Goraksha

National Daily

कविता : कस्तो आयो जमाना

समिप आचार्य यात्री

कस्तो आयो जमाना झ्यालखानाको बसाई झै
यत्रतत्र सुन्य सन्नाटा जङ्गलको बासाई झै
खाना पिना उस्तै छ चिडियाखानाको जन्तु झै
रमाई रहेको होला हेतु पनि भए मानव हामि झै

डरत्रास भोकमरी उस्तै छ हुने के हो उठ्दा विहानी खै
पैसाको नी मोल छैन् अब फ्याँक्दै छन् रे! कागज झै
धनी पनि गरिव भए यहाँ भोकलाई भोजनको कमीले
ठुला महल के रैछ र खै गरिव भन्दै छ भए हामी झै

हुनेछ एकदिन सुन्यसन्नाटा पौराणिक कथाको लेखन झै
भोग्ने छन् मानव जातिले पनि जिवजन्तुको भोगाई झै
चिल्ला गाडि पैसाको मात पुग्छ कहाँ प्रकृतिको रोजी
चल्ने चलाउने मैले हो घमण्ड नगर धनमा मात्ती

आहा! म प्रकृति रमाएकी छु छेदबिछेद बनाए छौ
सक्छौ रमाउँ तिमी कसरी सङ्कटकालको भुमरीमा खै
मिलि बस छैन् कोही धनी गरिव गुहारदै छौ प्रकृतिलाई
धुपदिप गरि पुकारदै छौ रे! छुट्कारा देऊ पहिले झै ।।