Goraksha

National Daily

सुनिता फाउण्डेशन ट्रष्टको साधरणसभा

गोरक्ष समाचारदाता
दाङ, २० कार्तिक । सुनिता ट्रष्ट फाउण्डेशनको तेस्रो वार्षिक साधारणसभा शनिवार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आशमानी चौधरीको अध्यक्षता तथा ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक सल्लाहकार सौगतवीर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै चौधरीले संस्थाले गरेको बालबालिकाको शैक्षिक तथा महिला प्रजनन् स्वास्थ्यका क्षेत्रलगायत अन्य समाज रूपान्तरणका लागि गरेको प्रयासहरू निकै नै सराहनीय काम रहेको बताए ।

समाज रूपान्तरणका लागि महिला तथा बालबालिकाको क्षेत्रमा हरेक तह र क्षेत्रबाट महत्वपूर्ण काम भए मात्रै समाज रूपान्तरण र समृद्धतर्फ उन्मुख हुने बताए । कार्यक्रममा बोल्दै फाउण्डेशनका आजीवन सदस्य रजनी श्रेष्ठले मान्छेले मनलाई शान्त बनाउन अनेकौँ बहाना खोज्ने हुँदा बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्ने फाउण्डेशनले सामाजिक उत्तरदायित्व सहित युगौसम्म जीवन्त रूपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताइन् । फाउण्डेशनका समिति सदस्य बसन्ता पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आजीवन सदस्यहरू, नेपबहादुर चौधरी, कुल्पु चौधरी, जिपसरा घर्ती र ग्रामीण महिला उत्थान केन्द्र दाङका हितमान थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ को प्रगति प्रतिवेदन फाउण्डेशनका सहजकर्ता कमला शर्माले र आर्थिक वर्ष २०७८÷०७९ को आर्थिक प्रतिवेदन समितिका मिरा चौधरीले प्रस्तुत गरेका थिए । कार्यक्रममा आगामी वर्षको कार्ययोजना संस्थाका अध्यक्ष आशमानी चौधरीले प्रस्तुत गरेकी थिइन् । साधारणसभाले रजनी श्रेष्ठ र भुवन पाण्डेयलाई सञ्चालक समिति सदस्यमा थप गरेको छ ।

यसैगरी कार्यक्रममा आजीवन सदस्यता सुदर्शन चौधरीले लिएका छन् । पार्बती बस्नेतले आफ्नो स्व. श्रीमान प्रमोद बर्माको सम्झनामा २० हजार राशीको शैक्षिक कोष स्थापना गरेकी थिइन् । कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्र दाङका सूचना अधिकारी पार्बती बस्नेतले गरेकी थिइन् ।