Goraksha

National Daily

२०७७ प्रारम्भ, ताली बजाएर स्वागत

 

आजवाट नयाँ बर्ष २०७७ प्रारम्भ भएको छ । आज बिहानै ६ बजे कोरोना बिरुद्धको लडाईंमा अग्रमोर्चामा रहेकाहरुको सम्मानमा ताली बजाउँदै नयाँ बर्षको स्वागत गरिएको छ । अहिले ८ बजे सबैलाई घरघरमा राष्ट्रिय गान बजाउन र गाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका छन् ।
बिहान ६ बजे नेपाल पत्रकार महासंघ, गैह्रसरकारी संस्था महासंघलगायतका नागरिक संस्थाहरुले नयाँ बर्षको स्वागतका क्रममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाईकर्मी, खाद्यान्नलगायत अत्याबश्यक सामग्री उपलब्ध गराउन खटिएकाहरुसबैको सम्मानमा ताली बजाउन आह्वान गरिएको थियो ।


यस्तो आह्वानसंगै आआफ्नो नेटवर्कमा रहेकाहरुसंग भिडियो कल गरेर सामाजिक दूरी कायम गरेर छलफल गर्ने संस्कृतिको विकास गर्न पनि आह्वान गरिएको थियो । त्यसै अनुरुप बिभिन्न पेशाकर्मी तथा अन्यले यो अभ्यास पनि गरिरहेका छन् ।