Goraksha

National Daily

नववर्ष नयाँ आशाका किरणसँगै झुल्कियोस्   

      ब्रह्माकुमार माधव तिमिल्सेना

नेपाली शव्दसागरका अनुसार विक्रम शव्दले पैताला सार्नुटेक्नु,आक्रमण गर्नु,क्रान्तिछेड्नु,पराक्रमशक्ति सामथ्र्य कदमईश्वर विष्णुविक्रमादित्यले शुरू गराएको सम्बत् आदि अर्थ जनाउने गर्दछ । प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भलाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गते  र ईस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ ।

सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गर्ने यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने,साथीभाइ ईष्टमित्र भेटघाट गर्नेवनभोज कार्यक्रमको आयोजना गर्नेमन्दिरमा गई पूजाआजा गर्नेमीठो मीठो परिकार खाएर हर्षोल्लासका साथ मनाउने प्रचलन रहेकोमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्षको नयाँ सालको शुभारम्भ स्वागत हामी नेपालीहरूले एकान्तवासबाटै सामाजिक सञ्जाल मार्फत शुभ संकल्पका भावनाहरूका साथ मनाइरहेको अवस्था छ । यस दिन सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् साथै नयाँ आशाको किरण लिएर आवस् भन्ने शुभेच्छा छ सवै नेपालीहरुको यतिखेर ।

नयाँ वर्ष खुशीको उत्सव हो । नयाँ सोचनयाँ विचारनयाँ भावना बोकेर  आएको  नयाँ  वर्षको  पूर्व  सन्ध्यामा बितेको  वर्षको  महत्वपूर्ण  घटनाको  सम्झना गरिन्छमूल्याङ्कन गरिन्छ । पुरानो वर्षमा भए गरेका कुनै कमी कमजोरी छन् भने त्यसको चिन्तन  गरेर  त्यसको  निवारण  र  निराकरण कसरी गर्न सकिन्छ त्यसको पनि मूल्याङ्कन गर्ने पनि  गरिन्छ  । 

विविधताविविध जातजातितिनका भाषा र संस्कृति अनि पर्वहरूले एकअर्काको समर्थन र आदर पाउन सके ती समाज र राष्ट्रको एकतामा अमूल्य निधिसँग राष्ट्र र समाजको सामूहिक चरित्र इँटा र सिमेन्ट बन्न सक्छन् । नकारात्मक होडबाजीमा एउटाले अर्कालाई निषेध गर्ने विध्वंसात्मक प्रवृत्ति जन्मिन्छन् र विविधताका शक्तिहरू विनाशका कारक बन्न सक्छन्।

निषेध’ र प्रतिशोधका प्रवृत्तिहरूले सामाजिक जीवनमा बेथितिलाई अवस्था सृजना हुन्छ । भाषासंस्कृति र रीतिरिवाजजस्ता पहिचानसँग जोडिएका पक्षलाई जीवन र जीवन्तता दिने जिम्मेवारी सम्बन्धित जात र जातीयता स्वयंले स्वीकार गर्नुपर्दछ । त्यसमा सरकारको भूमिका सहायक मात्र हुनेछ । आम मानिसमा पनि नयाँ वर्ष भन्नासाथ खुसी र उमङ्ग सञ्चार हुन थाल्छ । उत्सवका रूपमा मनाइने भएकाले नेपाली लोक जीवनमा नयाँ वर्षको विशेष स्थानछ  । नयाँ वर्ष मनाउने सबैको आआफ्नै तरिका भए पनि यो उत्सव शुभ होस् भन्ने साझा उद्देश्यका साथ मनाइन्छ । यो मानव वा कुनै पनि संघ सस्थाले गरेका वर्ष दिनको कामको समीक्षा पनि हो । त्यसैले यो दिन विगतबाट पाठ सिक्दै वर्तमान राम्रो बनाउन प्रयत्न पनि हो । नव वर्षले व्यक्ति  विशेषमा शुध्दता,पवित्रता,विश्व बन्धुत्वको कामना,सुख स्वास्थ्य समृद्धि,शान्ति सहितको सकारात्मकता तर्फको यात्रामा अग्रसर गराउने गरेको देखिन्छ ।

हामी सबैको कल्याणमंगल र शुभ गर्न आएको नव वर्षको भव्यताका साथ सम्मान गर्छौंस्वागत गर्छौं र सत्कार गर्छौं । जुन क्षणको लागि हामी लामो समयदेखि प्रतीक्षारत थियौं,त्यो अनुपम क्षण हाम्रो सम्मुख आउँदा हामीलाई कति खुशी हुन्छ त्यो अवर्णनीय नै हुन्छ । सबैले नव वर्षको खुशी बाँडिरहेका हुन्छन् । सबैको  मुखमा  नव  वर्ष गुन्जिएको  हुन्छहरेकको  रेडियोमा  नव  वर्ष घन्किएको हुन्छहरेकको टी. भी.मा नव वर्ष नै रन्किएको हुन्छ । नव वर्षको सिजनले सबैलाई रोजगारी दिएको हुन्छ । हरेकको मनमामुखमाभावनामा र पेपरमा केवल Happy New Year को  आवाज  गुञ्जिएको हुन्छ । बाह्य जगत् पनि त्यतिकै प्रफुल्लित हुन्छ । यस बेला सबैको दिल प्रसन्न भएकोले बाह्य वातावरण पनि रमणिक हुन्छ । हाम्रो नव वर्ष वसन्त ऋतुको अवसरमा पर्ने हुँदा बाह्य परिवेश अत्यन्तै मनोरम हुन्छरमाइलो  हुन्छसुन्दर हुन्छ  । चारैतिर  फूल फुलेका,फल फलेका,पालुवा पलाएका कति सुन्दर दृश्यहरू हुन्छन् । स्रष्टाको अकल्पनीय उपहार र  वरदानले    सिर्जित प्रकृतिको रूप हुन्छ । उच्च हिमाली क्षेत्रमा भिन्नभिन्न जातिप्रजातिका लालीगुराँसले हरेकको मनलाई भावन वनाएको हुन्छ । नव वर्षका यी अमूल्य सौगात हुन् ।

नयाँ वर्ष खुशीको उत्सव हो । नयाँ सोचनयाँ विचारनयाँ भावना बोकेर  आएको  नयाँ  वर्षको  पूर्व  सन्ध्यामा बितेको  वर्षको  महत्वपूर्ण  घटनाको  सम्झना गरिन्छमूल्याङ्कन गरिन्छ । पुरानो वर्षमा भए गरेका कुनै कमी कमजोरी छन् भने त्यसको चिन्तन  गरेर  त्यसको  निवारण  र  निराकरण कसरी गर्न सकिन्छ त्यसको पनि मूल्याङ्कन गर्ने पनि  गरिन्छ  ।  पुरानो  वर्षको  बिदाइको  साथ कमीकमजोरीलाई समेत बिदाइ दिन सकेको खण्डमा नयाँ वर्षमा तिनले जरा गाड्न नसक्ने कुरा सर्वविदित छ । साथै पुरानो वर्षमा गर्न नसकेका  महत्वपूर्ण  कार्यहरू,  राम्रा  कार्यहरू उपयोगी  कार्यहरूलाई  निरन्तरता  दिनको लागि पनि सोच्ने विशेष बेला हो । यिनै विशेष कार्यको सेरोफेरोमा रहेर पुरानो वर्षलाई बिदाइ दिदै नयाँ वर्षको नयाँ सोचमा प्रवेश गर्दा निकै प्रभावकारी हुने र सफल हुने पनि यथार्थ हो । नयाँ वर्षको पहिलो दिनलाई जति दिलो ज्यानले मनाउँछौं शुभेच्छा प्रकट गर्छौं त्यसको प्रभाव सारा वर्ष भरी रहन्छ । शुभकामना एक प्रकारको शुभ सोच होेशुद्ध विचार होहृदयको प्यार होदिलको आशीर्वाद हो । यसमा चमत्कारिक शक्ति  हुन्छ  ।  नव वर्षको पहिलो दिनमा जुन शुभेच्छा सबैप्रति गर्दछौ त्यही सारा वर्ष भरि ग¥यौं भने यसले बडो आश्चर्यजनक कार्य गर्दछ । जसरी सूर्यको उदयले सम्पूर्ण अन्धकार समाप्त हुन्छ त्यस्तै  शुभभावना  त्यो  सकारात्मक  सोच  हो जसले नकारात्मकरूपी अन्धकारलाई समाप्त गरिदिन्छ । आत्मामा भएको कमी कमजोरी सबै नष्ट हुन्छ । व्यक्तिमा आपसी प्रेमपारस्परिक सद्भाव र आन्तरिक शान्तिको  संचार  हुन थाल्छ । उसलाई बडो आनन्दको अनुभूति हुन्छ । यथार्थमा  भन्ने  हो  भने  आत्माको वास्तविक स्वरूप आनन्द हो । त्यसैले सत् चित् आनन्द स्वरूप पनि भन्ने गरिन्छ । यही आनन्द प्राप्तिको लागि कैंयौ महान् पुरुषहरूले आफ्नो परिवारको त्याग गरेका छन्कारोबारको त्याग गरेका  छन्,  घरबारको  त्याग  गरेका  छन्  । अझ मार्मिक कुरा त यो छ उनीहरूले आफ्नो नामको  पछि  आनन्द  शव्द  जोडेका  छन्  ता कि जीवनको हरपल निरन्तर आनन्दको स्मृति आइरहोस्आनन्दको अनुभूति भइरहोस् । जस्तै विवेकानन्द,  नित्यानन्द,  सत्यानन्द,  रमानन्द आदिआदि । आनन्द आफैमा एक महत्वपूर्ण र सर्वोच्च गुण हो । यसको कुनै विपरीतार्थ शव्द नै छैन । जसरी सुखको साथमा दुःखशान्तिको साथमा  अशान्ति,  प्रेमको  साथमा  घृणा  आदि विपरीत अर्थ भएका शव्द छन् । तर आनन्दको साथमा यस्ता कुनै शव्द छैनन् । आनन्दलाई अलौकिक र ईश्वरीय धरोहरको रूपमा लिन सकिन्छ । हाँस्नुमुस्कुराउनु नितान्त अस्थायी हुन्छ तर खुशीप्रसन्नता र आनन्द स्थायी हुन् ।

सोचसंकल्प  मानिसको  अति  मूल्यवान स्रोत र खजाना हो । यो खजाना स्वयंको हो अरूको होइन । जस्तो भन्ने गरिन्छ पर धर्म र पर वस्तुमा सुखशान्ति हुँदैन स्वधर्ममा नै सम्पूर्ण र वास्तविक सुख– शान्ति प्राप्त हुन्छ । त्यसैले आफू भित्रको मूल र शाश्वत स्रोतलाई सही रूपमा उपयोग गर्नमा जीवन सन्तुष्टतृप्त र भरपूर हुनेछ । तर बिडम्बना के भन्ने बाह्य स्रोतसाधन र सुविधाको सुखभोग गर्न पल्केको र बानी परेको मानिसलाई आफ्ना आन्तरिक स्रोत  प्रति  त्यति  गम्भीर  चासो  र  आन्तरिक रुचि देखिदैनकारण त्यसको महत्वको विषयमा चेतनाको कमी पनि हो । हुन त बाह्य जगत्का यावत सरसाधन र वस्तुवैैभवको चाजोपाजो पनि आन्तरिक सोच र संकल्पको उत्पादन र व्यवस्थापन नै हो । तर मानिसमा वस्तुवैभवव्यक्ति र पदार्थसंगको बढ्दै गएको आसक्ति र आकर्षण उसका संकल्पसोच र मनोवृतिरूपी खजानालाई अस्तव्यस्त र खैलाबैला मच्चाउने कारण बन्न पुगेको छ । अतः आधुनिक जीवन शैलीमा यस यथार्थता र अवस्थाका बीच पुनः नयाँ सोच र जागरणको जागृति हुनु जरुरी छ । सुखद अपेक्षाको प्राप्ति र यसमा दिगोपनाको लागि शुद्ध आत्मिक अवस्थाको आवश्यकता पर्दछ  ।  शुद्ध  आत्मिक  अवस्थाले  सुखद चाहनाको प्राप्तिमा अग्रसर बनाउने र त्यसको परिणामको सुनिश्चितता गर्ने गर्दछ । सुख  स्वास्थ्य  समृद्धि  उत्तरोत्तर  प्रगति जस्ता  शव्दहरूले  परिवार  समाज  र  समग्र विश्वमा मैत्रीभावसुख शान्ति विश्वबन्धुत्वको भावनाको विकास गर्नमा सकारात्मक योगदान दिइरहेका हुन्छन् । मानव सोचको विशालता र व्यापकता अमापीयअकल्पनीय र अद्वितीय छ । यसले समग्र विश्व ब्रह्माण्डलाई समेटन सक्दछ तथा आफ्नो  अनुसार  संचालन  गर्न  सक्दछ  ।  यदि मानव सोच उच्च आध्यात्मिक चेतना र स्मृतिका साथ अखण्डरूपमा सशक्त र सुसंगठित हुने हो भने संसारका सम्पूर्ण पद्धतीहरू सदाचारयुक्तस्वअनुशासित र संयमीत रूपमा संचालन हुन गई निरन्तर सुखकारी बन्न सक्दछन् ।

आफूभित्र जन्मजन्मान्तरसम्म  कडा  रूप धारण गरी जमेर बसेका पुराना स्वभावसंस्कार र मनोवृत्तिलाई अंश वंश रूपमा समाप्त गरौं र जीवनका प्रत्येक पाइला पाइलामा दैवी चलनचरित्र र चेहराबाट प्रत्यक्ष जीवन मूर्ति बनौं । कुनै पनि कमी कमजोरी र विकारको अंशमात्र पनि  न  देखियोस्  ।  केवल  शान्तिकान्ति र दिव्यताको झलक  फलक मात्रै प्रदर्शन होस् । व्यक्तित्वको  दर्शन  मात्रले  अनेक  आत्मालाई शान्तिसुखपवित्रता र शक्तिको अनुभूति हुन सकोस् । एक अलौकिक फरिश्तापनको दर्शन हुन  सकोस् । मेरो सानिध्य मात्रले सम्पर्क,सम्बन्धमा आउने अनेकौं  तमोगुणी,  कठोर संस्कारवाला  व्यक्तिहरूलाई  समेत आफ्ना तमोगुणलाई त्यागी सात्विकता र सदाचारले लालायत गरोस्  । मानसिक  पीडाअशान्तिभयचिन्ताले छटपटिएको मनस्थितिलाई समेत राहत मिल्न सकोस् तथा त्यस्ता कमजोरीबाट मुक्त  हुन  सक्ने  शक्ति  मिलोस्  । यस नव वर्षमा यदि हामीले यस किसिमका नयाँसोचव्यवहारकर्म र चरित्रलाई निर्माण गर्न सकेका मैले चाहे जस्तै सबैले कर्म र व्यवहार गरुन भन्ने सोचलाई  परिवर्तन  गर्नुपर्दछ  तथा  प्रत्येकको भूमिका र यस संसारको उपस्थितिलाई साक्षी दृष्टा भएर हेर्नुपर्दछ । होकसैले पनि दुःख र अशान्ति फैलाउने कार्य न गरुन । समाज वा विश्वमा उदण्ड मच्चाउनेभयत्रासको हाहाकार फैलाउने कार्य कसैले पनि न गरोस्यो शुभ सोच र चाहना गर्नु र राख्नु प्रत्येकको मौलिक कर्तव्य हो । तर त्यसको विपरित भइरहेका र घटिरहेका घटनाबाट स्वयंलाई दुःखी भने गर्नु हँदैन । यसका लगि शुभ सोचको आवश्यकता पर्दछ । मानिसको  सोच  र  संकल्परूपी शक्ति नै अन्ततः उसको बोलीवचनकर्मव्यवहार र चरित्रलाई परिचालन गर्ने मूल शक्ति भएको हुँदा नवयुगको  निर्माण  तथा  नयाँ  समाजको निर्माणका  लागि  सोचलाई  नै  शुद्ध,  समर्थ  र उच्चकोटीको बनाउनु जरुरी छ । हामीले आफ्नो मनलाई  खुसी र आनन्दित वनाऔवर्तमानमा रमाउन सिकौ।अरुको चिन्तामा आफुलाई कमजोर नगरौ,ईश्वरीय चिन्तनमा रमण गर्ने कला सिकौ । मनको स्वच्छताको लागी परमात्माका अनमोल ज्ञानकपी चिन्तनले मनमन्दिरलाई सजाऔ  जति हाम्रो मनमा सकारात्मक विचार चल्दछ त्यति मनको आवेग कम हुन्छ । स्वयंलाई असल कर्मयोगी वनाऔ कर्मगर्दा निस्वार्थ र आशा नराखी गर्दा लिखित रुपमा मीठो फल हासिल गर्न सकिन्छ जहाँ मन वुद्धि भटकिन्छ त्यहा कुनै न कुनै घटना वा दुर्घटना हुन सक्छ सदैव आफनो र अरुको कल्याणार्थ हाम्रै संकल्प कर्म वा व्यवहार प्रर्दशित भैरहन पर्छ । विगत घटनाको चिन्तामा मानसिक शक्तिलाई कमजोर नवनाऔ ।  शुभ सोचौ यही हो,नराम्रोलाई प्रतिस्थापन गर्ने उपाय । साथै वास्तवमा हाम्रो मन आफ्नै भित्र वा दुश्मन दुवै वल्न सक्छ । मनको नियन्त्रण वा संयमताका लागि स्वयंलाई आत्मा निश्चय गरौ । मालिक वनेर आज्ञा दियौ भने मनले आज्ञापालन गर्ने छ । अन्तरमन मा भएका अनुमान,कामुक कल्पना चिन्ता भविश्यको भयईष्र्या र दुष्कर्मवाट मुक्त हुन सर्वप्रथम व्यर्थ र नकारात्मक धारणबाट अलग हुन जरुरी छ । सबैमा नयाँ वर्षको यही मंगलमय शुभकामना र बधाई ।

हामीले गरेको प्रतिबद्धता कार्य योजना सँग आवद्ध नभएको कारणले र प्रतिबद्धताको  कार्यान्वयनको  सुनिश्चितताको लागि आत्मिक साहस नजुटिसकेको कारणले नव  वर्षको  पहिलो  दिनमा  गरिएका  इच्छाआकांक्षा,  खुशीहरू  दिनहरू  बित्दै    जांदा धमिला हुँदै जान्छन् र व्यक्ति पुनः पुरानै दुःखद दिनचर्याको  एउटा  प्रक्रियागत  नियतिमा बाधिन पुग्दछ । एक वर्ष पछि पुन अर्को नयाँ वर्ष आउँछ सो दिन फेरि खुशी रमाइलो हुन्छ नयाँ सुखद प्रतिबद्धताहरू गरिन्छन् तर यसले पनि पुरानै नियति भोग्ने गर्दछ र यो प्रक्रियाले निरन्तरता पाउँदै जान्छ ।हामीले आफू भित्र आत्मिक साहसमा अभिवृद्धि गर्न नसक्दास्व अनुशासनमा अभिवृद्धि गर्न नसक्दा र नव वर्षको पहिलो दिनमा गरिने प्रतिबद्धतालाई  एउटा  परम्पराको  रूपमा मात्र लिदा यस्तो समस्या देखिने गरेको हो । नव वर्ष एउटा परम्परा हुन सक्दछ तर त्यो परम्परालाई हामीले एउटा सुखद निरन्तरतामा बदल्न सक्ने प्रशस्त सम्भावनाहरू छन् । यसमा धार्मिकआध्यात्मिक र भौतिक  आयामहरू हुन सक्दछन् ती आयामहरूको प्रयोग आफ्नो परिवेश र आवश्यकता अनुकूल हुनेगरी अपनाउन सक्ने संभावनाहरू पनि  प्रशस्त हुन्छन् । यसको लागि हामीले एउटा निश्चित कार्ययोजना बनाउनुपर्ने हुन्छ ।(क) आत्मिक सुख र शान्तिको  लागि आफूमा असल विचारको प्रवेश गराउने । मनवचन र कर्म यी तीनै अवस्थामा भाव ग्रहण वा भाव अभिव्यक्तिमा असल विचारको प्रवेश र प्रवाह गराउने । (ख) स्वास्थ्य  प्रत्येक  व्यक्तिको  पहिलो चाहना हो । संभवतः नव वर्षमा गरिने पहिलो प्रतिबध्दता यो नै हो । यसको लागि सुसंस्कृत विचारको अवलम्वनविलासी भन्दा कर्ममा रमाउने  जीवनशैली  अपनाउने  ।  खानपान र चालचलनलाई सादा बनाउने । राजसी र तामसी भोजनको सट्टा सात्विक भोजनमा ध्यान दिने । (ग) अत्यधिक  र  शीघ्र  प्राप्तिको चाहना नराख्ने । हर  सफलताको  उचाइमा  पुग्न सिँढीका हरेक तहमा पाइला राख्नु अनिवार्य हुन्छ । शीघ्र चाहनाको प्राप्तिले सिँढीका प्रत्येक तहमा पाइला नराख्दा अर्को दुर्घटना निम्तन पनि सक्दछ । ढिलो हुन सक्छ तर गन्तव्य टाढा छैन भन्ने दृढताका साथ यात्रालाई अनुशासित बनाउदै निरन्तरता दिने । (घ) आफ्नो पेशा प्रति अनुशासित रहने । पेशागत उन्नति  र त्यसमा  थप विज्ञता र विशिष्टिकरणका लागि आफ्नो क्षमता अनुसार अद्यावधिक हुँदै जाने ।आफूमा केही कमजोरीहरू छन् भने त्यसलाई क्रमशः हटाउँदै जाने । कुनै पनि कमजोरी लाई एकै पटक हटाउन सकिदैन यसर्थ कमजोरीको समग्र परिमाणलाई सानासाना टुक्राहरूमा विभक्त गरी क्रमशः हटाउदै जाने । (ङ) प्राप्त सफलताको जगेर्ना गर्दै सफलता प्राप्ति तर्फको यात्राको गतिलाई धीमा रूपमा भए पनि अगाडि बढाउने । असफलता प्रत्ति नआत्तिने  यसलाई  शिक्षाको  रूपमा  लिने  र आफ्नो कमजोरीको कारणले असफलता हुने गरेको भए कमजोरीलाई क्रमशः न्यूनीकरण गर्दै जाने । (च) आत्मिक  सम्बन्धलाई परमात्मिक स्नेहप्यार र वर्षाबाट सुसज्जित बनाउने । आफ्नो दैनिक  दिनचर्याको  सूचीमा  राजयोगलाई समावेश गरी आत्मिक  र परमात्मिक सम्बन्ध सम्पर्कलाई निरन्तरता दिने । (छ) चिन्तनप्रवृत्ति र कर्मलाई सकारात्मक बनाउने सबै प्रति आफ्नो क्षमता  अनुसार प्यारस्नेहसहयोगको लागि अवसरको खोजी गर्ने ।        (ज) भौतिक वस्तुको प्राप्ति र अप्राप्तिको क्षणिक हर्ष र विस्मातमा रुमलिनुको साटो आत्मिक उन्नतिलाई थप उन्नत बनाउन प्रयत्नशील रहने कार्यमा निरन्तर कृयाशील हुन आवश्यक छ । 

शुभशुद्ध  र सकारात्मक सोच र संकल्पको समयमा  संकल्पको  गति  बिस्तारै तरंगित हुन्छ । उच्च र श्रेष्ठ संकल्पबाट मन प्रसन्नताहर्ष र खुशीले आल्हादित हुनुका अतिरिक्त हुलुका र स्वतन्त्रताको अनुभूति गर्दछ । मन भित्रीरूपमा निर्बोझ र तनावमुक्त रहन्छ । यसको अर्थ मानसिक द्वन्द्वसंघर्ष वा घर्षण हँुदैन । मनको स्थिति शालीनसहज र अरामदायी रहन्छ । त्यस अवस्थामा उसमा मानसिक थकान,असहजता वा नैराश्यता हँदैन । फलतः शारीरिक रूपमा पनि व्यक्ति फुर्तिलो नै रहन्छ । नकारात्मक,आव्रmोशमय र ईष्र्यायुक्त संकल्पको भूमरी पैदा हुँदा व्यक्ति मानसिक र शारीरिक दुवै रूपमा थकित र शीथिल बन्दछ । तसर्थ नयाँ जोशजागर र उत्प्रेरणाका लागि सांकल्पिक व्यवस्थापन र आन्तरिक व्यवस्थापनलाई सकारात्मक रूपमा जागृत राख्नुपर्दछ । जसरी म्याग्निफाइङ  ग्लासमा सूर्यको  किरण  एकाग्र भएर कागजको टुक्रामा प¥यो भने क्षणभर मै कागज जलाउँछ त्यस्तै निराकार परमात्मामा मन एकाग्र गर्दा आत्माका दुर्गुणहरूदुर्भावहरू र दुराचारहरू सबै भष्म हुन्छन् । आत्मा पावन बन्छपवित्र बन्छदिव्य बन्छ । अनि आत्मा आनन्द मात्र होइन परमानन्दको अनुभूति गर्न थाल्छ । त्यसैले आनन्द परमानन्द भनिन्छ । यो यथार्थ आनन्दवास्तविक आनन्द,शाश्वत आनन्द,अतीन्द्रिय सुखको आनन्द केवल परमात्माको स्नेहयुक्त  स्मृतिबाट  मात्रप्राप्त हुने कुरा हुन् अनि परमात्माको सृष्टिमा प्रत्यक्ष प्राप्त हुने कुरा हुन् । सुखधामसत्ययुगस्वर्ग निराकार परमात्मा शिवको दिव्य रचना हो । जहाँ अकल्पनीय सुखशान्ति र आनन्द हुन्छ । प्रत्येक वर्ष हाम्रो मूल ढोकामा आउने नव वर्षले हामीलाई नवयुग आगमनको पनि संकेत दिइरहेको छ । अन्त्यमा नव वर्षको पुनीत अवसरमा सदा शुभ सोचौंशुभ बोलौंशुभ गरौंसात्विक बनौंआत्माका पिता परमात्माको स्मृतिमा रहौं,सदा आनन्दको अनुभूति गरौं । नयाँ वर्षले सबैको जीवनमा खुशीको वर्षात ल्याओस्प्रसन्नताको उपहार ल्याओस्,आनन्दको बहार ल्याओस् । नव वर्ष २०७७ को पुनीत उपलक्ष्यमा सम्पूर्ण पाठकवृन्द एवं  सबै  आत्माहरूको उन्नति,प्रगति,समृद्धि र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना । ओम् शान्ति ।।।  

लेखक ब्रह्माकुमारीज मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र,दाङका प्रवक्ता हुन् ।