Goraksha

National Daily

मुलुकको समृद्धि एमाले गर्छ : पोख्रेल

गोरक्ष समाचारदाता
दाङ, २० कार्तिक । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ का उम्मेदवार शंकर पोख्रेलले एमालेले युवाहरूका आशा, अपेक्षालाई पूरा गर्ने बताएका छन् । मुलुकलाई समृद्धि र विकासको उचाईमा पु¥याउँदै युवाहरू स्वदेशमै बसेर काम गर्ने योजनाहरू बनाउने समेत बताए ।

‘नेकपा एमालेप्रति देशभर आकर्षण र विश्वास बढेको चर्चा गर्दैै पोख्रेलले जनताको विश्वासलाई एमालेले खेर जान दिने छैन’, शनिवार घोराहीमा युवाहरूलाई पार्टीमा स्वागत गर्दै पोख्रेलले भने ‘मुलुक पछिल्लो समयमा जर्जर अवस्थामा आएको र अहिलेको अवस्थाबाट मुलुकलाई माथि उकास्न बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ । त्यो शक्ति एमाले हो ।’

नेकपा एमालेले नै मुलुकको समृद्धि र विकास गर्ने, युवाहरूको भविष्य पनि एमालेकै सरकारले निर्माण बताए । राष्ट्रिय युवा संघ दाङले कार्यक्रम गरेको थियो । कार्यक्रम युवा संघका अध्यक्ष देवु डिसीको अध्यक्षता एवम् एमाले महासचिव पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण एमाले सचिव मनोहर बुढाथोकीले गरेका थिए ।
युवासँग पोख्रेल

यसैबीच युवासँग उम्मेदवार कार्यक्रम शनिवार घोराहीमा सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ दाङ र दाङ युवा मञ्चको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा उम्मेदवारहरूले आफ्नो उम्मेदवारी, चुनावी धारणा र युवाहरूको राजनीतिक भविष्यका बारेमा विचार राखेका थिए । कार्यक्रममा युवाहरूले मुलुकको दिगो विकास, राजनीतिक स्थायित्व र सामाजिक सहिष्णुताका लागि उम्मेदवारहरूलाई सुझावसहित प्रश्न गरेका थिए ।

संवादमा सहभागी एमाले महासचिव पोख्रेलले अहिलेको अवस्थाबाट मुलुकलाई माथि उकास्न बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ । त्यो शक्ति एमाले भएको बताए । नेकपा एमालेले नै मुलुकको समृद्धि र विकास गर्ने, युवाहरूको भविष्य पनि एमालेले गर्ने बताए । युवासँग उम्मेदवार कार्यक्रममा उम्मेदवार पोख्रेल, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी र राप्रपाका भोलानाथ योगी मात्रै सहभागी भएका थिए ।

गठबन्धनका उम्मेदावर भने सहभागी भएनन् । कार्यक्रमको सहजीकरण दाङ युवा मञ्चका अध्यक्ष समीर वलीले गरेका थिए । महासचिव पोख्रेलले शनिवार पनि औपचारिक कार्यक्रमसँगै मतदातासँगको घरदैलोमा व्यस्त छन् । वडा न १७, १८ र अन्य वडामा घरदैलोमा सहभागी भएका थिए ।