आत्महत्या विरुद्ध सचेतना, स्थानीय सरकारकाे दायित्व
किरण थापा
हरेक वर्ष सेप्टेम्बर महिनाको १० तारिखमा विभिन्न उमेर समूहमा हुने आत्माहत्या बारे आम मानिसहरुलाई जागृत गराउने उद्देश्यका साथ विश्वभर आत्माहत्या दिवस मनाउँदै आइएको छ । नेपालमा पनि विभिन्न नारा सहित सचेतनामूलक कार्यक्रम गरी मनाउँदै आइएको छ । यस वर्ष पनि आत्माहत्या रोकथाम सबैको सहकार्य नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । विश्वमा हरेक तीन सेकेण्डमा एकजनाले आत्माहत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले बताउँछ । तथ्याड्ढको दृष्टिकोणले हेर्ने हो भने नेपाल पनि अछूतो छैन । नेपालमा प्रत्येक दिन १४ देखि १६ जना व्यक्तिले आत्माहत्या गर्ने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याड्ढले बताउँछ । पछिल्लो तीन वर्षमा मात्रै नेपालमा १६ हजार २ सय २४ जनाले आत्माहत्या गरेको पाइन्छ । जुन भयावहको अवस्था हो । आत्महत्या केही वर्षसम्म यस्तै रहने हो भने आम मानिसको मृत्यु पनि आत्महत्या गरेर नै नहोला भन्न सकिन्न । विज्ञहरु भन्छन् आत्महत्या हुनुका कारण पारिवारिक कलह, दीर्घकालीन रोग, उदासिनता र आवेगमा आउँदा आत्महत्या गरिएको पाइएको छ । ९० प्रतिशत आत्महत्या मानसिक रोगका कारण हुने गर्दछ । विश्वमा मानसिक रोगमा देखिने रोग उदासीनता हो । उदासीनताले सोच्न सक्ने क्षमतामा ह्रास आउनु, नकरात्मक सोच बढी आउने र समस्याबारे कसैलाई भन्न नसक्ने भावना आएपछि आत्महत्या गर्ने गरेको पाइन्छ । यसलाई यसरी पनि विश्लेषण गर्न सकिन्छ कि हामी जति उन्नत र परिष्कृत समाज निर्माण गर्दैछौं त्यति नै निन्दनीय र अप्रत्यासित घटनाको सामना गर्दै आइरहेका छौं । वास्तवमा हामीले हाम्रो नैतिक, मूल्य, मान्यता, पृष्ठभूमि, सिद्धान्त, मातृदेव भवः, आचार्य देव भवः, पितृ देवः भवः भन्ने आदर्शबाट विचलित भएको अवस्था छ । परिवर्तित समय, परिवेश, आधुनिक जीवन शैलीसँग संर्घसरत आम नेपालीको दैनिक जीवन नियालेर हेर्दा खुशीभन्दा कलह, गुनासोको चाङ र असन्तुष्टिले भरिएको जीवन शैली देख्छौं । आज हाम्रो समाज भौतिक सम्पन्नतालाई प्रश्रय दिँदै आइरहँदा आध्यात्मिक सुखको महङ्खव घट्दै गएको पाइन्छ । फलस्वरुप मानिस सामाजिक अन्तक्र्रियाबाट टाढा भइरहेको अवस्था छ । जसले गर्दा मानिसहरु एक्लिँदै गएको पाइन्छ । यसको प्रभाव विशेष गरी बालबालिका जसलाई भविष्यका कर्णधार र वर्तमानका साझेदारका रुपमा लिने गरिन्छ ।
बालबालिका भनेका आजका सुन्दर विरुवा हुन् । जसरी विरुवालाई राम्रो किसिमले मलजल र गोडमेल गरे भोलि राम्रो फल दिन्छ । त्यसैगरी बालबालिकालाई पनि उमेर अनुसारको विकाससँगै उचित वातावरण दिन जरुरी छ । बालबालिका भनेका कोरा कागज हुन् । जसको मनमस्तिष्कमा राम्रा कुराहरूको वीजारोपण गर्न जरुरी छ । नेपालको कूल जनसंख्याको ४० प्रतिशत बालबालिकाको संख्या रहेको छ । प्रहरी केन्द्रीय कार्यालयको तथ्याड्ढअनुसार उमेर समूह ४ देखि २१ सम्म २ हजार एक सय ७२ आत्महत्या दर्ता गरिएको छ । जुन धेरै संवेदनशील रहेको अनुमान गर्न सकिन्छ र तथ्याड्ढले किशोरकिशोरीहरुमा हुने आत्महत्या बढ्दो क्रममा देखाउँछ । यसका विभिन्न कारणमध्ये २५ प्रतिशत घरेलु हिंसाबाट भएको थाहा हुन्छ, ३४ प्रतिशत मानसिक रोगबाट, २४ प्रतिशत शैक्षिक असफल्ताका कारण छ भने १५ प्रतिशत प्रेममा असफलताका कारण आत्महत्या भएको तथ्याड्ढले देखाउँछ । ८७ आत्महत्या शैक्षिक असफलताका कारण हुने गरेको र त्यसमा पनि कक्षा ९÷१० मा अध्ययनरत बढी पाइएको छ । किशोरकिशोरी र बालबालिकाहरुमा हुने आत्महत्या अधिकांश लुकाउने प्रयास गरिएको पाइन्छ । गम्भीर तथा संवेदनशील अवस्थाका बारे समयमा ध्यान दिई आवश्यक कदम चाल्न जरुरी रहेको छ । यस वर्षको नारा ‘आत्महत्या रोकथाम सबैको सहकार्य’ लाई सार्थकतामा पु¥याउन सबैको सहकार्य अत्यन्त जरुरी देखिन्छ र यो सम्भव पनि छ । दुई÷दुई पटकको संविधानसभाको चुनावपश्चात संविधान बनेको छ । एकात्मक राज्य व्यवस्थाको विधिवत अन्त्य भई देश संघीयमा गएको छ । संघ, प्रदेश र स्थानीय तीन तहको संरचना बनेको छ । सिंहदरबारको शक्ति गाउँ–गाउँमा स्थापित भएको अवस्था छ । शक्तिको सही रुपमा सदुपयोग गर्न जरुरी छ । जनताको त्याग, तपस्या, बलिदान र संघर्षबाट प्राप्त गणतन्त्रले राष्ट्र र जनताको आवश्यकता, चाहना र अपेक्षा सम्बोधन गर्नसकेको खण्डमा मात्र आएको परिवर्तनले तार्किक निष्कर्ष पाउने छ । किशोरकिशोरी र बालबालिकाहरुमा हुने आत्महत्याको व्यवस्थित रुपमा व्यवस्थापन यसरी गर्ने सकिन्छ ः
१) विद्यालयमा मनोसामाजिक कार्यकर्ताको नियुक्ति
बच्चाहरूको उमेरअनुसार परिवर्तन निकै संवेदनशील रहन्छ । जुन परिवर्तनले उनीहरूको सोच, विचार, बानी व्यवहार र निर्णयमा महङ्खवपूर्ण भूमिका खेल्ने गर्छ । विभिन्न अध्ययनका अनुसार आफ्नो बच्चाको शैक्षिक नतिजामा अभिभावकले बढी महङ्खव दिएको पाइएको छ । बच्चाहरू विस्तारै हुर्कंदै जाँदा उमेर अनुसारको पढाई खस्कँदै गएको अनुभव उनीहरूसँग छ । अन्य उमेरका साथीहरूका तुलनामा बच्चाहरूको स्तर एकदमै न्यून रहेको गुनासो उनीहरु गर्छन् । अभिभावकहरूले केवल पढाई र अड्ढकै आधारमा बालबालिकालाई तुलना गरेको पाइन्छ । यस्ता प्रतिस्पर्धाका कारण बालबालिकाहरूका बीचमा अत्यधिक दबाब अनि तनाव रहेको अनि बालबालिकाका लागि परीक्षा हाउँगुजी बन्न पुगेको पनि अध्ययनले देखाएको छ । बच्चाहरूका लागि अझै पनि घर वा स्कूलमा उपयुक्त वातावरण नरहेको कुरा समय–समयमा आउने सामाजिक सञ्जाल तथा सञ्चार जगतमा देख्न पाइन्छ। जसले गर्दा बच्चाको दिमाग सही तरिकाबाट विकास हुन सकेको छैन । बामे सरिरहेको हाम्रो समाजलाई बालबालिकामा भएको परिवर्तनलाई बुझ्न त के समाधान गर्नेतर्फ कुनै पनि अग्रसरता देखिँदैन । खाली बालबालिकाहरुका समस्या र चासोका विषय कागजमा सीमित रहेको पाइन्छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुमा आत्महत्या बढिरहेको तथ्याड्ढले बताउँछ । विशेष गरी बच्चाहरुको मनोविज्ञान नबुझ्दा बच्चाहरुमा आत्महत्या गर्ने सम्भावना बढ्ने विज्ञ बताउँछन् । यसका लागि प्रत्येक विद्यालयमा मनोसामाजिक कार्यकर्ताको व्यवस्था गरिनु पर्छ । जसले बच्चाहरुको हरेक गतिविधिको आवश्कता अनुसार सुक्ष्म अध्ययन गरिरहेको हुन्छ । विद्यार्थीहरुको कक्षाकोठाको गतिविधि होस् वा विद्यार्थी शिक्षकको सन्दर्भमा होला । यसले गर्दा बच्चाहरुको मनोविज्ञान बुझी आवश्यक समस्याको वैज्ञानिक समाधानका उपाय अपनाउन सकिन्छ । फलस्वरुप बच्चाहरुमा बढिरहेको स्कूल छोड्ने क्रमको पनि निदान गर्ने सकिन्छ ।
२) बालउद्यानको विकास
बालबालिकालाई विद्यालय पठाइसकेपछि हामीले राहतको सास लिने गर्छांै । यो सोचेर कि अब उपरान्त स्कूलले बच्चाहरूलाई आवश्यक शिक्षा, जीवन जिउने कलाबारे जानकारी दिन्छन् । यसो गरिरहँदा कतिपय समयमा अभिभावकहरूले सोचेअनुरूप नहुन पनि सक्छ । तसर्थ अभिभावकहरूले आफ्ना बच्चाको सर्वाङ्गीण विकासमा स्कूलमाथि मात्र भर नपरी अभिभावकहरूले पनि आफ्ना बच्चाहरूको विकासका लागि घर–समाजमा अनुकूल वातावरण सिर्जना गर्नेतर्फ लाग्नु पर्छ । यदि बच्चाहरूको सही तरिकाबाट विकास भए मात्र परिवार, समाज अनि देशको एउटा जिम्मेवार नागरिक बन्ने कुरामा सन्देह रहँदैन । देशको नयाँ संरचना अनुसार प्रत्येक स्थानीय निकायले बाल उद्यानको अवधारणा अघि सारेको छ । मूलतः समय सापेक्ष सान्दर्भिक पनि रहेको छ । विद्यालय पश्चात बच्चाहरुको अध्यन गर्ने अर्का स्थान समुदाय रहेको हुन्छ । वर्तमान समयमा अभिभावकहरुलाई शनिवार पनि बच्चाहरुलाई व्यवस्थित राख्न समस्या रहेको पाइन्छ । बच्चाहरुमा अनियन्त्रित मोवाइलको प्रयोगले गर्दा अझ समस्या थपेको पाइन्छ । यदि स्थानीय निकायबाट यसको आवश्यक पहल भएमा बच्चाहरुको फुर्सदिलो समय राम्रो काममा लगाउन सकिनछ । जसले गर्दा अभिभावकहरुले बच्चाहरुका लागि निजी स्थानहरुमा हजारौं पैसा खर्च गर्नु पर्दैनथ्यो । त्यसैले स्थानीय निकायले यसको पहल गर्न जरुरी छ । बच्चाहरुलाई रचनात्मक क्रियाकलापमा व्यस्त बनाउन सकिन्छ । बच्चाहरुको सिर्जनालाई रचनात्मक काममा व्यस्त गराई समाज, देश विकासमा भूमिका खेल्न सक्छन् ।
३) प्रत्येक वडाका स्वास्थ्य चौकीमा मनोचिकित्सकको व्यवस्था
हामीले बच्चाहरुका बारेमा विभिन्न समचारमार्फत् बच्चाहरुको उचित स्याहार नपाउँदा विभिन्न घटना घटेको समचारमार्फत् सुन्न पाउँछौं । उदासिनताका कारण बच्चाहरु धेरै समस्या देखिने गरेको पाइन्छ । अस्पतालमा मनोचिकित्सकको अभावमा पनि बच्चाहरुमा घटना घटिरहेका छन् । नयाँ संरचनाअनुसार प्रत्येक वडामा एउटा स्वास्थ्यचौकीको परिकल्पना निर्देशिकामा मात्र नभई व्यवहारमा रुपान्तरण गर्न जरुरी छ । यदि भएमा मात्र बच्चाहरु रहेको समस्याहरुको उचित समयमा समाधान भई हुनसक्ने घटनाबाट बचाउनुका साथै बच्चाहरूको सही तरिकाबाट विकास भए मात्र परिवार, समाज अनि देशको एउटा जिम्मेवार नागरिक बन्ने कुरामा सन्देः रहँदैन ।
बाल्यकालदेखि नै व्यक्तिमा बौद्धिक विकास हुने क्रम सुरु हुन्छ । बाल्यकालमा परेका प्रभावहरु जीवनभर रहन्छन् । यस्तो समयमा गलत प्रभाव र बुझाईहरु भएमा त्यसको असर पछिसम्म पनि रहन्छ । तसर्थ बालबालिकका सुन्दर भविष्यको आधार निर्माण गर्ने योजना अनुसार सबैको सहकार्यको जरुरी रहेको छ ।
‘आत्माहत्या रोकथाम सबैको सहकार्य’ नारा सहित विभिन्न कार्यक्रम बीच सम्पन्न भएको छ ।
(लेखक सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूहका अध्यक्ष हुन् ।)