calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

मेरो खुशी : जागिरमा स्थायी हुँदा …

जीवनमा सपना देख्नेहरू नै अघि बढ्छन् । सम्भवत उनले पनि धेरै सपना देख र लक्ष्य बुने र भेटाएरै छाडे । लक्ष्य बुनेर नहिडेको भए अस्थायी जागिरमा जीवन चल्ने थियो । तर अस्थायी भित्र नै उनले स्थायीको भूत सवार गराए र त्यो अनुसारको कर्ममा उभ्याउँदै २०५७ साल जेठमा जागिरलाई स्थायीमा पु¥याए ।

यो पंक्तिकारले जीवनका खुसीका रंगहरू केलाउँदै गर्दा घोराही उपमहानगरपालिका १३ का भीमबहादुर केसी सहजै जीवनका खुसीका रंगहरू साट्न तयार भए । जीवन सुख र दुःखको बाटैबाट हिडछ । सम्भवत उनको जीवन पनि त्यही बाटो भएर हिडिरहेको छ । जीन्दगीको यही गोरेटोमा पनि उनले पनि धेरै खुसी भेटेका छन् । उनले पहिलो खुसीमा सरकारी सेवामा स्थायीहुँदाको क्षणको सम्झना गरे ।

जीवनमा अस्थायी जागिरको अनुभव मज्जाले भोगेका थिए । स्थायीको भोग उनमा पनि चढेको थियो । २०५७ साल जेठमा स्थायी भएर पशु कार्यालयमा उनको पोस्टिङ भएको थियो । ‘त्यो बेला बेग्लै आनन्द मिलेको थियो’, उनले भने, ‘ त्यो नै मेरो जीवनका सवैभन्दा ठुलो खुसीको क्षण भएर बसेको छ ।’ सामान्य परिवारमा जन्मेका केसीलाई जागिरको महत्व राम्रै थाहाँ थियो । सल्यानबाट बसाइँ सरेर आएको परिवार र त्यसमा पनि घरको जेठो सन्तान भएकाले सवै समस्यालाई उनले नजिकबाट मजाले छामेका थिए ।

त्यही भएर जीवनमा जागिको महत्व बुझेका थिए । एसएलसी पास गरेसँगै उनले गाउँकै दोभान प्रावि विद्यालयमा अध्यापन गरे । झडै २ वर्षभन्दा धेरै समय अध्यापन गरे तर उनले त्यहाँ स्थायित्व देखेनन् । शिक्षण छोडेर उनले घोराही उपमहानगरपालिकामा सेवा गरे तर त्यहाँ पनि उनले जीवन देखेनन् र लोकसेवातिर मन मोडियो । केही समयको प्रयासपछि लोकसेवा पास गरेर पोस्टिङ भए ।

प्राविधिक क्षेत्र । सेवा नै गर्ने भनेर कसम खाएर सेवा प्रवेश गरेकाले काममा कुनै कन्जुसाइँ गरेनन् । कार्यालयसमय वा साँझ विहानको समयमा समेत उनले जानेका ज्ञान र सेवा नागरिकलाई बाँडने नै काम गरे । त्यो काम आजभोलि पनि गरिरहेका छन । नागरिकलाई ‘सेवा गर्न पाउँदा वेग्लै आनन्द मिल्छ । आजभोलि समाजीक काममा सधै जोडिने गरेको छु’, उनले भने, ‘त्यहाँ पनि खुसी भेटने गरको छु ।’

पशु कार्यालयमा लामो समय काम गरेपछि उनी २०७५ सालमै आफनै वडा अर्थात घोराही उपमहानगरपालिका वडा नंं १९ को वडा सचिवको रूपमा जिम्मेवार लिए । जुन जिम्मेवारीमा उनी आजसम्म छन् । आफनै वडामा सेवा गर्न पाउँदा पनि त्यतिकै खुसी छु । ‘यहाँका जनताले दिएको मायाँ र मैले उहाँहरूलाई दिएको सेवाको कुनै लेखाजोखा छैन’, उनले भने, ‘यहाँ पनि खुसी भेटेको छु ।’

बुबा जनक केसी र आमा हुमा केसीको पहिलो सन्तानको रूपमा २०३० साउन २८ मा सल्लान जिल्लाको हालको बागचौर नगरपालिकाको कोटमौलामा जन्मेका उनले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट थालेका थिए । गाउँकै भानुभक्त माविबाट औपचारिक शिक्षा थालेका केसी परिवारको बसाइँ सराइसँग उनले घोराही १३ को बराहक्षेत्र माविबाट २०५४ सालमा एसएलसी पास गरे । त्यो बेला एसएलसी पास गर्नु पनि सानोतिनो युद्ध जितेजस्तै हुन्थ्यो । ‘एसएलसी पास भएको खबर सुन्दा पनि बेग्लै खुसी भएको थिए’, उनले भने ।

एसएलसी पास भएपछि उनले प्राविधिक शिक्षामा जोडिए र जुन शिक्षामा उनी आजसम्म निरन्तर विद्यार्थीको रूपमा नै छन् । ‘शिक्षामा मैले अझै पुर्णविराम दिएको छैन । अझै पनि मेरो पढाइएको काम पूरा भएको छैन । अवको केही समयमा पुरा हुन्छ’ उनले भने । त्यसैगरेर उनले अर्को खुसी सन्तानप्राप्तिमा प्राप्त गरेको वताए । २०५९ सालमा सन्तानको रूपमा छोरा जन्मिँदा पनि त्यत्तिकै खुसी भएको उनले बताए ।

‘वंशको रूपमा पहिलो सन्तान जन्मीदा आफूलाई परिपक्व भएको महसुस भयो । त्यही भएर मलाई खुसी मिलेको थियो’, उनले भने । घरदेखि एक किलो मिटरको दूरीमा रुद्राको घर थियो । फाटफुट भेटघाट हुने तर बोलचाल भने कम नै तर मनमा भने माया विजारोपण भइसकेको थियो । तर भन्न सकेका थिएन उनले । एक दिन आँट गरेर प्रस्ताव नै गरे । उत्ताबाट पनि ग्रीनसिग्नल पाएपछि एक वर्षसम्म दुवै प्रेममा नै रमाय ।

विभिन्न चुनौतीबाट हुकाएको मायाँको विजलाई दुवैले मौलाउन दिने वाचा गरेर २०५१ सालमा विवाहमा परिणत गरे । त्यो पनि भागेर नै । उनका एक छोरा र एक छोरी छन् । रुद्रा घरमा भित्रिएपछि उनको जीवन पनि मोडियो । विवाहपूर्व नै रुद्रा जागिरे । त्यही भएर स्थायी जागिरप्रति मेरो लगाव बढेर गएको हो’, उनले भने ‘श्रीमान श्रीमती दुवै जागिरे ।’ जागिरे जीवनमा पनि त्यत्तिकै खुसीका क्षणहरू उनीसँग छ ।

जागिरे जीवनमा उनी कर्मचारीको संगठनामा जिम्मेवारी पदमा बसेर काम गरेका छन् । नेपाल निजामती कर्मचारीको सँगठन घोराही नगर कमिटिको सचिवमा काम गर्दै आएका छन् । सवै साथीहरूले जिम्मेवारी दिनु भएको छ । त्यहाँ पनि खुसी नै भेटेको छु’, उनले भने । साउन २८ पछि उनको जीवनको अर्को वर्ष थपिँदैछ । यहासम्म आउँदा जीवन बक्र र सरल रेखामा नै हिडेको छ । वक्ररेखामा हिंड्दा पनि हार खाएनन् र सरल रेखामा हिड्दा पनि मातिएनन् । ‘भाग्यविधाताले भागमा जे दिएको छ । त्यही खाने हो । त्यो भएपछि धेरै दःुखी हुन पर्दैन’ केसीले भने ।

प्रस्तुती : इन्द्र डिसी