प्रतिनिधि सभा निर्वाचन
लीलाधर वली
दाङ, २६ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङमा समानुपातिक तर्फको मतगणना अनुसार दाङमा पहिलो बनेको छ । मतगणनापछि सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार दाङमा एक लाख बढी मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बन्दा ४१ हजार बढी मत प्राप्त गरेर नेपाली कांग्रेस दोस्रो बनेको छ ।
जिल्लामा समानुपातिकतर्फ गणना भएको दुई लाख ४३ हजार ७९ मतमध्ये रास्वपाले एक लाख ३१ हजार एक मत प्राप्त गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । कार्यालयका सूचना अधिकारी गेहेन्द्र कवँरका अनुसार रास्वपाले दाङ निर्वाचन क्षेत्र नं. १ मा गणना भएको ७७ हजार दुई सय ४ मतमध्ये ४३ हजार आठ सय ४४, क्षेत्र नं. २ मा गणना भएको ८० हजार ८२ मतमध्ये ४२ हजार छ सय ५ र क्षेत्र नं. ३ मा गणना भएको ८५ हजार सात सय १३ मतमध्ये ४४ हजार चार सय ९९ मत प्राप्त गर्दै जिल्लामा पहिलो पार्टी बन्न सफल भएको हो ।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको रास्वपाले प्रत्यक्षतर्फ एक लाख ३० हजार चार सय नौ मत प्राप्त गरेको थियो । प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कवँरका अनुसार नेपाली कांग्रेसले ४१ हजार चार सय ४८ मत प्राप्त गर्दै जिल्लामा दोस्रो पार्टी बनेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले क्षेत्र नं. १ मा १४ हजार तीन सय ५५, क्षेत्र नं. २ मा ११ हजार तीन सय ६९ र क्षेत्र नं. ३ मा १५ हजार सात सय २४ मत प्राप्त गरेको हो ।
प्रत्यक्षतर्फ जिल्लाका तीन निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले ४३ हजार दुई सय ९१ मत प्राप्त गरेका थिए । कांग्रेसको प्रत्यक्षभन्दा समानुपातिकतर्फ प्राप्त मत घटेको छ । जिल्लामा तेस्रो स्थानमा रहेको नेकपा एमाले समानुपातिकतर्फ ३३ हजार तीन सय ५५ मत प्राप्त गरेको छ । जस अन्तर्गत क्षेत्र नं. १ मा छ हजार नौ सय ८४, क्षेत्र नं. २ मा १३ हजार नौ सय २६ र क्षेत्र नं. ३ मा १२ हजार चार सय ४५ मत प्राप्त गरेको छ ।
नेकपा एमालेका उम्मेदवारले प्रत्यक्षतर्फ जिल्लामा ३४ हजार तीन सय सात मत प्राप्त गरेका थिए । प्रत्यक्षको तुलनामा समानुपातिकमा मत घटेको छ । यसैगरी चैथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन क्षेत्र नं. १ मा पाँच हजार पाँच सय ३७, क्षेत्र नं. २ मा सात हजार दुई सय ६८ र क्षेत्र नं. ३ मा आठ हजार दुई सय ५६ मत गरी जम्मा २१ हजार ६१ मत प्राप्त गरेको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नं. १ मा एक हजार नौ सय सात, क्षेत्र नं. २ मा एक हजार सात सय ५६ र क्षेत्र नं. ३ मा दुई हजार दुई सय २८ गरी जिल्लामा जम्मा पाँच हजार आठ सय ९१ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
यसैगरी श्रम संस्कृति पार्टीले क्षेत्र नं. १ मा सात सय आठ, क्षेत्र नं. २ मा आठ सय ७१ र क्षेत्र नं. ३ मा चार सय ७७ गरेर जिल्लामा दुई हजार ५६ मत, राष्ट्रिय जनमोर्चाले क्षेत्र नं. १ मा एक हजार एक सय ९२, क्षेत्र नं. २ मा दुई सय ५३ र क्षेत्र नं. ३ मा एक सय ७८ गरेर एक हजार छ सय २३ मत, नेकपा (माओवादी)ले क्षेत्र नं. १ मा सात सय आठ , क्षेत्र नं. २ मा तीन सय चार र क्षेत्र नं. ३ मा तीन सय ९७ मत गरी जम्मा एक हजार चार सय नौ मत प्राप्त गरेको छ ।
यसैगरी मङ्गल नेसनल अर्गनाइजेसनले क्षेत्र नं. १ मा ९७, क्षेत्र नं. २ मा पाँच सय ७२ र क्षेत्र नं. ३ मा एक सय ९५ गरेर आठ सय ६४ मत, नेपाल जनता संरक्षण पार्टीले क्षेत्र नं. १ मा एक सय ६६, क्षेत्र नं. २ मा एक सय ५३ र क्षेत्र नं.३ मा एक सय ७८ गरी जम्मा चार सय ३७ मत, नेपाल जनता पार्टीले क्षेत्र नं. १ मा एक सय ५९, क्षेत्र नं. २ मा ६३ र क्षेत्र नं. ३ मा ७८ मत गरी जम्मा तीन सय मत, प्रगतिशील लोकतान्त्रिक पार्टीले क्षेत्र नं. १ मा एक सय सात, क्षेत्र नं. २ मा ७४ र क्षेत्र नं. ३ मा ९७ गरी जम्मा दुई सय ७८ मत, नेकपा मालेले क्षेत्र नं. १ मा ६४, क्षेत्र नं. २ मा ५० र क्षेत्र नं. ३ मा ७२ गरी जम्मा एक सय ९६ मत, जनमत पार्टीले क्षेत्र नं. १ मा एक सय ३०, क्षेत्र नं. २ मा ५९ र क्षेत्र नं. ३ मा ७७ गरी जम्मा दुई सय ७७ मत, जनता समाजवादी पार्टीले क्षेत्र नं. १ मा २४, क्षेत्र नं. २ मा ५३ र क्षेत्र नं. ३ मा ४६ गरी जम्मा एक सय २३ मत, नेपाल मजदुर किसान पार्टीले क्षेत्र नं. १ मा २६, क्षेत्र नं. २ मा ४४ र क्षेत्र नं. ३ मा ३५ गरी जम्मा एक सय पाँच मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । जिल्लामा अन्य कतिपय पार्टीले समानुपातिकतर्फ सय मतसमेत कटाउन सकेका छैनन् ।