Goraksha

National Daily

मत माग्ने उम्मेदवार घरदैलोमा

युवराज शर्मा
नेपालमा २०८२ फागुन २१ गते निर्वाचन हुँदैछ । गाउँको घरमा एक्लै बसेको थिए । चारवटा गाडी लिएर २०८२ माघ २८ गते दिनको १ः३० बजे समयमा रास्वपाका उम्मेदवार क्षेत्र नं. १ का श्री देवराज पाठक देउखुरीबाट घरदैलोमा मत माग्न आएका थिए । उनले म उम्मेदवार हुँ भने । उनको छातिमा घण्टीको चिन्ह भएको ब्याच थियो । त्यसैका आधारमा रास्वपा झल्किन्थ्यो । उनका साथमा धेरै युवकहरु थिए । सबैको मुहार हँसिलो र भरिलो थियो । उम्मेदवारले आफ्नो चय दिएनन् । मैले आफ्ना भनाइ राख्दै भने गाउँको विकास नभएसम्म देश विकसित हुँदैन ।

गाउँलेहरुको मनमा शान्ति दिन पाँच प्रकारका काम गर्नुपर्छ । पहिलो सहज रुपको बाटो, घाटो, दोस्रो घर–घरमा पानीको धाराहरु, तेस्रो विद्युतको आपूर्ति, चौथो कृषिका लागि सिँचाइको प्रबन्ध, पाँचौँ मास मिडियाका लागि नेटको व्यवस्था हुनुपर्छ । वर्तमान समयमा मानिसहरु सहरबजार केन्द्रित हुने चलन छ । अबका जनप्रतिनिधिहरुले देशको अर्थतन्त्र कसरी मनबुत पार्ने ? नीति अवलम्बन गर्नुपर्छ ।

अर्थतन्त्रको सुधार नभएसम्म देशमा रोजगारको वातावरण बन्दैन । पहिले–पहिले नेकपा एमालेका नेताहरुले पनि अर्थतन्त्र सुधारेनन् । यसमा सुधार गर्ने विषयको नीति के छ ? नेपालमा राजस्व र कर प्रणाली जनमुखी भएको छैन । गाउँको वडादेखि राष्ट्रपतिसम्म तलब खाने व्यवस्था नै सङ्घीय लोकतान्त्रात्मक गणतन्त्रले बनाइएको छ । सरकार पनि तीन तहका छन् । स्थानीय, प्रदेश र सङ्घीय अर्थात् केन्द्र सरकार ।

जनताको सरकार व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामा सीमित छ । निर्वाचित भएका सङ्घीय सभाका सांसदहरु नै प्रधानमन्त्री, मन्त्रीहरु बन्ने ठाउँ हो । उनीहरु नै कानुन निर्माता हुन् । जनताले चुन्ने भनेको नै सांसदहरु हुन् । कतिपय सांसदहरुलाई आफ्नो काम, कर्तव्य र अधिकार बारे स्पष्ट छैन । नेतृत्वको आडमा उम्मेदवार बन्ने चलन बढेको छ ।

नेपालमा राजनीतिक परिवर्तन राणा शासनकालदेखि हुँदै आएको छ । कोतपर्व, भण्डारस्थल पर्व पनि शक्ति हटाउने गरेका थिए । यस्ता काम राणा शासनकालमा कमजोर राजनीतिका कारण जंगबहादुर कुँवरले गरेका थिए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारमा भएका प्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।

जेन–जी युवाहरु ७६ जनालाई गोलीले मार्न लगाएर रगत बगाएका थिए । उनी नेकपा एमालेका पार्टी अध्यक्ष र दुवै दलको भागबण्डामा पहिलो भागका प्रधानमन्त्री भएका थिए । दोस्रो भागमा नेपाली कांग्रेसका शेरबहादुर देउवाको पालो थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद किस्तामा राखेर निर्धारित समयमा शेरबहादुर देउवालाई बुझाउने भन्थे तर २०८२ भाद्र २३ जेन–नी आन्दोलनका कारण सैनिक हेलिकप्टरबाट सुपारे ब्यारेक मकवानपुर भाग्न सफल भएका थिए ।

राजिनामा पनि २४ गते दिएका थिए । त्यो पनि सेनापति अशोकराज सिग्देलको आदेशले गरेको बुझिन्छ । देशको कार्यकारी प्रधानमन्त्रीको गैर जिम्मेवारीपनले नेकपा एमालेलाई बदनाम गराउन सफल भएका थिए ।
कम्युनिष्ट सत्ता, भत्ता र अर्थका लोभी पापी हुन्छन् भन्थे, यिनले सिद्ध गरेका थिए तर गिद्द बन्न सकेनन् । सैनिक हेलिकप्टरमा भाग्न सफल थिए । देशमा यस्ता व्यक्ति प्रधानमन्त्री भएर पनि भगौडा बनेका थिए । नेता बन्न नेपालमा लाज सर्म नभएको मान्छे हुनुपर्छ भन्थे सङ्घीय शासनमा सांसद बनेका प्रधानमन्त्री र मन्त्रीहरु धेरैजसो व्यक्तिहरु पनि भ्रष्टाचारमा मुछिएका छन् ।

उनीहरुले नाम कमाएका छन् । अबका नयाँ पुस्ताहरुले भ्रष्टाचार गर्ने बाटो अवलम्बन गरे भने देश चाडै उपनिवेश बन्ने खतरा छ । देशले राष्ट्रप्रेम र राष्ट्रियता भएको मान्छे पाउन सकेन । जे जति आए देश लुटेर कंगाल पार्नेहरु देखिए । जसमा मानवीय गुण भएन, दानवीय प्रवृत्ति देखियो । लोकतन्त्रको नाममा लुटतन्त्र बढाए, अर्काको चाडकी, चालुसी र चुक्लीमा रमाए ।

देशलाई ऋणमा डु्बाएर उपनिवेश बनाउने बाटो रोजेका छन् । यस्तालाई मतदान गर्नु जनता चेतनारहित भएको बुझिन्छ । नेताहरुको परीक्षण थलो नै निर्वाचन हो । यसका माध्यमबाट असल, खराब व्यक्ति छुट्टाउने अवसर पनि हो । त्यसकारण मतदान गर्दा भ्रष्ट नेताहरुलाई घरदैलोमा आएपछि मुखैभरीको जवाफ दिनुपर्छ ।

नयाँ उम्मेदवार आएपछि पूरा जस्तो गर्ने भ्रष्ट काम गर्छौँ कि ? भन्नुपर्छ । घरदैलो कार्यक्रम गर्ने नेताले आफूले गर्नु पर्ने काम, कर्तव्य र अधिकार घरमुलीलाई बुझाउन सक्नुपर्छ । वर्तमान समयमा नयाँ नेताहरु आलाकाँचा छन् । उनीहरुमा ज्ञान धेरै भए पनि सिपको विकास गर्न सकेको पाइन्न । उनीहरुमा समझदारी, सहनशीलता, इमानदारिता कायम गर्न सकेको पाइन्न भन्ने आदर्शता मात्र देखाएको पाइन्छ ।

मानिसहरुको लर्को देखेर उम्मेदवारलाई असल व्यक्ति भन्नु हुँदैन । आफ्नो मत परिवर्तन गर्ने समय आएको छ । जनता चेतनशील छन् । उनीहरु सचेत भएका छन् । चेतनाको लहर चलेको छ । अहिले मत माग्ने उम्मेदवारहरु घरदैलोमा जाँदा सांसदको काम, कर्तव्य र अधिकारको स्पष्ट ज्ञान हुनुपर्छ ।

तर, कतिपयमा त्यस्तो पाइएन । यो समस्यामा धेरै नयाँ उम्मेदवारहरु छन् भने पुराना उम्मेदवारहरुले आफ्ना कुरा लुकाएर झुठा भनाइ पोख्छन् । आफ्नो अनैतिकतालाई ढाक्छन् । अधिकांश पुराना नेताहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीबाट टुक्रिएका तारा र गुलावको फूल भएका पार्टीहरु ।

राष्ट्रिय प्रजातान्त्रिक पार्टीहरुमा भएकाहरुमध्ये असल व्यक्तिहरु पनि उम्मेदवार भएका छन् । उनीहरुको भनाइ र काम गराइ शैली फरक छ । त्यस्ता व्यक्तिहरु घरदैलोमा जाँदा स्वागत गर्छन् । नेपालका दलहरुको सिद्धान्त नीति स्पष्ट हुनुपर्छ । यदि सांसदको उम्मेदवारले राजनीतिक दलको सिद्धान्त र नीति घरदैलो कार्यक्रममा भन्दैनन् भने त्यस्ता उम्मेदवारले सांसदको भत्तामा सीमित हुनेछन् । उनले जनकल्याणकारी काम गर्न सक्ने छैनन् ।

प्रतिनिधि सभाको सांसदले आफूलाई प्रधानमन्त्री भन्नु संसदबाट प्रधानमन्त्री कसरी बनिन्छ भन्ने ज्ञान नभएको व्यक्ति हो । नेपालको संविधान २०७२ ले प्रधानमन्त्री बन्न सांसदहरुको संख्यात्मक बहुमतले चुनेको व्यक्ति हुनु पर्ने व्यवस्था छ । खुला प्रतिस्पर्धाबाट चुनिने सांसद १६५ संख्या मात्र हो । जबकि १८० संख्या चाहिन्छ । त्यसका लागि समानुपातिक सांसद मिलाउन २ वा ३ दलहरु मिलेर प्रधानमन्त्री चुन्ने नीति अपनाउनुपर्छ । यो संविधानले खुला प्रधानमन्त्री छान्ने नीति छैन । त्यसैले यो निर्वाचन प्रतिनिधिसभा सांसद चुन्ने मात्र हो ।

संविधानका धेरै धाराहरु बदल्नु पर्ने छ । संविधान बदल्छौँ भनेर नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर सरकार गठन गरेका थिए । शेरबहादुर देउवा, केपी शर्मा वली र प्रचण्ड सरकार गठन गरेका थिए । शेरबहादुर देउवा, केपी शर्मा वली र प्रचण्ड मिलेर सरकारको गठन गरेका थिए । प्रधानमन्त्री पदका लागि ५ वर्षमा आधा–आधा समय केपी ओली र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्झौता भयो ।

त्यो पनि सात बुँदे सम्झौता गोप्य मै रहेको थियो । प्रतिपक्षको भूमिकामा पुष्पकमल दहाल प्रचण्ड भएका थिए । यी तीनै जनाको एउटै उद्देश्य थियो– देशकलाई लुटेर खाने र लोकतन्त्रको नाममा लुटतन्त्रात्मक गणतन्त्रमा तानाशाही बन्ने नीति थियो । यस नीतिले देशको अवस्था कमजोर बनाएर २०८४ को चुनाव २०८२ ल्याएको मात्र हो ।