कोरानावाट बच्न सहयोगी हुनसक्छ वैदिक सनातन नियम
ध्रुवशरण ढुंगाना
अहिले विश्वमा कोरोना संक्रमण महामारीको रूपमा फैलिएर विश्व ढाकेको छ । विश्व स्वास्थ संगठन WHO ले पनि ‘स्वास्थ्य संकट’ भनी घोषणा गरिसकेका छ । यो संक्रमणसंग जोगिन एक अर्कासंग सम्पर्क तथा स्पर्श नगर्ने सुझाव बिज्ञहरुले दिएका छन् । अनेकौ देशहरूले देश नै लकडाउन गरेका छन् । सायद मनुष्य आफ्नै गल्तीले गर्दा अनेकौ नवीन रोगको शिकार भइरहेको छ । मनुष्यले जति आविष्कार गरे पनि जब प्रकृतिले महामारी मचाउन थाल्यो भने कसैको केही लाग्दैन भन्ने कुरा सावित हुदै छ । मनुष्यको महत्वाकांक्षा यति बढिरहेका छन् कि, अनेकौ निजि स्वार्थको लागि मनुष्यले अनेकौ प्रदुषण गरिरहेको छ । आजको दैनिकचर्या तथा भोजन यस्तो हुँदै गयो कि के गर्ने ? के नगर्ने ? भन्ने अन्यौल देखिन्छ ।
शरिर स्वस्थ राख्नका लागि भोजन अतिनै महत्वपूर्ण वस्तु हो, तर विडम्बना, मनुष्यले आफ्नो पंचनतन्त्रले पचाउन नसक्ने भोजन गरिरहेका छन् । ठूला–ठूला पार्टी, भोज, भतेरमा बनेका भोजन तथा खानेशैली हेर्दा लगभग स्वाथ्य विज्ञानसँग विपरीत देखिन्छ । हामी पूर्वीय विचार धारालाई मान्नेहरू पनि जो हाम्रो संस्कार, संस्कृतिले जे भन्छ, त्यसको विपरीत जान पछि पर्दैनौ । सोचौं हाम्रा ती महान दार्शनिक ऋषिहरूले वताएका जीवन उपयोगी नियमहरू, जो हाम्रै जीवन सहजताको लागि हो । वैदिक ज्ञानले ओत–प्रोत भएका मनिषीले भोजनदेखि कसरी सुत्ने, उठ्ने सवैकुरा हाम्रो लागि नै विकास गरेका हुन् भन्दा अत्युक्ति नहोला ।
हामी नेपाली संसारकै सवै भन्दा प्रचीन मानव सभ्यताको विकास भएको ठाँउका हौ । हाम्रो संकृति हात मिलाउने हैन, हात जोड्ने हो । अहिले आएर यो महामारीले गर्दा हाम्रो नमस्ते संसार प्रसिद्ध भयो । नेपालीले अरूको देखासिकी गर्नु पर्दैन हाम्रा शास्त्रीय मान्यतालाई अपनाउने हो भने यस्ता महामारीबाट सजिलै वच्न सकिन्छ । चाहे योग दर्शन होस् या आर्युवेद, सवै दर्शनले मनुष्यलाई सहजतासँग जीवनयापन गर्न सिकाउँछ । केवल जिव्रोको स्वादका लागि मात्रै मनुष्यले अनेकौ जीव,जन्तु, पशु, पंक्षी भोजन गरिरहेको छ । जस्ले गर्दा अनेकौ नवीन रोगहरू उत्पत्ति भएकाछन् । यदी वैदिक सनातन धर्मले निर्देश गरेका नियमको पालना गर्ने हो भने संसार सुखी हुनुका साथै स्वस्थ पनि रहन सक्छ । हाम्रा वैदिक ऋषिहरूले हजारौं वर्ष पूर्व जीवन जिउनका लागि अनेकौ नियम वनाएका थिए । जुन वैदिक सनातन धर्मामा आचार ग्रन्थहरूका रूपमा रहेका छन् । जुन कुराहरुलाई केवल धर्म संगमात्रै जोडेर हेरियो ।
हाम्रा वैदिक सनातन हिन्दू धर्म आचारले (नियमले) वाँधीयको छ । तर विडम्बना त्यसलाई पुरातन् शैली भन्ने गरियो । यस्का वैज्ञानिक कारण के थियो ? विचार गरिएन, केवल धर्मले सामाजिक विभेद गर्यो भनेर भनियो । सामाजिक दूरिदेखि खाने वस्नेसम्मका नियम यदि पालन गर्ने हो भने मनुष्य रोगदेखि सुरक्षित रहन सक्छ । सायद वैदिक महान यूगद्रष्टा ऋषिहरूले आचार संहिताको विकास स्वास्थ्य जीवनयापनको लागि नै गरेका थिए ।
अहिले एउटा मान्छे अर्को मान्छेसँग छोइन पनि डराउने परिस्थिति भएकोछ । वैदिक सनातन धर्म ग्रन्थले शुद्ध भएर खाउ, नियमको पालन गर भनेको यो नियम सधै पालन हुने हो भने मनुष्य कोही पनि अकालमा मर्नुपर्दैन । रोग लागे मात्र नियमपालन गर्ने हैन, पहिलेनै नियमको पालनले रोगबाट बच्न सकिन्छ । अहिले कोरानो महामरीले गर्दा धेरै वैदिक सनातन धर्मका आचार संहितको पालन पनि हुन थलेको छ । हिन्दू वैदिक सनातन धर्मका नियमहरू रोगबाट बच्न कति उपयोगी रहन्छ ? यहाँ हेरौ :
– वैदिक सनातन धर्ममा हात मिलाउने हैन नमस्ते गर्ने चलन छ ।
– बाहिर गएर आएपछि हात गोडा धुनुपर्छ भनेर भनिएको छ, दैनिक नुहाउनु पर्ने नियम छ ।
– खाना खाँदा धोती यानी शुद्ध वस्त्र लाउनु पर्ने ।
– उभिएर र तथा जुत्ता लगाएर खान नहुने ।
– विदेश या तीर्थयात्राबाट फर्केपछि तुलसीको मोठमा गोदान गरेर मात्र भित्र पस्ने प्रचलन छ ।
– सकेसम्म अरुसगँ नछोइने ।
– दिशा पिसावबाट आएपछि सात चोटी हात धुनुपर्ने ।
– हाच्छयुँ गर्दा आकाश तर्फ फर्कनु पर्ने तथा तुरुन्त हात धुनु र आचमान गर्नु पर्ने ।
– पञ्चगव्यको सेवन गर्ने नियम जस्ले रोगसँग लड्ने क्षमता राख्दछ ।
– गाईको गोवरले घर लिप्नु पर्ने, जस्ले गर्दा अनेकौ दुषित किटाँणु मर्ने ।
– घरको अगाडि दिप वाल्ने, जस्ले गर्दा तेल बत्तीबाट निस्केको घुवाँले दुषित वायु शुद्ध हुने भएकाले ।
– घरमा हवन गर्ने नियम, नकारात्मक वायु तथा किटाणु नाशका साथै वायु मण्डल शुद्ध हुने भएकाले ।
– घरको अगाडी तुलसी रोप्नु पनर्,े किन भने घरमा आउने नकारात्मक वेक्टेरीयालाई नाश गर्ने भएकाले ।
– घरदेखि वाहिरबाट आएपछि आगो पानी छुने अनि मात्र घर पस्ने ।
– भोजन पूर्व पञ्चाङ्ग राम्रोसँग धोएर मात्र खाने ।
– भोज पूर्व अन्न तथा देवताको प्राथना गर्ने “सहनो भुनक्तु” भन्दै सवैले खाँउ, खान पाओस भनेर प्राथना गर्ने गरिन्छ ।
– भोजन वनाउने वालाले अनिवार्यरूपमा स्नान, ध्यान गरेको हुनुपर्ने ।
– भोजन गर्दा शुद्ध ठाँउमा वसेर मात्र गर्नु पर्ने ।
– प्रातकाल समयमा र शायंकाल समयमा मात्र भोजन गर्नुपर्ने ।
– मलमूत्रको वेगलाई रोकेर, कलह भएको स्थान, वृक्षकोमुनी वसेर भोजन गर्न नहुने ।
– भोजन गर्दा रिसाउन, वोल्न, द्वेष राख्न नहुने ।
– उभिएर, तुत्तालगाएर, शीरमा वस्त्र राखेर भोजन गर्न नहुने ।
– गरिष्ठ, घेरै गुलियो, घेरै तितो, अरुले छोडेको भोजन गर्न नहुने ।
– आधा खाएको फल तथा भोजन राखेर फेरि खान नहुने ।
– वासी खाना, मुखले फुकेर सेलाएको, रौं परेको खाना खान नहुने ।
– हेला तथा अनादरले दिएको भोजन गर्न नहुने ।
– खाना खाँदा पहिले गुलीयो, अनि नुनीलो र अन्त्यमा तितो खानु स्वास्थ्यको लागि राम्रो ।
– पहिले रसादार खानु, बिचमा ठोस खानु र अन्यमा गिलो खाने गरेमा पाचनतन्त्र सही रहन्छ ।
– भोजन गर्ना साथ तुरुन्त पानी, चियाआदि पेय पदार्थ कदापि नपिउनु ।
– खाने बित्तिकै हतार छ भनेर यात्रगर्नु तथा शौच( मलमूत्र ) त्याग गर्नु हँुदैन ।
– रात्रिमा दही, सातु, तिलबाट वनेका परिकार कहिल्यै खान नहुने ।
– दुधसँगै नुन, दही, अमिलो, तथा माछा, मासु कटहर आदि कसहल्यै खान नहुने ।