घोराहीमा योग शिविर
गोरक्ष समाचारदाता
दाङ, ४ जेठ । महिला पतञ्जली योग समिति दाङको आयोजनामा घोराहीमा बृहत योग शिविर सम्पन्न भएको छ । महिला पतञ्जली योग समिति दाङकी अध्यक्ष सहना श्रेष्ठको अध्यक्षता एवम् केन्द्रीय महिला प्रभारी साध्वी देवादितीको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो ।
बृहत योग साधना कार्यक्रममा दाङका विभिन्न योग साधना केन्द्रका पदाधिकारी एवम् सदस्य गरी करिब ७ सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रीय महिला योग समितिका पदाधिकारी, पतञ्जली योग समिति प्रदेशका पदाधिकारी एवम् सदस्य, पतञ्जली योग
समिति दाङका जिल्ला प्रभारी अन्य पदाधिकारी एवम् सदस्यको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय महिला प्रभारी देवादितीले मानव जीवनका लागि योगको महत्वबारे चर्चा गर्दै मानिसलाई लाग्ने रोगबाट मुक्त हुन जीवनमा योगको आवश्यक रहेको बताइन् । नियमित योगाभ्यासले शरीरमा लाग्ने ९९ प्रतिशत रोग हटेर जाने उनले बताइन् ।
उनले मानिसको जीवन सरल हुनुका साथै नियमित योगाभ्यास गर्नाले आपफ्नो नियमित कामप्रति पनि आत्मविश्वास बढेर जाने बताइन् । योगमा कुनै धर्म, जातजातिलाई बन्देज नभएकाले योग साधनामा सबै जातजाति, धर्म अट्न सक्ने उनको भनाइ छ । वैशाख १७ गतेदेखि नेपालका विभिन्न जिल्लाबाट सुर भएको योग शिविर यात्राका क्रममा रोल्पा, रूकुम हुँदै शुक्रवार दाङमा सम्पन्न भएको महिला पतञ्जली योग समितिले जानकारी दिएको हो ।