Goraksha

National Daily

एकान्त अनुभूती

पार्वती बस्नेत

संसार मेरै हो भनि हक जताउनेहरू ।।
म भन्दा अरु सक्षम कोहि छैन् भन्नेहरु ।।
मान्छेलाई मान्छे नै नगन्नेहरु ।।
साँच्चिकै कोरोनाको कहरले केहि त पक्कै सिकायो।।
सामाजिक दुरि कायम गरि एक्लै बस्ने गरायो।।

एकान्तमा आज बलापनको याद आयो।।
झोला बोकि तोते बोल्दै पढेको याद आयो ।।
कलम कापी अभावमा रोएको याद आयो ।।
आफना कुराहरु सधै माथि पार्नु पर्ने म।।
जिद्दिपनाले आमालाई घुर्काएको याद आयो।।

एक अर्काप्रति आक्रोश पोख्नेहरु ।।
मनमा इख बोकेर रिस साध्नेहरु ।।
साच्चै आज मृत्यु नजदिक हँुदा ।।
जीवन जिउने सहि कला सिकायो।।
म सच्चिन चाहान्छु अनि सच्चाउन पनि।।
म जस्तै सबै सच्चिदै होलान पनि।।

सबैसङ्ग सम्बन्धमा मिठासपन भर्न मन लाग्यो।।
आज फेरि कोरोनाकै कारण माफी माग्न मन लाग्यो ।।
घमण्ड केको रैछ र आखिर सधै तेरो र मेरो ।।
गर्नेहरूलाई पनि आज एकै स्थानमा उभ्यायो।।

आउ प्रण गरौ तिमी हामि मिलि।।
रिस राग अनि तिता कुरा भुली ।।