calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

बंगलाचुलीमा १५ शैयाको अस्पताल

गोरक्ष समाचारदाता

दाङ, १५ कार्तिक । बंगलाचुली गाउँपालिकाले १५ शैयाँको अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पताल सञ्चालनसँगै पालिकाले स्वाथ्य क्षेत्रमा एक कदम फड्को मार्ने काम गरेको छ । प्रदेशभरका पालिकामा आफनै अस्पताल सञ्चालन गर्ने पहिलो भएको समेत गाउँपालिकाले दावि गरेको छ । अस्पतालको शुुक्रबार देखि सेवा प्रभाव थालेको छ ।

अस्पतालको शुरुवात प्रदेश सासद अमरबहादुर डाँगीले उद्घाटन गरेका हुन । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीको अध्यक्षता एव प्रदेश नं.५ का सांसद डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।अस्पतालको उद्घाटन पछी बोल्दै सांसद डाँगीले जनातालाई सहज रुपमा स्वाथ्य सेवा पुराउनका लागि यस अस्पतालले ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले बर्तमान सरकारले जनताको हरेक पक्षमा काम गर्दै अघि बढेको समेत बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाङ जिल्ला सचिव सुवास पुनले बंगलाचुली गाउँपालिकाले सुरु गरेको यो कदमको प्रसंसा गर्दै यो गाउँपालिका एक कदम माथी उठेको बताए । उनले जनताको स्वाथ्य रहन पाउँनुपर्ने अधिकारको ग्यारेन्टी बंगलाचुली गाउँपालिकाले गरेको बताए ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष ओलीले जनतालाई स्थानीय सरकारको अनुुभूती गराउनकै लागि आफुुहरुले अस्पताल संचालनमा ल्याएको बताए । अध्यक्षय ओलीले अब बंगलाचुली अस्पताललाई अस्पताल जस्तो बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले बंगलाचुली गाउँपालिका एक्लैले यो कार्य सफल गर्न गाह्रो हुने भन्दै सबैले अस्पताल बचाउन र संचालनका लागि आफ्नो ठाउँबाट सहयोग गर्नू पर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले गरेका थिए । यसैवीच अस्पतास संचालनका लागि अहिले सुविधा सम्पन्न भवन निर्माणको काम भईरहेको छ । २४ महिना भित्र भवन नीर्माण गरीसक्ने गरी गत जेठ महिनामा १५ शैया क्षमताको भवन नीर्माण सम्झौता भई भवन निर्माणको काम चलीरहेको हो ।

१५ शैयाको अस्पतालमा एक जना मेडीकल अधिकृत, एक जना ल्याप टेक्नीसीएन र एकजना रेडीयो ग्राफर बंगलाचुली गाउँपालिकाको आफ्नै श्रोतमा राखेर सेवा प्रवाह गरीएको बंगलाचुली गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत ओलीले बताए । यस क्षेत्रका जनताहरुले स्वाथ्य सेवा पाउनका लागि करिव चार पाँच सय भाडा खर्च गरेर जिल्ला सदर मुुकाम जानुु पर्ने बाध्यता रहेको थियो । तर अस्पतास संचालनमा आएपछि यहाँका जनताले यो बाध्यता बाट मुक्त हुने छन् । यो गाउँपालिकामा ८ वडाहरु छन् ।यो जिल्लाका पहाडी पालिका हो । यो वडाको केही भु भाग घोराही उपमहानगरपालिकासँग समेत जोडिएको छ । पालिकाका अधिकास गाउँ अझै विगट छन् । सडक सञ्जालमा समेत जोडिन सकिएको छैन ।

तर जनप्रतिनिधि आएसँगै सडक सञ्जालविस्तार भैराखेको छ । यो पालिकाको वडा न १ मा प्राथमिक स्वास्थ्य केन्द्र समेत छ । त्यहाँपनि मेडिकल अफिसरको दरबन्दी छ । सो केन्द्रमा हाल डाक्टर कार्यरत छन् । अस्पताल सञ्चालनसँगै उपचारमा सहज भएको छ’ पालिकाका प्रमुख प्रशासकिय अधिकृत वलीले भने ‘ अव यो सेवा क्रमश वृद्धि गर्दै जाने काम हुने छ ।’ जिल्लामा दशवटा पालिका छन् । दशपालिका मध्ये आफनै अपस्पताल सञ्चालन गर्ने यो पालिका पहिलो हो । पालिकाको पहिचानको लागि केही नयाँ कामको शुरुवात गरेको समेत प्रमुख प्रशाकिय अधिकृत वलीले बताए । पालिकाका केही ठाउँमा व्यवस्थित वस्ती निर्माणको काम समेत गरेको छ ।