वर्तमान परिस्थिति र मानव जीवन
विनोद पोख्रेल
२०७७ बैशाख २ गते
वर्तमान बन्द कहिलेसम्म रहने हो ? यसको असर कुन क्षेत्रमा कतिसम्म पर्ने हो ? के-के सामानको जोहो गर्ने हो ? प्रश्नहरुको वा सोचको एउटा पक्ष हो यो । यसको एउटा असर विरामी वा मृत्युबाट हामीले धेरै कुरा त्याग्नुपरेको छ । प्रत्यष र अप्रत्यष रुपमा यसका असर अहिले पनि देखिएका छन् । पछि के-के देखिने हुन् त्यो पनि अन्दाज गर्नुपर्ने हो । मेरो आजभोलिको भोगाईको भरमा भन्ने हो भने मजस्तो उमेर र शारीरिक अवस्था भएकाहरु अरु एक महिना यस्तै गरी बस्नुपर्ने हो भने यो अवस्थाबाट निस्कँदा या त लठ्ठी टेकेर हिड्ने या त डाक्टर भेट्नैपर्ने स्थितिमा पुगने जस्तो लागेको छ । म कामै नभएर पनि घोराहीसम्म जानु कति महत्वपूणर् काम रहेछ, त्यो बुझ्न थालेको छु ।
शारीरिक र मानसिक दुवै रुपले यसको महत्व मैले सोचेकोभन्दा बढी कम्तिमा पनि १० वर्षभन्दा बढीले पाको उमेर कि एउटी महिला केही दिनपछि सडकसम्म पुगिन् । त्यहीबाट फर्किइन् । यो पनि उनको वाध्यता नै हो भन्ने बुझेँ । यो त बूठो मानिनेहरुलाई परेको समस्या हो । मेरै घरमा विपुरका दुईजना छन् । नातिहरु छन् । विपुलले पत्रिका अनलाइन गराएर समाचार पठाइरहन्छ । त्यसको लागि ऊ या त फोनमा व्यस्त हुन्छ या त ल्याप्टपमा । हुन त उसले कस्तो महशुस गरेको छ, उसले जान्ने कुरा हो । मलाई डर भनेको यी मानिसहरुले सुस्त-सुस्त प्रभाव पार्छन् र खास गरेर खाँखा, कान र दिमागमा प्रभाव पर्छन् भन्ने सुनेकोले हो । कति पार्छन् मात्र त थाहा छैन तर मेरो लागि अलिकति मात्रै पनि धेरै हो । त्यस्तै सुलोचना पनि, उसको पनि कार्यक्षत्र सञ्चार क्षेत्र नै भएकोले धेरैजसो घरबाट बहिर नै हुन्थी, दिनभरिलाई । अहिले ऊ कैदमा जस्तै छ । अर्को पक्ष ऊ यति डराई कि उसलाई घरको काममा सहयोग गर्नेलाई पनि नआउन भनि । उसको मनोविज्ञान अलि बढी नै डराएको महशुस गरेको छु ।
त्यस्तै नातिहरुको नि धेरै समय अलि बढी नै समय मोवाइल फोनमा गेम खेलेर नै बित्ने गर्छ । यिनीमा केकस्तो प्रभाव पार्ने हो त्यो पनि मेरो डरकै विषय बनेको छ । हुन त सबैको लागि म डराएर के गर्न सक्छु र ? तर पनि भावनाको कुरा हो भोलि दिनलाई केही अप्ठेरो जीवन बिताउन पर्छ कि भन्ने डरले छोड्न सक्दैन । मजस्तालाई केही वर्ष मात्रै होला । उनीहरुको जीवन त लामो छ । त्यस्तै लामो होस् र सजिलो होस् भन्ने मेले पनि चाहन्छु । जीवन पहिलो शर्त हो । यसका लागि जे पनि सहन सक्नै पर्छ । तर कष्टकर जीवनले भोलि जीवनसँगै थाक्ने वा मिच्छिने स्थिति आउन्छ कि भन्ने चिन्ता पनि कताकता छ । एउटा आशा भनेको अब घरपरिवार छोडेर विदेशिनेको संख्या कम हुन्छ कि ? हुन त यो आशा मात्रै हो । ०७२ को भूकम्पपछि अब मानिस काठमाडौं केन्द्रित हुँदैन कि जस्तो लागेको थियो । अहिले त्यो बेलाको जति आकर्षण त छैन तर त्यहाँका कोही फर्केको जस्तो पनि लाग्दैन । मानिस भावनाबाट सञ्चालित हुन्छ । भावनामा जस्तो असर परेको छ भन्ने बुझ्न पनि त परिस्थिति सुध्रिनुपर्यो । सबैका कुरा सून्नुपर्यो अनि मात्र एउटा निष्कर्षमा पुग्न सकिएला ।
२०७७ बैशाख ३ गते
मानव जतिलाई एकांकी रुपमा व्याख्या गर्ने राजनीतिक, सामाजिक दर्शनहरु समेतलाई गलत प्रमाणित गर्ने गरी जसरी वर्तमान परिवेश अगाडि बढिरहेको त्यो दैख्दा मानवीय आकांक्षाहरुलाई बुझ्न नसक्नेहरुले पनि केही त बुझेका होलान् । यो मेरो अपेक्षा हो । मानिसले केले अथवा कतिले पुग्छ भनेर सीमा बाँध्नेहरुले आफै बाँधेको सीमामा विसतार गर्नुपर्ने भएको छ । निणर्यहरु पनि कति अव्यावहारिक लिनुपरेको छ भने यस्ता निणर्यहरुको बारेमाभन्दा पनि धेरै सोच्नुपर्ने हुन्छ ।
केही महिना वा वर्षहरु घरदेखि बाहिर बिताएको व्यक्ति डर र मोहको समिश्रण बोकेर शान्ति र सुरक्षाको अपेक्षा लिएर घरमा पुग्ने प्रयासमा छ तर सरकारले भावनामा बगनु हुँदैन भनेर या त सीमा पारि या त देशभित्रै परिवारभन्दा अलग क्वारेन्टाइनमा बस्न वाध्य बनाएको छ । घर भए शान्ति र सुरक्षा पाइन्छ भन्ने विश्वास पूरा हुन समेत दिइएको छैन । जु कुनै तरिकाले घरमा पुगे उनीहरुलाई पनि खोजी-खोजी उनको सम्पर्कमा आएकाहरुलाई पनि खोजी-खोजी अलग बसाल्ने प्रयास भइरहेको छ । जे होला सँगै भोगौँला भन्ने ािणर्य समेत गर्न नपाइने भएको छ । के यो सबै मानिसलाई गास, बास, कपास, शिक्षा, स्वास्थ्य आदि बुँदाको रुपमा गनाएर ‘यो भन्दा बढी पाउँदैन भन्ने कुरा बुझाएको हो भन्ने बुझौँ अथवा मानव जीवनको महत्वबारे एउटा नयाँ बुझाईको विकास भएको मानौँ ।
मान्छेकै हितको नारा लगाएर हजारौँ मान्छे मार्नेहरु यहाँ सफल क्रान्तिकारी भनिएको पनि थाहा छ । अब ती हजारौँ मानिस फिर्ता गर्न सकिन्छ र ? मान्छे मार्नेले समेत मान्छे थुनेर भए पनि बचाउने परिकल्पना गरे यसको लागि उनीहरुको क्षमता वा सफलता असफलता केही नहेरी धन्यवाद दिनै पर्छ । तर विदेशबाट आएकाहरु घरमा पुगेर कसैसँ सम्पर्क नगरेर बस भन्ने कुरा कतिसम्म व्यावहारिक हुनसक्छ ? यसबारे कसैले किन केही चर्चा गर्दैन ? अर्को पक्ष यसरी बन्द गरेर मानिसलाई सुरक्षाको नाममा मानसिक दबाब र मृत्युको त्रासले कति दिन वा महिनासम्म राख्न सकिन्छ ? त्यसको केही सीमा पनि छैन । समस्या आफूले टार्नसक्ने जस्तो देखिँदैन । आफू बच्ने प्रयास गर्ने मात्रै हो समयले समस्यालाई सुस्त-सुस्त पञ्छाउला भन्ने आश गर्ने मात्र हो । जीवनको विषय, समाज, राजनीति सबैभन्दा महत्वपूणर् कुरो हो । यो अनुभूति गर्दा मेरो जनीवन भनेर हुँदैन । सबैको जीवन उत्तिकै महत्वपूणर् विषय हो भन्ने कुरा भुल्नु हुँदैन । सकारात्मक कुरा जेमा पनि भेटिन्छ ।
वर्तमान परिवेशले जनसंख्या गर्न लाग्ने हो भने त्यस्तो सोच दिमाग नभएकाहरु, अमानवीय प्रवृत्ति भएकाहरुबाट मात्र आउनसक्छ भन्ने प्रतिक्रिया स्वाभाविक रुपमा आउँछ । त्यसकारण सकारात्मक सोच मात्रै पनि सको निदान हुन सक्देन । मानवीय प्रवृत्तिलाई केही दिन नियन्त्रणमा राख्न सकिएला तर लामो अवधिसम्म यसैगरी राख्न सकिन्छ भन्ने कल्पना नगरे हुन्छ । किनेर खासक्ने हैसियत भएकाहरु समेत खान नपाएर लुट्न वा मर्न वाध्य हुने स्थिति पनि आउनसक्छ । त्यसैको लागि पनि सोच्नुपर्ने बेला यही हो ।
