ब्रह्माकुमार माधव तिमिल्सेना
नारी (महिला)लाई अंग्रेजीमा Women भनिन्छ । यीनै पाँच अक्षरमा नारीका महत्वपूर्ण गुणहरु समाहित छन्
W= Will Power अर्थात मनोवल । जसको आधारमा नारीले आफ्नो योग्यता सावित गर्न सफल हुन्छिन् ।
O= oneness अर्थात एउटै लगन र एउटै मगनमा तल्लिन रहन सक्नु । मीरावाईले एक कृष्णमा लगन लगाएर आफ्नो आराध्य समान उच्च स्थिति वनाउन कामयाव पाउन सफल भईन् ।
M= Might अर्थात शक्ति । स्व –आत्मा) को आन्तरिक शक्तिहरु जागृत हुन्छ भने नारी अवला हैनन सवाल शक्तिस्वरुपा दुर्गा,काली,लक्ष्मी,अम्वा वनेर विश्वमा फैलिदै गईरहेको दुर्गुण एवं विकृतीहरुको विनाश गरी महान कार्यमा सहयोगी वन्न सक्छिन् ।
E= Enlightenment अर्थात दिव्यता । ज्ञान प्रकाशले नारीमा स्नेह,त्याग,सहनशीलता एवं करुणा आदि दिव्यता आउँछ र नारी सवैको मनोकामना पूरा गर्ने कामधेनु वन्न पुग्छिन् । जसको आधारमा नारीले आफ्नो योग्यता सावित गर्न सफल हुन्छिन् ।
N= Nobility अर्थात उदारता । माँ को हृदय उदार र विशाल हुन्छ । आफ्नो यही गुणले परिवारका सवै सदस्यहरुका कमी कमजोरीलाई सागरसरी समाहित गरेर परिवारलाई एक सूत्रमा वाँध्न सक्छिन् । नारी अर्थात घरको शोभा । नारीले नै हो घर–परिवारलाई सन्तुलित राख्ने,खुसी दिने एवं स्वस्थ्य बनाउने सुख सम्वृद्धि ल्याउने । ऋग्वेद भन्छ, ‘नारी धनकी देवी हुन्।’। धनी हुनु भनेको समाज अथवा परिवारमा नारीको हैसियत उच्च हुनु हो । यस तथ्यले भारतखण्डमा नारीहरू पुरुषभन्दा कम थिएनन् भन्ने कुरा स्पष्ट पार्छ । त्यतिमात्र होइन,त्यो समय समाजमा बहुविवाह बर्जित थियो (ऋग्वेद ७.४।८।७)। समाजले नारी–पुरुषलाई समान मान्ने भएकाले नै बहुविवाह बर्जित गरिएको हुनुपर्छ । अहिलेको ‘पुरुषप्रधान’ भनिने समाजमा श्रीमतीले गर्न नसकेको काम पुरुषले गरिदिनुपर्छ भन्ने छ । तर, वैदिक समाजमा अहिलेभन्दा ठीक उल्टो थियो । गार्गी, मैत्रेयीको जस्ता नारी जसले त्यस समयमा बेला वादविवाद,राजनीति,तर्कशास्त्रमा अब्बल मानिन्थे । वैदिककालमा रोमशा,उर्वशी,घोषा,विश्ववारा, लोपामुन्द्रा जस्ता विदूषी नारीहरू पनि थिए,जसको चर्चा अहिलेको समाजमा पनि हुन्छ । नारीहरूलाई शिक्षा ज्ञान प्राप्त गर्न र प्रदान छुट भएको तथ्य भेटिन्छ । त्यसैले वेदमा भनिएको छ, ‘प्रत्येक सामाजिक एवं धार्मिक काममा नारीको उपस्थिति अनिवार्य छ।’ (अथर्ववेद २।३६।१)

खासगरी शरीरको जन्म नारीको गर्भबाट हुन्छ । आत्माको उत्पतिको प्रश्न नै आउँदैन किनकी आत्मा अनादी अविनाशी छ । लिङ्गभेद पनि शरीरमा आधारित हुन्छ । जसरी शरीरका अंगहरुको उत्तम संयोजनले सुन्दर शरीरको निर्माण हुन्छ त्यसरी नै स्त्री वा पुरुषको सही विकास नभएमा उक्त समाज शारीरिक अपाँगता भएको मानिस जस्तै हुन्छ । एउटा पखेटाले पंक्षी उड्न सक्दैन । समाज वा देशको सञ्चालन नारी या पुरुष एउटै मात्रले संभव छैन । वास्तवमा नर नारीमा केही भिन्नताहरु छन् परन्तु ती आपसमा विरोधी नभएर परस्पर पुरक हुन । पुरातन धर्मशास्त्रमा नारीलाई पुरुषको अर्धाङ्गीनी मानिएको छ । यसको मतलव नारीहरु रक्षणीय अवश्य हुन तर उपेक्षीय वा शोषणीय अवश्य होइनन् । निर्णयामृतमा लेखिएको छ– ‘भार्या प्रत्युव्र्रतं कुर्यादी भार्याश्च पतिव्रतम्’ अर्थात पत्नी पतिका लागि ब्रत राखुन् र पति पत्नीका लागि । हरेक परिस्थितिहरुमा त्याग,सहनशीलता,धैर्यता,जागरुकता तथा दूरदर्शितालाई अपनाएर घरलाई सुखी वनाउन सकिन्छ । सच्चा अर्थमा गृहस्थ पनि एक तपोवन हो । जव पुरुषमा नारीको गुणह्रुको सञ्चार हुन्छ तव ती पुरुषपनि महान महात्मा वन्न सक्छन् । प्राचीनकालमा कन्याको लालन पालन पुत्रकै समान भएको पाईन्छ–जस्तै सीता,पार्वती,दमयन्ती,दौपदी आदि । वैदिक कालका सम्मानित नारीहरु मध्यकालमा आएर उनीहरुको जीवन चल अचल सम्पति समान भयो । पौराणिक कालमा नभएर यस युगमा समेत अपवादका रुपमा फ्लोरेन्स नाइटिंगेल,मदर टेरेशा, राजयोगीनी दादी प्रकाशमणी र दादी जानकी तथा पासाङ्ग ल्हामु शेर्पा लगायतका नारीहरु नमूना भएको ईतिहास साक्षी छ । आफ्नी आमा पुतलीवाईको कारण माहात्मा गान्धीले सधै सत्यवादी मार्ग अपनाए । आमा महान हुन्छिन उनको स्थान अग्रपंक्तिमा छ । त्यसैले मातृदेवो भव भनिन्छ तर अचेल आमाको स्नेहलाई सन्तानले पैसासंग दांज्ने गरेका तिता सत्यहरु हामी विचमा छिपेको छैनन् । नारीमाथि पाल्तु जनावर जस्तै व्यवहार प्रदर्शन हुन थाल्योे । वैवाहिक जीवनमा नारीलाई पुरुषको जुत्ता समान वा मजदूर जस्तै नजरले हेर्न शुरु गरियो । सतिप्रथाको नाउँमा पतिको मृत्युपछि ज्यँुदै जलाईनु नारीको स्वाभिनतालाई समाप्त गर्ने एक ज्वलन्त उदाहरण हो । संविधान एवं कानूनका दस्तावेजहरुमा नारी समानताका कुरा लेखिएपनि मानसिकतामा परिवर्तन नआउनुको परिणाम कन्या भ्रुण हत्या,नारी दहन, दाइजो प्रथा,लिङ्गभेद एवं कुदृष्टि आदिले आजपनि नारीको पराधिनतालाई स्पष्ट दर्शाउँछ । एउटा भनाई छ पुत्र पिताको भाग्यले वाँचेको हुन्छ तर कन्या आफ्नै भाग्य लिएर यस संसारमा आउँछिन् । कुनैपनि स्थान,देश,कालमा नारीहरुको अपमान वा उपेक्षा वा अवनति हुन्छ भने ती नारी हृदयको पुकार प्रकृतीसम्म प्रतिध्वनीत हुने गर्दछ । फलस्वरुप प्राकृतिक आपतरुपी विनाशको सिलसिला प्रारम्भ हुन्छ । मातृशक्तिको तिरस्कार,अन्याय र पक्षपातको कारण पुरुषको दुखद् क्षणको आरम्भ हुन्छ । पुरुषको चरित्र,आचरण र व्यवहारको प्रतिफल नारीबाट नै प्राप्त हुन्छ । पुरुषबाट सम्मान पाउन नारीले केवल छाला चम्काउने धन्दामा नलागी आफूभित्रको सुषुप्त आत्मिक शक्ति वा देवत्वलाई निखार्न जरुरी छ । ऐना हेर्ने स्वभाविक संस्कारलाई ज्ञान दर्पण हेर्ने संस्कारमा रुपान्तरित गर्न आवश्यक छ । शरीरका साथीहरुले त शरीर जल्ने वित्तिकै साथ विर्सिन्छन तर आत्माको सच्चा साथी पिता परमात्माले देहको आवरणबाट निस्किएपनि आत्माको साथ अझै समिपतामा भूमिका निर्वाह गर्नुहुन्छ । यस यथार्थतालाई समेत विर्सनु हुदैन ।
जहाँ मीठो बचन,मधूर स्वर छ र हरेक क्षण मायालु बोली–ब्यवहार प्रदर्शित हुन्छ । आस्तिक,सेवा भाव राख्ने, दानशील,बुद्धिमान,दयावान,कर्तव्य पालना पूर्ण निष्ठाका साथ गर्ने नारीको हात हुन्छ । जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् । जो घरमा आएका आगन्तुकलाई हार्दिकताका साथ स्वागत गर्छिन् । अर्काको दुख देखेर आफ्नो सामाथ्र्य अनुसार सहयोग गर्ने र अर्काले दुःखबाट उन्मुक्ति पाउँदा परमआनन्दको अनुभूती देखाउँछिन् । घरका सबै सदस्यलाई उत्तिकै प्रेम,सम्मान,श्रद्धापूर्वक व्यवहार गर्दे सबैलाई मिठो–मसिनो र स्वस्थ्यकर भोजन प्रभु प्रसादको रुपमा वाँड्छिन् । ती नारी जो प्रत्येक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् साथै बिहान–साँझ पूजाआजा गर्ने,दीप एवं धूपले घरलाई सुगन्धित बनाउँदै धर्म र नीतिको मार्गमा चल्नका लागि परिवारलाई प्रेरित गर्ने नारीको विशाल हृदय,शालीनता र क्षमाशीलताले त्यो घर एक पवित्र मन्दिर समान हुन्छ । तर यस्तो क्षमता र शक्ति एवं हैसियत के पुरुषबाट संभव छ र ? तिमी अर्काको घर जाने जात …पोथी बासेको राम्रो हुदैन …आईमाई केटाकेटी धेरै हांस्नु हुदैन….. नारी नरकका द्धार हुन …नारी जुत्ताको पैताला हुन …ढोलक शुद्र जाती,पशु र नारीलाई पिटेर मात्र तह लगाउन सकिन्छ आदी आदी सोच र व्यवहारले नारीको स्वाभिमान र प्रतिष्ठालाई ओझेल पारेको छ । आजको समाजको सवैभन्दा ठूलो अभिशााप यही छ कि नारीको गर्भमा जन्म लिने नरले आफ्नी जननी माँलाई पूज्य सम्झिनु पर्नेमा नारी शरीरलाई भोग्या दृष्टिले मात्र हेर्नु नारीको अपमान हो । पुरुषप्रधान समाजले नारीलाई विलासिताको साधनको रुपमा उपयोग गर्दे एक खेलौना सरी किनवेच गरिरहेको विद्यमान सामाजिक अवस्थालाई के भन्नु र खै ? नारीको नग्न र अर्धनग्न रुपलाई रात्री क्लव तथा व्यापारिक स्थलमा राखिनुले नारीको अस्मिता माथी धावा वोल्नु भएनर ? बैदिक कालमा कन्या माता अथवा समग्र नारी समाजमा पूजनीय,वन्दनीय र सम्माननीय भएको कुरा हाम्रा शास्त्र र नीतिहरुमा पाईन्छ । वर्तमान समयमा पनि नारीको केही गौरवमय एवं विशेष सांस्कृतिक अधिकार रहेको देखिन्छ । जस्तै कन्याको जन्म हँुंदा देवी, ससुराली जाँदा लक्ष्मी, नवरात्रीमा कन्या पूजन,ज्यँदो कुमारी पूजा आदि । नारी परिवर्तन नभएसम्म विश्व परिवर्तनको कल्पनासम्म गर्न सकिदैन । हरेक कार्यमा नारीको वन्दना हुने गर्दछ । युद्धमा पुरुष सरिक भएपनि शक्ति दुर्गासँग मागिन्छ । धन कमाउने धन्धामा पुरुष अगाडी देखिएतापनि धन ऐश्वर्य लक्ष्मीसँग मागिन्छ । विद्यामा पुरुष अग्रपंक्तिमा भए नी विद्याको वरदान सरस्वतीसँगै मागिन्छ । यतिखेर संसारमा फैलिरहेको दुगुर्णरुपी कालो बादललाई हटाउनु परेकोछ । प्रकृतिले नर नारीलाई सामाजिक सन्तुलन दिएको छ । नारीमा शारीरिक वल निश्चित रुपमा कम छ परन्तु नैतिक वल वा आद्यात्मिक वल साथै मानसिक वल पुरुष भन्दा अवश्य अधिक छ । त्यसैले नैतिक आद्यात्मिक क्षेत्रमा नारीको पूजन हुने गर्दछ । देहअभिमानी संस्कार र भोग वासना विलासितको संस्कृति नै महिला उत्पिडनको मुल कारण हो । जवसम्म युवा वर्गमा नैतिकता र आधात्मिक संस्कार दिईदैन साथै नारी केन्द्रित अश्लिल विज्ञापन लाई रोक लगाईदैन तवसम्म नारीको अपमान भईरहन्छ ।
आमाको गरिमा एवं महत्वलाई लिएर विश्व विजयी नेपोलियम वोनापार्टको तिमीहरु मलाई असल आमा देउ म तिमीलाई असल नागरिक दिन्छु भन्ने कथन सान्दर्भिक छ । असल आमा विना असल नागरिक पैदा गर्न सकिदैन । शिशुको पहिलो पाठशाला नै मातृत्व हो । एउटा बालकको मानसिकताको रचनामा आमाको अत्याधिक हात रहेको हुन्छ । बालकको प्रथम र सवैभन्दा पहिलो पाठशाला नै उसलाई पैदा गर्ने आमा हुन । यो संसारमा समयानुसार विभिन्न धर्म संस्थापकहरुले जन्म लिए तापनि संसारको परिवर्तनको अभिभारा नारीहरुकै हातमा देखिन्छ । तसर्थ अव नारीहरुले आफ्नो सुषुप्त शक्तिलाई जगाउनु परेको छ । आफूलाई जगत मां संझेर यस जगतको कल्याण र उद्दार हेतु समर्पित हुने समय आइसकेको छ । नारी धर्ती जस्तै विशाल दिलकी खानी हुन् । नारीले अवको समयमा शिवशक्ति संझेर महान चरित्र र गुणको प्रदर्शन गर्ने हिम्मत गर्नु परेको छ । नारी विशालताको दिव्य मूर्ति हुन तसर्थ, यो विशालतालाई सुखमय संसार निमार्णको कार्यमा लगाएर महानताको परिचय दिने वेला आईसकेको छ । हे त्याग र समर्पणकी मूरत,क्षमाकी देवी उठ आफ्नो सच्चा पति परमेश्वरलाई चिन । सवै दुःखबाट छुटाएर नयां सतयुगी पवित्र दुनियांको स्थापना गरी देवी समान अम्वा,जगदम्वा,सरस्वती दुर्गा वैष्णवी लक्ष्मीको रुपमा सर्वगुणसम्पन्न १६ कला सम्पूर्ण वनाउनको लागी शिवपिता परमधामबाट बन्दे मातरम्को उद्घोष गर्दे शिवशक्ति अवतारले ज्ञान कलश माता नारीको शिरमा राखेर सम्मान तथा अवसर प्रदान गरिहनु भएको छ । यो सुनौलो अवसरलाई सदुपयोग गर्नु आजको अपरिहार्यता तथा आवश्यकता पनि हो । हाल करिव १४० भन्दा बढी राष्ट्रहरुमा ९५०० भन्दा बढी सेवाकेन्द्रहरु मानव कल्याण र बिश्व परिर्वतनको महान कार्यमा संलग्न ब्रह्माकुमारी ईश्वरीय विश्व विद्याालय एक अन्तराष्ट्रिय शैक्षणिक संस्थाको रुपमा संयुक्त राष्ट्रसंघको सूचना बिभागमा गैरसरकारी संस्थाको रुपमा रजिस्टर्ड हुनुको साथै संयुक्त राष्ट्रसंघ अन्तरगतकोे आर्थिक तथा सामाजिक परिषद,यनिसेफ,यूनेस्कोको समेत सल्लाहाकार सदस्य रहेको छ । यस संस्थाको प्रशासन एवं गहन जिम्मेवारी आध्यात्म साधना सम्पन्न राजयोगीनी ब्रह्माकुमारी दिदीबहिनीबाट बहन हुन्छ । करिव ५० हजार समर्पित ब्रह्माकुमारीहरु र १२ लाख आध्यात्मिक साधक साधिकाहरुको यस संस्था बिश्वमा एकमात्र नारी प्रधान संस्था हो । जहाँबाट नारी शशक्तिकरण,नारी उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह भईरहेको छ । महिला शशक्तिकरण,यूवाजागरण पर्यावरण विकास मूल्य शिक्षा एवं आद्यात्मिक पथमा उल्लेखीय भूमिका निर्वाह गरेका कारण ब्रह्माकुमारीज संस्थाकी पूर्व मुुख्य प्रशासिका लगायत वर्तमान प्रमुख र संयुक्त मुख्य प्रशासिकालाई विश्वका ख्याती प्राप्त विश्वविद्यालयहरुले मानार्थ विद्यावारिधी डि.लिट्बाट समेत सम्मानीत गरिरहेका छन् । तसर्थ यस अभियानमा सवैको सकृय सहभागीको अपेक्षा समेत गरिएको छ । आधात्मिक ज्ञानले सही अर्थमा जीवन जिउने कला सिकाउँछ,आधात्मिकता संसारको त्यागको मार्ग होईन वल्कि संसारमा शशक्त बनेर जिउने मार्ग हो । ज्ञानले कमजोर शारीरिक आवरण भित्र छिपेको आद्यात्मिक शक्तिले मनोवल बढाउंछ । एक्लोपनको भयबाट मुक्ति दिलाउँछ,असुरक्षताको स्थिति माथि उठाउँछ, निमित्त भाव पैदा गरेर निर्मानता बनाउँंछ । आत्मनिर्भर वनाएर अरुको कमीकमजोरी प्रति रहमदिल बढाउँछ ।
(क) नारी सशक्तिकरणको पहिलो अनिवार्य तत्व हो आत्म–गौरव । एक शसक्त नारीलाई आफू महिला हुनुमा गर्व लाग्छ । महिला आन्दोलनको एक स्लोगन छ कि – ‘मेरो शरीरको संरचना नै मेरो किस्मत हो ।’ यो सृष्टिका नियम छ नारीमात्र आमा वन्न सक्छिन तर पुरुष हैन । परन्तु स्वतन्त्रताको नाममा आजकी नारी पुरुषको पुरक नभै प्रतिद्धन्द्धिको रुपमा देखिनु पक्कैपनि राम्रो संकेत मान्न सकिदैन । फेसन,पहिरन र अंगप्रदर्शनमा नारीले आफ्नो अस्मिता गुमाउँदै गईरहेको वर्तमान आधुनिकताको नाममा वढ्दै गएको उच्छृंखलता र स्वईच्छाचारिता रोकिनुपर्छ ।
(ख) जागरुकता नारी शसक्तिकरणको अर्को पक्ष हो । एक जागरुक नारी वन्नु अर्थात शक्ति स्वरुपा हुनु । केवल नारी मात्रले आफ्नो आवेगलाई कुशलतापूर्वक नियन्त्रण राख्न सफल हुन्छिन् । नारीले कहिल्यैपनि आफ्ना भावनाहरुलाई व्यक्त गर्न अधिकतर हिंसात्मक तरिका अपनाएको पाईदैन । आफ्नो आन्तरिक संवेदनशीलता एवं वौद्धिक परखशक्तिको आधारमा पहिला एक व्यक्ति पछि नारीको रुपमा पहिचान गर्न र स्पष्ट रितीले सम्झिन सक्ने क्षमता नारीमा निहित रहेको हुन्छ । त्यसैगरी
(ग) सूक्ष्मस्तरीय वदलाव नारी शसक्तिकरणको पाटो हो । हरेक व्यक्ति जीवनका परिस्थितिमा वदलिने क्षमता राख्दछ परन्तु त्यसका लागी दृढता जरुरी हुन्छ । रुकावटलाई पार गर्न एक शसक्त दृष्टिकोण हुनुपर्दछ । नारीप्रतिको भेदभावको विरोध एवं उक्त कार्यलाई निरुत्साहित गर्न र सकारात्मक उर्जा थप्न हमेशा हौशलाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।
(घ) कानूनी अधिकार ले नेपालको संविधानले महिला पुरुषमा समान हक अधिकारको कुरा गरेको छ साथै राज्यको विभिन्न क्षेत्रमा आरक्षण समेतको व्यवस्था गरेको छ । अन्य कानूनमा महिलाको अधिकारको सवालमा स्पष्ट उल्लेख छ साथै अन्तर्राष्ट्रिय महासन्धीहरुको पक्ष राष्ट्र रहेको र महिला आयोगको स्थापनाले कानूनी अधिकारलाई उजागर गरेको भएतापनि व्यवहारिकतामा महिलाहरु दुविधा एवं भयग्रस्त जीवन जिउने वाध्य भएको पाईन्छ । तसर्थ विद्यमान ऐन कानूनको समय सापेक्ष सुधार तथा कडाईका साथ अक्षरशः पालना गर्दे कानूनले नै सवैभन्दा पहिला महिलालाई स्वयंमा सुरक्षित र निश्चिन्त वनाउनु पर्ने जरुरी छ ।
(ङ) नारी शसक्त वनाउने प्रभावकारी कार्य भनेको महिला संघ संगठनको एकता तथा प्रोत्साहन पनि एक आधार हो । महिला अधिकारकर्मीहरुको एउटै आवाज कर्तव्यपालनाको सीमाभित्र रही लैङ्गिक हिंसा, विभेद र अन्याय तथा अत्याचारको विरुद्ध हुनुपर्दछ । विभिन्न संघ संगठनहरुको स्वार्थरहित भएर महिलाको हक अधिकार र कानून कार्यान्वयको सवालमा एकाकार हुनुपर्ने आवश्यकता देखिन्छ ।
(च) नारी शसक्त वन्नको लागि आत्म–ज्ञान अनिवार्य छ । आत्मा कहिले पुरुष त कहिले महिलाको शरीर धारण गरेर यस सृष्टि रंगमञ्चमा अभिनय गर्दछ । स्वयंलाई आत्मा निश्चय गरेमा जीवन फूल समान दिव्यगुणले सुगन्धित हुन थाल्दछ । पारस्परिक शुद्ध भावना, आत्मि दृष्टि र व्यवहारमा सम्मानको भावना विकसित हुनुको कारण आत्माभित्रको जन्म जन्मान्तरको विकार मुक्त भएर सच्चा स्वतन्त्रताको अनुभव हुन थाल्छ । आत्म ज्ञानले आत्मवल बढ्छ भने अनेकौ विभेद समाप्त भएर जान्छ । परमात्मासँगको योगले जीवनमा दिव्य शक्तिको सञ्चार हुन्छ । आद्यात्मिक शसक्तिकरणको स्वरुप वनेर यो संसारलाई स्वर्ग वनाउन स्वयं नारी अग्रसर हुने समय अव निकट भविश्यमा आउनेछ ।
अन्तमा वैदिक र नैतिक जीवन नै नारीको जीवन हो । आफुलाई शरीर संझिनाले नारी अवला वनेका हुन । यदि नारीले आफुलाई मन वुद्धि र संस्कारले युक्त आत्मा संझेर आत्म स्मृतिमा स्थिर हुदै जीवन पथमा चलेमा सच्चा शक्ति स्वरुपाको अनुभव हुनेछ तव नारी अवला नभएर पुरुषलाई समेत बल प्रदान गर्नेवाला बन्न सक्छिन् । मूल्यनिष्ठ समाज अर्थात् नारीलाई श्रेष्ठ स्थान । यसैले भनिन्छ “माँ र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्” । समाजलाई यो जानकारी होस् कि नारी भोग्या होइनन् पुज्या हुन जसको पुजन आजसम्म पनि भारतवर्षमा दुर्गा,सरस्वति, लक्ष्मी आदी रुपमा हुने गर्दछ । तसर्थ अव प्रत्येक नारीलाई आफ्नो असली रुप धारण गर्नु छ तव मात्र नारी उत्थान सम्भव छ साथै यसै धरामा श्री लक्ष्मी श्री नारायणको राज्य स्वर्ग स्थापना हुन सक्छ । नारी संस्कारयुक्त सभ्य र स्वतन्त्र भएमा वसुन्धरा फूल समान सुभाषित हुन थाल्छ । तर स्वतन्त्रताको नाममा महिलाहरूले कहिल्यै पनि उच्छृङ्खल हुनुहँुदैन । मूल्यवान् नारीमा निहित नैसर्गिक गुणले काँटा समान संसारलाई पनि सुगन्धित–सुन्दर फल–फूलको बगैचा बनाउन सक्छिन् । परमात्मा र प्रकृतिको प्रेमपूर्ण सम्बन्धको नाम नै हो नारी । ज्योतिर्मय संस्कार भएका नारीको हात संसारका सम्पूर्ण महान् कार्यमा लाग्नु परम आवश्यक छ । विकृतिपूर्ण जीवलाई पनि सबै प्रकारको खुशीले भर्न सक्ने कला छ नारीमा । यस वसुन्धरालाई दैवीधाम बनाएर सारा भूमण्डललाई नवीकरण गर्न सक्छिन् । प्रशंसनीय कार्यद्वारा देवी,महादेवी र सुखदेवी पनि वन्न सक्ने योग्यता छ मातृशक्तिमा । त्यसैले यस्ता नारीलाई फूल जस्तै फुल्न देऊ । निर्मल सरिता जस्तै बग्न देऊ । वायु समान गतिमान् हुन देऊ । अगरबत्ती जस्तै सुगन्ध फैलाउन देऊ । ज्ञान सागरकी बुलबुल बनाऊ । नारीलाई पिजराका पंछी जस्तै बन्दी बनाउने मापदण्ड होइन स्वतन्त्र पंछी बनेर उन्मुक्त गगनको उचाईमा छुन देऊ । यस्तै सुअवसर दिएर पुरुषले शानसँग मनु जस्तै भन्न सक्नेछन् “यत्र नार्यस्तु पूज्यन्ते–रमन्ते तत्र देवताः”अर्थात् जहाँ नारी पूजनीया–वन्दनीया–सम्माननीया हुिन्छन्,त्यही देवता रमण गर्छन् । अन्य देशको जस्तै भारतवर्ष भोगभूमि होइन देवभूमि हो । मर्यादाको कारणले नै यहाँ घर–घरमा देवी–देवताहरूको पूजा हुन्छ । महाकाल निराकार शिव अब स्वयं शक्तिस्वरुपाको साथी–सारथी एवं शिक्षक–रक्षक र पथप्रदर्शक बनेर यस धरतीमा अवतरण गरिसक्नु भएकोछ । अब नारीलाई तिरस्कार गर्नेहरू स्वतः पराजित भएर जानेछन् ।
लेखक ब्रह्माकुमारीज मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र दाङ्गका प्रवक्ता हुन ।