पिकनिक खाएर फर्कदै गर्दा टेक्टर दुर्घटना, तीन किशोरी मृत्यु
दाङ,१५ कार्तिक । देउखुरीमा टेक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नं। ५ अन्तर्गत गढवा–कोइलावास सडक खण्डको चिसापानीमा पिकनिक खाएर फर्कदै गरेको ट्याक्टरको ट्रली पल्टिएर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढवा गाउँपालिका–६ मनिकापुर निवासी ११ बर्षीया निनु पुन, सोही ठाउँ निवासी १२ बर्षीया सिमा परिवार र १२ बर्षीया सुनिता पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परेर २३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गढवा गाउँपालिका–६ मनिकापुरका युवायुवतीहरु तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट पिकनिक खानका लागि चिसापानी पुगेका थिए ।
पिकनिक खाएर फर्कदै गर्दा चिसापानी खोलाको ओरालोमा रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । टेक्टरमा २६ जना सवार रहेका थिए ।
घटनामा चार जना गम्भीरु घाइते भएका छन भने बाँकी १९ जना मध्य रहेका छन । घाइतेहरुको स्वास्थ्य चौकी गढवा र लमही अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।