calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

नागरिकसंग प्रहरी

टेकबहादुर पुन
देउखुरी, ४ जेठ ।

नागरिकलाई सचेत बनाउन नेपाल प्रहरी घरदैलोमा पुगेको छ । प्रहरी चौकी सतबरिया विभिन्न जनचेतनामूलक कार्यक्रमसँगै सचेत गराउन नागरिकको घरदैलोमा पुगेको हो ।
लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँका स्थानीयसँग प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम गरिएको छ । करिब ६० जना नागरिकको उपस्थितिमा प्रहरी चौकी सतबरियाले ‘दुव्र्यसनविरुद्ध आमाहरू’ र ‘अभिभावकसँग ट्राफिक प्रहरी’ भन्ने विषयमा केन्द्रित रहेर सचेतना दिइएको थियो ।

लागूऔषध दुव्र्यसन तथा न्यूनीकरण, बालविवाह, आत्महत्या, महिला सशक्तीकरण, महिला हिंसा, ट्राफिक नियमसम्बन्धी जनचेतना जगाइएको हो । समाजमा हुने हिंसा, घटना र त्यसको निर्मुल अथवा सम्बन्धित निकायको जानकारी सहित प्रशिक्षण दिइएको थियो ।
प्रहरीको जनचेतना कार्यक्रममा सहभागी हुन पाउँदा स्थानीय हर्षित बनेका थिए । प्रहरी चौकी सतबरियाका प्रमुख कुलबहादुर सार्की, प्रहरी हवल्दार रमेश नेपाली, ट्राफिक प्रहरी प्रकाश कार्कीलगायतले प्रशिक्षण दिएका थिए ।

बिच्कागाउँ टोल विकास संस्थाकी अध्यक्ष कविता घर्तीको अध्यक्षता तथा लमही नगरपालिका वडा नं. ८ का वडा सदस्य गणेश चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । आशा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समाजसेवी यादवनाथ योगीले नागरिकलाई सचेत बनाउन प्रहरीले गरेको सचेतना कार्यक्रम सराहनीय रहेको बताए । प्रहरी चौकी सतबरियाले विभिन्न समयमा सचेतना कार्यक्रम गरिरहँदा नागरिक तथा विद्यार्थी खुसी भएका छन् । प्रहरी चौकी सतबरियाको आयोजना तथा समाजसेवी योगीको समन्वयमा कार्यक्रम भएको थियो ।