वडा न १५ नगरस्तरीय फुटबलको फाइनलमा
लक्ष्मण बस्नेत
तुलसीपुर,२० कार्तिक । तुलसीपुर उपमहानगरपालिका वडा न १५ दाङ तुलसीपुरको दमारगाउमा जारी नगरस्तरीय पुरुष फुटबल प्रतियोगिता २०७९ को फाइनलमा प्रवेश गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा न ३ को आयोजनामा संचालित प्रतियोगिताको आईतवार बिहान भएको सेमिफाइनल खेलमा वडा न ७ लाई ट्राईवेकरमा ३ का विरुद्ध चार गोलले पराजित गर्दै वडा न १५ ले फाइनल यात्रा तय गरेको हो । उल्लेख दर्शकको उपस्थितिमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको निर्धारित समयसम्म एक एक गोलको बराबरी भएपछी नतिजा ट्राईवेकर बाट निकालिएको थियो ।
प्रतियोगिताको बिजेताले नगद ६५ हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ३० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी लाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा तुलसीुर नगर क्षेत्रका १२ टिमको सहभागिता रहेको छ । यसैबिच प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाइनलमा वडा न ८ र ६ भिड्ने एन्फा रेफ्री शिवहरी शर्माले जानकारी दिएका छन् ।
