कोरोना कविता : आमाको चिठ्ठि
समिप आचार्य यात्री
प्यारा नानी/बाबु,
अबेर हुनेछ अब चञ्चलताले छुने छ यहाँ
रमेर बस्नु अब तिमी जहाँ छौ त्यहाँ
आएको छ रे महामारी शिकार खेल्दै जहाँतहाँ
कठपुतली भै शिकार नुहुनु तिमी त्यहाँ
बसौला म सान्तवना दिँदै आफैलाई यहाँ
झरेपनि यी खोला रूपी बेदनाका आँशु जहाँ
हौसला राखी बढ्नु कामना छ टाढैबाट है
मनोबल उच्च राख्नु नहतारीनु जहाँतहाँ
भनेर साध्य छैन् शिकार भैसके रे कति महामारीको
भन्छन् कोभिड-१९ कोरोणा भाइरस हो रे नाम यसको
नछुन मिल्छ रे अन्तिम बिदाइ दिंदा पनि कस्तो
भयाबह भै आएको छ जगत उठाउने सुर छ रे! यस्को
भुलभुलैयामा खेल झै भै आएको छ रे कोभिड-१९
उमेर खाइ सके अब देख देख्नु जति सब
बस् तिमी सकुशलै रहनु यही छ आश
मरे पनि अबेर हुनेछ नछुन दिन्छ शव ।।
उही तिम्री प्यारी
आमा