Goraksha

National Daily

सत्ता गठबन्धनो नेतृत्व शेरबहादुरको

सुभाष न्यौपाने

सर्वाधिकार सम्पन्न मतदाताको मतपरिणाम आइसकेको छ । मुलुक पुनः गठबन्धनको सरकार बनाउन अगाडि बढिरहेको छ । संघामा त गठबन्धनको सरकार सरासर बनिरहेको छ । प्रदेशमा पनि गणितमा १–२ तलमाथि देखिए पनि सरकार गठबन्धनकै बन्छ । कतै तानातानी र बार्गेनिङमा कहीँकतै असहमत हुनसक्छ तर अन्त्यमा प्रदेश र संघ दुवैमा सरकार गठबन्धनकै बन्ने देखिन्छ । मुलुकको सरकार र राजनीतिमा नेपाली कांग्रेस अगुवा भएको छ ।

कांग्रेस त मुलुकको राजनीतिमा अगुवा नै छ तर पनि नेपाली कांग्रेसका कार्यकर्ता आफ्ना नेताहरुको क्रियाकलापप्रति अविश्वास छन् । के राजनीति भनेको नेताहरुको दास बन्ने मात्र हो ? जिताउनुपर्ने नागरिक र मतदाताले मनपरी नेताले गर्ने ? अब एउटा कुरा बुझ्नुस् मतदाताको तिघ्रा र गर्धन प्रत्यक्ष समाउनेछ । जनता आक्रोशित भए भने नेता भनिने शेरलाई स्याल पनि बनाउन सक्छन् । तसर्थ, अब बन्ने सरकार जसरी र जस्तो बने पनि उच्च जनदबाबमा परिसकेको छ । राजनीतिक परिदृश्य जसरी बदलिएर गयो त्यसको बारेमा जनताले राम्रोसँग नियालिरहेका छन् ।

अब फेरि पनि सदन होस् या सरकारलाई जनताको चेतावनी पूर्ण सुझाव छ नि जनताको नाममा जनतालाई ठग्न या ढाँट्न खोज्ने दुस्साहस नगर । यदि सरकार र सदनले जनअपेक्षा अनुरुप काम गर्न सकेनन् भने मुलुकमा लोकतन्त्र अफाप सिद्ध हुनसक्छ । सदनमा स्वतन्त्र माननीयहरुको आउँदो निर्वाचनमा गुणात्मक रुपमा संख्या बढ्नसक्छ । लोकतन्त्रमा स्वतन्त्र माननीयहरुको संख्या बढ्दै जानु भनेको राम्रो संकेत होइन ।

लोकतन्त्रमा दलीय व्यवस्था, दलहरु बीचको प्रतिस्पर्धा शोभनीय देखिन्छ । यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ सिट सहित प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बन्न पुगेको छ तर समानुपातिकतर्फ भने नेपाली कांग्रेस दोस्रो भएको छ । प्रतिनिधि सभामा दोस्रो ठूलो दल नेकपा एमाले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिट प्राप्त गरेको छ । तर समानुपातिकतर्फ भने नेकपा एमाले नेपाली कांग्रेसलाई दुई सिटले उछिन्दै पहिलो भएको छ । दलको लोकप्रियतामाथि प्रश्न पनि उठिरहेको छ । दलका नेताहरु जनतामाथि हाबी हुँद्यै जनतामाथि राज गर्न खोज्दै छन् ।

त्यो कुरा न त जनतालाई मनपर्छ न त त्इसमा जनताले साथ देलखन् । निर्वाचनको परिणाम र नतिजा विशेष गरी कांग्रेस र कम्युनिस्टको नाममा जनताले होस् या अन्तर्राष्ट्रले होस् विशुद्ध आँखाले हे¥यो भने नेपाली कांग्रेस र नेकपा एमाल नै देख्छन्, यो ग्लोबल राजनीति हो । जसले संसाभरि प्रभाव परेको छ । नेपालमा प्रचलित वीपीको समाजवाद जसले संसारभरि प्रभाव पारेको छ त्यस्तै त्यस्तै नेकपा एमालेले अंगीकार गरेको माक्र्सवाद, लेलीनवाद सहितको समाजवाद विश्व राजनीतिमा यी दुई दर्शनबीच विश्लेषण हुने गर्दछ ।

पछिल्लो निर्वाचन परिणामअनुसार प्रदेश सभामा पनि नेपाली कांग्रेसले नै अग्रता हासिल गरेको छ । प्रदेश नं १ मा नेकपा एमाले गाडि भए तापनि उसलाई बहुमत अर्थात् सरकार गठन नगर्न ७ सिट अपुग देखिन्छ भने १ नं. प्रदेश सभामा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको २९ सिट रहेको छ । नेपालको राजनीतिमा मुलधार र विकल्प खोज्ने र हेर्नेहरुले कांग्रेस र एमाले नै हेर्ने गर्दछन् । जनक्रान्तिबाट आन्दोलनमा आएको नेकपा माओवादी केन्द्र जसले अझै पनि जति चुरीफुरी गरे पनि राष्ट्रिय पार्टी बन्लान् तर राजनैतिक मूलधारमा आउनलाई त्यति सहज छैन ।

हिजो राजनीति सुरु गर्दा जसरी राजनैतिक विमति राख्ने कार्यकर्ताहरुमाथि गरिएको आक्रमण अत्यन्त क्रुर र अमानवीय थियो । पहिलो निर्वाचन ०६४ मा आएको मत नेकपा माओवादीको पक्षमा किन टिक्न सकेन ? राजनैतिक रुपमा आएको दलप्रतिको आस्था स्खलन जरी बढ्दै गयो त्यो अत्यन्त घातक छ । यस पटकको निर्वाचनमा गणितीय हिसाबले मधेस प्रदेशमा नेकपा एमाले २३ र नेपाली कांग्रेस २२ भएका छन् तर पनि आ–आफ्नो प्राप्त मतलाई हेर्दा एमाले पहिलो र कांग्रेस दोस्रो देखिएको मधेस प्रदेशमा पनि सरकार गठबन्धन के बन्ने देखिन्छ ।

मुलुकभरि यस्तै खालको नतिजा आएको छ । प्रतिनिधि सभा र प्रदेश सभा मुलुकभरिकै नतिजा हेर्दा सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने देखिन्छ । सरकार बन्दैमा र बनाउँदैमा कोही पनि हसक्क र फसक्क हुनु पर्दैन । अब मुलुकलाई उन्नत र समृद्ध गर्ने हो भने सबै राजनैतिक दलहरुले आ–आफ्ना कार्यक्रमहरु फरक–फरक शैलीमा प्रस्तुत हुने गर्दछन् । त्यसैले राजनैतिक दलहरुले जनताको लागि जनताको नेता र दल बन्ने कार्य गर्नुपर्छ ।

पार्टी सभापति शेरबहादुर देउवा आफू सर्वसम्मत रुपमा पार्टीको संसदीय दलको नेता बन्ने चाहनामा छन् । हिजो चौधौँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरुको दुईतिहाइ मतले महामन्त्रीमा निर्वाचित नेता गगन थापा जो महामन्त्री पदको दाबेदार हुँदा शेखर कोइराला समूहमा थिए, कोइराला पार्टी सभापतिमा शेरबहादुर देउवासँग पराजित हुन पुगे । अहिले कोइराला पनि शेरबहादुर र गगनसँगै मोरङ क्षेत्र नं. ६ बाट सांसद पदमा निर्वाचित भएका छन् । अहिलेसम्म कोइरालाको यस विषयमा व्यक्तिगत धारणा आइसकेको छैन ।

कोइरालाको अर्थपूर्ण मौनता र वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्भावित कदमले संसदीय दलको नेतामा गणितीय असर पर्न पनि स्क्छ । अझैसम्म संसदीय दलको उम्मेदवारीको सन्दर्भमा केही अन्योलता नै देखिन्छ भने शेरबहादुर आफ्नो समूहमा स्पष्ट नै देखिन्छन् । विश्वप्रकाशको समर्थनमा गगनको संसदीय दलको नेतामा उम्मेदवारी हुने कुरा बाहिर आएपछि समाज समुदाय र राजनीति तरंगित भएको छ तर हेर्ने भनिरहेका छन् कोइराला कहिले र कतातिर खुल्लान् ? कोइरालाले मुख नखोल्लान, नखोल्न सक्छन् तर यदि राजनैतिक इमानदारी हो भने उनले गगन नै भन्नुपर्छ ।

स्क्छन् भने आफू संसदीय दलको नेता बन्ने घोषणा गर्न सक्नुप¥यो, होइन उनले गगनलाई नै सम्बोधन गर्नुपर्छ । शेरबहादुर देउवाले संसदीय दलको नेताको निर्वाच्नमा निर्वाचित हुनसके पनि विषय चाहिँ मार्सी धानको चिउरा नबन्नसक्छ । शेरबहादुर देउवा आफू सर्वसम्मत संसदीय दलको नेता बन्ने हिसाबले रामचन्द्र, शेखर, सशांक, प्रकाशमान, बिमलेन्द्रलगायतका नेता सहित प्रकाश शरण, ज्ञानेन्द्र कार्कीलगायतसँग सिधै देउवा पत्नी डा.आरजु देउवा सधैँ बहस र सम्वादमा छिन् । तर, गगनका निमित्त यसरी खटिदिनेहरुको अझैसम्म चेहरा देखिएको छैन । के गगनलाई अरुले नपत्याएका हुन् त ? सम्भावना बोकेकोलाई नपत्याउने ज्येष्ठ नागरिक बनिसकेकालाई सधैँ बोकिरहने ?