कविता : सक्दैनौ र घरै बस्न लोभ लालच त्यागी
सुलोचना गौतम
जताकतै कोरोनाको डर छ अरे आजभोली ।
बाच्नु छैन मानिसलाई स्वतन्त्र दिल खोली।।
गुन्जिदैनन आज भोलि पिरतिका धुन कतै ।
लगाउनै पाएनन जिन्दगीमा गुन कतै ।।
उषाको किरण झुल्किएन बन पाखामा ।
आशाको दियो बल्दैन कि मानिसका आँखामा।।
हिजो जस्तो सहज जीवन भोलि बन्दैन कि ।
आज गर्ने काम मानिसले भोलि जान्दैन कि ।।
हिजो धुन बज्थ्यो र त गुञ्जिन्थे डाँडा पाखाहरु ।
गुन लगाउथे कसैप्रती आभारी थिए मानिसहरू ।।
हेर आज सुनसान सडक अनि बस्तिहरू ।
कहाँ गए होलान हेर मानिसका ती मस्तिहरू।।
हिजो गाउँ सुनसान शहर गुन्जायमान थियो ।
आज गाउँ रौनकता अनि गुन्जायमान भैदियो ।।
जताकतै कोरोना को डर छ अरे के रैछ कुन्नी ।
भाइरसको यो डरलाग्दो रूप कसैले नजान्नी।।
भयनक यो भाइरसले कति बेला छुन्छ कसलाई ।
भित्रै बस्नु ननिस्किनी दूरी बढाईं बढाईं ।।
आजभोली जस्तो दिन तिम्रो जान्छ उस्तै मेरो पनि ।
फरक यत्ती तिमी छटपटिन्छौ म बस्छु शान्त बनि ।।
भित्रै बस्नु घरको लागि अनि परिवारको लागि ।
ए साथी हो सक्दैनौ र घरै बस्न लोभ लालच त्यागी ।।
