Goraksha

National Daily

प्रजातन्त्र र विकल्प

सुभाष न्यौपाने
प्रजातन्त्रमा नै पाइने हुन्छ विकल्प
विकल्पबिनाको कहाँ हुन्छ प्रजातन्त्र
मुुकमा नागरिक अधिकार जोगाउन
आवश्यक परेको छ जनताको हित खातिर

शिक्षा, स्वास्थ्य र रोजगार तीन दिनको ग्यारेन्टी गरे
जनताले महसुस गर्लान् प्रजातन्त्र छ देशमा भनी
प्रजातन्त्रको नाममा बन्छ सरकार गठबन्धन
एकले अर्कालाई बाँधेर कसले गर्छन् बन्धन ।।

प्रजातान्त्रिक व्यवस्था भनेकै वैकल्पिक शासन व्यवस्था हो । जसले निरन्तर रुपमा जनताको सहजताको लागि जनताको खाँचो पूर्तिको लागि जनताको पहिलो अधिकार शिक्षा, स्वास्थ्य र रोजगारको सिर्जना र सुरक्षाको लागि निरन्तर र नियमित रुपमा अभ्यास गरिरहेको हुन्छ । जसमा परिवर्तन हुन्छ, विकल्प हुन्छ । प्रजातन्त्र भनेको जनता र परिवर्तनको लाग आवश्यक तहसम्म जति पनि विस्तार गर्न र बदल्न सक्ने व्यवस्था हो । जनताको नाममा जति पनि तन्काउन र परिवर्तन गर्न सकिने व्यवस्थालाई पनि कठोर बनाएर प्रजातन्त्रको विकल्प र मर्मलाई बिर्सेर कठोर बनाउँदै जानु भनेकै तानाशाही प्रवृत्तिलाई बढावा दिनु हो ।

अहिलेका शासकहरुले प्रजातान्त्रिक मूल्य मान्यतालाई बिर्सेर जनतामाथि तानाशाह पूर्ण बज्र प्रहार गरिरहेका छन् । यसको महसुस जनताले गरिरहेका छन् तर उनीहरुलाई थाहा छैन । उनीहरु प्रजातन्त्रको नामा तानाशाह बन्न खोजिरहेका छन् । आफू मालिक बनेर जनतालाई दासत्व लदाउन खोजिरहेका छन् । त्यही उनीहरुको मनको दासत्व जनतामाथि लदाउन खोज्ने नियतिलार्य नै ती राजनेतिक दलहरु प्रजातन्त्रको विकल्प ठान्दछन् । जस परिपाटीलाई जनता तानाशाहको व्याख्या र विकल्प ठान्दछन् । हाम्रो मुलुकमा अहिले प्रजातन्त्र त्यही विकल्पमा परिभाषित भइरहेको छ ।

राजनैतिक दलहरु प्रजातन्त्रको विकल्प भनदै राज्य सत्ता सञ्चालनको नयाँ अवस्था सिर्जना गर्छन् या गठबन्धन गर्छन् । जसबाट उनीहरु निहित स्वार्थ सिद्धको सफल अभियानको थालनी गर्न सक्दछन् । तयसैले वर्तमान राजनीतिले प्रजातन्त्रको विकल्प भनेर सम्बोधन गर्ने गरेको छ । जहाँ नागरिक अधिकार छ त्यहाँ प्रजातन्त्र छ । प्रजातन्त्रका विकल्प भनौ या पयार्य भनौँ शान्ति र समृद्धि । हाम्रो मुलुक जहाँ समृद्धिको नाममा गरिबीले सीमा नाघिसक्यो, त्यसलाई नेपालको सरकार र नेपाली राजनीतिले समृद्धि देख्छ, शान्तिको श्वास फेर्छ र प्रजातन्त्रको विकल्प देख्छ । हम्रो मुलुकका शासक र राजनीतिक दलहरुले आफ्ना आसेपासेहरुलाई खुवाएर आफनो् आफ्नो पछि लाग्ने परिपाटीलाई नै प्रजातन्त्रको विकल्प भनेर परिभाषित गर्छन् ।

रविले प्रखर सञ्चारकर्मीको आडमा जनतालाई विश्वास दिलाउँदै गरेको आफ्नो विज्ञापनको मुनाफा स्वरुप गरेको निजी छवि प्रकरण होस् वा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले लिएको सहकारीको उर्जा तथा श्रीमतीसँगको पारपाचुके पनि प्रजातन्त्रको विकल्प हो । के नेपाली जनताले रवि लामिछानेले यस्तै हर्कत गर्लान् वा गराउलान् भनेर दुई÷दुई पटक मतदान गरेर निर्वाचनमा विजयी गराएका हुन् ? यी सबै गतिविधिलार्य रवि पक्षीहरु प्रजातन्त्रका विकल्प ठान्छन् भने सहकारी पीडित तथा अन्य नेपाली जनता भन्छन्– हामीमाथि अन्याय भयो, न्याय पाऔँ । खोइ त अहिलेसम्म यत्रो घटना घटिसकेपछि पनि सरकार किन रविका मात्रै पछि लागिरहेको छ ?

त्यो बिनाआधारमा कर्जा लगानी गर्ने सहकारीका सञ्चालक समितिका अध्यक्षलगायत अन्य पदाधिकारी तथा सदस्यहरु को–को कारबाहीमा परे ? खोई सरकारले त्यस विषयमा कदम चालेको ? के रविछ, छवि र जिवीमाथि अनुसन्धान तथा छानबिन प्रक्रिया अगाडि बढ्दैमा सबै काम पूरा हुन सक्छ ? प्रजातन्त्रको विकल्प बन्न सक्छ ? नेताहरु चोरीडकैतीलगायतका अपराधपूर्ण घटनालाई प्रजातन्त्र र तयसको विकल्प सम्झन्छन्, सरकार आफूभित्रको विरोधलाई दमन र निस्तेज पार्न पाए त्यसलाई प्रजातन्त्र र त्यसको विकल्प सम्झन्छ । के जनताले चाहेको र ल्याएको प्रजातन्त्र र त्यसको विकल्प भनेकै हातमा तागत हुनेले चोरी, ढाँट र ठगेर खाने व्यवस्था हो श्र यो मुलुकमा जबसम्म राजनीति र सरकार जनपक्षीय र जनउत्तरदायी बन्न सक्दैन तबसम्म यो मुलुकको सहकारी होस् या संगठन प्रजातन्त्रको विकल्प बनन सक्दैन । प्रजातान्त्रिक बन्न सक्दैन ।

पोखरा र भैरहवा गर या गराउ अथवा चितवन र पर्सा गर जनतालार्य तयसको कुनै सरोकार छैन । हिजो रविलाई रोज्ने जनताले पनि प्रजातन्त्रकै मान्यता अनुसार तिम्रो विकल्पमा रोजेका हुन् न कि ईश्वर नै हुन् भनेर होइन । तिमीहरुले लामो समयसम्म अवसर प्राप्त गर्दा पनि जनताको चाहना अनुसार राज्य सत्ता सञ्चालन गर्न नसकेको कारण नै रविलगायतका नयाँ दल र नेतृत्वकर्ताले अवसर प्राप्त गरेका हुन् । प्रजातान्त्रिक प्रक्रिया अनुसार नै निर्वाचित भएर सदन र सरकारमा पुगेका राजनैतिक दलका नेताहरुले के बुझ्नु पर्छ भने ठिक छ रवि अनुसन्धानमा निर्दोष छन्, निर्दोष रहलान् तर रवि निर्दोष छन् भन्दैमा ती रकम अपचलन गर्ने सहकारी संस्थाका सञ्चालकहरु पनि कठघरामा आउने बाटो त खुल्यो नि ?

हिजो रवि गृहमन्त्री रहँदाकै अवस्थामा यो प्रकरण उठिसकेको थियो तर उनले किन रविले यस विषयलाई न्यायिक रुपले छानबिन गर्नका लागि चासो देखाएनन् ? के एकजना जिवी राई मात्र सम्पूर्ण सहकारी प्रकरणका अपराधी हुन् ? के प्रजातन्त्र भनेकै जनताको नाममा जनता मार्र्ने न्याय हो ? यदि आन्दोलन र परिवर्तन गर्ने क्षमता राख्ने दलहरुले किन कानुनी राज्य र सुशासनको प्रत्याभूति गराउन सकेनन् ? के प्रजातन्त्रको विकल्प भनेको अराजगकता हो, दण्डहीनता हो ? यदि होइन भने नयायिक छानबिनको प्रक्रियामा किन हस्तक्षप ?

प्रजातन्त्रको पर्याय भनेकै न्याय र सुशासन हो । जनताले यति कुरा राम्रोसँग बुझेका छन् । चोरेर ल्याएको शिकार सहरका धनीमानीले खानु र जिवी, छविको चोरीको धन गोरखा मिडिया सेन्टरमार्फत् रविले चलाउनु भनेको एउटै प्रकृति र एउटै प्रवृत्ति हो । चोरेर न्यायको वस्तु बिनाजानकारी उपभोग गर्दा समेत दण्ड, जरिवाना गराउने हाम्रो कानुन, हामीले भोगेको कानुन हो । अर्बौँ रकम विभिन्न सहकारी संस्थाहरुबाट एकै ठाउँमा ल्याएर जम्मा गर्दा त्यसमा षड्यन्त्र छैन भनेर कसले मानन सक्छ ?

नाखाबाट मारेर ल्याएको चित्तलको सुकुटी खानेहरुले त पुलिसको कस्टडी भोग्नु पर्ने मुलुकमा अर्बौँ रुपैयाँ मैले चोरेको होइन भनेर घरमुलीले आफ्ना छोराछोरीको भरणपोषण स्वास्थ्योपचारलगायतको खर्च निर्वाध रुपमा कसरी गर्न सक्छ, गर्न मिल्छ ? हो अहिलेको सहकारी प्रकरण त्यस्तै हो । अहिले जनताले बुझिरहेका छन् , उनले बारम्बार गृहमन्त्रालय खोज्नुको तात्पर्य पनि त्यही रहेछ ।

के प्रजातन्त्रको विकल्प यही हो त ? क दोस्रो व्यक्तिले चोरेर तेस्रोलाई बेचेको माल चौथो वा पहिलेले खरिद गर्दा समेत पुलिसको कस्टडी खानु पर्छ, वयान दिन जानु पर्छ भने विभिन्न सहकारीको विभिन्न समयमा भएको अपचलन रकम आफ्नो भाँडोमा जम्मा गरेर मैले चोरेको होइन भन्ने छुट छ र, प्रजातन्त्रमा ? के प्रजातन्त्रको विकल्प नै यही हो त ? के प्रजातन्त्रले यस्ता गतिविधिलाई विकल्प मान्न सक्छ ? विकल्प भनेर व्याख्या गर्न पाइन्छ ? प्रजातन्त्रको विकल्प भनेको नागरिक अधिकार हो ? प्रजातन्त्र जस्तोसुकै सङ्कटमा परे पनि कानुनले नागरिक अधिकारको रक्षा गर्ने विषयमा कसैसँग तुलना हुन सक्दैन, सम्झौता हुन सक्दैन ।

नागरिकको नैसर्गिक अधिकार निजी सम्पत्ति लगायत शिक्षा, स्वास्थ्य र रोजगारको अधिकार ग्यारेन्टी भन्ने प्रजातन्त्रको विकल्प हो ? यो अवस्थामा प्रजातन्त्रले जहिले पनि सुरक्षाको ग्यारेन्टी गर्नु पर्छ । प्रजातन्त्र पारदर्शिताको जननी हो, प्रजातन्त्रमा न्याय पारदर्शी हुन्छ अर्थात् खोजीनीति छानबिन वा कार्य सबै जनताका निमित्त हुने भएको हुँदा सबै कुराहरुको अनुहार दुरुस्त देख्न पाइन्छ । हरेक घटनाको सरकारी अनुसन्धान पारदर्शी हुन्छ भन्ने विश्वास पूर्ण मान्यता रहेको छ ।

कुनै पनि विषय अपराध होस् या अनुसन्धान खोज सम्बन्धी विषयहरु होस्, यसमा सरकारले अनिर्णयको जवाफ दिन मिल्दैन र, जनताले अनिर्णयको उत्तरलाई स्वीकार्न पनि स्वीकार्दैनन् । कुनै पनि घटना छानबिनमा गइसकेपछि सरकारले त्यसको नतिजा सार्वजनिक गर्नै पर्ने हुन्छ । नतिजा गुमराहमा राख्न पाइन्न । प्रजातन्त्रमा सबै कुरा पारदर्शी हुने भएको हुँदा प्रजातन्त्रका धेरै विकल्पहरु हुन्छन् । प्रजातन्त्रमा हरेक विषयको नतिजा पारदर्शी गर्नु पर्ने भएको हुँदा कुनै पनि घटना या दोषी व्यक्ति त दोषी भइहाल्यो, दोष अनुसारको दण्ड, सजाय पाउने कुरा त सार्वजनिक हुने नै भयो तर त्यसमा पनि दोषीले क्षमा याचना गरेपछि दिइने क्षमादानको बारेमा पनि सरकारले उचित रायको लागि नागरिक समक्ष त्यो विषय राख्नु पर्ने हुन्छ ।

प्रजातन्त्रमा गल्ती सच्याएर, सुध्रिएर आउँछु भन्नेहरुलाई सुध्रने मौका पनि मिल्छ, प्रजातन्त्रमा तर प्रजातन्त्रमा कोही कुनै विषयमा जनतालाई छलेर वा ढाँटेर विकल्पको रुपमा जनतालाई ढाँटेर वा ठगेर, बाठो भएर काम गर्न खोज् भने न्यायिक व्यवस्था मात्र नभएर जनताले सामाजिक न्याय अन्तर्गत सामाजिक जरिवाना गर्न पनि जनताले जानेका छन् । वर्तमान सन्दर्भमा रवि लामिछाने उपरको मुद्दा भनेकै ओभरस्मार्टकै कारण हो ।

कानुनका आँखा छलेर यदि कोही पनि बढता बाटो भयो भने उसले गरेको गल्तीको सजाय त भोग्ने नै भए त्यति मात्र होइन जनताले विश्वास गरेर विकल्पको रुपमा छानिरहेका मान्छे यस्तो डरलाग्दो भुमरीमा कसरी फस्न पुगे, यदि उनलाई फसाउन कुनै गठबन्धन सरकार लागेको हो भने त्यो पनि जनता समक्ष भन्न तिमीले के ग¥यौ, उनीहरुले के गरे ?

यस विषयमा जनताले त थाहा पाउनु प¥यो नि ? यदि तिमी पनि जनता ठग्न लाग्छौ भने तिमीलाई ठग्न अरु लाग्नु स्वाभाविकै हो । आफूलाई विश्वास र माया गर्ने नागरिकको आँखामा छारो हाल्न खोज्नेहरु जोसुकैले पनि आफ्नो कर्मको फल पाउनै पर्छ । तिमीले पाएकोमा जनताले दुःख माननु पर्ने जरुरी छैन । त्यसैले आफ्नो कर्मको फल आफैँले भोग्नु पर्छ, प्रजातन्त्रले त्यो न्याय मर्न दिँदैन । प्रजातन्त्रको विकल्प अपराध होइन, न्याय हो ।

त्यसैले सबैजनाले कर्म अनुसारको फल पाउनै पर्छ । राष्ट्र र जनता ढाँटेर काम गर्नेहरु जतिसुकै बाठा भए पनि तिनीहरुको चरित्र रविको जस्तै हुन्छ । स्वभावले रवि भनेको उज्यालो हुनु पर्नेमा रवि कहिले अन्धकार अर्थात् बादलमा पनि पर्छन् । मौसम अनुसार बादल र घाम स्वाभाविकै भए पनि ग्रहण लाग्नु अशोभनीय हो ।