कर्म नै सुख र दुःखको आधार
जीवन एक प्रतिध्वनी हो । एक जना पिता र उनको छोरा पहाडको बाटो हुदै कतै जांदै थिए। अचानक छोरा लड्छ र चिच्याउंछ ऐया …… पहाडको कहींबाट उसैले वोलेको आवाज सुन्दा उ अचम्भित हुन्छ । उत्सुकतापूर्वक उ कराउंछ त को होस ? प्रतिउत्तरमा उसैले सुन्छ त को होस् । क्रोधमा आएर फेरी जोर जोरले भन्छ बदमास ! पुनः आवाज सुन्छ वदमास । यति भैसकेपछि उसले पिता तर्फ हेर्छ र सोध्दछ बुबा यस्तो के भएको? मैले जे बोल्छु पहाडको कुनाबाट मेरै आवाज ! पिताले छोरालाई भन्छन छोरा अव भन म तिमीलाई माया गर्छु । प्रतिउत्तरमा उसले पनि सुन्छ म तिमीलाई माया गर्छु । उसले फेरी भन्छ — तिमी सुन्दर छौ ।
त्यही शव्द उसैको कानमा गुन्जयमान हुन्छ । बच्चाले कुरा बुभ्दैन र आफ्नो पितालाई सोध्छ । तव पिताले संझाउछन् छोरा मानिसहरुले यसलाई प्रतिध्वनी भन्छन् । तर यो जीवन हो । मानिसको जीवन । हामीले सोचेको बोलेको वा गरेको हरेक कुराहरु फर्केर हामीकहां नै आइपुग्छ । हामीले जे दिन्छौ त्यही प्राप्त गर्न सक्छौ । त्यसैले जीवन संयोग होइन,हाम्रा आफ्नै कर्महरुको परावर्तन नै जीवन हो । सुख र दुःखको जीवन कर्मको आधारद्वारा प्रारब्धको रुपमा चल्छ । अवश्य पहिले कर्म हुन्छ, त्यसको जुन प्रारब्ध हुन्छ त्यो दुःख वा सुखको रुपमा भोग्नुपर्ने हुन्छ । त्यसैले सुख वा दुःखको सम्बन्ध हुन गयो कर्मसँग । कर्मलाई कुनै भाग्य भनिँदैन । कतिले यस्तो सम्झन्छन्—जे भाग्यमा होला ! त्यसैले दुःख र सुखलाई आफ्नो भाग्य सम्झन्छन् । यस्तो सम्झन्छन्, मानौं यो भाग्य भगवानले बनाउनु भएको हो वा कोही अरुले बनाएको हो ।
त्यसैले भनि दिन्छन्— भाग्यमा जे होला… तर यो पनि बुझ्न धेरै आवश्यक छ भाग्य पनि कसले बनायो ? भाग्य परमात्माले बनाउनु भयो वा भाग्य पहिले नै बनेको हुन्छ ? यस्तो भाग्य पनि त मैले नै बनाएको हो, जस कारण दुःख र सुख भोग्नु परेको छ । दुःख र सुख बनाउनेवाला कुनै परमात्मा त हुनुहुन्न नि । आफ्नो कर्म र कर्म गर्नेवाला पनि मनुष्य हो त्यसैले यो जिम्मेवारी आफ्नो भयो । जसले गर्छ उसले पाउँछ । गीतामा पनि वर्णन छ— जीवात्मा आफ्नै शत्रु र आफ्नो मित्र हो । भगवानले यस्तो भन्नुभएको छैन— म तिम्रो शत्रु हुँ वा म तिम्रो मित्र हुँ ! जीवात्मा आफ्नो शत्रु र आफ्नो मित्र हो । त्यसैले आफूसँग मित्रता र आफूसँग शत्रुता गर्नेवाला को भयो ? स्वयं मनुष्य । त्यसैले जब यो कुरा यति स्पष्ट छ कि दुःख–सुखको जिम्मेवार मनुष्य स्वयं हो । कसैले पनि आफूलाई दुःख होस् भनेर चाहँदैन । जुन पनि रुपमा दुःख आउँछ, त्यसलाई भगाउने कोसिस गर्छ । कुनै लडाईं झगडा वा विपत्ति भयाे भने त्यसलाई समाप्त गर्ने कोसिस गरिन्छ । यस्तोमा कसै–कसैको अकालमा मृत्यु भयो भने पनि दुःख लाग्छ, सम्झन्छन्— किन यस्तो भयो ? त्यसैले मनुष्यले आवेशमा आएर भगवानलाइ पनि गाली गर्न थाल्छन् । हाम्रो सामुन्ने जुन रोगको रुपमा दुःख आयो, के भगवानले गर्नुभयो ? कदापी हाैइन । त्यसकाे कारण हामी हाैं । जति पनि दुःखका कारण छन्— के त्यो सबै भगवान्ले गर्नुभयो ? अरे ! भगवानलाइ त भनिन्छ— दुःख–हर्ता, सुख–कर्ता । त्यसैले जब कुनै पनि दुःख आउँछ भने उहाँलाई याद गर्छन् । शरीरको रोग लाग्दा पनि भन्छन् हे भगवान् ! दुःखमा उहाँलाई नै याद गर्छन् । विचार गरौ—के दुःख दिनेलाई याद गरिन्छ र ?
यस कर्मप्रधान संसारमा कर्मबाट कुनै पनि व्यक्ति विमुख हुन सक्दैन । कतिपय कर्महरू स्वाभाविक हुन्छन्, खानु, सुत्नु, हिँड्नु, श्वास प्रश्वास,रक्तसंचार, पाचन प्रव्रिmया आदि यस श्रेणीमा पर्दछन् । जीवन जगत्मा आएपछि मानिसले जीवनरूपी यात्रामा अनेक कर्महरू गर्छन् । कर्म कुन श्रेणी र प्रतिफल दिने खालका हुन्छन् भन्ने कुरा मानिसले आर्जन गरेको ज्ञान,उसको सोच, समझ र विवेकको स्तरमा निर्भर हुन्छ । यदि मानिससँग सद्ज्ञान र सद्विवेक जागृत छ भने उसले प्रत्येक कर्म गर्नुपूर्व त्यसको परिणामलाई ध्यानमा राखी कार्य गर्दछ । विवेकको आँखा बन्द गरेर उसले कहिल्यै पनि कर्म गर्दैन । किनकि उसलाई स्पष्ट थाहा हुन्छ कि जीवनमा आइलाग्ने दुःख, कष्ट तथा नानाथरिका समस्या र व्यवधानहरू उसले विगतमा गरेका कर्मका नै प्रतिफल हुन् । तसर्थ कर्म गर्नुुपूर्व नै सचेत हुनु बुद्धिमानी हुन्छ । आध्यात्मिक विज्ञानले कर्मवाट हुने परिणामलाई विवेचना र मूल्याड्ढन गरी तीन प्रकारका कर्मलाई स्वीकार गरेको छ ।
एक प्रकारको कर्म जसको न त नकारात्मक परिणाम हुन्छ न सकारात्मक नै,त्यसलाई अकर्म भनिन्छ । खानु सुत्नु, हिँड्नु सामान्य कर्महरू जसको कुनै पनि हिसाब किताबको खाता बन्दैन । जबसम्म मानिस लोभ, लालच, आसक्ति, स्वार्थ र वासना– कामनाको प्रभावमा आएर कर्म गर्दछ तब त्यो कर्म विकर्म वा पाप कर्म बन्न पुग्दछ। जब मानिस आवेश, आव्रmोश, ईष्र्या र आलोचना तथा वैरभाव राखी कर्म गर्दछ तब त्यो पनि विकर्मको खातामा जान्छ र त्यसको परिणाम स्वरूप नै व्यक्तिले जीवनमा रोग, शोक अनेक प्रकारका अभावको सामना गर्दछ अर्थात् दुःख, सन्तापको भूमरीमा हैरान हुन्छ। उसको जीवनको अमनचयन नै समाप्त हुन्छ । अनेकौं आन्तरिक पीडा र वेदनाको छटपटी हुन थाल्दछ । यसैगरी जब मानिस निस्वार्थ भाव, निर्मानभाव परोपकारी भाव र प्रभू समर्पण राखी कर्म गर्दछ तब त्यो कर्म सत्कर्मको खातामा जम्मा हुन्छ । सत्कर्म गर्ने व्यक्ति आफ्नो सुख, सुविधा, ऐस, आरामको लागि बाँचेको हँुदैन । बरु नसा–नसामा सुख दिऔं, सहयोग गरौं भन्ने भावनामा हुन्छ तथा उसमा विचार,सड्ढल्पहरूमा समेत सर्वहित र कल्याणको सोचाइ रहेको हुन्छ ।
आफूप्रति दुर्भाव, शत्रुभाव र अपमानको भाव राख्ने व्यक्तिप्रति समेत स्नेहभाव, सम्मान भाव र हितैषीभाव राखी सोही अनुरुप व्यवहार र कर्म गर्नु वास्तवमा सत्कर्म हो । अध्यात्मले यस्तै कर्म गर्न मानिसलाई उत्प्रेरणा र हौसला प्रदान गर्दछ । वर्तमान समयमा सत्कर्म गर्न मानवमा उच्च मनस्थिति विकसित गर्नु जरुरी छ । कर्मले नै मानिसलाई राजा बनाउँदछ भने कर्मले नै मगन्ते पनि बनाउँछ । दुई नवजात शिशुलाई बाह्य दृष्टिकोणबाट हेर्दा उनीहरूको कुनै दोष विशेषता केही देख्न सकिदैन । दुवैको जन्म फरक–फरक घरनामा भएको पाइन्छ । एउटा बालक सम्पन्न राज घराना वा अति धनाढ्य अरबपतिको घरमा जन्मन्छ । जन्मजात उसको मुखमा सुनको चम्चा हुन्छ अर्थात् सबै प्रकारका सुख–सुविधा भौतिक सम्पन्नता आदि प्राप्त हुन्छन् । त्यस बालकको जन्ममा हर्ष, खुसीको बढार्इं हुनुका साथै कतिपय व्यक्तिहरूले पुरस्कार र सम्मान प्राप्त गर्दछन् । त्यस बालकले कुनै मेहनत र परिश्रम गरेको देखिँदैन त्यैपनि सबै पदार्थ र दौलत प्राप्त छन् । त्यसैगरी अर्को बालक सडक जीवनमा रहेको महिलाको कोखमा जन्म पाउँछ । उसलाई एक थोपा दूध खान समेत मुस्किल पर्दछ । अत्यन्तै कष्टसँग त्यस बालकको जीवन व्यतित हुन्छ । यस्तो परिस्थितिमा कतिपय मानिसहरू ईश्वरलाई समेत दोष दिन पुग्दछन् । यसरी दुईवटा शिशुवीच यस्तो ठूलो भिन्नता हुनु परमात्माले ठूलो अन्याय र पक्षपात गर्नुभएको हो भन्ने कुरा समेत सुन्न पाइन्छ । वास्तवमा यो भनाई सत्य होइन । सत्य के हो भने— प्रत्येक मानव आत्माले आफूले गरेको कर्मफल— पाप र पुण्यका रूपमा आफूसँग बोकेर ल्याएको हुन्छ र त्यसै अनुसारको जीवनमा फल पाउने गर्दछ ।
हामीले देखेका छौ सुनेका छौ र कतिपयले भोगेका पनि छौ कि एउटा कुकुर १५औं तलामाथी सोफामा सुत्छ र डवल मख्खन रोटी खान्छ । यहाँ सडक नालीमा एउटा मानिस त्यस्तै कुकुरले नखाएको छोडेको फोहोर खान्छ भने विचार गरौ पाठकगण ! के मानिसले दुःख भोग्न पशु योनीमा जानु पर्ला त ? भनिन्छ, वर्तमान विगतको उपलव्धी हो तथा भविष्य वर्तमानको प्रारब्ध हो । कर्मको सिद्धान्त शाश्वत र अकाट्य हुन्छ । कसैले पूर्व जन्ममा गरेको पुण्य कर्मको प्रतिफल वर्तमानमा धन,दौलत,सत्ता र शक्ति प्राप्त गरेको हुन्छ । त्यो प्रशंसनीय छ त्यसमा कुनै ईष्र्या आलोचनाको कुरा हँुदैन तर अबको जिन्दगीमा निज व्यक्तिले आफ्नो प्राप्तीमा कति सदुपयोग वा दुरूपयोग गर्दछ,तदनुसारको हिसाब,किताब बन्दछ । यदि कसैले आफ्नो सत्ता र शक्तिको दुरूपयोग गर्दछ । सत्ता, शक्तिको बलमा आतड्ढ मच्चाउने, गरिब, निमुखा र कमजोर जनमानसलाई सताउने, दुःख दिने,अन्याय गर्ने,धनको दुरूपयोग,भोग–विलास र अश्लील जीवन पद्धतिमा प्रयोग गर्दछ भने निश्चित छ कि त्यस्ता कर्मको प्रतिफल तत्कालै पनि अनेक प्रकारका दुःख, कष्ट असाधारण रोग वा मानसिक पीडाको रूपमा भोग्नु पर्ने हुन्छ । कुकर्म गर्ने व्यक्ति आन्तरिक रूपमा अथाह पीडा र छट्पटीमा हुन्छ। साथै गलत कर्मको हिसाब–किताब उसको अर्धचेतन मनमा संस्कारका रूपमा संग्रहित रहन्छ । परिणाम उसको भावी जीवनलाई बल वा मार्गचित्र दिने गर्दछ अर्थात् वर्तमान जीवनमा गरेको कर्म नै उसको भावी बन्दछ । अतः कर्म सिद्धान्त सबैका लागि बराबर हुन्छ । वर्तमान जीवनमा सामान्य व्यक्ति पनि आफ्ना कुशल कर्म, सत्कर्म, उच्च विचार, परोपकारी भावना, सत्यनिष्ठ जीवनशैली तथा नैतिक चारित्रिक आचरण र आध्यात्मिक मनन, चिन्तनका माध्यमबाट सुसंस्कृत व्यक्तित्वको विकास गर्न सक्दछ तथा भविष्यमा एक महान् भाग्यवान् आत्मा बनी विश्वकै राज्य,भाग्य समेत प्राप्त गर्न सक्दछ ।
यस कर्म सिद्धान्तको यथार्थतालाई हामी सबैले स्वीकार गर्नुमा नै कल्याण समाहित छ । वर्तमान युगमा मानवको प्रवृत्ति कुनै पनि समस्या, सड्ढट जटिलताले अरूलाई दोषी घोषणा गर्न तथा अरूलाई नै समस्याको कारण बनाउने पक्षमा नै केन्द्रित भएको पाइन्छ । तुरुन्तै अरूलाई दोषीका रूपमा आँैल्याउने गर्दछ तर स्वाभाविक अरूलाई एक औँलाले सड्ढेत गर्दा तीन आँैला आफूतिर नै सड्ढेत गरिरहेका छन् यस तथ्यलाई आड्ढलन र महत्व दिने गरिदैन । गल्ती यहीँनेर हुने गर्दछ अरूलाई दोष दिँदा । हुन सक्दछ ऊ पनि दोषी छ तर त्यसभन्दा तीन गुनाले म नै दोषी छु भन्ने स्वतःस्फूर्त स्वीकार्यता मानिसमा पाइंँदैन । यदि यस प्रकारको दृष्टिकोण मानिसमा विकास हुने हो भने कर्मको रूपरेखा नै फरक हुन जाने थियो । यसबाट सबै तहमा समस्याको अनुपात कम हुनुका अतिरिक्त मानिस आफ्ना भावना विचार, बोल र कर्म व्यवहारमा निगरानी राखी तिनीहरूको सुधारमा बढी सतर्क हुने संस्कारको विकास पक्कैपनि हुने थियो होला । वास्तवमा आध्यात्मिक विज्ञानले मानिसलाई कर्मको गुÞय रहस्य सम्झिएर त्यस अनुसार नै कर्म गर्ने नैतिक बल प्रदान गर्ने गर्दछ ।
जब हाम्रो जीवनमा दुःख आउँदा हामीलाई यस्तो लाग्छ, सायद यो पनि भगवान्ले मलाई दिनुभएको हो । यस्तो पनि सुनिन्छ–उहाँको जो इच्छा । आयुको पनि, दुःखको पनि,शरीरको रोगको पनि र जति पनि लडार्इं–झगडा लगायत कुनै पनि यस्ता अशान्तिका कारण आउँछन्,त्यसबेला भगवान्सँग सहारा खोज्छौ । यी सबै कुराको निवृत्तिको उपचार उहाँसँग छ, त्यसैले जे हुँदा पनि भन्छौ— “ओ माइ गड”। यसको अर्थ कसैले जानोस् नजानोस्, तर भगवान् हुनुहुन्छ अवश्य । उहाँ को हुनुहुन्छ, के हुनुहुन्छ त्यो थाहा नहोस् तर भित्रबाट निस्कन्छ हे भगवान प्रभु,अल्लाह खुदा आदी आदी । जुन धेरै समयदेखि आश राख्दै आएका छौं, अहिले उहाँ सुखदाता स्वयंले हामीलाई आफ्नो परिचय दिइरहनुभएको छ,जसलाई अनेक भाषा स्थान र मान्यता अनुसार नाम दिने गरिन्छ । कसैले भगवान भन्छन त कसैले अल्लाहा भनी पुकार्छन,अनि कसैले गड मान्छन त अन्यले नूरइलाही त्यसैगरी कोही ज्योतीमा विश्वास गर्छन भने कसैले ओम्कार एक सतनाम् भनी जप्ने गर्छन। जहाँ जसले जुन नाम उच्चारण गरेपनि परमात्मा एक हुनुहुन्छ,गड इज लाइट । वन गड वन वल्र्ड फ्यामिली– एक पिता एक विश्व परिवार । वहां ज्योर्तीस्वरुप सदाशिव यस धरामा अवतरण भइसक्नु भएको छ र भन्नुहुन्छ— ‘हे बच्चाहरु ! तिमी दुःखी किन भएका हौ ? कारण त तिम्रो नै हो तर कुन कुराको कारणले तिमीले दुःख पाइरहेकाछौ ? तिम्रो कुनचाहिँ कर्म यस्तो छ जुन दुःखको कारण बन्दै गइरहेको छ ? फेरी सल्लाह दिनुहुन्छ— प्यारा बच्चाहरु ! तिम्रो सुखको कारण के हो र दुःखको कारण के हो ? बाबा भन्नुहुन्छ— प्यारा बच्चाहरु ! म आएको छु तिम्रो दुःख हर्न । दुःख हर्नको लागि मैले तिमीद्वारा नै यस्तो कर्म गराउँछु, जसबाट तिम्रो दुःख नष्ट हुन सकोस् । मैले जे सिकाउँछु, सम्झाउँछु त्यसलाई बुझेर त्यो पुरूषार्थ गर, त्यसैबाट दुःखलाई नष्ट गर । तिम्रो दुःख नष्ट गर्ने मैले शिक्षा दिन्छु, जसलाई धारण गर किनकि तिम्रो चीज हो नि ।’हामी आफैले वनाएको कर्मको खातामा अलमलिएका छौ,त्यसैमा त दुःखी भएका छौ । ५ विकारहरुले (काम,क्रोध,लोभ,मोह र अहंकार) आज मनुस्य जीवन अस्तव्यस्त वनिरहेकोछ जुन दुःखको मूल कारण हो । माया वा विकार कुनै शरीर होइन, संसार विकार होइन, धन सम्पत्ति विकार होइन । विकार एउटा अलग चीज हो जुन आउनाले फेरि यी सबै चीजहरु दुःखका कारण बनेका छन् । नत्र यी सबै पदार्थ आत्माको सुखका कारण हुन् तर यस्ता कुराको पूर्ण ज्ञान नहुनाको कारण सबै चीजहरु दुःखदायी बनेका छन् । त्यसैले भगवान बाबा भन्नुहुन्छ— ‘मैले यो रचना जुन रचेको छु अनादि, त्यो कुनै दुःखको कारण होइन । दुःखको कारण तिमी बनेका छौ । तिमीमा कुनै अर्को अलग चीज आएको छ । त्यो अलग चीज हो यो माया ५ विकार । अब तिमीले यसलाई निकाल । कतिले त भनिदिन्छन्— यो पनि सबै भगवान्ले दिएको हो । तर भगवान्ले त सुखका चीजहरु दिनुभयो नि, त्यसमा तिमीले विकार मिसाएर सबै चीजहरुलाई बिगारिदिएकाछौ ।’ कसैले भन्छन्– के गरुँ, त्यो गरुँ या यो गरुँ…कतिले फेरि सझिन्छन्— यो त कुनै वृद्घहरुको काम हो । अरे जीवन बनाउन के वृद्घहरुलाई मात्रै आवश्यक छ ! हामीले जीवन कसरी चलाउने? यो त समयको कुरा हो नि । त्यसैले यहाँहरुलाई हाार्दिक आग्रह छ–वर्तमान संगमयुगको महत्व र परमात्मा पिताको आव्हानलाई बुझौ र आफ्नो जीवनको दुःखको जुन जड छ, दुःखको जुन कारण छ त्यसलाई मेटाउने पूरा–पूरा प्रयास गरौ अन्यथा पश्चातमा खुनको आंशु वगाउने दिन नआउंला भन्न सकिदैन । अतः वर्तमान युगको विरोधाभासपूर्ण स्थितिलाई सद्भाव र सहमति भावमा परिवर्तन गर्न आद्यात्मिक जागृती मार्फत सत्ता,शक्ति र सम्पतिलाई ज्ञानयुक्त मोड दिनु जरुरी छ । जसबाट एक उचित समझदारीको निर्माण हुन अलौकिक रंगले राम्रो कलात्मकता दिन सकिन्छ । सांसारिक धन वस्तु—वैभव त कहिले लाभ कहिले हानीको रुपमा परिवर्तन भइरहन्छन् । तर आद्यात्मिक ज्ञान अविनाशी धन हो जसले आपत् विपद् र समस्याका वेलामा समेत उचित सुझ बुझ प्रदान गरी दुख सुख पीडा हानीमा सहासका साथ सामना गर्ने शक्ति र धैर्य प्रदान गर्दछ । जसले निरन्तर आत्म चिन्तन परमात्म चिन्तन र कर्म सिद्धान्तमा अटल रहने दृढ मनोवल प्रदान गर्दछ । बाहुवल जनवल र शस्त्रवल भन्दा आत्मवल योगवल चरित्रवल र नैतिकताको वल कैयौ गुणा वलवान हुन्छ ।
हामी सबैलाई थाहा छ कि यो संसार एक कर्मभूमी हो । संसार कर्म प्रधान छ, कर्मको फल अपरिहार्य छ । शरीर कर्मका लागि साधन हो । शरीरका भिन्न भिन्न कर्मेन्द्रियहरु मनको आदेश अनुसार आ–आफ्नो क्रिया गर्दछन् । मानवको मनमा विचार उत्पत्तिको आधार आत्मा हो । आत्मा हाइपोथेलमस र पिट्युटरी ग्ल्याण्डको बीचमा स्थित छ अर्थात् मस्तिष्कमा स्थित छ । आत्माको सोच अनुसार जुन भाव बन्छ, त्यो आँखाबाट झल्किन्छ । यो भाव यदि अधिक शक्तिशाली हुन गयो भने मुखद्वारा प्रकट हुन पुग्छ र सो भन्दा पनि अधिक शक्तिशाली भयो भने हात आदिद्वारा कर्ममा आउँछ । कर्म सिद्वान्त अनुसार कुनै पनि नराम्रो विचार काम,क्रोध,लोभ,मोह,अहंकार,ईष्र् या, द्वेष, घृणा,आलस्य,तेरो,मेरो ईत्यादिमा आधारित हुन्छ । जसले बारम्बार उसलाई पापतिर प्रेरित गर्दछ । परिणामस्वरुप प्रभाव अत्यन्त गहिरो हुँदै जान्छ ।मानवको दुःखको कारण कर्मसँग जोडिएको राग द्वेष हो । जुन कर्म राग–द्वेष सहित गरिन्छ,उसको फल क्षणिक सुख र अन्तमा दुःखको रुपमा मिल्छ । जसरी भोजनमा ढुङ्गा छ भने त्यसले स्वादलाई बिगारिदिन्छ,त्यसरी नै मोह र घृणारुपी कंकडलाई निकालेर आत्मिक स्वरुपमा स्थित भएर कर्म ग¥यौं भने त्यही कर्म पुण्य प्रदायक र सुखप्रदायक बन्न सक्छ । धर्मको अर्थ हो श्रेष्ठ गुणको धारणा गर्नु । जब कर्मसँग श्रेष्ठ धारणा छ भने दया,प्रेम,त्याग,शान्ति, विशालता, अनाशक्ति आदि जोडिन्छन् । त्यही कर्म श्रेष्ठ हुन जान्छ । कर्म सिद्धान्त लाई बुझ्नको लागि ईश्वरीय विवेक र सद्विवेकको आवश्यकता छ । कर्म–फल अनिवार्य छ हरेक क्रियाको बराबर र विपरीत प्रतिक्रिया हुन्छ । यो न्युटनको गतिको तेस्रो नियममा आधारित छ ।यस सिद्धान्त अनुसार हरेक कर्मको फल निस्कन्छ । कर्म गर्नुलाई बीज लगाउनु भनिन्छ । यदि जमिनमा रोपेको बीज स्वस्थ छ भने उम्रन्छ । त्यसैगरी कर्मरुपी बीज पनि अवश्य फल्छ । जसरी घुनले अन्नलाई भित्रैबाट खाएर खोक्रो गराईदिन्छ, त्यसरी नै पापको संकल्प र कर्मले आत्मामा जम्मा भएको शक्तिलाई नष्ट गर्दछ । आत्मा बीज हो । साथै राजयोग साधना र अभ्यासले मानिसको अन्तर अवचेतन मनमा रहेको असीम शक्तिलाई उजागर तथा क्रियाशील वनाईदिन्छ । वास्तवमा मानिसको कल्याण अकल्याण भन्ने कुरा आफ्नै कर्ममा निर्भर रहन्छ । आत्माको सत्य ज्ञानबाट आत्म–चिन्तन गर्ने, आध्यात्मिक शाश्वत मूल्य र गुणहरूको परम स्रोत सर्वोच्च सत्ताको यथार्थ बोधबाट परमात्म–चिन्तन गर्ने तथा स्वच्छ पवित्र र सात्विक जीवनशैली अपनाई शुद्ध आचरणको जीवन्त उदाहरण बन्ने पक्षमा आन्तरिक बल प्रदान गर्दछ । यसबाट मानिसको दृढ मनोबलको विकास हुन्छ । विपरित परिस्थिति, र अनेक प्रकारका नकारात्मक दवाब एवं प्रभावको बीचमा पनि आफ्नो सत्य निष्ठाको सिद्धान्तमा अडिक रहन्छ । सत्यको बल,परमात्माको बलमा अटुट निष्ठा र विश्वास राखी धैर्य र साहसका साथ परिस्थितिलाई पार गर्न पुग्दछ तथा जीवनमा सत कर्मको सिद्धान्तलाई दिगो राख्न सफल हुन्छ एवं सही कर्म सत्कर्मको पूँजी जम्मा गरी एक जन्म त के २१ जन्मको लागि महान् हैसियत स्थापित गर्न सफल हुन्छ । यस समयमा हामीले जे भोगिरहेका छौ,हामी आफैले रोपेको कर्म विजको परिणाम हो । कसैलाई दोषारोपण गरेर उन्मुक्ति पाइदैन । जसरी विगार्ने हात हाम्रै थियो भने अव कसरी सपार्ने र पूर्ववत् अवस्थामा ल्याउने त्यसको जवाफदेहीता पनि हामी मानवकै विवेक सोच र कर्ममा भर पर्नेछ। ॐ शान्ति ।।
लेखक ब्रह्माकुमारीज मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र घोराही,दाङ्गका प्रवक्ता हुन
