Goraksha

National Daily

चैत २६ अर्थात जनताले जितेको एउटा दिन

विनोद पोख्रेल

आज चैत २६ । नेपालको इतिहासमा नेपाली जनताले जितेको र सत्ताले हारेको एउटा दिन । त्यसैले एउटा महत्वपूर्ण र ऐतिहासिक दिन । म जस्तो राजनीतिक सोंच भएकाहरुका लागि ठूलो सफलताको दिन । पञ्चायती ब्यवस्थाको अन्त्य र बहुदलीय प्रजातान्त्रिक ब्यवस्था स्थापना गर्नका लागि भएको आन्दोलन आफ्नो लक्ष्य पुरा गर्न सफल भएको दिन ।

यतिले मात्र राजनीतिका लक्ष्य पुरा हुने रहेनछ भन्ने अनुभव मलाई पनि भएको छ । तर त्यस दिनदेखि माओवादी गतिबिधीको मनपरी र त्यही जवरजस्तीलाई आधार बनाएर राजा ज्ञानेन्द्र सक्रिय बन्ने मौका केही समयलाई पाए पनि ठूला कुरा गर्नेहरुले समेत समय आएपछि त्यही बहुदलीय प्रजातान्त्रिक ब्यवस्थालाई स्विकार गरिरहेका छन् । रमाइलो त, यो ब्यवस्थालाई गाली पनि गरेका छन्, यसैमा राजनीति पनि गर्दैछन् र सत्ताको शिखरमा पनि पुगेकै छन् ।

सत्ताधारीहरुले देशलाई जहिले पनि आफ्नो व्यक्तिगत सम्पत्ती जस्तो संझे । आम नागरिकको प्रतिनिधी हुनुपर्नेमा मालिक वा ठेकेदार जस्तो संझे । त्यसैले यो राष्ट्रले गति लिन नसकेको हो । किनभने यस्तो बुझाई मनपरितन्त्रकै एउटा रुप हो ।

मैले म जस्तो राजनीतिक सोंच हुनेहरु भनेर माथी प्रशंग उठाएँ । त्यसलाई प्रष्ट पारौं । कुनै पनि नाम वा रुपले मनपरितन्त्र भनांै वा व्यक्ति वा दल वा समूह वा वर्गको हालिमुहाली ब्यवस्थाको बिरोध र आम नागरिकलाई सामान्य नागरिक हक सहित राजनीतिमा प्रत्यक्ष सहभागी गराउन सकिने ब्यवस्थाको समर्थन गर्न पाउने परिबेश हाम्रों राजनीतिक सोंच हो । यती भन्दा अथवा नागरिक हकको कुरा गर्दा बैचारिकलगायत केही आवश्यक स्वतन्त्रता पक्कै समेटिन्छ होला । अथवा भनौ, सामान्यतया प्रजातन्त्र भन्नाले अधिकार सहितको स्वतन्त्र नागरिकको कल्पना जुन रुपमा गरिन्छ र बुझिन्छ, त्यो स्तर सबै नागरिकले प्राप्त गर्नै पर्ने बातावरण हो । मैले स्विकार गरेको र स्विकार नगरी नहुने पक्ष भनेको ब्यवस्था आफैमा सक्रिय हुँदैन । यसलाई नेतृत्वले, सत्ताले अथवा यस्तै धेरै पक्षले सक्रिय वनाउने हो । सक्रिय बनाउने तत्व नै असक्षम, अस्पष्ट, अति महत्वाकांक्षी र बेइमान भयो भने व्यवस्थाको राम्रो पक्ष कमजोर भएर जान्छ र नराम्रो पक्ष सशक्त बन्दै जान्छ । यो परिस्थिति देशले भोगेको छ । वर्तमान नेपालको पीडा नै यही हो ।

सत्ताधारीहरुले देशलाई जहिले पनि आफ्नो व्यक्तिगत सम्पत्ती जस्तो संझे । आम नागरिकको प्रतिनिधी हुनुपर्नेमा मालिक वा ठेकेदार जस्तो संझे । त्यसैले यो राष्ट्रले गति लिन नसकेको हो । किनभने यस्तो बुझाई मनपरितन्त्रकै एउटा रुप हो । माथी भने झै, मनपरितन्त्रको कुनै पनि रुपसंग सहमत हुन नसक्ने म सोंच भएकाहरुलाई चिन्ता यत्तिमात्रै हो । सत्तामा को छ ? वा को हुन पर्छ ? भन्नेकुरा संग वैचारिक पक्षले केही मतलव राख्दैन । जनता बलियो हुनुपर्छ भन्नेमात्रै सोंच हो । जनता बलियो भयो भने सत्तालाई सजिलरी नियन्त्रणमा राख्न सकिन्छ भन्ने विश्वास हो । यस्तो सोंच अनुसार जती हुनुपर्ने हो, त्यो भएको छैन । तर पनि जनपक्षीय राजनीतिको समर्थन गर्नेहरुका लागि जनताले अधिकार पाएको कुनै पनि दिन सफलताको दिन हुन्छ । त्यही आधारमा आजको दिनलाई मैले ऐतिहासिक दिनको रुपमा मुल्याङ्कन गरेको हुँ ।