Goraksha

National Daily

कोरोना भाइरस : पहरै पिच्छेको कहर नै कारण

भुपेन्द्र सुबेदी

आज बिश्लाई च्यालेन्ज दिदै मच्चिएको कोरोना भाइरसको आतंकले कोही चोखो रहेन । यो आतंकवाट कोही सुरक्षित हुन नसकेको अबस्था भित्रिको छ । एक अर्कासंग पश्चिमा देशहरुसमेत कोरोना भाइरसको अनुसन्धानका लागि बिभिन्न छिमेकी राष्ट्रहरुसंग हातेमालो गर्न तयार भएको अबस्था छ । यो बिषयमा जुनै पनि देशका बिज्ञहरुको खोजीमा लाग्न बाध्यछन् ।

रोग त्यो पनि हावा पानी, छुवाछुत, अंकमाल, जुठो नवार्ने र धेरैजना एकै भाडोमा राखेर खाने चलन भित्राउने देशको संस्कारको कारण आज नेपाल र नेपाली जनता समेत आतंकित अबस्थामा बस्नु परेकोछ । आज आफ्नै घरभित्र नजर बन्दी हुनुपरेकोछ । बास्तवमा यस्ता भाइरसहरुको बिषयमा आजसम्म कुनै बिज्ञ चिकित्सकहरुले आफू सुरक्षित भएको महसुस गर्न सकेको अबस्था छैन । बारम्बार उनीहरुले त्यो भाइरसको उपचार गर्न जांदा प्रयोग गर्नुपर्ने साधनको अपर्याप्तताको कारण स्वयम् चिकित्सकहरु समेतले कोरना भाईरसको उपचारको लागि निर्धक्क भएर आफनो पेसामा संलग्न हुन नसकेको धेरैको फेसबु स्टयाटसबाट जान्न र बुझन सकिन्छ । जस्तै निजी क्लिनिक खोलेर बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म निरन्तर आउने बिमारी र नयाँ बिमारीको पर्खाइमा बसीरहने डाक्टरहरु तथा सरकारी अस्पताल बाहेक निजी अस्पताल खोलेर बसेकाहरुको संख्या थुप्रै भयता पनि आजको अबस्थामा विरामीका लागि के यहां अस्पताल छ र ? भन्ने जस्तो स्थिति छ ।

धेरैले हिन्दु धर्म र सस्कारलाई अपजस दिदै र धिक्कारदै हिडे, आज पनि हिडीरहेका छन् । तर अब संसारमा सबै भन्दा सुरक्षित र शुद्ध हिन्दु संस्कार हो भन्ने तर्फ धेरै सहमत हुने अबस्था देखिदै छ । हाम्रा मित्रराष्ट्र भनाउँदा पश्चिमाहरुले नेपालको गीता र बेद पाठ गर्न थालेको हामीले आज हाम्रै हातको मोवाइल र फेसबुकवाट थाहापाइरहेका छौं । तर आज हामी आफै आफनो सस्कृत र संस्कारलाई छाडेर अर्काको संस्कारपछि दौडी रहेकाछौं । ‘यो पुरानो पितृसतात्मक संस्कारले हामीलाई ढोका भित्र छिर्न दिएन, सधै ढोका बन्द गरीयदीयो र हाम्रो अधिकारसम्म हामी जान्न र प्रयोग गर्न पाएनौ’ भनी कतिपय हिन्दू संस्कारको आलोचना गरियो । हामी नयाँ नेपालका परिवर्तनकारी जमातहरु आज आफै जथाभाबी गरेको कारण बिश्वमा यो कोरोना नामक भाइरसको लकडाउनमा आफ्नै घरभित्र बन्दी सरह भएर बस्न बाध्यछौ । यो हुनुमा हामी जस्तै बिश्वका मानवीय कृयाकलाप कै कारण हुन भन्ने धेरैको बिचार आइसकेकोछ ।

हिजोको पितृसतात्मक संस्कारले कस्तो सुरक्षित ब्यबस्था मानेको थियो ? उदाहरणका रुपमा हेर्न सकिन्छ कि कतै बाहिर काम काजमा गएर आउँदा चाहे पुरुष होस्, चाहे महिला होस्, पहिला बाहीरै बसेर हातगोडा धोएर भित्र पस्ने बेला पहिले आंगो छोएर मात्र आफनो बच्चाहरुलाई समात्ने चलन थियो । त्यो किन गरीन्थ्यो होला ? आज हामीले हाम्रा अग्रज, जेष्ट मातापिताहरुलाई सोध्दा हामी ‘बाहिर जांदा कस्तो कस्तो राम्रो नराम्रो बस्तुसंग छोइएको हुन्छौ र हामी बाहिर भुत भएर लागो भागो हाम्रापछि लागेर आएको हुन्छ, तर हामीले देख्दैनौ त्यसैको सुरक्षाको लागि पहिला सरसफाई गरेर मात्र घरभित्र पस्ने र आगो छोएपछि मात्र बालबच्चाहरुसंग छुने गरेको कारण ति हामीसंगपछि लागेर आएका जंगली अदेखीलो बस्तुबाट सुरक्षित राखिएको हो’ भन्ने जवाफ पाउँछौ । तर आज हाम्रो चलन चाहे खान पुगोस, चाहे घरमा बाल बच्चा भोकै किन नरहुन, आफु टन्न मदिरा सेबन गरेर ढुन्मुन्डीदैं घरमा आउने र खुट्टाको जुत्ता समेत अर्कैले खोल्नुपर्ने अबस्थामा घरमा आउने संग के के भित्रिन्छ होला आज ? फोहोर, मैला त छदै थियो, अरु के के ले त्यो घरमा असरपार्ला ? हामीले जान्नै पर्ने कुरा के पनि हो भने, सबै पुराना संस्कारहरु राम्रा पनि थिएनन् र सबै पुरानो संस्कार नराम्रो मात्र पनि थिएनन् । हामीले नराम्रो मात्र छोडेर राम्रो मात्र केही बचाउन सकेको भए आजको अबस्था यस्तो हुने थिएन ।

तपाईका छोराछोरीलाई आज कपडा किन्नुपर्दा तपाईंले किनेको उनीहरुलाई मन पर्दैन र उनीहरु आफै कपडा किन्न गए भने पहिला महिलाले आधा भित्री अंग देखीने र पुरुष केटाले बिभिन्न खाले उत्तौला बुट्टा भएको र घुँडामा कुन जातको पैन्टमा धेरै प्वाल परेकोछ त्यही रोजेर लिएर आउछन् । तर तपाई हामीले के कहिले भन्यौ त, यस्तो फेसन गर्न हुदैन ? भनेर । हामी आजकालको नयाँ पिडीसंग सबै निरिह भएका छांै । केही बोल्यो कि त जवाफमा ‘सुड्डा र सुड्डी’को भाषा आउँछ । यस्तो बस्तु ब्यापारीले नल्याउने हो भने आज ब्यापार नै चल्दैन भन्छन्, हामी कती निरीहछौ । बाहिरी देशले पठाएको १० ठाउँ प्वाल परेको कपडा हामीले स्वदेशमा ल्याएर हाम्रा बाबु नानीहरुलाई जोक्कर बनाएर हिडाउने प्रबृत्ति कस्ले ल्यायो ? ब्यापारीले कि सरकारले ? सरकारले निषेध किन गर्दैन यस्तो फेसनमा ?

नेपाल कस्तो थियो हामीले कस्तो उत्ताउलो बनाएका छौ ? हिजोका दिनमा जेठाजु बुहारी छौइदैनथे र संकट परे पानी हातमा लिन्थे र काम टार्थे आज उनीहरुको भाइबैनीको नाता छ, किन ? यही हो सस्कार, धर्मकर्म छोडेको भनेको । तर जती धर्म, संस्कारलाई हामीले छाड्छौ, त्यती हामीमाथी संकट भित्रीदैछ । हिजो बिहान उठेर गाईको गोबरले घरपोते र शुद्ध गराइन्थ्यो । आज हामीले बर्ष दिनको एक पटक कतै घरको सरसफाई गर्छौ होला । नत्र मतलब छैन । आज संकट परेको अबस्थाले हिजोको सस्कार संझन बाध्य छौ । परै बस्ने, हात नमिलाउने, नमस्कार गर्ने के रहेछ पुरानो संस्कारमा त्यस्तो जांदु ? बुझनु भयो ? हिजो एउटा नेतासंग संगैबसेर हात मिलाएर चियाखाएकोमा हामी कत्रो जंगलको राजा सिंह छोपेको महसुस गर्दथ्यौं । हामीले आज किन त्यही मानिससंग टाढैबाट नमस्कार गर्न बाध्य भयौ त ? के रहेछ धर्म संस्कार ? अब त्यो धर्म संस्कारसंग नजिक हुन के गर्नुपर्ला ?

मैले एउटा पुस्तक पढेको थिए । अमेरीकन गोराको लेख र भनाई । ‘म हिन्दु किन भएँ ?’ लेखमा उनले आफैलाई प्रश्न आफैले गरेकी छन् । उनको भनाई यस्तो थियो ‘सबै भन्दा सजिलो धर्म हिन्दू मान्नुस् नमान्नुस्, हिन्दू धर्मले तपाईंलाई कुनै दखल गर्दैन । तपाई सधै बिहान उठेर पुजा गर्नुस् ठिकै, नगर्नुस् पनी ठिकै । आज हिन्दू संस्कार अनुसार उपबास बस्नुस वा नबस्नुस पनि ठिकै । दैनिक भजन मण्डलीमा जानुस वा नजानुस ठिकै । हिन्दु धर्म संस्कार जस्तो आनन्द, खुला र उपयुक्त अचुक, कहिले नहराउने नसिकने उच्च धर्म हिन्दु नै लाग्यो र म कृश्चियन छाडेर हिन्दू भएँ ।’
आज सबैले हिन्दूको महत्व आजको कोरोना भाइरसको आतंकले सम्झिन बाध्य पारेकोछ ।