नेपालमा ५ जना कोराना संक्रमित, बिश्वमा ६ लाख बढी
दाङ, १५ चैत । नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । बेल्जियमवाट आएकी १९ बर्षिया बालिकामा कोरोनाको संमक्रमण देखिएपछि यो संख्या ५ पुगेको छ ।
ती ५ मध्य १ जना निको भएर घर फर्किसकेका छन् भने ४ जना आइसोलेसनमा रहेका छन् । आइसोलेसनमा रहेको संख्या भने यो भन्दा धेरै रहेको छ । आइसोलेसनमा रहेका सबै संक्रमी भने होइनन् ।
नेपालमा हालसम्म ८ सय ७५वटा कोरोना संक्रमणको परिक्षण गरिको छ । ती मध्य ५ जनालाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका अनुसार अझै ३० भन्दा बढी स्वेब परीक्षणको क्रममा छन् । शनिवार बेलुकासम्म परीक्षणको संख्या ३ सय पुग्ने अनुमान गरिएको छ ।
हालसम्म बिश्वमा ६ लाख ७ हजार ९ सय ६५ जना संक्रमीत भेटिएका छन् । त्यसैगरी कोरोना भाइरसको कारण २८ हजार ९ सय २५ को मृत्यु भएको छ भने १ लाख ३२ हजार ६ सय ८८ जना निको भएर घर फर्केका छन् । बाँकीको उपचार भैरहेको अबस्था छ ।
