एक सय बढि परिवारलाई प्याव्सनद्धारा खाद्यान्न सहयोग
दाङ,२५ चैत । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका एक सय बढि अति बिपन्न परिवारलाई प्याव्सन घोराही नगर समितिले खाद्यान्न सहयोग गरेको छ ।
घोराही उपमहानगरपालिकासँगको समयन्वयमा प्याव्सनले घोराही उपमहानगरपालिकाभित्रका एक सय ३ घरपरिवारका ४ सय आठ जना अति बिपन्न सदस्यका लागि खाद्यन्नका रुपमा चामल,दाल, तेल,नूनलगायतका सामग्री उपलव्ध गराएको जनाएको हो । जस अन्तर्गत प्याव्सनले २२ क्वीन्टल चामल, दुई सय ६ केजी दाल, एक सय ३ लिटर तेल, एक सय ३ केजी नून र २ सय ६ पिस सावुन सहयोग गरेको हो । उक्त सहयोग सामग्री आनन्दनगर टोलमा ८ घरपरिवार, बडहरा टोलमा ७,सुभविहानी टोलमा ९, शहिद रामपुरामा ९, पुन्यडाडामा ७,एकता टोलमा ८,लामिडाडामा ५, बहराक्षेत्र टोलमा ८,ज्यामिरे टोलमा ६, चखेरी टोलमा ५,कलमघारीमा ९ नयाँ बस्तीमा पाँच, सेवावरैया टोलमा पाँच र दुर्गाभवनानी टालमा १२ गरि एक सय ३ घरपरिवारलई सहयोग गरेको प्याव्सनका जिल्ला कोषाध्यक्ष आदिम केसीले जानकारी दिएका छन ।
सहयोग कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य यादव गिरी, जिल्ला सचिव खगेश्वर पौडेल, जिल्ला कोषाध्यक्ष आदिम केसी, घाेराही नगर प्याब्सनका अध्यक्ष वीरेन्द्र चन्द, घोराही नगर कोषाध्यक्ष ऋषि सुवेदी,सदस्य लालमणि बत्स्याल,गोरखा बोर्डिङ स्कुलका प्रिन्सीपल मानसिंङ घर्तिको सहभागिता रहेको थियो ।
