राहतको राग नपुगेका यी श्रमिकहरु…
खेमराज रिजाल
विजौरी, २६ चैत । विगत ५ बर्षदेखि कामको खोजिमा रोल्पाबाट दाङ झरे । रोल्पाको उजाड पाखोमा कमाइ खाने जग्गा थिएन । दाङको तुलसीपुर उपमहानगरपालिका—१८ विजौरीस्थीत शिवालय टोलविकाश संस्था अन्तर्गत रहेको एउटा भवनमा डेरा लिएर बसेका ५ श्रमिक परीवारको बुधवार विहान सम्म उनीहरुको चुलो मस्कीलले बलेको छ । तर भोलीदेखि चुलो बल्न मस्कील छ । लकडाउनसंगै श्रमगर्ने स्थान समेत नभएपछि उनीहरु श्रमविहिन भएका छन् ।
श्रमगर्न भारत छिरेका उनीहरुका श्रीमान पनि गढवालको एउटा निर्माण कम्पनीमा लकडाउनमै बसेका छन् । श्रमविहिन बनेका उनीहरुलाइ धन्न कम्पनीले गासबास सम्मको व्यवस्थापन गरेको छ । कमाई भने लकडाउनसंगै रोकिएको छ । सरकारले श्रमिकलाई राहत दिने समाचार सुनेपछि विजौरीमा बस्ने ती श्रमिकहरुको आशा केहि पलाएको थियो । तर वडा कार्यालयमार्फत राहत वितरण हुंदा उनीहरुलाई नदिइएपछि फेरी भोकमरीकै चिन्तामा छन् उनीहरु ।
५ परीवार भण्ट्याङभुण्टुङ सहित डेरामै लकडाउनमा छन् । नयां मान्छे पुग्दा पनि राहत लिएर आएको होकि भनेर कानुखुसी गर्छन्, तर पाउन सकेका छैनन् । टोल विकाश संस्थाले काम विहिन श्रमिकहरुको बस्तुगत तथ्यांक सहित राहत उपलव्ध गराउनेहरुको नामावलीमा उनीहरुलाई छुटाएपछि यो समस्या देखियो । अन्ततः तुलसीपुर उपमहानगरपालिका—१८ शिवालय टोलविकाश संस्थाको एउटा घरमा भाडामा बस्ने ५ श्रमिक परीवार राहत पाउनबाट बन्चित भएका छन् ।
देवमती विकले मिस्त्रीको काम गर्छिन्, श्रमबाट जोगाएको पैसाले आज सम्म पुगेपनि भोलीदेखि चुलो बल्ने अवस्था नरहेको देवमतीको भनाइ थियो । उनी स्थानिय ठेकेदार मार्फत घर बनाउने काममा जान्थिन् । दैनिक ५ सय कमाइ हुन्थ्यो, त्यसैले गुजारा चल्थ्यो । तर काम विहिन भएपछि उनलाइ परीवारलाई हातमुख जोराउनै मुस्किल भएको छ ।
त्यसो त तुलसीपुर उपमहानगरपालिकाका विभिन्न साना बजारमा डेरा गरी विभिन्न क्षेत्रमा श्रमगर्दै आएका धेरै श्रमिकहरु सरकारले उपलव्ध गराएको राहत पाउनबाट बन्चित भएका छन् ।
प्रिया विकको पनि अवस्था यस्तै छ । उनको डालोमा पनि खाद्धान्न रित्तिएको छ । ‘थाहा छैन, भोलि के खाने?’, प्रियाले भनिन् । सरकारले कुनैपनि श्रमिक भोकले मर्न नपरोस भनेर ठुलै धनरासीको राहत प्याकेज घोषणा गरेको सुन्दा उनीहरु अघिल्लो दिनसम्म राहत पाउने आशामा थिए, मन शान्त थियो । तर राहत पाएनन् । आफुले फोन गरेर वडाध्यक्षलाई जानकारी गराइसकेपनि राहत भने नपाएको बताइन् । ‘पच्चीस गते आउंछ भन्नुभएको थियो, तर आज पनि राहत पाएनौं, उनको गुनासो थियो । उनीजस्तै ५ परीवारलाइ चुलो बाल्नै मस्कील देखिएको छ । ती श्रमीकहरुका विषयमा टोलविकाश संस्था समेत अनभिज्ञ रहनु आफैमा पनि कमजोर पक्ष भएको स्थानीय सुनिल पोख्रेलले बताए । ‘जानकारी हुंदाहुंदै पनि सिफारीस गरिएन्’—पोख्रेलले भने, उनीहरुलाई तत्काल राहत उपलव्ध गराउन वडाले पहल गर्नु आवस्यक छ ।’
टोल विकाश संस्थाले भने उनीहरुको विषयमा समयमै जानकारी नभएको बताएको छ । टोल विकाश संस्थाका अध्यक्ष तिलक भट्टराइले स्थलगत अनुगमन नभएको तथा ती श्रमिकका विषयमा पनि समयमा कतैबाट पनि जानकारी नआएको बताएका छन् । यद्धपि ती श्रमिकहरु काम विहिन भएपछि डेरामा चुलो बल्न नसक्ने अवस्था आउन थालेको विभिन्न सामाजिक सन्जालमा समेत सुचना पोष्ट गरिएका थिए ।
यसैबीच वडाध्यक्ष माधव वलीले ती श्रमिकका विषयमा समयमै टोलविकाश संस्थाबाट सिफारीस नआएको बताएका छन् । ‘पहिलो चरणमै राहत उपलव्ध गराउनुपर्ने थियो, तर संबन्धित टोलविकाश संस्थाबाटै जानकारी आएन’—वडाध्यक्ष वलीले भने । उनले ती श्रमीकहरुले आफुलाइपनि फोन गरी जानकारी गराएकाले अर्को चरणमा उनीहरुलाइ राहत उपलव्ध गराइने बताए । ‘वडाकै बजेटबाट भएपनि उनीहरुलाइ भोकभोकै बस्नु नपर्ने व्यवस्था मिलाइने छ’—अध्यक्ष वलीले भने ।
त्यसो त तुलसीपुर उपमहानगरपालिकाका विभिन्न साना बजारमा डेरा गरी विभिन्न क्षेत्रमा श्रमगर्दै आएका धेरै श्रमिकहरु सरकारले उपलव्ध गराएको राहत पाउनबाट बन्चित भएका छन् । सरकारले जो जहां छ, त्यहि रहन आग्रह गरेसंगै काम विहिन श्रमिक जहांको भएपनि हाल बसेको स्थानमा राहत पु¥याउने भनेपनि टोलविकाश संस्थाहरुले भने टोलका स्थाइबासीहरुको परीवारको मात्र मुल्यांकन गरी सिफारीस गर्दै आएको छ । यसले गर्दा अन्य जिल्ला तथा भारतीय बजारबाट यहां आएर रोजिरोटीको मेसो गर्दै आएका श्रमिकहरु राहत पाउनबाट बन्चित भएका छन् ।
