नेपाली काँग्रेस तुलसीपुर–१३ को आयोजनामा भव्य चुनावीसभा
तुलसीपुर, ९ फागुन । नेपाली काँग्रेस तुलसीपुर–१३ को आयोजनामा फुलवारीमा भव्य चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गदै काँग्रेस नेताहरुले देशको विकास र निकास दिने पार्टी काँग्रेस भएको भन्दै यहि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेसलाई अत्याधिक मतले विजय बनाउन सवै कार्यकर्ताहरु सक्रिय भएर लाग्न अपिल गरेका थिए ।
वडा इकाई सभापति चेतकान्त योगीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य केशव आचार्यको प्रमुख आतिथ्यमा भएको चुनावी सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य केशव आचार्यले देशका १६५ वटौ निर्वाचन क्षेत्रमा काँग्रेसको जनलहर आएको बताएका थिए । आचार्यले दाङमा पनि काँग्रेसले विजय हासिल गर्ने भन्दै प्रतिनिधि सभा क्षेत्र नं। ३ का उम्मेदावर दिपक गिरीलाई रुखमा भोट हालेर अत्याधिक बहुमतले विजय गराउन सवैलाई अपिल गरे । ‘नेपाली काँग्रेस रुपान्तरीत संगै बदलिएको छ, अव देशलाई बदल्ने छ, त्यसका लागि काँग्रेसलाई विजय गराउनु पर्ने छ – आचार्यले भने।’
त्यस्तै नेपाली काँग्रेस प्रतिनिधि सभा दाङ क्षेत्र नं। ३ का उम्मेदवार दिपक गिरीले देश अहिले गम्भीर अवस्थमा पुगेको भन्दै लोकतन्त्र, धर्म संस्कृति रक्षा र देशको विकासका लागि काँग्रेसलाई भोट दिनु पर्ने बताएका थिए । ‘यस क्षेत्रको विकास निर्माणमा काँग्रेसले पहिले पनि पहल गरेकोहो अव पनि गर्नेछ पहिलो कुरा अहिले फागुन २१ गतेको निर्वाचनमा काँग्रेसलाई विजय बनाउनेहो तपाईहरु त्यसमा लाग्नुहोस विकास हामीले क्रमस गर्ने छौ – गिरीले भने ।’
उनले अहिले फुलवारी हरावरा भएजस्तै काँग्रेसलाई पनि हरावरा बनाउन लाग्न सवैलाई अपिल गरे ।’
त्यस्तै नेपाली काँग्रेसका नेता पूर्व मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले अहिले देश जलाउने वा देश बनाउने रोजने बेला आएको भन्दै देश बनाउने काँग्रेस भएको भन्दै काँग्रेसलाई बलियो बनाउदै विकास प्रेमी नेता दिपक गिरीलाई रुखमा भोट हालेर विजय गराउन सवैलाई अपिल गरे । त्यस्तै नेपाली काँग्रेसका नेता शंकर गिरीले राष्ट्रियता लोकतन्त्रको रक्षा गदै काँग्रेसले विकास दिने भन्दै काँग्रेसलाई विजय गराउन सवैलाई अपिल गरेका थिए । उनले आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई रुखमा भोट हालेर जिताएपछि विकासका कामहरु क्रमीम रुपले आफुहरुले पहल गर्ने बताए ।
त्यस्तै सो वडामा खटिएका प्रतिनिधि तथा नेता टेकबहादुर वलीले तुलसीपुर–१३ का जनताहरुले विकासका लागि विभिन्न मागहरु उठाएको भन्दै त्यसलाई पुरा गर्न काँग्रेसलाई विजय गराउनु पर्ने बताएका थिए । चुनावी सभामा नेपाली काँग्रेसका महाधिवसेन प्रतिनिधि विमल रिजाल नेपाली काँग्रेस तुलसीपुर नगरसभापति सुरेश हमाल, नेता हरिहर पौडेललगायतले पश्चिम दाङको विकासमा दिपक गिरीको भुमिका धेरै भएको भन्दै यो निर्वाचनमा गिरीलाई विजय गराउन सवै लाग्नुपर्नेबताए । त्यसैविच नेपाली काँग्रेस तुलसीपुर–६ को आयोजनामा तुलसीपुरमा चुनावी सभा भएको थियो भने वडा नं। १२ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम भएको थियो ।
