कृषि क्षेत्रको विकासका लागि समयमै मल र सिचाईको व्यवस्था हुन आवश्यक : अध्यक्ष चौधरी [अन्तर्वार्ता]
1 min readबर्सेनि किसानले खेतीको समयमा रासायनिक मल र सिँचाइको समस्या भोग्ने गरेका छन् । सरकारले मल ल्याउन ढिलाइ गर्दा आधा असार सकिनै लाग्दा पनि खेतमा धान रोप्न व्यस्त हुनुपर्ने किसान मलका लागि सहकारी संस्था धाउन बाध्यत छन् । आजभोलि नियमित बर्सातका कारण किसानलाई पानीको अभाव नभए पनि आकाशे पानीको भारमा खेती गर्ने किसानलाई सिँचाइको समस्या हुने गरेको छ ।
जिल्लामा यी समस्या समाधानका लागि के गर्न सकिन्छ ? किसानलाई समयमै मल उपलब्ध गराउन र सिँचाइको व्यवस्थाका लागि नेपाल किसान महासङ्घको भूमिका के रहन्छ ? कृषिमैत्री व्यवस्था, नीति, नियम निर्माणमा नेपाल किसान महासङ्घ दाङले नेतृत्व के–कसरी गर्छ भन्ने विषयमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासङ्घ दाङका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीसँग गरिएक कुराकानीको सार संक्षेप ।
भर्खरै नेपाल किसान महासङ्घ दाङको अध्यक्ष हुनुभएको छ, अब महासङ्घलाई कसरी अघि बढाउने सोच्नुभएको छ ?
लामो समयदेखि किसान सङ्घमा आबद्ध भएर पार्टीका हरेक क्रियाकलापमा सहभागी हुँदै आएको थिएँ । यही क्रममा नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले मलाई नेपाल किसान महासङ्घ दाङ जिल्ला अध्यक्षको जिम्मेवारी दिनुभएको छ । जिल्ला अध्यक्षको नाताले अहिले त पार्टीसँग समन्वय गरेर नेपाल किसान सङ्घ दाङको कार्यालय व्यवस्थानसँगै किसानका समस्या समाधान गर्नतर्फ लागिपरहेको छु ।
आजै पनि म यहाँ आउँनुभन्दा पहिले जिल्ला प्रशासनमा पुगेर जिल्लामा मलको अवस्था र किसानको समस्याका बारेमा प्रमुख जिल्ला अधिकारीज्यूलाई अवगत गराएको छु । प्रमुख जिल्ला अधिकारीज्यूले अहिले पनि मल आउने क्रम जारी रहेकाले आइतवारदेखि जिल्लामा रासायनिक मल वितरणको काम सहज हुने बताउनुभएको छ ।
यसका साथै जिल्लामा किसानलाई परेका समस्या समाधानसँगै किसान महासङ्घलाई कसरी अघि बढाउने भन्ने सवालमा जिल्ला कार्यसमितिको पूर्णताका लागि पार्टीका नेताहरूसँग समन्वयात्मक भूमिका निर्वाह गर्न लागिपरेको छु । जिल्ला कार्यसमितिले पूर्णता पायो भने जिल्लामा देखिएका किसानका समस्या समाधान गर्न सशक्त रूपमा लाग्ने छौँ ।
तपाईँले रासायनिक मलको कुरा उठाउनुभयो ? किसानले बर्सेनि खेतीकै समयमा किन मलको समस्या भोग्नु परेको होला ?
यही त दुःखको कुरा हो । हामीले कृषिप्रधान देश भन्छौँ, कृषिमा आत्मनिर्भर हुने कुरा पनि गर्छौँ तर व्यवहारमा लागु गर्दैनौँ । जिल्लाका अधिकांश ठाउँमा धान खेती सुरु भइसकेको छ तर किसान भने मलका लागि छटपटाउनुपर्ने अवस्था छ । किसानले मल पाउन सकिरहेका छैनन् । मल उपलब्ध गराउन भनेर किसनले दिनहुँ फोन गरिरहेका छन् ।
त्यसैले किसानलाई मलको सहज पहुँचका लागि मैले आफ्नो तर्फबाट पहल गरिरहेको छु । कृषि सामग्री कम्पनी, साल्ट टे«निङको कार्यालय पुग्नेदेखि किसानलाई मल वितरण प्रक्रिया सहज बनाउन प्रमुख जिल्ला अधिकारीज्यूलाई पनि आग्रह गरिरहेको छु । उहाँहरूले मल आइरहेकाले आगामी आइतवारसम्म सहज हुने पनि भन्नुभएको छ । जिल्लामा अहिलेसम्म वितरण भइरहेको मललाई पनि व्यवस्थित रूपमा वितरण गर्न आग्रह गरिरहेको छु ।
मल वितरण गर्ने कार्यालयकाअनुसार जिल्लामा दिनहु मल वितरण भइरहेको छ तर वितरण भएको मल कहाँ गइरहेको छ ? पत्तै छैन । किसानलाई सहकारीमार्फत् मल वितरण गर्ने गरेको कार्यालयले जवाफ दिने गरेको छ । किसानहरूले मल नपाइरहेको गुनासो गरिरहँदा मल कहाँ गइरहेको छ भन्ने समेत हामीलाई सोच्न बाध्य बनाएको छ । मल बिचमै कतै हराइरहेको त छैन ?
कतै सहकारीकै टाठबाठाले पहुँचका आधारमा आपूmले राख्ने र जनतालाई मासुको भाग लगाएझै बाँड्न लगाइरहेका त छैनन् ? यी र यस्ता मल वितरण प्रक्रियाको अनुगमन कसले गर्ने हो ? ध्यान कसले दिने हो ? त्यसैले यसतर्फ ध्यानाकर्षण गराउन म सम्बन्धित निकायसम्म पुगेर आग्रह समेत गर्दै आइरहेको छु ।
किसानको ध्यान रासायनिक मलमा मात्रै भयो ? प्राङ्गारिक मलतिर त विकर्षण देखिन्छ नि ?
हो, जिल्लामा अहिले रासायनिक मलको प्रयोग बढेको छ । हरेक कृषि बालीमा रासयानिक मलको प्रयोगबाट उत्पादन वृद्धि गर्न सकिन्छ भन्ने भ्रम पनि छ । त्यसैले किसानले प्राङ्गारिक मलको प्रयोगमा त्यति जोड नदिएका हुन् कि भन्ने लाग्छ । त्यसैले किसानलाई रासायनिक मलको प्रयोगबाट हुने बेफाइदा र प्राङ्गारिक मलको प्रयोगबाट हुने फाइदाका बारेमा सचेतना दिन आवश्यक छ ।
रासायनिक मलबाट मात्रै होइन प्राङ्गारिक मल प्रयोग गर्न जाने उत्पाद वृद्धि गर्न सकिन्छ भन्ने ज्ञान दिन आवश्यक छ । यसअघि पनि कतिपय ठाउँमा प्राङ्गारिक मल उत्पादनका लागि सान उद्योगहरू स्थापना भएका छन् । आगामी दिनमा थप उद्योगहरू गाउँ–गाउँमा खोल्न आवश्यक छ । त्यस्ता उद्योगका लागि प्रबद्र्धन कार्यक्रम ल्याएर रासायनिक मलको प्रयोगमा कमी ल्याउन सकिएला जस्तो लाग्छ ।
कृषिलाई सरकारले प्राथमिकता दिन नसकेको हो ?
मेरो विचारमा कृषिका कुरा जति गरिए पनि प्राथमिकता दिन भने नसकेकै हो भन्ने लाग्छ । कृषिलाई सरकारले प्राथमिकतामा राख्ने र कृषिका क्षेत्रमा देखिएका समस्या समाधान गर्नतर्फ ध्यान दिएको भए बर्सेनि किसानले मलको समस्या भोग्नुपर्ने अवस्था आउने थिएन । किसानलाई मलको मात्रै समस्या होइन, खेतीयोग्य जमिनमा सिँचाइको सुविधा छैन ।
आकाशे पानीको भारमा खेती गर्नुपर्ने बाध्यता छ । बाहिरबाट आयात हुने तरकारी रोक्न नसक्दा बर्सेनि किसानका कृषि उत्पादन नबिक्ने समस्या छ । यिनै समस्याका कारण किसान निराश छन् । सरकारले कृषिको सहयोगका नाममा जोत्ने पावर टे«लरसँगै केही बिउबिजन वितरण गर्दै आएको छ । त्यो पनि पर्याप्त छैन । अब सरकारले पावर ट्रेलर र बिउसँगै किसानका कृषि उत्पादनका लागि बजारको व्यवस्था गर्न आवश्यक छ । त्यसो गर्न सके उत्पादन खेर जाने छैन ।
कृषि विकासका लागि के गर्न आवश्यक छ ?
नेपाल कृषिप्रधान देश हो । कृषिको धेरै सम्भावना छ तर पछिल्लो समयमा कृषियोग्य जमिन प्लटिङ भइरहेका छन् भने युवा जनशक्ति विदेशिने क्रम बढ्दो छ । यस्तो अवस्थाले कृषिको विकास हुन सक्दैन । कृषिको विकास नहुने हो भने देश कृषिमा आत्मनिर्भर हुन सक्दैन । तसर्थ देशको विकासका लागि कृषि क्षेत्रको विकास हुन आवश्यक छ ।
कृषि क्षेत्रको विकासका लागि सर्वप्रथम देशभर कृषियोग्य जमिन र बस्तीयोग्य जमिन छुट्याइनुपर्छ । होइन भने कृषियोग्य जमिन मासिने अवस्था आउँछ । घोराहीकै कुरा गर्नुहुन्छ भने धेरै कृषियोग्य जमिनमा घरहरू बनिरहेका छन् । अव्यवस्थित बसोबासलाई रोकेर कृषियोग्य जमिनमा सिँचाइको सुविधासँगै किसानले उत्पादन गरेका कृषि उपज सरकारले खरिद गर्ने व्यवस्था गर्नुपर्छ । अहिले कृषि भन्नेबित्तिकै नयाँ पुस्तामा नाक खुम्च्याउने गरेको देखिन्छ । यसरी कृषिको विकास हुन सक्दैन ।
कृषिलाई सम्मानित पेसा बनाउन आवश्यक छ । कृषिलाई आधुनिकीकरण गर्दै नयाँ पुस्ताको आकर्षण बढाउनुपर्छ । तब मात्र कृषिको विकास हुन्छ । कृषिको विकासले देशभित्रै रोजगारीका अवसर सिर्जन गर्छ र दिनहु रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमै रोक्न सकिन्छ । तरकारी उत्पादन मात्रै होइन, फलपूmल, पशुपालन, दुध उत्पादनलगायतका सबै क्षेत्रलाई सरकारले प्राथमिकता दिन सके देश विकासमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान हुने देखिन्छ ।
जिल्लामा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु विक्री नहुने समस्या देखिन्छ । यी समस्या आउन नदिन के गर्नुपर्छ होला ?
मैले अघि पनि भनेको छु । जबसम्म किसानले उत्पादन गरेका कृषि उत्पादन सरकारले खरिद गरेर बिक्री गर्ने व्यवस्था हुन सक्दैन तबसम्म किसानले यस्ता समस्या बर्सेनि भोग्नेछन् । अहिले जिल्लामा कुन बालीको उत्पादन कति हो ? जनतालाई कति आवश्यक छ ? त्यसको लेखाजोखा छैन । किसानले आफ्नो मिहिनेत र आर्थिक लगानीबाट उत्पादन वृद्धि गर्छन् तर बाहिरबाट व्यवसायीले सस्तोमा तरकारीलगायतका कृषिजन्य वस्तु आयात गरिदिन्छन् ।
यसले किसानका श्रम र लगानी सबै खेर जान्छ । यो समस्या समाधानका लागि स्थानीय सरकारले पनि भूमिका खेल्न सक्छन् । कृषिको आधुनिकीकरणसँगै उत्पादन भएको कृषिजन्य वस्तु बिक्री गर्न सहयोग गर्ने हो किसानले यस्ता समस्या आगामी दिनमा भोग्नुपर्ने छैन । त्यसो गरिएन भने यो समस्या आगामी दिनमा अझ बढेर जाने अवस्था आउन सक्छ । जसले गर्दा किसान कृषि व्यवसायबाट पलायन हुने, लगानी घटाउने अवस्था आउनसक्छ । यसतर्फ सबैले समयमै ध्यान दिन आवश्यक छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
अहिले बर्खाको समय छ । किसानहरू मानो छरेर मुरी फलाउने सपना बोकेर खेतमा व्यस्त हुनुहुन्छ तर पर्याप्त मल भने उपलब्ध हुन सकेको छैन । त्यसैले मैले फेरि पनि तीनै तहका सरकारसँगै जिल्लामा मल वितरण गर्ने कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेसनको कार्यालय, प्रमुख जिल्ला अधिकारी र सहकारी संस्था समेतलाई सहज रूपमा मल उपलब्ध गराउन माग गर्दछु ।
अहिले पनि किसानले मल प्राप्त गर्न सकेनन् भने राम्रो बाली उत्पादन हुन सदैन्न । त्यसैले समयमै मल उपलब्ध गराउ सम्बन्धित सबै निकायको ध्यान जान आवश्यक छ । अन्त्यमा मेरा विचार र किसान महासङ्घको बारेमा केही कुरा जनतासम्म पु¥याउन सहयोग गरिदिनुभएकोमा धन्यावाद दिन्छु ।