Goraksha

National Daily

दसैं गयो, दशा गएन

युवराज शर्मा
हिन्दुहरुको महान चाडपर्व २०८० को दशैँ गयो । नेपालीको घरआँगन रमँइलो भएन । घरबाट छोराछोरीहरुविदेशीए । नेपालीका घरमा अभाव भयो । बाबुआमा, अभिभावक र आफन्तजनहरुआफूबाट टाढा भएको, युवायुवतीको चाहना भविष्यमा निर्भर भयो । आफ्नो जीवनको उकालीओराली भोग्ने अवसर पाउने भए । उनीहरुको पढाइ लेखाइको महत्व नेतृत्व वर्गले बुझेनन् । नेतृत्वका लागि रेमटिेन्स बढ्ने आशा गर्छन् तर युवाशक्ति खेर गएको सम्बन्धमा कुनै पछुतो राज्य सञ्चालन गर्ने नेतृत्व वर्गलाई भएन ।

युवायुवतीको विदेश पलायनले नेतृत्व वर्गमा हर्षको सीमा भएको थियो । उनीहरुको सोचाई थियो कि अब नेपालमा हाम्रो शासनमा विरोध गर्ने युवायुवतीहरु देखिने छैनन् । बुढाबुढीहरुले हाम्रो शासन सत्ताबाट गरिने कामकार्यलाई विरोध गर्ने आँट हुने छैन । दशैँपछिको शासन पद्धतिमा सुधार गर्छौँ । सार्वजनिक पद धारण गरेर सेवाग्राहीलाई सुखसुविधा दिनेभन्दा उल्झन लगाएर समस्यामा पार्ने छन् । उनीहरुले भन्छन्– हाम्रो शासनमा विरोध गर्न सक्ने छैनन् । सरकारी सेवालाई कमाउने धन्धामा लगाएर कागजी प्रचारवाजी बढाउने सोचाई गर्छन् । नेतृत्वको आदेश र निर्देशन पालन नगर्ने व्यक्तिलाई उल्झन नै उल्झनमा फसाउने नीति लागु गर्ने योजना गर्छन् । नागरिकलाई घर समस्याको पिरलो बढेको छ । नेतालाई प्रधनमन्त्री कसरी बन्ने ? चिन्ता रचलखेल हुने गर्छ ।

नेपालको प्रधानमन्त्री बन्न रहर गर्नेहरु सबै दलमा बुढा नेताहरु मात्र देखिन्छन् । दलका नयाँ र युवा नेताहरुमा– रवि लामिछाने, राजेन्द्र लिङदेल, सिके राउत देखिए पनि पुष्पकमल दहाल प्रच्ण्डको नेतृत्वका अगाडि शेरबहादुर देउवा, केपी शर्मा ओली, उपेन्द्र यादव, चित्रबहादुर केसीलगायतका नेताहरु प्रचण्डकै इसारामा चल्छन् । त्यस्तै भइरहेका पनि छन् । प्रचण्डले तीन पटक प्रधनमन्त्री भए ।आजसम्म पनि भएकै छन् । उनको कार्य क्षमता योगराज ढकाल (रिगल) भन्नेले पुनः जेल चलान भएर देखाएका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसलाई हेर्दा क्षमताको परिचय दिएको छ । जसलाई सर्वोच्च अदालतले पनि भारती मानन्धरलाई न्याय दियो । प्रधानमन्त्री प्रचण्डलाई र राष्ट्रपति रामचन्द्र पौडेललाई नैतिकताको बोध गरायो ।

नेतृत्व वर्गले आफूलाई जिम्मेवारीता, जवाफदेहिता र पारदर्शिता जस्ता विषयहरुमा दुरदर्शीताको अभाव देखाउनु नैतिकताको अभाव मान्न सकिन्छ । राष्ट्रिय नेतृत्व पनि खोक्रो बन्यो । तैपनि नेतृत्वले सत्ता लिप्सा त्याग्न सकेन । सत्ताको मोह भत्तामा अडियो । नेतृत्व वर्ग नै धन कमउ धन्धामा भएपछि जनताका समस्याहरुको समाधान हुँदैनन् । देशको विकास अधोगतिमा जान्छ । गरिबी, विपन्नता अभावले गर्दा नागरिक दशाका रुमलिन्छन् । बजार भाउ बढ्छ । उपभोग्य बस्तुहरुको अभाव हटाउन सक्ने क्षमता नेतृत्व वर्गमा पाइन्न । विचौलिया र तस्करहरुको हालीमुहाली हुन्छ । त्यस्तै वातावरण बढिरहेको छ ।
नेपालबाट विदेशीने युवायुवतीका लागि दशैँ दशा बनेर गयो तर देशमा विद्यमान दशाहरु हटाउने प्रयास पनि सरकारबाट भएन । नेपालीहरुका तिहार र्व र छठपर्व पनि आउँदैछन् ।

घरआँगनमा झिलीमिली बत्तीहरु बल्ने छन् तर नेपालीहरुको आत्मामा जलन छ । उनीहरु महँगी, मुद्रास्फिति र अधावमा छन् । खाद्य सामग्री खरिद गर्ने धनपैसा छैन । बालबालिका खानपिनमा रमाउन खोज्छन् । उनीहरुलाई बाबुआमाको समस्याभन्दा खानपिन गरेर रमाइलो गर्ने रहर हुन्छ तर खाद्य समस्याका ठाउँहरुमा रमाइलो गरेर मिठो खाने र राम्रो लुगाहरु लगाउने रहरमा रमाउन नपाएका धेरै जना व्यक्तिहरु भेटिए । उनीहरुको यस्तो अवस्था हुनु देशमा खाद्य समस्याको अभाव नै थियो । दशैँमा धेरै घरहरुले खाद्यको दशा देखाए । उनीहरुको अवस्था आर्थिक र सामाजिक दुःखदायी थियो ।

दशैँपछि जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ मेग्नीच्युडको भूकम्पले थला पा¥यो । यसले रुकुम पश्चिमका नागरिकलाई पनि छोडेन । जाजरकोट र रुकुम पश्चिम भूकम्पले गर्दा मृत्यु हुनेहरु १५७ पुगे भने घाइतेहरु २५६ पुगेको मिडियाहरुले सुनाए । यस भूकम्पको असर दैलेख, सल्यान, रोल्पासम्म भूकम्पीय धक्का पुग्यो । भूकम्पले धेरै संख्यामा भौतिक संरचनाका कच्ची घरहरु भत्केका छन् । त्यस्ता घरहरु करिब २०८५ भन्दा माथि भएको भनिन्छ । दशैँपछि देखिएको यस्तो दुरदशा भूकम्प प्रभावित क्षेत्रले भोग्नु परेको अवस्था छ । दशैँ २०८० सालको गयो । यसले अगाडि र पछाडि भूकम्पीय मारमा बझाङले भोग्नु प¥यो । त्यहाँ पनि कच्ची घरहरु ध्वस्त भएका थिए । नागरिले राहत पाउन समस्या भयो ।

राज्यले समयमा सुनेन । जसलाई भूकम्पीय प्रभाव प¥यो, उनीहरुको दशामा मलमपट्टी भएन । बझाङीहरुलाई राज्य भएको अनुभूति भएन भन्छन् बझाङीहरु तर जाजरकोट र रुकुम पश्च्मिमा राहतको ओइरो लागेको छ । राज्यले पनि नागरिलाई अनुभूति गराउने प्रयास गर्दै छ । मिडियाबाट जानकारी गराए पनि २०८० कार्तिक ६ गते राति ११.४७ बजे भएको भूकम्पीय घटनाले धेरैको मन रुवायो । मस्त निद्रामा भएकाहरु सदाका लागि निदाए । उद्दार कार्यमा खट्नेहरु प्रायः प्रहरी, सशस्त्र, बल र नेपाली सेनाहरु भए तर धेरै दलहरुका कार्यकर्ताहरु रमिते देखिए । घाइते र आफन्तहरुमृतकहरुको पीडामा रोइरहन्थे । दशैँ गयो तर भूकम्पले थला परेकाहरुको दशा शान्त भएन । उनीहरुको आत्माले शान्ति पाएन ।

प्रशिद्ध पूर्वीय शास्त्रीय दार्शनीय कम्फुसियसल भनेका थिए– अरुलाई पढ्नेहरु ज्ञानी मात्र हुन्छन् तर आफूलाई पढ्नेहरु चाहीँ अन्तरयामी पनि हुन्छन् । वास्तवमा कन्फुसियसको भनाइ नेपालमा राजनीति गर्ने नेताहरु दलीय भावनाले प्रेरित भएर आफूलाई अध्ययन गर्दैनन् । त्यसको परिणाम हो– बाढीबाट पीडित, भूकम्पबाट पीडित, पहिरो र भूक्षयबाट पीडित, गुण्डाहरुबाट पीडित, विचौलियाबाट पीडित, मिटरव्याजीबाट पीडित, बैंकहरुका ऋणबाट पीडित, सडक दुर्घटनाबाट पीडित, हवाइ यातायातबाट पीडित, आर्थिक अवस्थाबाट पीडित, पठनपाठनबाट पीडित, रोजगारबाट पीडित, पिडै पीडामा बाचिरहेका नेपालीहरुके जीवन भयो दुःखदायी तर अरुलाई बुझ्न सक्ने राजनीतिक दलीय भावनाको नेतृत्ववर्ग कमजोर बन्यो । भूकम्पीय जोखिम विश्वमा नेपाल ११ औं स्थानमा भएको भनाइ विश्वका भूवर्ग विज्ञहरुको छ ।

नेपालमा भूकम्पीय पीडा वि.स. १३०५ देखि भोगदै आएका छन् । नेपाली राजनीतिमा नेतृत्वको स्वभाव उदारता छैन । उनीहरुमा संकीर्णतार स्वार्थीभावना बढेको छ । त्यसैले नागरिकमा नैराश्यता बढेको छ । नागरिकमा दशैँपछिका दशाहरु बढिरहेका छन् ।

नेपालीहरु भाषा, भेषभुषा, संस्कार, संस्कृति र सार्वभौममा देश प्रेमको भावनामा रमाउँछन् । आ–आफ्ना पर्व, उत्सव, जात्रा र पूजामा रमाउछन् । सरल भावना र शान्त स्वभावमा हुन्छन् । धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको अध्ययन गरेर ज्ञान प्राप्त गर्छन् । २०८० को दशैँ पर्व पनि सकियो । अब दिपावली (तिहार) र छठ पर्व आउदै थियो । नेपालीहरुले पीडा भोग्नु प¥यो । सबैभन्दा पीडामा भूकम्पीय पीडामा बझाङ, जाजरकोट, पश्चिम रुकुम पश्चिमका पीडित नागरिक छन् । जाडो बढ्दै छ । पीडितले त्रिपाल पाउन नसकेको पीडा सुनाउँछन् । प्राप्त भएको राहत थोरै हुनु पीडितको संख्या एकीन नहुनु नै मुख्य कारण छन् । सडकको दुरावस्था, ढुवानीको समस्याले पनि विकट गाउँमा राहत सामग्री पुग्न सकेको अवस्था छैन । पीडितहरु पीडामा छन् ।दशैँ गयो । नेपालीहरुको दशा गएन ।