रिपुमर्दनसँग जोडिएको किराँत संस्कृति
सुभाष न्यौपाने
शाब्दिक अर्थमा भन्ने हो भने रिपु भनेको शत्रु, मर्दन भनेको मार्ने या सिध्याउने हो । श्री ५ महाराजधिराज गिर्वाणयुद्ध विक्रम शाहको पालामा वि.सं. १९६७ मा खडा भएको रिपुमर्दन कम्पनी निशान प्राप्त नगरी खारेजमा परेको इतिहासले बताइरहेको छ ।
यो कम्पनी विशेष गरी पहाडी मूलका किराँत जनजातिहरुलाई समावेश गर्ने गरी थियो । किराँतहरुको नेपाल राष्ट्रप्रतिको माया र इमान्दारितालाई सम्मानस्वरुप सम्बोधन गर्ने गरी गठन गरिएको तत्कालीन शाही नेपाली सेनाको एउटा कम्पनीको रुपमा रिपुमर्दन कम्पनीको स्थापना गरिएको नेपाल र नेपाली सेनाको इतिहासले प्रष्ट पारिसकेको छ ।
नेपालको इतिहासले जनजातिहरुलाई सम्बोधन गर्ने उद्देश्यले गुरुङ पल्टनको नाममा श्री कालीबहादुर गणको स्थापना भएको छ भने नेपाली जनमानसमा विशेष गरी थेप्चे नाक हुनेहरुको नाममा परिचित पुरानो गण पि.जी. नेपाली सेनाको इतिहासमा आफ्नो पहिचानमा रहेको छ । समयको आवश्यकतासँगै तत्कालीन शाही नेपाली सेना अहिले नेपाली सेनाको नामले स्थापित रहेको छ । त्यसको एउटा अंग र निकाय हो रिपुमर्दन गण ।
२०६३।०२।२८ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार गठन गरिएको रिपुमर्दन गण नेपाली सेना युद्धकार्य महाशाखाको निर्देशन अनुसार पूर्वी पृतना हेडक्वाटर इटहरीमा एकीकृत भई आवश्यक तालिम सञ्चालन गर्ने व्यवस्था मिलाएको थियो । नं. २ बाहिनी अड्डा महेन्द्र सैनिक शिविर हिलेमा एकीकृत भई सकल दर्जाहरुको आधारभूत पेशागत तालिम पनि सम्पन्न गरेको बुझिन्छ । रिपुमर्दन गणका प्रथम गणपति नं. १७८३ का सरोज खनाल रहेको बुझिएको छ ।
तत्काल रिपुमर्दन गण गठन हुँदाका बखत निमित्त प्रमुख सुवेदारको कार्यभार सम्हालेका नं. ११४७३३ का सुवेदार लोकबहादुर राईले पनि आफ्नो ज्ञान र क्षमताअनुसार रिपुमर्दन गणलाई व्यावसायिक, उन्नत राष्ट्रवादी बनाउनका निमित्त महत्वपूर्ण भूमिका निर्वाह गरेको बुझिन्छ । अधिकृत, पदिक, विल्लादार तथा जवानहरुको संख्या ४३१ ज्नामा गठन भएको थियो । हाल दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ मा भरतपुर डाँडामा अवस्थित यस गणको हेडक्वाटर र हाल यस गणका गणपति प्रमुख सेनाननी सुमन थापामगरले नेतृत्व गरेको बुझिएको छ । समय परिवर्तनशील छ । समयको प्रवाहसँग सबैजना बग्नैपर्छ । कुनै समयका तानाशाह पनि लोकतन्त्रवादी बन्न सक्छन् ।
लोकतन्त्रवादी भनिनेहरु पनि तानाशाह बन्न सक्छन् । मुलुकको राष्ट्रियता, राष्ट्रिय अस्मिता र राष्ट्रिय सुरक्षाका निमित्त आफूलाई बलिदान दिन सधै तयार नेपाली सेनामाथि आफूलाई लोकतन्त्रको मुकुण्डो बनाएर शासन गर्ने सबै राजनीतिक दल सधै शासक बन्न तत्पर छन् । रिपुमर्दन गण २०६३।०२।२६ गते पुनर्गठन हुँदा नेपाल सरकारका तत्कालीन कार्यकारी प्रमुख तथा राष्ट्राध्यक्षको रुपमा गिरिजाप्रसाद कोइराला थिए । प्रजातन्त्रवादी नेता गिरिजाप्रसाद कोइरालाले कहिले कसैमाथि दमन र प्रतिशोध गर्ने कार्य गरेको इतिहासमा छैन । मुलुकमा जब–जब अशान्ति र आतंक फैलिँदै गयो त्यतिबेलाका राज्य सञ्चालकहरुलाई रिपुमर्दन चाहिन्छ भन्ने हेक्का भयो र रिपुमर्दन गणको स्थापना भएको पुष्टि भएको पाइन्छ ।
नेपाली सेनाको गौरवमय इतिहासमा रिपुमर्दनको आफ्नो छुट्टै पहिचान छ । चाडवाड मनाउने क्रममा दशै, तिहार हाम्रा ठूला चाडपर्वको रुपमा आम नेपालीहरुले मनाउँदै आइरहेको भए तापनि किराँतहरुको मुख्य चाडको रुपमा उधौली–उभौली नामको लोसार प्रशिद्ध चाड हो ।
हामी ३३ कोटी देवतालाई पुज्ने नेपालीहरु सबैको जात, धर्म, परम्पराको सम्मान गर्छौं । त्यसैमध्येको किराँत पल्टन रिपुमर्दन यस पंक्तिकारको निवासको करिब २ सय मिटरको दूरीमा पर्छ । यस पंक्तिकार पनि भूपू सैनिक भएकोले वर्तमानका सबै सैनिक कार्यक्रममा सामिप्यता बढाउन प्रयत्नरत रहेको सबैमा जानकारी गराउँछु । नेपालको पहाडी मुलुकका विश्वविख्यात किराँत जनजातिहरुको पुनर्गठन गरेर स्थापना भएको रिपुमर्दन गणले तारा दल गण कार्यरत रहेको क्षेत्र र हेडक्वाटर घोराहीमा आइसकेपछि शान्ति, राष्ट्रियता र भवितव्यमा कुशल र अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।
जनता उसका सामाजिक कार्य र राष्ट्रियताका सन्दर्भमा रिपुमर्दन गणका सकल दर्जाले खेलेको भूमिकाको सराहना गर्छन् । किराँत राजा यलम्बर र महागुरु फाल्गुनन्दको सम्मान गर्ने कार्य पनि रिपुमर्दन गणको पुनर्गठनले पुष्टि भएको छ। तत्काल श्री ५ को सरकार रक्षा मन्त्रालय शाही नेपाली सेनाको युद्धकार्य महाशाखाको निर्णयअनुसार मुलुकमा रिपुहरुको द्वन्द्व र आतंक मुलुकभरि बढ्दै गइरहेको अवस्थालाई नियन्त्रण गर्नका लागि गठन गरिएको रिपुमर्दन गण मुलुकको अत्यन्त संवेदनशील अवस्थामा गठन गरिएको थियो । जसले रिपुहरुमाथि मर्दन गर्न सरकारलाई ठूलो सहयोग मिलेको पनि द्वन्द्वकालीन समयमा नेपाल अधिराज्यको पूर्व पितृना र नं. २ बाहिनीको गतिविधिबाट पुष्टि हुन्छ ।
नेपाल अधिराज्यका पश्चिम क्षेत्रका जनताहरुले अझै पनि पूर्णरुपमा उधौली–उभौली पर्वको बारेमा पूर्णरुपमा जानकार छैनन् । विशेषगरी बौद्धमार्गीको रुपमा परिचित किराँतहरु आफ्नो परम्पराअनुसार चण्डी नाँचलाई विशेष रुपमा मनाउने चलन पनि छ । त्यस क्रममा विशेषरुपमा किराँतहरु सुंगुर पूजा पनि गर्ने चलन छ । चण्डीनाचको सन्दर्भमा पृथ्वी पूजन गर्नुका साथै वर्षभरिमा पानी पर्ने र अन्नपातको उत्पादनको बारेमा भविष्यवाणी किराँत धामीहरुले गर्ने गरेको भनाइ छ ।
नेपाली इतिहासमा नेपालको पूर्वी पहाडमा बसोबास गर्ने गरेका किराँतहरु अहिले विशेष गरी नेपालको पूर्वी पहाड र मधेश सबैतिर छरिएका छन् । उनीहरु एकीकृत चाहिँ रिपुमर्दनमा छन् । किराँतहरुको पितृपूजा सामान्यतया ३, ७ र १० वर्षमा पर्ने प्रचलन रहेको बुझिएको छ भने विशेष परिस्थिति आयो भने अलि चाँडै गर्ने प्रचलन पनि रहेको छ । किराँतहरुको मृत्यु संस्कारको सम्बन्धमा यदि कुनै पनि सदस्यको मृत्यु भएमा धामीले लावा, फूल, अबिरसहितको शवयात्रा गराउने चलन छ भन्ने बुझिएको छ ।
तेन्सारी (सहयोगी)सहित धामी बसेर रातभर जाग्राम गरेर पाँचौं दिनमा शुद्धशान्ति हुने उनीहरुको सांस्कारिक प्रचलन रहेको बुझिएको छ । त्यतिमात्र होइन, पितृले चाहेको स्थानमा समेत किराँत धामीहरुले बसाल्न सक्छन् भन्ने किराँत परम्परा छ । चण्डी पूर्णिमा र बैशाख पूर्णिमाको दिनमा छोरी, चेलीलाई निमन्त्रणा गर्ने तथा धनुस, तिरसहित लौकाको चिन्नामा जाँड राखेर पितृहरुलाई आफ्नो स्थानमा राख्ने चलन पनि अध्यावधिक रहेको बुझिएको छ । यी सबै संस्कृतिहरु नेपाली सेनाको रिपुमर्दन गणमा केन्द्रित छ ।
हाल जसको नेतृत्व प्रमुख सेनानी सुमन थापाले गरिरहनुभएको छ । किराँतका राई र लिम्बुमध्ये मैले यस अगाडि राईहरुको बारेमा केही उल्लेख गरियो । अब म लिम्बुहरुको सांस्कृतिक गतिविधिहरुको बारेमा अब केही लेख्ने प्रयास गर्दैछु । नेपालका अत्यन्त इमान्दार र राष्ट्रभक्तहरुको बारेमा जति व्याख्या गरे पनि पुग्दैन । रिपुमर्दन गणले समेटेको किराँत संस्कृति र सम्प्रदायको विषयमा मैले छोटो कलमले कति उल्लेख गर्न सक्छु र ? म इतिहासकार पनि होइन । यसभन्दा पहिले र मैले किराँत राईहरुको बारेमा उल्लेख गरे । जहाँ बली प्रथाको प्रचलन अझै छ । तर लिम्बुहरुमा भुम्धम पढेर मान्छे मर्दा र जन्मदाका बखत शुद्धशान्ति गर्ने चलन छ । भुमधुन भनेको बैदिक शास्त्र हो । जसलाई संसारले पछ्याइरहेको छ ।
चण्डी नाचमा राईको धान नाचको शैली र लिम्बुहरुको धान नाच केलाङमाको आफ्नै विशेषता छ । हाल रिपुमर्दन गणका गणपति सुमन थापा विविध किराँतको बीचमा समन्वय र आदेशका साथ अगाडि बढ्न खोजेका छन् यो नै नेतृत्वमा हुने पहिलो कौशलता हो । त्यसमा पनि नेपाली सेना, हिजो युद्ध र द्वन्द्वकालमा जसरी नेपाली सेनामा बहाल रहेका र उनको कमाण्डमा आश्रित नेपाली सेनाका परिवारहरुमाथि जसरी टर्चर र तनाव दिई सहेका थिए, त्यसको पनि विरुद्धमा नेपाली जनताको सहयोगमा अगाडि बढेको नेपाली सेनाका परिवारजनले खेपेको यो असहयोगी भनौ या विद्रोही गतिविधिलाई नियन्त्रणमा लिनको लागि गठन गरिएको रिपुमर्दन गण अहिले नेपालको इतिहास लेख्ने क्रममा नयाँ देखिए पनि उसको भूमिका र स्थापनाको आफ्नै महत्व रहेको छ ।
रिपुमर्दन गणको स्थापना हुँदा तत्काल प्रधानसेनापति रहेका रुक्माङ्गद कटवाल रथिहरु रविन्द्र खत्री र रतिन्द्र खत्री एवं नेपाल भूषण चन्द र गौरव शमशेर जवरा, गौरव शमशेर जवरा, प्रधानसेनापति पदबाट निवृत्त भएका छन् । नेपाली सेनाको इतिहासमा द्वन्द्वको क्रममा आफ्नो शाख जोगाएर कलंकित बन्ने कुलबहादुर थापाजस्ता जनरलहरुको अहिले कुनै पुछिपात छैन । राष्ट्रियता र राष्ट्रिय अस्मिताको सुरक्षाका निमित्त आफू र आफ्नो मातहतका फौजलाई न त परिचालन गर्न सक्थे न त गर्थे ।
जसले इमान्दारिताका साथ जनता, राष्ट्र र राष्ट्रियताको सुरक्षाका निमित्त आफूलाई समर्पित गर्नेहरु जहिले पनि राष्ट्रका सम्मानित व्यक्ति हुन् । रिपुमर्दनसँग जोडिएको किराँत संस्कृतिको बारेमा मैले आफूलाई प्राप्त स्रोतको आधारमा केही तथ्यहरु उल्लेख गर्ने जमर्को गरेको छु । निष्ठा र इमान्दारिताको स्रोत किराँत त्यसमा छुट्टिएका दुई भाइ राई र लिम्बु । आफूले भेटाएसम्म यलम्बर र फाल्गुनन्दसम्मलाई यस पंक्तिकारले समेट्ने कोशिस गरेको छ । जसको पहिलो आधार रिपुमर्दन गण, यसका गणपति सुमन थापालगायत अधिकृत, पदिक, विल्लादार तथा जवानहरुको कथा नै यस पंक्तिकारको पंक्तिको पहिलो आधार हो ।
२०७२ सालदेखि दाङ घोराहीको भरतपुर डाँडामा गण हेडक्वाटर स्थापना गरेर दाङलगायत विभिन्न क्षेत्रमा आफ्ना व्यावसायिक कौशलता तथा राष्ट्रिय सुरक्षा तथा सीमा क्षेत्रको सुरक्षामा अहोरात्र समर्पित रिपुमर्दन गणका गणपतिलगायत सकल दर्जाप्रति नेपाली जनता हार्दिक आभार प्रकट गर्दछन् । घोराही उपमहानगरपालिकाको वडा नं. १५ उत्साह टोलमा रहेको जेष्ठ नागरिक विश्राम केन्द्रमा रिपुमर्दन गणले पु¥याएको निर्माण संरक्षण तथा सुरक्षाको गतिविधिप्रति दंगाली जनता कृतज्ञता प्रकट गर्दछन् ।
मुलुक अहिले लोकतान्त्रिक पद्धतिमा अगाडि बढिरहेको छ । लोकतन्त्र संसारकै उत्कृष्ट शासन प्रद्धतिमध्ये पहिलो पद्धति मानिँदै आएको भए तापनि नेपालमा भने अधिनायकवादी लोकतन्त्रको शासन पद्धति सञ्चालनमा आएको छ । जन पद्धतिले जनतालाई मीठा मुखले टोक्ने गर्छन् । तर नेपाली सेना मुलुकमा अवस्थित सहज र असहज सबै परिस्थितिहरुलाई आफ्नो व्यावसायिक कौशलताको कारण जुझ्दै र निस्तेज गर्दै अगाडि बढिरहेको छ । जसको एउटा उदाहरण हो किराँत पल्टन रिपुमर्दन गण