छोरीको जन्मदिनमा कांग्रेस सदस्यको कोरोना विमा
दाङ, ३ भदौ । नेपाली कांग्रेसका नेता तथा औषधी व्यवसायी दाङ निवासी पवन आचार्यले आफ्नी छोरीको जन्मदिनका अवसरमा पारेर करिव दुई सय जना कांग्रेसका क्रियाशिल सदस्यहरुको कोरोना विमा गरिदिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–७ निवासी आचार्यलले कोरोना संक्रमणको बेला आफ्नोतर्फबाट सानो योगदन पु¥याउने उद्देश्यले यस्तो निर्णय गरेको जनाएका छन् ।
उनले आफ्नी छोरी आहना आचार्यको जन्मदिनको अवसर पारेर कोरोना विमा गरिदिन घोषणा गरेका हुन । जन्मदिनको अवसरमा रचनात्मक कार्य गर्ने उद्देश्यले आफ्नो वडामा रहेको कांग्रेसका क्रियाशिल सदस्यहरुको बिमा गर्न थालेको बताए ।

तुलसीपुर उपमहानगरपालिका– ७ का इकाइ सभापती हरिवहादुर थापाले कोरोना विमाको तयारी भएको बताएका छन् । त्यसका लागि सदस्यहरुलाई विमाका लागि आवश्यक पर्ने कागजात मगाउने काम भैरहेको समेत बताए । वडामा १ सय ९३ जना क्रियासिल सदस्यहरु रहेको सभापती थापाले जानकारी दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–७ का वडा अध्यक्ष टोपबहादुर केसीले यसरी महामारीको समयमा कोरोना बिमा गरिदिदा थोरै भएपनि राहात मिल्ने बताए । उनले एक व्यक्तिले गरेको यो नयाँ कार्य भएको भन्दै यस्ता कार्य अन्य व्यक्तिहरुले समेत गर्न सक्ने बताए ।
