पालिकामा खाद्य बैंक नै स्थापना भएको छ : प्रमुख प्रशासकीय अधिकृत वली
नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नेपालमा ९ जनामा संक्रमित भेटिएसँगै संक्रमण फैलिन सक्ने मानिसमा चिन्ता छ । सरकारले लकडाउन गरेको छ । चैत ११ गतेदेखि शुरु भएको लकडाउन २०७७ बैशाख ३ सम्मको लागि छ । यो अवस्थामा सरकारको कुरालाई मानेर घरबाहिर ननिस्कनु बुद्धिमानी नै हो । कार्यालयहरुले अति आवश्यक कामबाहेक सम्पुर्ण काम स्थगित गरेका छन् । स्थानीय सरकारहरुले कोरोना विरुद्धको सचेतना, क्वारोन्नाटाइन निर्माण, राहत वितरणका काम गरीरहेका छन् । यो परिस्थितमा जिल्लाको पहाडी गाउँपालिका बंगलाचुली गाउँपालिकाले कसरी काम गरिहेको छ । पालिका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीसँग गोरक्षकर्मी इन्द्र डिसीले गरेको कुराकानी …. ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएसँगै संक्रमण फैलिन सक्ने मानिसमा चिन्ता छ । यो अवस्थामा गाउँपालिकाले कसरी काम गरिराखेको छ ?
नेपाल कोरोना भाइरसको उच्च जोखिमा छ । आजसम्म नेपालमा पनि ९ जना संक्रमित फेला परिसकेको अवस्था छ । विश्व नै आक्रान्त छ । त्यसकारण हामी सचेत र सजक बन्न जरुरी छ । यो रोगप्रति हामी गम्भिर नै छौ । हामीले पनि सरकारले भने जस्तै अतिआवश्यक सेवा दिने गरेका छौ । आवश्यक कर्मचारी ( विशेषगरेर स्वास्थ्यकर्मी) कार्यालय बोलाउने, परिचालन गर्ने गरेका छौ । त्यसैगरेर पालिकाभित्र के आवश्यक छ त्यसको पहिचान गर्दै त्यसको आधारमा कामहरु अघि बढाउँदै आएका छौ ।
यो रोगबाट बँच्न पालिकामा के के काम भैराखेको छ?
यो रोगबाट बँच्नको लागि पालिकाले विभिन्न काम गरिराखेको छ । पालिकाका सवै नागरिकलाई रोगबाट बँच्न सचेत र सजक रहन अपिल र सचेतना दिने गरेका छौ । स्वास्थ्यकर्मी, युवा क्बल र स्वयसेवक समेत परिचालन गरेका छौ । जनप्रतिनिधिहरुले जनताको घर घरमा पुगेर स्वास्थ्य अवस्था बारेमा जानकारी लिने काम गुर्न भएको छ । त्यसैगरेर पालिका भित्र दुईवटा क्वाराइन्टाइन निर्माण गरेका छौ । एउटा झुलीडाँडा र अर्को कमिरेचौरमा गरेर ३० वेडको क्वाराइन्टाइन संञ्चालनमा छ । त्यसैगरेर राहतका कार्यक्रम छन् । विपन्न र मजदुरीगरी खाने वर्गको लागि यो लकडाउनले केही समस्या श्रृजना गरेको छ । त्यसको लागि संवोधनको लागि खाद्य बैंक स्थापनाको काम भएको छ । त्यो बैंकमा खाद्य जम्मा गरेर वितरणको तयारी भैराखेको छ । त्यसैगरेर यो विचमा भारत तथा अन्य मुलकबाट आएका मानिसको लगत लिने काम समेत भएको छ । यो विचमा भारत र अन्य मुलकबाट गरेर झण्डै १ हजार ५ सय मानिस आएका छन् ।
चालु आव २०७६÷०७७ का विकास निर्माणको कामको अवस्था कस्तो छ ?
लकडाउनसँगै विकास निर्माणका काम सवै रोकिएका छन् । ठेक्कामार्फत हुने काम पनि रोकिएका छन भने उपभोक्तामार्फत हुने काम पनि स्थगित नै छन् । चालु आव २०७६÷०७७ मा विनियोजन गरेको ९५ प्रतिशत योजना सम्झौता भएको अवस्था छ । अव थोरै योजना सम्झौता हुन बाँकि छ । भुक्तानी पनि ५० प्रतिशत भन्दा धेरै भैसकेको छ ।
खेतीपाती शुरु हुने समय भै सकेको छ । कृषकलाई मल विउको समस्या कसरी सवोधन गर्नु भएको छ ?
कृषकलाई मल विउको समस्या हुन नदिनको लागि पालिका सजक र सचेत छ । त्यो अनुसारको व्यवस्था समेत मिलाउने काम गरेका छौ । कृषकलाई विउविज वितरण गर्न सम्बन्धित शाखालाई भनेको छौ । त्यो अनुसारको तयारी कृषि शाखाले गरेको छ ।
अन्त्यमा केही भन्नु छ?
लकडाउनको समय हो । यो रोगबाट जोगिन व्यक्तिगत सरसफाईमा बढि ध्यान दिन, आफुपनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित बनाउने कार्यमा लाग्न सवैमा अनुरोध गर्दछु ।
