कविता : पिता औसी

समिप आचार्य ‘यात्री’

सर्वोश्रेष्ठ सम्पूर्ण ब्रह्माण्ड
आफ्नै माता पिताको चरणमा
शिव पुत्र गणेशायले
सात परीक्रम गरेका ब्रह्माण्डमा

निन्द्रा आफनो भुलि सुताए
आँशु आफनो झारेर हसाए
पिडा कहिल्यै नदिनु ती भगवानलाई
दुयिना रमेको छ जहाँ आमाबाबुमा

आफु भलो त जगत भलो
मनको कुरा थाहा पाए जस्तो
आँखाले पढिहाले जो
पिडा होस चाहे त्यो खुशीमा

जन्मदिने माता पिता
कष्ट सधै लिई आफ्नो शिरमा
ज्ञानको दिप बाल्न सिकाउने
पिता नै सर्वोश्रेष्ठ गुरुहरूमा।।

बुवाको मुख हेर्ने (पिता औसी) आजको दिनमा तपाई तथा सम्पूर्ण पिता सम्मान पिताहरूमा हार्दिक मंगलमय शुभकामना ।