धर्म र राजनीतिमा विचलन
गुरुप्रसाद रेग्मी
मानव जीवनको प्रारम्भदेखि अन्त्य सम्मको अवस्थालाई व्यवस्थित र उन्नतशील बनाउने धर्म र राजनीति नै भएको यथार्थलाई कसैले नकार्न सक्दैन । यही सत्यलाई विगतमा व्यतित भएका विभिन्न कालहरुले देखाइदिएका छन् । तर, वर्तमानको कलियुगीय परिस्थिति र व्यवस्थाले जे जस्तो परिवर्तन ल्याइदिएको छ ।
त्यसले हाम्रो धर्म र राजनीतिलाई नै विकलीडा बनाइदिएको छ । जसले गर्दा हामीलाई हाम्रो मूल्यमान्यता, आदर्श, संस्कार, संस्कृतिबाट नै बञ्चित गराइदिएको छ । त्यसैले आजको मानिसमा मानवता उपहास बन्दै गएको छ । बाबुआमा नातामा रहेको आत्मियता र समर्पणको भावना बोझ बन्दै गएको छ ।
जिम्मेवारीमा, सेवाभाव तथा सहयोग औपचारिकता प्रदर्शन गर्ने विषय बनेको छ । पारिवारिक वातावरण प्रदुषित र षढ्यन्त्रित बन्न गएकाले आजको मानिसलाई सुख, शान्ति, आनन्दको लागि असुरक्षित भएर भौतारिनु परेको छ । यो भन्दा ठुलो दुर्भाग्य मानवीय जीवनको लागि अरु के हुनसक्छ ।
घरका कोठामा लागेको जालो र धुलो हटाउन झाडुको उपयोग गर्दछौँ । त्यो भाmडुले जालो र धुलो त कोठाबाट सफा त गर्दछ । तर, त्यो सबै जालो धुलो त्यही झाडुमा नै रहेको हुन्छ । ठीक यसैगरी मानिसले गर्ने गलत व्यवहार अर्काको कमी कमजोरी, दुव्र्यवहारको कुरा अर्काको गर्दछ भने त्यो सबै जालो र धुलो झाडुमा रहे झै उसैको शरीरमा रहेको हुन्छ ।
जसलाई भन्छ, गर्छ, उसलाई केही हुँदैन, जे हुन्छ भन्ने र गर्ने मानिस कै जीवनमा दुःखकष्ट क्रेसको जालो जम्मा हुन थाल्दछ । जे रोप्यो त्यही फल खानु पर्दछ भन्ने मनो वैज्ञानिक सत्यलाई नकारात्मक रुपमा हेर्ने यति बेलाको मानवीय स्वभाव भएकाले मानवीय जीवन कसुकर बन्दै गएको तितो सत्य हो ।
वर्तमानको यस्तो अवस्था आउनुमा धर्म र राजनीतिमा आएको विचलन नै हो । यतिबेलाको राजनीतिक विचलनको कुरा त बालकदेखि वृद्धसम्मका सबै मानिसको मनमस्तिष्कमा चलचित्र बनिरहेको छ । त्यसैले त्यस बारेमा केही भन्नुको कुनै अर्थ छैन । धर्मको विचलनको सम्बन्धमा केही भन्दा या लेख्दा अधर्मी भनी माग्नु परे पनि त्यही विषयलाई पस्कने जमर्को गरेको छु ।
मानिसको जीवनलाई उन्नत रसार्थक बनाउने आचरण व्यवहार संस्कार संस्कृति नै हुन्छ । हाम्रो जीवनलाई उन्नत बनाउने पथमा आयातित वैदेशिकताको कालो पत्रे गर्ने काम भएकाले हाम्रो धर्म र राजनीतिले बढी प्रदुषित हुन गएको हो । प्रदुषित संस्कार र संस्कृतिका अगुवाहरुले आफू शुद्ध भएको र अरु प्रदुषित भएको देखाउने गर्दा राजनीतिमा भ्रष्टाचार बढेको भन्ने गरिन्छ ।
तर, व्यवहारमा हेर्दा राजनीतिले भन्दा बढी भ्रष्टाचार र वेथिति धर्ममा भइरहेको छ । तर, धर्म भीरु जनतालाई पाप, पुण्य, स्वर्ग, नरक, डर, त्रास देखाएर धर्म गुरुहरुको गरेको भ्रष्टाचारलाई धर्मको संस्कार र संस्कृतिको नामाकरण गर्दा माग्नु पर्ने हाम्रो कस्तो धर्म मिरुता हो ।
हाम्रो संस्कार र संस्कृति मूल्यमान्यता सनतन धर्म कै धरातलको भएकाले यसको वैज्ञानिकतालाई कसैले नकार्न सक्दैन तर यसको गलत अर्थ लगाएर आफ्नै स्वार्थ सिद्ध गर्ने गलत प्रवृत्ति बढ्दै गएकाले धर्मका नेता कार्यकर्ताहरुले नै धर्मलाई भ्रष्टाचारको अखाडा बनाएर विकृत बनाइदिएको छ । अवस्य पनि म धर्म विरोधी होइन । धार्मिक विकृतिहरु हटाउने मेरो सदिक्षा भएकालदे पाठकहरुको सामु पस्किदिएको छु ।
सत्य त्रेता द्धापरमा कहीँ कुनै देवीदेवताका मन्दिर थिएनन् आत्म पूजा गर्ने गरिन्थ्यो । कलियुगमा आएर मन्दिरै मन्दिर बने देवीदेवताहरु थपिँदै गए । डर र त्रासले गर्दा मानिसले प्रतिकार गर्दा समाजबाट परित्यक्त हुनु पर्ने परिस्थितिले सिर्जना भएकाले प्रतिकार हुन नसकेको हो । दान असकलाई दिनुपर्दछ तर सशक्तलाई दिने गरिन्छ । गोदानको स्थान द्रव्य दान दिनको कुनै प्रतिफल हुँदैन ।
शुद्ध मनले फूल र पानी चढाउँदा देवता खुसी हुन्छन् तर उनलार्ए वस्त्र सुन चाँदी द्रव्य मात्र हैन बली दिन पठाइन्छ । जिउँदा रहँदासम्म बाबुआमालाई राम्रोसँग खान बस्नलाउन नदिने, घरमा राख्न नसकेर वृद्धाश्रममा राख्ने छोरालाई मरेपछि गाई भैसी यातायातको साधन लुगा फाटो खाद्यान्नको सामान दिन पठाउनु कति न्याय संगत हो ।
मानिसको भूत भविष्य वर्तमानको निर्धारण गर्ने उसको कर्म नै हो । त्यही कर्मले उसको भाग्य लेख्ने गर्दछ । श्राद्ध गर्दछ पितृको नाम दिएर तर त्यहाँ पितृप्रतिको श्रद्धा नभएर आफ्नो उत्पन्नको प्रदर्शन मात्र हुन्छ । यस्तो विधि विधानमा प्रतिकुलका देव पूजा पितृ पूजाले कुनै प्रतिफल प्राप्त हुँदैन ।
कलियुगका धर्म गुरुहरुले देवपूजा पितृ पूजा गोदन अन्य विभिन्न नित्य नै मित्य कर्मकाण्डहरुलाई सपन्न गर्दा विधि विधान भन्दा माथि आ–आफ्ना स्वार्थ र सुविधालाई ध्यानमा राखेर गर्ने गराउने वर्तमानको प्रवृत्ति र प्रकृतिले गर्दा धार्मिक भ्रष्टाचार बढेको हो । यस्तो भ्रष्टाचार युक्तको कुनै पनि धार्मिक कार्यले कर्तालाई कुनै फल प्राप्त हुँदैन पुरोहितलाई अवस्य प्रतिफल प्राप्त हुन्छ ।
कुनै पनि धार्मिक कार्य गर्ने गराउने शुद्ध हुनुपर्दछ । विधान र विधिका मन्त्र शुद्ध हुनुपर्दछ । अनि मात्र फल प्राप्त हुन्छ । यहाँ नगर्ने गराउने शुद्ध हुन्छन्, न विधि विधानका मन्त्र शुद्ध हुन्छन् । मन्त्र पैसाको आधारमा खद झै छोटो लामो हुने हुन्छन् भने प्रतिफलको के आशा गर्ने ?
यदि राजनीति र धर्म आफ्नो उदात्त संस्कृति र संस्कारको आधारमा गरियो भने अवस्य पनि जीवनलाई सार्थक व्यवस्थित र उन्नत बनाइदिने कुरामा कसैले कुनै शंका नगरे हुन्छ । यी दुवैको संस्कार र संस्कृतिमा वैज्ञानिकता हुँदा हुँदै पनि विकृत देखिनु परेको छ । यस्तो विकृत बनाउने हामी नै हो त्यसैले सुधार गर्न लागेनौ भने मानिसलाई मानिससँग नै डराएर बस्नु पर्ने छ ।
