समृद्धिः हात्तीले देखाउने दाँत
युवराज शर्मा
गाउँ बस्ने गाउँले किसानहरुले खेतमा धान काट्दै भन्थे – यस वर्षको तिहार पर्व आयो, गयो किसानहरुको दुःख हटेन । बढ्दै गयो । बारीमा मकै भएन । खेतमा पनि रोपेको गरिमा धान फलेन । अन्न किन्नका लागि रोजगार छैन । कहाँ गएर काम गरी पैसा जुटाउने ? काम पाइन्न । अर्काले लगाएको धानबाली हेर्दा विकासे धानको खेती गर्ने मन लाग्यो । गरिमाको वीऊ फरक परेछ । वीऊमै गलत भएपछि कसरी पसाउने धान ? कहीं कतै विश्वास छैन । कसैको आस्था छैन ।
कसैले पनि ममता गर्दैन । अहिलेको व्यापार कमिशनमा छ । कमिशन बाँड्ने व्यापारीले किन शुघ गरिमा वीऊ बेच्छ ? जसले पनि किसानमारा काम गर्छन् । आफ्नो दुनो सोझ्याउँछन् । सोझासिदा व्यक्तिहरु किसान हुन् । उनीहरुलाई सहयोगात्मक काम भएको छेन । खेतीका समयमा मलको अभाव गरेर कालोबजारी गराउनु, किटनाशक औषधि प्रयोग गरिदिएर फौजी किरा मार्न नसक्नु र किसानलाई खेतीपातीमा प्रोत्साहित नगरेर उनीहरलाई निरुतसाहित गराउनु, उब्जनी भएका वसतुहरुलाई विक्रीवितरणको व्यवस्था नमिलाउनु, जमिन बाँझो राख्ने वातावरण राज्यबाट भएपछि खाद्य आपूर्ति कसरी हुनसक्छ र ? यसतर्फ सरकारको ध्यान नगएर सहकारीमार्फत महँगो व्याजमा किसानहरुलाई फसाउने, अणी बनाउने खेलहरु भइरहेका छन् । किसानहरुको चेतना स्तर उठेको छ । अर्काको जमीन जोतेर भए पनि नेपाली भूमिमा अन्न उब्जाउन खोज्दा पनि सरकारी उपेक्षाले पीडित छन् । उनीहरुले वाध्यता भएर देश बाहिर काम खोज्न जानु परेको, मानसिक र शारीरिक पीडाबोध गर्छन् । उनीहरु भन्छन्– किसानहरु राजनीतिक दलका भोटबैंक हुन् । उनीहरुलाइृ निर्वाचनमा मत दिएर पठाए पनि किसानहरको हितमा काम गरेको इतिहास छैन ।
खेतीमा रमाएको गाउँले किसानहरुलाई नक्कली वीऊ र रासायनिक मल बेचेर, पैसा कमाउन आफ्ना व्यापारीहरुलाई सुविधाहरु दिएका उदाहरणहरु छन् । गाउँले नेपालीको मुख्य पेशा कृषि र पशुपालन हो । तिहारमा गाईगोरुहरुलाई नून खुवाउनु, गाईलाई लक्ष्मी मानेर पूजा गर्नु, गोबरको ढिस्को बनाएर गोबर्धन पर्वत मान्नु, त्यसमा पूजा गर्नु, खर वा वावियोको तोरण बनाएर सडक वारपार टाँगेर स्वागत गर्नु नै तिहारका झलकहरु हुन्छन् । घर–घरमा प्राकृतिक तेलहन फल चिउरीका विजौलाहर जम्मा गरी, त्यसलाई कुटेर, कोलमा पेलेर वनस्पती घ्यू तयार गर्छन् । त्यसता घ्यूमा फिनी, सेलरोटी, वावर, पोपरा, झिँगे रोटी, पुगी, अनरसा, अर्सा, जुम्ले अर्सा, खुर्मा र पापड पकाएर तिहारको खानपिन गर्छन् ।
सबै रमाउँछन् । घरघरमा नाँचगान गर्छन् । पैराणिक कथामा राम्रा गीत गाएर सिगारु र पुरुषुङ्गे नाँच गर्छन् । कात्तिके दान गर्नु गृहस्थीहरुको धर्म हो । उनीहरुमा भेदभाव, मतहरुको भिन्नता पाइन्न । महिला र पुरुषहरु खुला दिलले नाँचगान गर्छन् । यस्तो गर्नु परम्परागत कार्यशैली हो । यसले वर्षभरमा गरिने कार्यहरुको झलक पनि दिन्छ । यो मानवीय सभ्यताको परिचय पनि हो । तिहारपछि धानबाली भिœयाउने समय पनि हुन्छ । उनीहरुका लागि देशमा गणतन्त्रात्मक ाशसन पद्धतिको ज्ञान छैन । त्यसको अनुभूति गर्न पाएका छैनन् ।
किसानहरुलाई सहकारीमा आबद्ध गरेर प्रधानमन्त्री धानबाली कायृक्रम ल्याइएको छ । भनिन्छ– कृषि कार्यमा आधुनिकता भिœयाउँछौं । तर आधुनिकता भिœयाउने नाममा ललिपप देखाएर नक्कली वसतुहरु भिœयाउने काम भइरहेका छन् । एउटा गरिमा धानको वीऊ मात्र होइन, किटनाशक औषधिहरु पनि त्यस्तै छन् । म्याद सकिएका किटनाशक औषधिहरु पनि गाउँलेहरुलाई बेच्छन् । त्यस्ता व्यापारीहरु सरकारी सजायका भागी बन्दैनन् । नियम कानुन राज्यले बनाएको छ ।
त्यो देखाउने हात्तीको दाँत जस्तो भयो । गाउँलेहरु भन्छन्– ठूलाबडा व्यक्तिहरुलाई चयन तर गाउँलेहरुलाई ऐन छेस्र्याइन्छ । गाउँलेहरुले बेच्ने तरकारी महँगो भयो भनेर बजारियाहरुले उपभोक्ता समिति गठन गर्छन् । गाउँलेहरुलाइृ सजाय गर्न सरकारलाई उकास्छन् । तर बजारका व्यापारीहरुले महँगो चामल, दाल, तेल र अन्य खाद्यवस्तुहरु बेच्दा हाँसेर रमाउँदै किन्छन् । उनीहरुको विरोध गर्ने शाहस गर्न सक्दैनन् । कस्तो द्वेधचरित्र भएका व्यक्तिहरुको ठूलो संखयामा बजारियाहरु छन् । उपभोक्ता समितिका पदाधिकारीहरु नै महँगो मूल्यमा मालसामान बेच्ने व्यापारीहरु नै छन् । उनीहरुले आफै चरित्र देखाउन नसक्नेले गाउँलेहरुको परिश्रम पसिनाको मूल्य र मान्यतालाई ख्याल नगरेर बोल्नेहरु प्रायः स्वच्छआत्माका छैनन् । तापनि बजारियाहरुलाई ठूलो मान्छे भन्ने चलन छ, भन्छन्– गाउँलेहरु । वास्तवमा त्यस्तै चलन छ ।
राजनीतिक दलहरुका नेता र कार्यकर्ताले बजारियाहरुलाई हेर्ने दृष्छि र गाउँलेहरुलाई हेर्ने दृष्टि फरक छ । त्यस्तै सरकारको जिम्मेवार भएर बस्नेहरुको पनि छ । गाउँलेहरुले पछौटेपन देखाउँछन् भन्नेहरु गाउँको जमिन बेचेर बजारमा आएकावर्ग छन् । हिजो गाउँका सडकहरुमा साथै खेलेको, हुर्केको र स्कूलमा पढेको अवस्थालाई बिर्सेका हुन्छन् । उनीहरुले बनाएका घरहरु गगनचुम्ने भए पनि उनीहरुको चरित्र र व्यवहार पाइतलामुनिको छ । धन भएर हुन्न मन पनि चाहिन्छ । तर त्यस्ता व्यक्तिहरुको मन कलुषित छ ।
हुन त बजारियाहरु सबैवर्गका एउटै प्रवृत्तिका छैनन् । प्रकृति र प्रवृत्तिमा फरक हुन्छ । त्यस्तै छन् पनि । भनिन्छ – छोटो पढे पछि फूर्ति धेरै लगाउँछ भन्ने उदाहरण छ । गाउँलेहरुप्रति त्यस्ता बजारियाहरुले भन्छन्– हाम्रा पिछडिएका गाउँलेहरु । जहाँ शिक्षा दिलाउन उनीहरुका बालबालिका पछि परेका छन् । स्वास्थ्योपचार पाउन कठिन छ । अस्पताल, स्वास्थ्यचौकी आउजाउमा बाटो सहज छैन भने यातायात चलदैनन् ।
गाउँमा युवाहरु पलायन भएकाले मान्छेको लाश पनि उठाउन समस्या छ । गाउँघरमा रक्सी उतपादन बढेको छ । रक्सी पिउन सहरबजारबाट गाउँ पुग्नेहरुको लर्को छ । जहाँ रक्सी पिएर होहल्ला गर्ने, एकअर्कालाई गालीगलौज गर्नेहरुको जमघट हुन्छ । यसता वातावरणले गाउँलेहरु पीडित छन् । गाउँ जँड्याहाहरुको जमघट हुने थलो भएको छ । स्थानीय सरकार मौन छ । तिहार आयो, गयो गाउँलेहरुलाई रमाइलो भएन । रमाइलो गर्नेहरु रक्सी र जुवातासमा रमाए ।
धान स्याहार्ने चटारो, तोरी सिंचाई गर्ने समस्या र गहूँ छर्नुपर्ने अवस्थालाई हेर्दा किसानहरु गाउँघरमा कामकाजले वेफुर्सदमा छन् । उनीहरुका लागि समय मूल्यवान छ । तर आर्थिक अवस्थामा सुधार गर्न सकेका छैनन् । उनीहरुका छोराछोरीहरु पढ्न पनि समय पाउँदैनन् । कसरी शिक्षित बन्न सक्छन् ? जब कि उनीहरुको स्कूलमा पढाउने शिक्षकहरु तिहारपछि धान भिœयाउने काम गर्छन्, स्कूल जान्न् । यो रोग दुर्गम पहाड र पिछडिएको समथर भू–भागमा चल्ने स्कूलहरुको अवस्था छ । स्थानीय तहको सरकार भएपछि तह लाग्छ भन्थे । तर स्थानीय तहको सरकारलाई थर्काउने, झस्काउने, झुक्याउने शिक्षकहरु भएपछि स्थानीय सरकारका जनप्रतिनिधिहरु आफै थर्किन्छन् । उनीहरुले शिक्षकलाई केही भन्न सक्दैनन् । आफै झुक्छन् । यस्तो वातावरणमा कसरी शिक्षामा सुधार हुन्छ ? प्रश्न गम्भीर छ । नागरिक मौन छन् ।
गाउँका किसानहरुले भन्छन्– तिहार आयो गयो थाहा भएन । हाम्रो दुःख हटेन । समृद्धिका आधारहरु भएनन् । किसानहरुलाई सरकारले हेर्ने नजर फिरेन । सामाजिक भावना गाउँलेहरुलाई भएन । जनप्रतिनिधिहरुबाट हुन नसकेको अवस्था देखियो । भनिन्छ– जति जोगी आए पनि कानै चिरेका देखिन्छन् । उनीहरुमा जवादेही, पारदर्शीता र योग्यता देखिएन । देखाउन पनि नसकेको अवस्था राज्यमा भयो । तिहार आयो गयो, नागरिक जो गाउँमा बस्छन् उनीहरुले थाहा पाएनन् । गाउँलेहरुमा समृद्धि आएन । उनीहरुका लागि विकास र समृद्धि हात्तीको देखाउने दाँतको अनुभूति गर्छन् ।