्रतिष्ठा कायम हुने र समाजमा सामाजिक सद्भाव कायम हुने हुँदा आफूलाई अरुको स्थानामा राखेर उसको दृष्टिकोणबाट आफूलाई कसरी मूल्याड्ढन भइरहेको छ त्यसतर्फ अभिभावकको सोच बृद्धि हुनु पर्छ ।
केटाकेटीको उत्साह र खुशी उसको सफलतामा गरिने प्रशंसा र यथार्थ सत्यमा प्रवाहित हुनु पर्छ भन्ने मान्यता बोकी ऊ आफूभन्दा गुणी र सक्षम हुनसक्छ भन्ने सोच राखी असल संस्कृतितर्फ आकृष्ट गर्न गराउन स्वयम् आचरणयुक्त बन्नु पर्छ । अभिभावक स्वयम् अरुले आफूलाई मनपराउन भनि चाहन्छन् र अरुले प्रशंसा गरुन् भन्ने चाहना राख्छन् भने आफूले जुन चाहना राखेको छ सोही चाहना उसले पनि राखेको हुन्छ भन्ने कटुसत्य ग्रहण गर्न सक्नुपर्छ । वास्तवमा सफल व्यक्ति त्यही हुन्छ जसले अरुको चाहना र अनभूतिलाई इमानदारीपूर्वक बोध गराउने व्यवहार गर्न सकोस् । तसर्थ अभिभावक बन्न जति सजिलो छ त्यति नै अभिभावकत्व ग्रहण गर्न कठिन हुने हुँदा त्यो जिम्मेवारीबोध गर्न जान्नु पर्दछ ।
कोही मानिस आफूलाई सबैले विश्वास गरोस्, मेरो इमानदारीमा भरोसा गरोस् भनी चाहना राख्छन् तर त्यस्ता मानिसले आफूलाई जसरी आफूलाई मानिस भन्छन्, सो अनुसार अरुलाई भरोसा गर्न जन्दैनन् र भन्ने गर्छन्– मैले त गरेकै छु, फलानाले गरेन उसको विचार गलछ हो । यस किसिमको आचरण आफैमा गलत मानसिकताको उपज हो । आफ्नो निहित स्वार्थभित्र मान विचारहरु यदि सलबलाइरह्यो भने सामाजिक पर्यावरण नै दूषित बन्न पुग्छ ।
यो मानव स्वभावको गलत र अभिमानी चरित्र हो । आफूले विश्वास नगर्ने तर अरुले आफूलाई विश्वास गरोस् भनी मान्यता राख्ने अभिभावक साच्चिकै स्वार्थी र अहंकारी भनिन्छ । त्यस्तो अभिभावकले कसरी जिम्मेवारी निभाउला ? त्यसैले यदि हामी सबैलाई खुसी बाँड्न सक्दैनौं र अरुको प्रशंसा रुचाउँदैनौं भने तथा कुन कुरा सहि र कुन कुरा गलत हो भनी ठम्याउन सक्दैनौं भने आफूले गरेको जति पनि कार्य छन् ती सबै गलत र अव्यावहारिक हुनसक्छन् भन्ने बुझी अरुको सफलतामा रमाउने विशिष्ट चरित्र निर्वाह गर्नु पर्दछ । वास्तवमा सफल व्यक्ति त्यही हुनसक्छ जसले अरुको चाहना र उत्साहमा सकारात्मक सद्भाव बाँड्न सक्दछ ।
आँखाले देखेको सबै वस्तु सुन्दर हुँदैन । र, सुन्दरता नै चरित्र प्रदर्शन गर्ने आधार पनि होइन, किनकि कहिलेकाहीं सुन्दरताभित्र पनि कलुषित भाव छचल्किरहेको हुन्छ । इष्र्या, डाह र अहंकार लुकेको हुन्छ । तसर्थ सुन्दर हुनलाई मानिसको स्वभाव र आचरणले प्रभाव पार्न सक्नुपर्छ र यथार्थ सत्यको गहिराईमा पुग्न सक्नु पर्छ । उसले गरेको कार्य गलत हो भनी देखाउने चरित्रले आफूले असल र संस्कारयुक्त कार्य गरी देखाउन सक्नुपर्छ । अभिभावकत्व ग्रहण गर्न भनेको असल विचारको प्रशंसा गर्दै गलतलाई सही बाटोमा लगाउनु हो ।
हो, कुनै पनि कार्य स्वयम्मा खराब वा असल हुँदैन । यसलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा भरपरेको हुन्छ । सोचाईमा विविधता जन्माइरहेको हुन्छ, तसर्थ सोचाई र गराईमा यही शुद्धता छ र निःस्वार्थभाव झल्कन्छ भने त्यहाँ संस्कारगत मान्इता बस्न सक्छ । त्यसैले मानिसले मानिसलाई देखाउने व्यवहारलाई तिरस्कार गर्नुको बदला उनीहरुको सोच र विचारलाई बुझ्ने प्रयन्त गरी सहिष्णुता विकास गर्न सक्नु पर्छ । जहाँ श्रद्धा र आस्था जन्मन सक्छ । श्रद्धा र आस्थाको केन्द्र बन्न सक्नु नै सच्चा अभिभावकत्व ग्रहण गर्नु हो । जुन व्यक्ति आफू र अरुलाई विश्वास गर्न जान्दछ र यो गर्न हुने र गर्न नहुने काम हो भनी पहिचान गरी अघि बढ्न सक्छ त्यसले समाजलाई अगुवाई गर्न सक्छ, असल र आदर्श उन्मुख सामाजिक परम्पराको उदय गराउन सक्छ ।
वर्तमानमा नेपालको सन्दर्भलाई हेर्ने हो र राजनैतिक परिवेशलाई बुझ्ने हो भने कुरा र कामभन्दा राजनैतिक पृष्ठभूमिलाई बढी प्राथमिकता दिएको अवस्था छ । सहि र गलत छुट्याउँदा पनि राजनैतिक रंगले हेर्ने प्रचलन बढेको छ । यसले ल्याउने परिणाम कस्तो होला ? आजका युवा भोलिका निर्माता हुने भनी वाकचातुर्यता प्रदर्शन गर्ने तर गलत प्रवृत्तिमा आफूलाई आफ्नो परिवेशलाई होमी युवाशक्तिको स्वच्छ र पवित्र विचारलाई धमिल्याउने तथा नहुने कुरामा युवालाई उक्साई गलत मार्गमा लगाउने हो भने हाम्रो सामाजिक संस्कार खलबलिन सक्छ । तसर्थ कतिपय अवस्थामा आफू असहमत हुँदाहुँदै पनि यदि सामाजिक मूल्य र मान्यतामा असल विचार प्रवाह भइरहेको छ भने त्यसलाई स्वीकार गरेर नयाँ भविष्यको संरचनामा हातेमालो गर्नु पर्छ । आफूलाई अपाच्य भयो भनी पञ्छिन पनि हुँदैन ।
त्यसैले आफूले गरेको प्रत्येक कार्यको आफैले मूल्याङ्कन र समीक्षा गरी अरुको आलोचना, समालोचनालाई ग्रहण गरी आफ्नो आचरण र व्यवहारमा शुद्धता ल्याउन सक्नु पर्छ । आगामी पुस्ताको लागि आफू उदाहरण बनि अभिभावकत्व ग्रहण गर्न सक्नुपर्छ । मै खाऊँ मै लाऊँ मै मोजमजा गरु भनी क्षण भंगुर जीवनको मार्गमा आफै काँडा बन्नुभन्दा आफूले गरेको कार्यले अरुलाई कसरी सकारात्मक गोरेटोतर्फ लगाउन सकिन्छ, भनी आविश्वास जन्माएको विविध विचारलाई त्यागी श्रद्धा र आस्थाको केन्द्र बन्न आफै त्यागी र समर्पित हुने कार्य गर्नु पर्दछ, त्यहाँ नै अभिभावकको अभिभावकत्व सकारात्मक बन्न सक्छ, सामाजिक असल संस्कारको स्थापना हुन पुग्दछ ।
