calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

स्वस्थ मन र सुखी जीवनका लागि राजयोग मेडिटेसन

ब्रह्माकुमार माधव तिमिल्सेना
               संकल्पको उद्गमस्थल मन हो । मन आत्माको एक सुक्ष्म इन्द्रिय वा शक्ति हो । मनको तुलना वायुपंखी घोडा वा तिव्र गतिको रकेटँंग पनि गरिन्छ । मनमा जति वढी संकल्पहरु उत्पन्न हुन्छन, त्यति वढी आत्माको उर्जा नष्ट हुन्छ । कर्मको जन्म सोच वा संकल्पबाट हुन्छ । जस्तो सोच त्यस्तै बृति वा कसैप्रतिको दृष्टिकोण र सोही कार्य व्यवहारमा प्रदर्शित हुन्छ । हाम्रो हरेक शव्द,विचार तथा कर्म हामी स्वयंका रचना हुन । परिस्थिति वाहिरी हुन तर ती परिस्थितिहरु प्रतिको सोच हाम्रो स्वइच्छामा निर्भर हुन्छ ।
सामान्य मानिसका सत्तरी प्रतिशत संकल्पहरु व्यर्थ÷नकारात्मक हुन्छन् भने तीस प्रतिशत संकल्पहरु दैनिक जीवनसंग सम्वन्धित र दश प्रतिशत संकल्पहरु सकारात्मक,श्रेष्ठ परोपकारी एवं आत्मोन्नती गराउने खालका हुन्छन । आजको वर्तमान संसारमा कोही तनले दुःखी, कोही मनको दुःखी त  कोही धनको दुःखी छन । हरेक व्यक्ति कुनै न कुनै कारणले चिन्तित देखिन्छन । आज हरेक मानव मेशीन जस्तै विहानदेखि बेलुकासम्म दौडिरहेको छ यद्यपी जीवनमा सुख,शान्ति र खुसीको अनुभुती गर्न सकिरहेको देखिदैन । यसको मुख्य कारण हो मनमा उत्पन्न हुने नकारात्मक विचार अर्थात उल्टो सोच जसको प्रत्यक्ष प्रभाव मनमा पर्दछ परिणामतः मन निराश हुन्छ र शरिरको कार्य क्षमतामा विचलन आउँछ । हामीले अशुभ सोच्ने प्रवृतिका कारण मनलाई दु.खी चिन्तित बनाई रहेका हुन्छौ ।
मनको चिन्ताले भित्रभित्र खोक्रो पारिरहेको हुन्छ । भनिन्छ –“चिन्ता चिता भन्दा खतरनाक हुन्छ ।” चिताले मुर्दालाई मात्र जलाउँछ भने चिन्ताले त जीवित मानवलाई नै जलाई दिन्छ । बाहिरी सुख साधन हुँदाहुदै पनि हामी मनबाट सुखी नहुनुको कारण ती साधनको उपयोग गर्दागदै स्वयम् वेचैनीको जालोभित्र हराईरहेको हुन्छौ ।
विमारी अर्थात् भय भइरहनु । भय वा डर भइरहनु पनि सबै विमारीको जड हो । जब हाम्रो सोचमा शंका वा भय आउछ, तब त्यसलाई बारम्बार सोच्नाले त्यो विमारी हाम्रो तनमा पैदा हुन थाल्छ । कुनै अकल्पनीय परिस्थिति सृजना भईहालेपनि राजयोगीका लागि त्यो अतिइन्द्रिय आनन्दको अनुभूती हुन्छ ।
            ध्यान भनेको मनमा उठ्ने विचारहरुलाई सकारात्मक दिशा दिनु हो । सुन्दर र शक्तिशाली विचारहरुको रचना गर्नु नै ध्यान हो । स्वयंको मनसँगको संवाद वा स्वयंलाई समय दिनु नै ध्यान हो । त्यसैगरी मनको नियन्त्रण तथा आत्मा अनुभूतितर्फको यात्रा हो । योग शब्दले मनुष्यलाई  अलौकिकतातिर प्रेरित गर्दछ । योगाभ्यास एउटा यस्तो अनुशासित प्रक्रिया हो जसले मनलाई सकारात्मक विचार उत्पन्न गर्नमा सहयोग पु¥याउँछ । विचार मानसिक ऊर्जाको एउटा रूप हो जसले शरीरद्वारा कर्ममा वदल्छ । एक शक्तिशाली विचारमा अधिक ऊर्जा हुन्छ त्यही ऊर्जायुक्त विचार नै सही कर्ममा रूपान्तरण हुन्छ । मूल्य  तथा  मान्यता  गुण  र अपेक्षित स्तरको  आवश्यकीय आदर्श सैद्धान्तिक आधार हो । राजयोगलाई  ज्ञानयोग, सहजयोग,बुद्धियोग, भक्तियोग, कर्मयोग, संन्यासयोग आदि विभिन्न  नामले  पनि  चिन्ने  गरिन्छ  ।  राजयोग एक  मनोविज्ञान  हो । राजयोगको व्यवहारिक पक्ष भनेको व्यक्तिले आफ्नो दैनिक घर गृहस्थ त्याग गरेर जंगलमा गएर कुटी गुफामा बसेर योग गर्नु पर्दैन । वरु आफ्नो जिम्मेवारीलाई वहन गर्दे त्यसबाट निर्लिप्त भई आफ्नो मन र बुद्धिको लगाव,झुकाव र आकर्षण एक ईश्वरप्रति कायम राख्नु हो ।  राजयोग परिवार र समाजमै रहेर दिनचर्यामा कुनै प्रतिकूल प्रभाव पर्न नदिई गर्न सकिन्छ । राजयोगले मनुष्यलाई कर्मकुशल बनाउँछ र  वर्तमान  यस दूषित वातावरणमा सन्तुलित जीवन जीउने कला पनि सिकाउँछ । राजयोगको निरन्तर अभ्यासले अन्तर आत्माका गुप्त र सुषुप्त शक्तिहरू जागृत हुन थाल्दछन् । जसरी सूर्यका किरणहरुले करोडौं करोड हानिकारक सूक्ष्म किटाणुलाई नास  गरेजस्तै राजयोग अभ्यासमा ज्ञानसूर्य परमात्मा ज्ञानका किरणहरुको शक्तिले भित्री मन बुद्धिका कमी कमजोरी र कु–संस्कारलाई परिवर्तन गरी आन्तरिक चेतना र भावनामा शुद्धि ल्याउन सकिन्छ ।

             वर्तमान समय सृष्टि–चक्रमा जतिजति अन्त्यको समय नजिक आइरहेको छ त्यति अन्तरमनमा  लुकेका  पाप कर्म समस्याहरू विमारीको रूपमा सामुन्ने आइरहेका छन् । आजका बुद्धिमान् मानव विमारी यति किन बढिरहेको छ भन्ने  कुरा  सम्झिन  सकिरहेका छैनन् । मनुष्यको शरीर आत्माको मन्दिर हो भने रोगको कारण कमजोर मानसिकता हो । मानव देहमा जब सन्तुलन विग्रिन्छ तब उर्जाको प्रवाह बदलिन्छ । ऊर्जाको अनिश्चितता एवं निर्धारित मार्गबाट भिन्दै दिशामा बहनाले शरीरका आन्तरिक अंगमा विकृति आउन थाल्छ यसबाट नै शरीरमा रोग बढ्छ । मनुष्य स्थूल देहलाई जान्दछ र मान्दछ तर ऊ आफ्नो सूक्ष्म देहको प्रति सजग हुँदैन र त्यसबाट प्रवाहित हुने ऊर्जालाई वास्ता गर्दैन । जबकि हाम्रो सूक्ष्म देह स्थूल देहको निर्माण गर्दछ । रोगको कारण स्वयम् नै हो । हामीलाई जब कुनै रोग लाग्छ तब त्यसको दोष अरूमा दिन्छांै, रोगको लागि स्वयंका विचार जिम्मेवार हुन्छन् ।मेरो नकारात्मक विचारले यो विमारीलाई पैदा गरेको हो जसबाट रोग प्रतिरोधात्मक क्षमता घट्छ तब नै कुनै जीवाणुको संक्रमण फैलिन्छ । रोगको लागि हाम्रो दिनचर्या, खान–पान, सोच एवं दृष्टिकोण जिम्मेवार हुन्छ । वास्तवमा विमारीको बीज हो भय । विमारी अर्थात् भय भइरहनु । भय वा डर भइरहनु पनि सबै विमारीको जड हो । जब हाम्रो सोचमा शंका वा भय आउछ, तब त्यसलाई बारम्बार सोच्नाले त्यो विमारी हाम्रो तनमा पैदा हुन थाल्छ । कुनै अकल्पनीय परिस्थिति सृजना भईहालेपनि राजयोगीका लागि त्यो अतिइन्द्रिय आनन्दको अनुभूती हुन्छ । शारीरिक अवस्था स्वच्छ,सुन्दर,शान्त र शक्तिशाली वनाई ईश्वरीय उपहारस्वरुप अमूल्य मानव जीवन प्रेरणाको स्रोत वनाउनमा सहायकसिद्ध हुन्छ राजयोग । राजयोगको सिद्धान्तभित्र मानवलाई नैतिक र चरित्रवान वनाउने उपयोगी शिक्षा छ । जव हामी राजयोग अभ्यासी हुन्छौ तव भित्री मनबाट मानसिक नशालु वस्तुहरु जस्तै मद्यपान,धुम्रपान तथा मांसाहार र आसुरी स्वभाव संस्कारमा परिवर्तन भई दिव्य जीवनमा रुपान्तरित हुन्छ । सामाजिक रहनसहनमा समेत सकारात्मक प्रभाव पर्दछ । त्यतिमात्र हैन सरल सात्विक जीवनले अनेकौं पारिवारिक समस्याहरु निर्मूल गर्न सहयोग गर्दछ । राजयोग सुखमय जीवन जिउने कला भएकोले मानिसमा सत्य र सभ्य तथा आदर्थ व्यक्तित्व निर्माण गर्ने वातावरण समेत सृजना हुनथाल्छ । आद्यात्मिक चिन्तनले मानव–मानव वीच सद्भाव,प्रेम शान्ति र एकताको भावनाले सुखमय स्वर्णीम संसारको परिकल्पना सार्थक हुन्छ ।

                म को हुँ, कस्तो छु, कहाँबाट आएका हुँ, मेरो आउनुको कारण के हो, परमपिता परमात्मासँग मेरो के सम्बन्ध छ…….. यस्ता कैंयौ प्रश्न मनमा आइरहन्छन् । हामी सबैले यो कुरा पनि जानिसकेका छौं म एक आत्मा हुँ जो यस शरीरमा रहन्छु । हुन त कैंयौ व्यक्तिहरू अहिलेसम्म पनि आत्मालाई मान्दैनन् र आफूलाई केवल शरीर मात्र सम्झिन्छन् । जसले आत्मालाई मान्दछन् तिनले पनि आत्माको स्पष्ट जानकारी हासिल गरेका छैनन केवल आस्था मात्र रहेको छ । अझै केही भ्रान्तिहरू रहेकैछन् । आत्माको स्वभाव नै हो कर्म गर्नु र शरीर विना उसले कर्म कसरी गर्नसक्छ ?यसैले कर्मको लागि नै उसलाई शरीर चाहिन्छ । शरीरका कर्मइन्द्रियहरूलाई त हामी जान्दछौं तर आत्माले पनि आफ्ना तीन शक्तिहरूद्वारा यस शरीरबाट कर्म गराउँछ । ती सूक्ष्म शक्ति हुन्— मन, बुद्धि र संस्कार । जब आत्माले सोच्ने कार्य गर्दछ त्यस शक्तिलाई मन भनिन्छ । निर्णय गर्ने समयमा जुन शक्तिले कार्य गर्दछ त्यसलाई बुद्धि भनिन्छ । मन–बुद्धिद्वारा जुन कार्य हामी गर्दछौं, त्यसको प्रभाव आत्मामा नै पर्दछ त्यसलाई नै संस्कार भनिन्छ । त्यस संस्कारले फेरि मनमा विचार उत्पन्न गर्दछ । यस प्रकार चक्र चल्दै रहन्छ । जब आत्माले शरीर छोड्छ तब ऊ तिनै संस्कारवश नयाँ शरीर धारण गर्दछ । यिनै संस्कारको सूक्ष्म शरीर सहित आत्मा जन्म–मरणको चौरासीको चक्रमा घुम्दैरहन्छ र संस्कार अनुसार नै नयाँ मनुष्य शरीर वा जीवन लिई रहन्छ । आत्मालाई मूलरुपमा स्वतन्त्रता पृय हुन्छ । आत्मभाव स्वतन्त्रताको जननी हो । यही विधिलाई नजान्नुको कारण मानवीय मूल्यहरु र अन्य मनुस्यहरुसँगको दूरी वढाएर स्वतन्त्र हुने ढोंग रच्दछन । यस्तै यस्तै ढोंगको आचरणमा छिपेर रहेको स्वार्थ तथा अहंकारको विष उग्ररुपमा फैलिएर समाज एवं संसारको अंग प्रत्यंगलाई विषाक्त गरिदिएको छ । यो पनि स्मृति रहोस् सृष्टि–चक्रमा अहिले यो हामी सबैको अन्तिम जन्म हो । यसबेला नै हामी पुराना संस्कारका विकर्मलाई सहज राजयोगको माध्यमबाट भस्म गर्न सक्छौं । अनि यो जन्म र आउने जन्मलाई पनि सफल गर्न सक्छौं । सुखमय बनाउन सक्छौं ।

             आध्यात्मिक शिक्षाले हाम्रोे जीवनमा सुविचार,सकारात्मक चिन्तनको आगमन हुँदा जीवन सुखमय बन्छ । अध्यात्म विज्ञानले काम वासनालाई आत्मिक ओज तेजमा, क्रोध ज्वालालाई रचनात्मक कार्यमा, लोभ–लालचलाई परोपकार र पुण्यको कार्यमा,मोह–ममतालाई निस्वार्थ सच्चा स्नेह र प्यारले पालना दिने कार्यमा तथा अहंकार ÷घमण्डलाई स्वमान,स्वगौरव र आत्मा सम्मानमा रूपान्तरण गरी एक ओजस्वी तेजस्वी व्यक्तित्व निर्माण गर्न सकिन्छ । सकारात्मक चिन्तनमा सहजता ल्याउँछ राजयोगले । राजयोग एक आन्तरिक प्रकृया हो । हामी राजयोग अभ्यासका माध्यामबाट आफुभित्रका नकारात्मक विचारलाई सकारात्मक पथमा लैजान कृयाशील हुन्छौ जसबाट मन शक्तिशाली हुन्छ साथै शरिरको प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । वास्तवमा आत्माभाव तथा आत्मिक स्वरुपमा स्थिर हुनु नै राजयोग हो । आत्माको परमात्मासंगको वार्तालाप हुनु पनि राजयोग हो । यस योगमा सरलता छ, स्पष्टता छ, व्यवहारिकता मात्र होइन जीवनको वास्तविकता समेत छ । सहज राजयोग ध्यान एक विशिष्ट जीवनशैली र विज्ञान हो । यसले हामी भित्रको अन्तरनिहित शारीरिक,मानसिक र आद्यात्मिक शक्तिलाई समानुपातिक सम्वन्ध वा सन्तुलन बनाउने गर्दछ । यस प्रकारको अभ्यासका लागी हामी आफ्ना आन्तरिक संकल्प,विकल्प र सम्वन्धबाट स्वतन्त्र हुन्छौ । अल्पकालिन व्यक्ति वस्तु र वैभवसंगको ममत्वबाट स्वयंलाई अलग गरेर मन बुद्धिलाई शाश्वत परमात्मा सत्यम् शिवम् सुन्दरम् वा आफ्ना अराध्यदेवमा एकाग्र गर्न सक्छौ । मन भित्रका नकारात्मक कमजोरीको सट्टामा सकारात्मक शक्तिहरुको उदय हुन्छ । त्यसपछि जीवनमा सदा स्वस्थ सदा सम्पन्न एवं सदा सुख प्राप्त हुन्छ आखिर मानव जीवनमा गरिने सवै पुरुषार्थ एवं प्रयत्नहरुको उद्देश्य पनि यही रहन्छ । एउटा प्रसिद्ध भनाइ छ — स्वस्थ मनमा नै स्वस्थ शरीरको निमार्ण हुन्छ । राजयोगले जीवनमा पवित्रता प्रेम,शान्ति,शक्ति,ज्ञान,सुख र आनन्दको उपहार स्वतःप्राप्ती हुन थाल्छ । यो यस्तो योग हो जसका माध्यामबाट विश्वमा सुख शान्तिको सरिता प्रवाहित गरी वसुदैव कुटुम्वकम्को भावना जागृत गर्न सक्छौ । दुषित मनमा स्वस्थताको कल्पना गर्न सकिदैन । मनोविज्ञानले यो प्रमाणित गरिसकेको छ कि शारिरीक विमारीको मुख्य कारण भनेको मनुस्यको मन नै हो । औषधीले शरीरको रक्षा गर्ला तर मनको रोगको अचुक्त औषधी भनेको नै राजयोग हो । जसले वैश्विक एकताको सेतुको काम गरेको छ । योगको सफल अभ्यासबाट मनुस्यको मस्तिष्क क्षमता बढाउन सकिने कुरा चिकित्सा विश्वविद्यालय क्यालिफोर्नियाका शोधकर्ता एवं मनोविज्ञ एलीन लुदेर्स वताउँछन । प्रातः सवेरै उठ्नासाथ हाम्रो ध्यान मोवाइल चार्ज गर्नमा लगाउँछौ परन्तु मनको चार्ज गर्न भूलेका छौ । प्रतिदिनमा मनमा ३० हजार भन्दा वढी विचारहरु उत्पन्न हुन्छन त्यसमध्ये अधिकतम नकारात्मक विचार । नकारात्मक विचारले मन बुद्धि एवं संस्कारमा विकृतीको साम्राज्य उत्पन्न भै अन्ततः विनाश तर्फ अभिप्ररित गर्दछ । त्यसैले विहान आँखा खुल्नासाथ मनको चार्ज गर्न अभ्यास गरौ–‘ आफ्नो ध्यानलाई भृकुटी (निधार)को मध्यमा केन्द्रित गरौं… बुद्धिरूपी नेत्रले आफ्नो स्व–स्वरूपलाई हेरौं र चिन्तन शुरु गरौं…म एक दिव्य चैतन्य सितारा आत्मा भृकुटी सिंहासनमा बसेको छु । राजा बनेर कर्मेन्द्रियलाई सञ्चालन गर्दैछु…. म त एक अजर, अमर,अविनाशी चैतन्य ज्योति बिन्दु हुँ… प्रकाशपुञ्ज हुँ..म एक आत्मा हँु……म ज्योति विन्दु चैतन्य आत्मा हुँ…. म दिव्य स्वरुप आत्मा हुँ….म पुण्यआत्मा मन बुद्धिको मालिक हँु….. परमज्योतीबाट आएका ती शक्तिशाली पवित्रतम किरणहरूले मलाई चार्ज गरिरहेको छ……… विस्तारै ती शक्तिशाली किरणहरूले मेरो सूक्ष्म शरीर पनि वाष्पीकरण भएर उडेको छ…… म त केवल एक दिव्य प्रकाशपुञ्ज, ज्योतिपुञ्ज आत्मा स्वरूपमा स्थित हुन पुगेको छु…. त्यो परमज्योति,महाज्योति ज्ञानसूर्य शिवबाबाबाट आएका दिव्य अलौकिक पवित्र किरणहरू सीधा म आत्मामा प्रवेश गरिरहेका छन्… म आत्मामा रहेको जन्म– जन्मान्तरका विकृति, नकारात्मकता, विकार र व्यर्थता भष्मीभूत भइरहेका छन्…म शारीरिक मानसिक रुपले  स्वस्थ छु….मेरो मनोवल आत्मवल सशक्त छ…….मेरो रोग प्रतिरोधात्मक क्षमता मजवुद छ….म सदैव निरोगी हुँ ….यस प्रकारका संकल्प विचारहरु मनमा वारम्वार दोहोर्याउँछौ भने मनमा आन्तरिक उर्जा प्रवाह भै बुद्धिले सही निर्णय गर्न सक्छ । जीवनमा श्रेष्ठ संस्कारको विजारोपण हुन्छ । यदि मन बुद्धि संस्कार राम्रो भयो भने सामाजिक,आर्थिक,शारीरिक मानसिक सम्वृद्धि हुन्छ र सवै ठाँउमा सम्मानको पात्र वन्न सकिन्छ ।

 हामीले आफ्नो मनलाई  खुसी र आनन्दित बनाऔं

वर्तमानमा रमाउन सिकौं, अरुको चिन्तामा आफुलाई कमजोर नगरौ ।  ईश्वरीय चिन्तनमा रमण गर्ने कला सिका,ै मनको स्वच्छताको लागी परमात्माका अनमोल ज्ञानकपी चिन्तनले मनमन्दिरलाई सजाऔं ।जति हामो मनमा सकारात्मक विचार चल्दछ त्यति मनको आवेग कम हुन्छ । स्वयंलाई असल कर्मयोगी वनाऔ कर्मगर्दा निस्वार्थ र आशा नराखी गर्दा निश्चित रुपमा मीठो फल हासिल गर्न सकिन्छ । जहाँ मन वुद्धि भटकिन्छ त्यँहा कुनै न कुनै घटना वा दुर्घटना हुन सक्छ सदैव आफ्नो र अरुको कल्याणार्थ हाम्रो संकल्प, कर्म वा व्यवहार प्रदर्शित भई रहनुपर्छ । मानसिक शक्तिलाई कमजोर नवनाऔ ।अतृप्त भौतिक कामनाहरुको अन्ध दौडमा हुने व्यक्ति चुलुम्म डुवी सक्यो कि उसलाई कसैको पनि हित वा अहितमा पर्वाह छैन । आध्यात्मिक तथा नैतिकता माथिको प्रवचन मात्रले केही हुदैन वरु स्वयंलाई अनश्वर आत्मा सम्झिनु,आत्मा विन्दु स्वरुपमा निश्चय गरी कर्मइन्द्रियद्धारा व्यवहार गर्नु र सफलतालाई आफ्नो जन्मसिद्ध अधिकार मान्नु यही हो आत्म–विश्वास । विश्व वन्धुत्व वसुदैव कुटुम्वकम्को शाश्वत आधार हो–एक पिताको सन्तान आपसमा भाइ भाइको भावना । भएको वातावरणमा शान्तिको पोषण संभव छैन । त्यसकारण आत्म–विश्वास, ईश्वर विश्वास एवं अविनाशी सृष्टि नाटकमा विश्वास हुनैपर्दछ यदि जीवनलाई विकासको मार्गमा लैजानु छ, सवैको सहयोग प्राप्त गर्नुछ भने । सुख शान्तिले जिउनलाई निःसन्देश सन्देहात्मक दृष्टि, शंकालु स्वभाव एवं भयभीत रहने प्रवृतीलाई छोडेर आफ्नो दिव्य शक्तिहरुको पहिचान गरी दृढताका साथ कदम वढाउन सकेमा मात्र विश्वमा शान्तिको संस्कृति संभव छ । राजयोगको सबैभन्दा उत्तम पक्ष के हो भने यो बहुतै सहज र सरल छ । राजयोग यस्तो महत्वपूर्ण योग हो जसमा सरलता छ, स्पष्टता छ, व्यवहारिकता छ, र वास्तविकता छ । राजयोगको नियमित अभ्यासले सवकन्सस माइण्डलाई शक्तिशाली बनाउँछ । तनाव व्यवस्थापन गर्दछ र स्वस्थ राख्दछ । क्रोध व्यवस्थापन हुन्छ । जीवनमा आशावादी बन्न सिकाउँदछ । सम्बन्धमा सुमधुरता ल्याउँदछ । कर्ममा कुशलता,व्यवहारमा शालीनता प्रदान गर्दछ । जीवनलाई नकारात्मकताबाट बचाउँदछ । तसर्थ जीवनमा स्थायी स्वास्थ्य,सम्पत्ति र खुशी कायम रहोस यसका लागी सहज राजयोग विज्ञान एक अचुक साधन विधि हो । ओम् शान्ति ।।
 
लेखक ब्रह्माकुमारीज मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र,घोराही दाङ्गका प्रवक्ता हुन् ।