Goraksha

National Daily

तनाव व्यवस्थापन (Stress Management)

ब्रह्माकुमार माधव तिमिल्सेना

तनाव यस्तो दबाव हो,जसले शारीरिक र मानसिक शक्तिलाई क्षीण गरीे भावनात्मक परिवर्तनबाट नकारात्मक प्रतिकृया देखाउंछ।। तनाव एउटा पिडादायक अवस्था हो,जसले यो संदेश दिन खोजिरहेको हुन्छ कि मलाई केहीे परिवर्तन गर्न आवश्यक छ । त्यसैगरी पिडा एउटा यस्तो संवाहक हो, जसले यो सन्देश सम्प्रेसित गरिरहेको हुन्छ कि मलाई केही सिक्न आवश्यक छ ।

हिजो आज जनमानसको चलन चल्तीमा अत्यन्त सहजताका साथ प्रयोगमा आईरहने र जन जिव्रोमा झुण्डिरहने शब्दहरु मध्ये तनाव पनि एक हो । तनावलाई जीवनका दैनिक घटनास“गको व्यक्तिको भौतिक,मानसिक र भावनात्मक प्रतिक्रिया हो भनेर परिभाषित गरिएको छ । तनाव रोगको कारक हो, तनाव शोकको कारक हो र तनाव जीवनका यावत पराजय एवं नकारात्मकताको उपज हो । मानसिक रोगको त यो उद्गम स्थल नै हो । मानिस तनावबाट मुक्त हुन चाहान्छ तथापी तनावै तनावले ग्रस्त छ तरपनि यसबाट मुक्त समेत हुन सकिएको छैन । अरुलाई अर्ति उपदेश दिन सजिलो हुन्छ । तपाई टेन्सन नलिनुहोस,जीवन यस्तै हो । हो यदि गम्भिर भएर मनन गर्ने हो भने सानो निर्देशनले सानो उपदेशले र सानो अध्ययनले मान्छे धेरै हदसम्म तनावमुक्त हुन सक्दछ । आजको भौतिकतामा मानिस अशान्त अर्थात तनावग्रस्त छ । हरेक चार जना मध्ये एउटा व्यक्ति कुनै न कुनै वहानामा सम्पूर्ण रुपले मानसिक रोगी बनिसकेको छ ।

तनावले अत्यन्त जटिल, गहन एवं अव्यक्त रुपमा जरा गाडी सकेको हुनाले यो सामाजिक महामारी समस्याको विकराल रुप धारण गरिसकेको छ । आज हर एक वस्तीमा मानसिक पागलहरुको संख्या दिनानुुदिन बढ्दै गइरहेको छ । प्रायः युवा युवतीमा स्वतन्त्रताको नाममा छाडा प्रकृति हावी भईरहेको छ । व्यक्तिगत माग पुरा गर्न हिंसा, हत्या तोडफोड नै अन्तिम हतियार बनिसकेको सत्यता समाजबाट छिपेको छैन त्यसैले समाज सभ्यताको नाममा विखण्डित, दम्भ एवं नांगो हुंदै गईरहेको आभास हुन्छ ।

समस्याको जन्म चिन्तनबाट र अन्त्य पनि चिन्तनबाटै हुने भएकोले हरेक समस्याको उद्गमस्थल मानव मन हो भन्ने कुरा मनोविज्ञानले प्रमाणित गरिसकेको छ । यदि जीवनमा दुश्मन छ भने त्यो मानिस मनभित्रको घृणा, ईश्र्या एवं विचलनको प्रतिविम्व मात्र हो । जवसम्म मान्छेको मनभित्रको अशान्ति वा तनाव तथा द्धन्द समाप्त हुंदैन तवसम्म वाहिरको भौतिक तनाव वा अशान्ति समाप्त हुनै सक्दैन । जसरी आगोले आगोलाई निभाउन सक्दैन,रगतको दागलाई रगतले धोएर समाप्त हुंदैन त्यस्तै हिंसा आतङ्क अव्यवस्था,तनाव यावत कुरा मानिसको हृदयबाट जवसम्म हट्दैन,हटाउन प्रयास गरिदैन, हटाउने प्रयास तिर लागिदैन तवसम्म वाह्य तनाव,हिंसा अराजकता र उथलपुथल जारी नै रहन्छ । अतःनकारात्मक भित्रको सुक्ष्म सकारात्मकतालाई सदुपयोग गर्दै जान सक्यौ भने निश्चित रुपले हरेक मानिस शान्त,ज्ञानी र आनन्दित हुनेछौ र अन्तमा तनावलाई शक्तिमा परिवर्तन गर्न सक्नेछौं । तनाव शुभारम्भको अवस्थामा अति मीठो लाग्दछ अपितु परिणाम भने निकै कष्टकर हुने गर्दछ । यो एक प्रकारको मानसिक कुपोषण हो, अन्तराष्ट्रिय संक्रमण हो, मन्द बिष हो । घटना घट्नु कुनै तनाव होइन परन्तु उक्त घटनालाई समयमा व्यवस्थित गर्न नसकेर जुन मानसिक संवेदनात्मक प्रतिक्रिया अभिव्यक्त हुन्छ जसको कारण अनेकौ घटनाहरुको जन्म हुन्छ । जीवनरुपी खेल मैदानमा समस्यारुपी परिस्थितिहरु आउनुलाई सहर्ष स्वीकार्नु नै बुद्धिमत्ता मानिन्छ ।

तनावले मानसिक प्रभावहरु– चिडचिडापन बढ्नु एकाग्रता घट्नु,निर्णय शक्तिमा हस,स्मृतिहीनता हुन्छ भने अपराध वोध,सधै असन्तुष्ट,शंकालु ,नैराश्यता,संवेदनशिल,असुरक्षा र आलोचनाको डर जस्ता भावनात्मक प्रभावहरु हुन । साथै तनावको कारण हाम्रो शरीरको स्नायू प्रणालीमा गम्भिर असर पर्दछ जस्तै मुटुको धड्कनमा तिव्रता,उच्च रक्तचाप, सुख्खापन,मधुमेह,पसिना धेरै बग्नु,औलाहरु चिसो हुन्छन् भने अर्कोतिर मुटुको धड्कनमा कमी ,न्यून रक्तचाप,झाडा, पखाला,दम,मांशपेशी तन्किनु अनियमित श्वासप्रश्वासमा समस्या देखापर्दछ । तनाव सम्बन्धी समस्यालाई अनेकौ औषधीहरुको प्रयोगबाट कम गर्नु भनेको त गलैचा मुनीको धुलो बढार्ने भने जस्तो मात्र हो । सयौ बर्षयता वा सभ्यताको शुरुवातदेखि नै तनाव हामीसंग र हामी तनावसंग रहंदै आएका छौं । मानव बौद्धिकता, विवेक आधारभूत मानवीय गुण आदीका माध्यमबाट हामीले यसलाई आफ्नो वसमा राख्दै आएका थियौं । तर दुःख लाग्दो कुरा भौतिक विविधता एवं विकासको चरमतातिर गईरहेको अवस्थामा हामी यसको शिकारी भईरहेका छौ । परिणामस्वरुप आज दुनियांमा लघुताभास ९डिप्रेशन० को मुख्य कारण नै तनाव बनेको छ ।

अतःयदि वास्तविक मनको शान्तीको चाहना छ भने आजको माग तनावलाई व्यवस्थापन गर्नुमा नै छ । यसको समूचित व्यवस्थापन विना जीवनमा सुख शान्तिको गहिरो श्वास लिने कुरा आकाशको फल मात्र हुन पुग्दछ । समस्या जति सुकै जटिल वा कुण्ठित किन नहुन व्यवस्थापन जीवनको सुत्र हो । समस्यारुपी चापी सदैव सानो हुने गर्दछ । तनावको रोग मनसंग सम्बन्धित भएकोले व्यवस्थापन पनि मानसिक रुपमानै गरिनु उचित रहन्छ । यो केवल मानासिक व्यवस्थापनको पक्ष भएकाले यसका लागी मनका संकल्प, वृति वा दृष्टिकोणको सुधार गर्नु आवश्यक छ । मननै मान्छेको बन्धन वा मोक्षको कारण भएकाले आफ्नै मन नै शत्रु र मित्र वा भनौ नर्क वा स्वर्गको आधार हो । मनमा उब्जने हरेक संकल्पले शरीरको अंग अंगमा प्रत्यक्ष प्रभाव पार्दछ ।

मनभित्र उत्पन्न हुने नकारात्मक विचारको तरंगले कतिसम्मको कहाली लाग्दो घटना निम्त्याउंछ भन्ने यो एउटा उदाहरण प्रस्तुत गर्नु सान्दर्भिक लाग्यो – एउटा युवकले विशेष कारणवश फांसीको सजाय भोग्नुपर्ने अवस्थामा मनोविज्ञहरुको एक समूहले सरकार समक्ष उक्त युवकलाई फा“सी दिएर मार्नुभन्दा आपूmहरुलाई दिएर परीक्षण गर्ने मौकाको उपयोग गर्न अनुरोध गरेछन् । फांसी दिएर मार्ने नै भएपछि किन परीक्षण गरेर अनुसन्धानमा सहयोग नपु–याउने भन्ने आशयले सरकारले निजलाई वैज्ञानिक परिक्षणका लागी अनुमति दिएछ । मनका तरंगले शरीरमा कस्तो प्रभाव पार्छ भन्ने कुराको मनोवैज्ञानिक परीक्षणलाई प्रमाणीकरण गर्ने उद्देश्यले उत्तः व्यक्तिलाई जंगलमा लिएर गएछन् । आंखामा पट्टी बांधी दिएछन् र बारम्बार उसको मनलाई उद्देलित ९इस्टीमूली० बनाउन थालेछन । भनिएछ– हे पिटर १ तिमीलाई एउटा बिषालु सर्पले तिम्रा हातका औलाहरुमा टोकाईनेछ,यसको प्रभाव तिम्रो शरीरमा प्रत्यक्ष रुपमा पर्नेछ र तत्काल तिमी मर्नेछौं । यस्तो आवाजले पिटर एकाएक हतास भएछ । पून ः यस्तै खालको वाक्यांश दोहो–याईएछ र वारम्वार हे पिटर तिमीलाई विषालु सर्पले टोक्नेछ र तिम्रो प्राण क्षणभरमा नै जानेछ भनी पटक पटक दिइएका यस्ता विषाक्त सूचनाहरुले उसको सम्पूर्ण शरीरमा कम्पन छुट्न थालेछ ।

शरीर फुलेर आएछ, सम्पूर्ण रुपमा हताश मानसिकतामा पिटर थचक्क भूूईमा बसेछ । अन्ततः ती मनोवैज्ञानिकहरुले दुईवटा अलपिन निजका दुई ओटा औलामा एकैचोटी गाडी दिएछन । अचम्मको कुरा पिन गाडेको १० मिनेटमा मिस्टर पिटरको तत्काल मृत्यू भएछ । यो वास्तवमा कुनै नौलो एवं पहिलो प्रयास भने अवश्य होइन । यस्ता खालका मृत्युहरुलाई मनोवैज्ञानिक मृत्यूको संज्ञा दिने गरिन्छ । यो सम्भव छ र हुन्छ पनि । विचार गर्नुपर्ने कुरा के छ भने पिटरको मृत्यू त भयो तर कसरी रु औलामा गाडिएको त पिन हो तर मृत्यूवरण रु कस्तो अचम्म । अझ रहस्यमय कुरा त के छ भने पिटरको शरीरलाई पोष्टमार्टम गरेर परीक्षण गर्दा उसको शरीरमा पैmलिएको रगत सम्पूर्ण रुपमा सर्पकै विषमा परिणत भई सकेको रहेछ । अहो विडम्वना १ औंलामा गडेको पिन तर शरीरमा विष । सम्भव छ रु एकछिन विचार गरौ यही सत्यको रहस्य उद्घाटन नै विज्ञानले ”मनको प्रभाव शरीर माथी” भनेर गरेको पहिलो सफलता भएकोछ । वारम्वार रुपमा दिइएको उत्तेजनात्मक सूूचनाहरुले पिटरको शरीरमा भएको रगतलाई विषाक्त बनाएको कुरा बैज्ञानिक रुपमै प्रमाणित भईसकेको छ । यसरी हेर्दा मानव शरीरमा विष फैलाउने हर्मोन भएजस्तै अमृत समान हर्मोनहरु पनि छन् । मानवीय शारीरिक संरचना अनुसार लगभग ८१० प्रकारका हार्मोनहरु सक्रिय रुपमा क्रियाशिल हुने कुरा औषधी विज्ञानमा प्रष्टयाइएको छ ।

चिन्तन रुपी भोजनको प्रभाव मानव मन तथा शरीर दुवैमा प्रत्यक्ष रुपमा हुने गर्दछ । जस्तो अन्न,उस्तै मन, जस्तो पानी उस्तै वाणी भन्ने पुरानो उक्तिलाई कदर गर्नु सर्वोत्तम उपाय हुनेछ । घटना तनाव होइन परन्तुु घटनासंग सरोकार मनोवृती नै तनावको कारण हो । नीतिले यही मर्मलाई आत्मसात गरेर मर्मस्पर्शी वाक्यांशलाई स्मृती दिलाएको हुन्छ । जस्तो हाम्रो दृष्टिकोण त्यस्तै सोचाई बन्छ । जस्तो हाम्रो सोचाई हुन्छ, त्यस्तै बुद्धि बन्छ । जस्तो हाम्रो बुद्धि हुन्छ त्यस्तै आवेग बन्छ । जस्तो हाम्रो आवेग हुन्छ त्यस्तै बुझाई बन्छ । जस्तो हाम्रो बुझाई हुन्छ त्यस्तै अनुभव बन्छ । जस्तो हाम्रो अनुभव हुन्छ त्यस्तै छनौट हुन्छ । जस्तो हाम्रो छनौट हुन्छ त्यस्तै मन बन्छ । जस्तो हाम्रो मन हुन्छ त्यस्तै शरीर बन्छ । जस्तो हाम्रो शरीर हुन्छ त्यस्तै संसार बन्छ । जस्तो हाम्रो मानसिक संसार हुन्छ त्यस्तै हाम्रो स्वास्थ्य बन्छ । अत ः प्रकृतिको नियमलाई पालना गर्दै सधै सन्तुलित सकारात्मक दवावमा रहनाले हामी सुखी, स्वस्थ्य सफल र खुुसी बन्न सक्छौं । तनाव जीवनको अनिवार्य पक्ष हो । यदि तनाव छैन भने निःसन्देह प्रगति हुंदैन तर तनाव सकारात्मक र राम्रो कार्यको लागि चुनौतीका रुपमा हुनुपर्छ । वास्तवमा सम्पूर्ण स्वास्थ्य बनाई राख्ने रुपमा साकार पार्नुछ भने तनाव व्यवस्थापन आवश्यक छ ।

विश्व विख्यात मनोवैज्ञानिक हेन्स सेलीको एउटा अनुसन्धानले स्पष्ट पार्दछ कि तनावको अन्तिम परिणाम भनेको नै आत्म हत्या हो । सयौंको संख्यामा आज यो क्रम बढीरहेकोछ जुन मानव सभ्यता कै कलंक हो । यस अभ्यासमा पुग्नका लागी मानसिक रुपमा ५ प्रकारका प्रतिक्रिया घटीसकेको हुनुपर्छ । स साना कुरामा अति संवेदनशील हुने, हिन भावनाले पछ्याइरहने, बारम्बार विगतका भए घटेका कुराहरुलाइृ विर्सन नसक्ने, लामो समयको अस्वस्थताका कारण मनोवल कमजोर वनाउने स्वभावले अन्ततः सहज तर स्थायी समस्याको उपाय आत्महत्याको सहारा लिने गरेको उदाहरण हाम्रो समाजमा पाइन्छ ।

तनावको श्रृंखला यसरी बढ्दै आत्महत्याको अवस्थामा समाप्त हुन्छ । S = Shock on the mind (मनमा पर्ने झट्का,चित्त दुखाई) T =Temper high/Low ,(शारीरिक तापक्रममा उतार चढाव) R = Restlessness (बेचैनी, छटपटी) E = Emotion high or low ,(भावविहीन) S = Senselessness (शुन्यको अवस्था) S=Suicide Tendency(आत्महत्या) ।। प्राकृतिक नियम वमोजिम फलामले फलामलाई सहजै काट्न सक्छ हिरालाई काट्ने पनि हिरा नै हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दे तनावलाई न्यूनिकरण गर्न सकिन्छ । तनाव आफैमा कुनै आपक्तिजनक विषय होइन केवल यस प्रतिको दृष्टिकोणलाई सकारात्मक एवं उत्पादनशीलतामा परिवर्तन गर्न सक्नुपर्छ । मानसिक अवस्थालाई मजवुत वनाउने हो भने हरेक तनाव एउटा अवसर एवं मार्गनिर्देशकका रुपमा सहयोगी हुनसक्छ ।

अव चर्चा गरौ तनाव व्यवस्थापनका लागि सुनौला सिद्धान्तहरु सम्वन्धमा :
१। जीवनको हरेक घटनामा कुनै न कुनै रूपबाट तपाईंलाई लाभ नै हुन्छ । परोक्ष वा अपरोक्ष रूपबाट हुनेवाला लाभको बारेमा नै सदैव सोचौं ।
२। भूतकालमा गरेको गल्तिहरूको पश्चात्ताप तथा भविष्यको चिन्ता नगरौं । वर्तमानलाई सफल बनाउनको लागि पूरा ध्यान दिऔं । आजको दिनमात्रै हाम्रो हातमा छ । आज रचनात्मक कार्य गरियो भने हिजोका गल्तिहरू मेटिनेछन् र भविष्यमा अवश्य लाभ हुनेछ ।
३। आफ्नो जीवनको तुलना अन्य व्यक्तिसँग गरेर चिन्तित नबनौं । किनकि यस विश्वमा तपाईं एक अनौठो विशिष्ट व्यक्ति हुनुहुन्छ । यस विश्वमा तपाईंजस्तो अरू कोही छैन ।
४। सदा याद राखौं, तपाईंलाई निन्दा गर्नेवाला तपाईंको मित्र हो किनकि जसले तपाईंसँग विनामूल्य एक मनोचिकित्सकले जस्तै तपाईंका गल्तीहरू र तपाईंका कमजोरीहरू तर्फ ध्यान औल्याउँछ ।
५। दुःख दिनेहरूलाई क्षमा गरौं तथा उनीहरूलाई भूलिदिऔं ।
६। सबै समस्याहरूलाई एकै साथ सुल्झाउने प्रयत्न गरेर निराश हुने नगरौं। एउटा समयमा एउटामात्र समस्याको समाधान गर्ने प्रयासमा जुटौं
७। जति हुनसक्छ अरूको सहयोगी बन्ने प्रयत्न गरौं । अरूको सहयोगी बन्नाले आÇना चिन्ताहरूलाई अवश्य भुल्न सकिन्छ ।
८। आउनेवाला समस्याहरूलाई हेर्ने दृष्टिकोण बदलौं । दृष्टिकोणलाई बदल्नाले हामी दुःखलाई सुखमा परिवर्तन गर्न सक्छौं ।
९। जुन परिस्थितिलाई हामी बदल्न सक्दैनौं, त्यस बारेमा सोचेर दुःखी नबनौं । याद रहोस्—समय एउटा श्रेष्ठ औषधि हो ।
१०। यो सृष्टि एउटा विशाल नाटक हो । जसमा हामी सबै पात्रहरू हौं । हरेक पात्रले आÇनो श्रेष्ठ भूमिका निर्वाह गरिरहेको हुन्छ । त्यसैले कसैको पनि पार्टलाई देखेर चिन्तित नबनौं ।
११। बदला नलिऔं बरु पहिला स्वयंलाई बदल्ने प्रयत्न गरौं । बदला लिने इच्छाले त मानसिक तनावमात्र बढ्दछ ।
स्वयंलाई बदल्ने लक्ष्य राख्नाले जीवनमा प्रगति हुन्छ ।
१२। ईष्र्या नगरौं बरु ईश्वरको चिन्तन गरौं । ईष्र्या गर्नाले त मन जल्छ ।ईश्वरको चिन्तन गर्दा मनले असीम शीतलताको अनुभव गर्दछ ।
१३। खुसी दिनाले नै खुसी बढ्छ, यसैले सबैलाई खुसी दिने प्रयत्न गरौं । कहिल्यै कसैलाई दुःख दिने विचारसम्म पनि नगरौं ।
१४। जब समस्याहरूको सामना गर्नुपर्ने हुन्छ तब यस्तो सोचौं बितेका कर्महरूको हिसाब–किताब चुक्ता भइरहेको छ
१५। आपूmमा रहेको सूक्ष्म अहंकारले मनको स्थितिमा असन्तुलन निर्माण गर्दछ । यसैले त्यस सूक्ष्म अहंकारको पनि त्याग गरौं । याद राखौं— खाली हात आएका थियौं र खाली हात नै फर्केर जानेछौं ।
१६। दिनमा चार–पाँच पटक दुई मिनट आफ्ना संकल्पहरूलाई साक्षी भएर हेर्ने अभ्यास गर्नाले चिन्ताहरूबाट मुक्त गर्नमा सहायक रूप बन्छ ।
१७। आफ्ना सबै चिन्ताहरूलाई परमपिता परमात्मामा अर्पण गरिदिऔं ।
१८। हरेक दिन थोरै समय भए पनि ईश्वरसँग योग मेडिटेशन गरौ । योगको अभ्यासबाट जो मानसिक एवं शारीरिक परिवर्तन आउँछ, त्यसबाट तनाव एवं चिन्ता टाढा हुन्छ र स्वास्थ्यमा वृद्धि हुन्छ ।

Stress is a state of Mind. Stress is due to Fear of Future, Worry about Past & not to so much due to present moment. त्यसैले मनको व्यवस्थापन वा सशक्तिकरण नै तनाव व्यवस्थापनको सहज उपाय हो । यसैगरी,तनावलाई कम गर्न संगीतप्रेमी वनौ,पानी वढी पिउने वा स्नान गरौ । आफ्नो तनावलाई डायरीमा लेख्ने वानी वसालौं,मन मिल्ने साथीसंग साट्ने गरौं । यसैगरी वसिरहेको ठांउ केहीवेरका लागि छाडौ र दिनमा एक पटक खुलेर हाँस्ने वानीको विकास गरौ । सन्तुलित भोजन,निन्द्रा र विश्राम पनि तनाव व्यवस्थापन गर्ने तरिका हो साथै हाम्रो जीवनशैलीमा परिवर्तन गर्ने र कम सोच्ने,काममा वढी व्यस्त हुने लगायतका कार्य पनि सहायक सिद्ध हुन्छन् ।

अहिलेको समय चारैतिर विश्वमा डर त्रास र अन्यौलताको वातावरणले निकै तनाव श्रृजना गरिदिएको छ । यद्यपी परिस्थितिलाई आन्तरिक मनस्थिति व्यवस्थित गरी धैर्य र संयमताका साथ अगाडी वढ्नुको विकल्प छैन । जीवन एक चुनौती हो विद्यमान महामारीको चुनौतीलाई समेत स्वीकार्नु हाम्रो वाध्यता हो । यस्तो जडित अवस्थामा तनावलाई व्यवस्थापन गरी हुनसक्ने अन्य संभावित शारीरिक दुर्घटनाबाट वच्न समेत जरुरी छ। ओम् शान्ति ।।।।

लेखक ब्रह्माकुमारीज मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र,घोराही दाङ्गका प्रवक्ता हुन् ।