कोरोना आतंक अबसर पनि हुनसक्छ
भुपेन्द्र सुबेदी
समकालिन बिश्वलाई आतंकित बनाएको क्रोरोना भाईरसको कारण आज हामी कुनै अपराध गरेर जेलमा दिन बिताएको सरह कतै बाहिर ननिस्किएर भित्रै बस्न बाध्य छौ ।
आज किन र कस्को कारण यस्तो आपत आइलाग्यो बिश्वका नागरिकहरुलाई ? केहो कोरोना भाईरस ? केको माध्यमबाट फैलिएकोहो यो भाईरस ? के अब हामीले सधै यस्तै अबस्था भोग्न पर्ने हो त ? अबको दिन के यस्तै धरभित्रकै बन्दी भइराख्ने हो त बिश्व समाज ? यसरी सधै घरभित्रै बसेर आम नागरीकको दैनिकी कसरी चल्ला त ? खेती पाती गर्नेले कसरी गर्ने ? मल बिउ कस्ले कांहाबाट ल्याइदेला त ? अझ श्रम गर्ने श्रमिकहरुले गरेको काम अब कस्ले गर्छ हाम्रो नेपालमा ? ति श्रमिकहरुको दैनिकी कसरी चल्ला जस्को साझ कमायो साझै ठिक्क र बिहान कमायो बिहानै ठिक्कको अबस्थामा छ ? यस्तो श्रमिक बर्गलाई के सरकारले सधै घरघरमा रासन पु¥याएर पाल्न सक्ने औकात राख्दछ ?
अबको दिनमा बिश्वको बिकसित देशहरु जो सम्पन्नशाली छन्, उनीहरुले आ आफ्ना जनतालाई पाल्न सक्लान्, हाम्रो जस्ता देशले के गर्ने ? हाम्रो देशको जनसंख्याको ठूलो हिस्सा विदेशमा रोजगारीका लागि गएकोछ । नेपाल सरकारले नीति नै बनाएर रोजगारको लागि उनीहरुलाई बिदेशमा रोजगारीका लागि जाने बाटो खोलिदिएको छ । कोरोनाको संक्रमणका कारण अब बिदेसी राष्ट्रहरुले बैदेशिक रोजगारीमा गएका सबै नेपाली युवा युवतीहरुलाई फिर्ता पठाउन सुरु गरीसकेकोछ ।
यही कारण बिदेसमा श्रम गर्न जाने जमातको ठूलो संख्या कटौती हुने निश्चित छ । अब नेपाल सरकारले यो कोरोना भाईरसको उपचारको भरपर्दाे माध्यम नभएको वर्तमान अबस्थामा उपचारको सामाग्री र उपचारमा बिज्ञता हासिल गर्नुभएका स्वस्थ्यकर्मी चिकित्सकहरुको संख्या बृद्धि कसरी गर्ने ? र उनीहरुको स्वास्थ्यको सुरक्षाको जिम्मेवारी पुर्बक सरकारले कसरी आस्वस्थ्य पार्ने ? अझ भन्नु पर्दा सबै भन्दा २४सै घण्टा फिल्डको फिल्डैमा खटीएका सुरक्षाकर्मीले त मास्कपनी आफै किनेर लगाएको अबस्था छ । सरकारले खाली स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीहरु र त्यस्को मोनीटरींमा खटीने कार्यकर्ताहरुलाई भत्ता बढाएको सुन्नमा आयको छ । सुरक्षाकर्मीको २४ घण्टे सेवाको मुलंकन गरेको खै त ? के यस्तै गरेर छुट्याउन मिल्छ ? आफ्नै रातदिन पछि लाग्नुपर्ने सुरक्षा निकायको अबस्था नबुझ्नेहरुले किन साथमा लिएर जाने सुरक्षाकर्मीलाई ?
बिश्वको भयावह समस्या कस्को कारणले निम्तिएको हो ? कस्ले कस्लाई दोष दिन मिल्छ ? आकस्मिक रुपमा भित्रने रोगव्याधको सामना गर्न र आफ्नो देशका जनताको सुरक्षा गर्नु स्वयम् सरकारको कर्तब्य हो । तर आजको काहाली लाग्दो अबस्थामा सरकारका जिम्मेवार अधिकारीहरु घरभित्र बसेर रेडियो, मोवाइल, फेसकुक मार्फत ‘यो गरे त्यो गरे’ भनेर हल्लागरेर बस्ने होइन । साथै अर्काको टाउकोमा जिम्मेवारी पन्छाएर आफु मात्र बच्ने काम गर्नु पनि हुदैन । यो कुराको आम नागरीकले मुल्यांकन गरीरहेका हुन्छन् ।
को को नेता जनताको समस्यामा आफै जुटे र को को बिस्ताराबाटै आदेश गरेकाछन् ? सबैको मुल्यांकन गर्ने यो एउटा ठुलो मौका हो । त्यो चाहे यस बिषमा खटीने कर्मचारी होस, या कार्यकर्ता होस अब सबैको मुल्यांकन जनताले गरी बसेकाछन् । अबको समस्या समाधान गर्न अब आफै आ आफनो बिबेक प्रयोग गरी आ आफनो क्षेत्रमा खटीएर त्यहाँको बस्तु स्थितिको सहि मुल्यांकन गरी कस्ले प्रभावकारी भूमिका खेल्छ त्यो मुल्यांकनको बिषय हो । यही आधारमा अब कसकसले जनताको तर्फबाट फुलको माला पहिरिन्छन् र कोकोले जुत्ताको माला पहिरिन्छन् भन्ने मुल्यांकन पनि हुने छ । तसर्थ यो आफ्नो हैसियत देखाउने ठूलो अवसर आको छ सबैलाई । यो अवसरमा चुक्नेहरु जनताको अपमानको कठ्घरामा जान निश्चित छ ।
नेपालले जहिले जहिले बिभिन्न संकटको सामना गर्नुपर्ने सुरुवात आएको हुन्छ, तब त्यो तिथी र मितीमा एकअर्को समस्याको तगारो तेर्सिएकै हुन्छ । जस्तै सुन तस्करी र सुन तस्करीका नाईके गारेको हत्याको अनुसन्धान अघीबढाउने तरखरमा रहेको बेलामा कैलालीको निर्मला बलात्कार हत्या काण्डको घटनाले सुनकाण्ड ओझेलमा पर्न गयो । यस्तै, निर्मलाको अनुसन्धानले सार्थकता आझै पाउन सकेको छैन । भारतले नेपालको कालापानी लिपुलेक र लिम्पियाधुराको समस्याको खोजमा लाग्दा लाग्दै करीब अब बर्ष दिन हुने समयमा फेरि बिश्वलाई आतंकित पार्ने कोरोना भाईरसको समस्या भित्रीयो अब भारतीय सरकारले नेपालको भूमी हस्तक्षेप गरेको बिषय फेरि ओझेलमा पर्नै निश्चित छ । तर यि सबै पक्षको जिम्मेवारी भनेकै हामी नेपालीको हो ।
नेपाल सरकारका सामु यस्ता अबसरहरु पनी निकै चोटी आए र चुनौती पनि नीकै चोटी आए । तर नेपालको सरकार र सरकारमा आसिन नेताहरुले नत राष्ट्रको अबसर छोप्न चाहे, नत त्यस्तो चुनौतीको सामना गर्न नै सके । नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थकोपछि लाग्दा राज्यले प्राप्तगर्न सक्ने अबसर र गर्नुपर्ने चुनौतीबाटै आजसम्म नेपाल सरकारमा राज्य संचालक हुन पुगेका नेताहरुले यस्तो अबसर र चुनौतीलाई कहिले आत्मसात् गरेको ईतिहास लेखीन सकिएन, किन ? अबको नेपाली जनताकोृ संरक्षण र नेपाल राष्ट्रको राष्ट्रिय अखण्डताको संरक्षणका लागि नेपाली जनताले अब ‘हे बिर नेपाली युवा हो अब उठ, नेपालको भलो अब यी बृद्ध अबस्थाका जेष्ट नागरीकबाट एक्लै धान्न सक्ने क्षमता ह्रास भईसकेको छ । अब होनहार, शुद्ध, कुनै ठेकेदारी पेसामा नपल्केका राम्रा शिक्षा हासिल गरेका देश बिदेशको राम्रो पहिचान गरेर आएका नेपालका युवा बर्गको हातमा नेपालको राजनिती नेतृत्वको खाँचो छ’ भन्नेवेला आएको छ । मौका र अबसर सधै आउदैन । अबसर भनेको मौकामा प्राप्त हुने कुरा हो भनेर बुझ्न अब ढिलो नगरौं ।
