मेरो खुशी : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजयी हुँदा …
त्यतिबेला म विद्यार्थी राजनीति गर्न सुरु गरेको थिए । राप्ती बबई क्याम्पसमा स्ववियु चुनावमा मैले पनि भाग लिए । म स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सदस्यमा विजय भएको थिए । तुलसीपुर ७ निवासी छन्दबहादुर जिसीले विगत सम्झदै भने । उनका खुसीका पलहरू धेरै छन् । स्वदेश विदेश वा सामाजिक होस याँ राजनीतिमा । मिजासीला, लगनशिल र सबैका प्रिय जिसीले वि.स. २०५७ बैशाख ६ गते सम्पन्न राप्ती बबई बहुमुखी क्याम्पस स्वतन्त्र विधार्थी युनियनको चुनावमा सदस्यमा निर्वाचित हुँदै गर्दा आफू निकै खुसी भएको बताए ।
‘विद्यार्थी राजनीतिमा राप्ती बबई क्याम्पसको स्ववीयु निर्वाचनमा सदस्यमा जित्दाको मेरो पहिलो खुसी हो यहि लेखिदिनु होला उनले भने । त्यतिबेला पाँच वटा विद्यार्थी संगठनहरू, अनेरास्ववियु, माले निकट अनेरास्ववियु, अनेरास्ववियु छैठौं, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहितको संयुक्त प्यानल र नेविसंघ बिच प्रतिष्पर्धा हुँदै गर्दा फलस्वरूप नेविसंघ ४ मतको झिनो मतान्तरमा सभापतिसहित ९ जना साथीहरू पराजित हुनुभयो । कोषाध्यक्षमा नरेन्द्र पाण्डे र सदस्यमा म निर्वाचित भएका थियौ उनले भने ।’
मुल नेतृत्वसहित बहुसंख्यक पदमा पराजित हुँदा, समग्र रूपमा संगठनलाई क्षति भए पनि, मेरो चाहिँ राजनीति रूपमा कोषेढुङ्गा सावित भयो यो भन्दा खुसीको क्षण मलाई के हुन्छ र उनले भने ।’ संगठनको नेतृत्वले हारवेहोदै गर्दा आफूलाई दुःख भने त्यतिबेला लागेको सुनाए । त्यससँगै उनले नेविसंघको सम्मेलन तथा अधिवेशनमा पदेन प्रतिनिधि हुने अवसर प्राप्त गरेको सुनाए । फलस्वरूप वि.स. २०५८ सालमा भएको स्ववियु परिषद्को तेस्रो राष्ट्रिय महाधिवेशनमा अध्यधिक बहुतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुँदा अर्को खुसी लागेको सुनाए । उनले आफूले त्यतिबेला धेरै विद्यार्थीको हक हितका लागि काम गरेको सुनाए । ‘त्यतिबेला स्ववीयु संगठनको महत्व धेरै थियो, हाम्रो टिमले थोरै मतले हारव्यहोर्नु प¥यो राप्ती बबई क्याम्पसमा उनले भने ।’
वि.स. २०३८ सालमा प्युठान जिल्लाको तुषारा गाउपालिका ५ जिम्माल टोल हाल झिमरुक गाउँपालिका वडा नं. ७ मा जन्मिएका जिसीले श्री सत्य मावि तुषारा प्युठानबाट एसएलसी पास गर्दा पनि खुसी लागेको सुनाए । त्यतिबेला एसएलसीको पनि निकै महत्व थियो उनले भने ।’ एसएलसीपछि उनले तुलसीपुरकौ राप्ती बबई बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह आई ए र स्नातक तह विए पास गरेको बताए । उनले दाङमा आएर राप्ती बबई क्याम्पसका अध्ययनका साथ साथै विद्यार्थी राजनीति सुरु गर्दा आफूलाई निकै खुसी लागेको सुनाए । ‘मेरो जन्म भूमि प्युठान भए पनि म दाङमा कर्मभूमि बनाएर राजनीति तथा सामाजिक रूपमा क्रियाशील छु म यसमा पनि खुसी छु उनले भने ।
त्यस्तै जिसीले नेपाली कांग्रेसको ११ आंै र १२ औं महाधिवेशनवाट नेपाली काँग्रेस साविक हलवार गाविस को सभापतिमा निर्वाचित भएको भन्दै अर्को राजनीति सफलता आफूलाई हासिल भएको सुनाए । उनले हलावार गाविसको सभापति भइ पार्टीको संगठन निर्माणदेखि त्यहाँ हुने विकास निर्माणमा सहभागी हुन पाउँदा निकै खुसी लागेको सुनाए । हाल म दाङ ३ (१) को प्रदेश प्रतिनिधि भएका जिसीले राजनीतिसँगै समाज सेवा गर्न पाउँदा आफू खुसी भएको सुनाए । ‘आज म जहाँ छु, सबै श्रेय वि.स. २०५७ को स्ववियु सदस्य निर्वाचित हुँदै गर्दाको बखतलाई दिन्छु जिसीले भने ।’ त्यस समय म धेरै नि खुसी भए, किनकि मेरो लागि प्रत्यक्ष निर्वाचनको त्यो नै मेरो पाइला थियो उनी भन्छन् ।
त्यस्तै उनले राजनीति सँगसँगै समाजमा हुने अन्य विकास निर्माणदेखि दुखि गरिब र असाहेलाई सहयोग गर्न पाउँदा लाग्ने बताए । उनले आफूलाई विश्वास गरी पार्टीले विभिन्न जिम्मेवारी दिने गरेको र त्यसमा पनि सहयोग गर्न पाउँदा खुसी लाग्ने गरेको सुनाए । ‘मैले धेरैलाई सहयोग पनि गरेको छु मलाई यहाँसम्म ल्याउनमा अग्रज नेता तथा घरपरिवारको पनि त्यतिकै सहयोग छ उनले भने ।’ नेपाल नेत्रज्योति संघ दाङ कार्यसमिति सदस्य समेत रहेका जिसीले नेत्रज्योति संघ जस्तो सामाजिक संस्थामा सदस्यमा मनोनित हुन पाउँदा पनि खुसी लागेको सुनाए । त्यस्तै रेडक्रस सोइटी तुुलसीपुर शाखाको आजिवन सदस्य भर सामाजिक काम गर्न पाएकोमा पनि खुसी व्यक्ति गरे ।
उनले वैदेशिक रोजगारको सिलसिलामा नेपालमा भूकम्प गएको बेला कोरियामा रहेर राप्ती समाज कोरियाबाट सहयोग उपलब्ध गराउन पाउँदा पनि खुसी लागेको छ । विभिन्न धार्मीक संघ संस्था मठमन्दिरमा सहयोग गर्न पाउँदा खुसी लागेको सुनाए । । जुनियर रेडक्रसमा रहेर पनि विभिन्न सामाजिक सेवा गरेको भन्दै खुसी व्यक्ति गरे । वि.स. २०६८ सालदेखि दक्षिण कोरियामा रहेर ५ वर्ष वैदेशिक रोजगारीमा रहेको बेला पनि धेरै नेपालीहरूको लागि राहत र उद्धार गर्न पाउँदा पनि खुसी लागेको सुनाए । त्यस पछि नेपाल मै केही गर्नुपर्छ भनेर सेवा गर्ने उद्देश्यले आफू यहाँ आएको सुनाए । ‘म त्यहाँ पनि धेरै पैसा कमाउन सक्थे तर नेपाल मै बसेर केही गर्नुपर्छ भनेर मातृभूमिका लागि म नेपाल आए उनले भने ।
प्रस्तुती : बालाराम खड्का
