व्यक्तिगत स्वास्थ्यप्रति सजग हुन आग्रह
विश्व मधुमेह दिवस
गोरक्ष समाचारदाता
दाङ, ३० कात्तिक । विश्व मधुमेह दिवसको अवसरमा दाङको घोराहीमा मधुमेह रोगबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम भएको छ । बिएस डाइग्नोस्टिक एण्ड पोलिक्लिनीक प्रालि, लायन्स क्लब अफ घोराही अम्बिकेश्वरी र नेपाल घरेलु तथा साना उद्योग महासंघ, दाङको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।
लायन्स क्लब अफ घोराही, अम्बिकेश्वरीका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षतामा तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मधुमेह रोग नियन्त्रण र रोकथामका लागि नागरिक सचेतना आवश्यक रहेकोमा जोड दिइएको छ । कार्यक्रममा मधुमेह रोग लाग्नुका कारण, यसको स्वास्थ्यमा पार्ने असर र यसले समाजमा पारेको प्रभावबारे समीक्षा गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख चौधरीले नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन र नियमित व्यायाम तथा सन्तुलित आहारको महत्व बुझाउन सबै लाग्नु पर्नेमा जोड दिए । खान नपाएर भन्दा खान नजानेर अहिले नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै मधुमेह, क्यान्सर जस्ता रोगबाट छुटकारा पाउन जीवनशैलीमा सुधारसँगै स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गरेका थिए ।
स्वस्थ नागरिक उत्पादनमा स्वास्थ्यको ठुलो भूमिका रहने हुँदा हरेक नागरिकले आफ्नो स्वास्थ्यबारे चासो राख्नु पर्ने बताए । स्वस्थ नागरिक बनाउन पालिकाले वडाहरूमा खेल पूर्वाधारसँगै व्यायामशाला निर्माण गरेको बताए । अहिले योग साधना केन्द्रहरूमा पनि पालिकाले लगानी गरेर स्वास्थ्यप्रति नागरिक सचेतना बढाउने काम गरिरहेको बताएका थिए । वडा नम्बर १५ का वडाध्यक्ष रमेश पाण्डेले भौतिक सुखसुविधासँगै मानिसले आफ्नो स्वास्थ्यमा ध्यान नदिँदा नसर्ने रोगको जोखिम बढ्दै गएको बताए ।
शरीरको स्वस्थताका लागि हरेकले पहिलो प्राथमिकता राख्नु पर्ने उनको आग्रह थियो । महिनैपच्छिे दीर्घरोगी बढ्दै गएको र उपचारका लागि सिफारिस गर्नु पर्ने बाध्यता कम गर्न स्वास्थ्यबारे नागरिक सचेतना आवश्यक रहेको बताए । कार्यक्रममा बिएस डाइग्नोस्टिक एण्ड पोलिक्लिनीक प्रालिका डा प्रकाश सुवेदीले मधुमेह रोग र यसका असरबारे जानकारी गराएका थिए । टाइप १ सुगर र टाइप २ सुगरबारे जानकारी गराउँदै खानपानसँगै स्वस्थ जीवनशैलीका लागि सरकारले अभियान नै चलाउनु पर्ने बताए ।
यसैगरी बिएस डाइग्नोस्टिक एण्ड पोलिक्लिनीकका शिशिर सुवेदीले सन् २०३० सम्म मधुमेह रोग नियन्त्रण गर्न हरेक नागरिक जिम्मेवार हुनु पर्ने बताए । अहिले पहिचान भएकामध्ये ८० प्रतिशत उपचारको दायरामा ल्याउन, ६० प्रतिशतलाई इन्सुलिनको उपचार पु¥याउन, स्वास्थ सजगता बढाउन र स्वस्थ नागरिक उत्पादनमा ध्यान दिन यस प्रकारका अभियान जरुरी रहेको उनको भनाइ थियो । पतञ्जली याोग समिति दाङका महासचिव माधव सुवेदीले योगका माध्यमबाट मधुमेह नियन्त्रण सम्भव रहेको बताए । स्वस्थ जीवनका लागि दैनिक खानपान, आहारबिहार र व्यायामको अनुशासनमा ध्यान दिन सके सबै प्रकारका रोगबाट छुटकारा पाउन सकिने बताए । सचेतनामूलक गतिविधिले मधुमेहजस्ता दीर्घ रोगसँग जुझ्नका लागि जनचेतना अभिवृद्धि गर्न मद्दत पुग्ने उनको विश्वास रहेको छ ।
कार्यक्रम गर्नुअघि बिहान घोराही बजारमा मधुमेह रोग नियन्त्रणका लागि सचेतनामूलक ¥याली निकालिएको थियो । ¥यालीले स्थानीय नागरिकलाई मधुमेह रोगको जोखिम, यसको प्रारम्भिक लक्षण र रोग रोकथामका उपायबारे सचेतना प्रदान गरेको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघ, दाङका निवर्तमान अध्यक्ष प्रदीप मजगैयाँको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासंघका अध्यक्ष लव अधिकारीले गरेका थिए । मधुमेह दिवसको अवसरमा बिएस डाइग्नोस्टिक एण्ड पोलिक्लिनीक प्रालिले निःशुल्क मधुमेह परीक्षण गरेको थियो ।
