कविता : नारी हुनु साँच्चै पाप हो ?
एउटाले जानेर गर्छ भूल
अर्काको सुक्छ खुसीको मूल
परापूर्व कालदेख
चल्दै आएको छ यो रीत
कतपियले सम्झने गर्छन्
यसैलाई आफ्नो जीत
तिमि र तिमि जस्तै महापुरुषहरु
गल्ती गर्ने गर्छौ
अनि सजाय एउटी नर्दिोष नारीले भोग्छे ।
नारी हो यसलाई हेर्ने मात्र होइन
यदी मिल्छ मौका भने
जिस्काउन पनि राख्नु हुन्न बाँकी
यही होइन तिमिले सोच्ने
र, तिम्रो कमजोर पक्ष पनि
जसलाई म खुलेर गर्छु घृणा
अनि बिरोध ।
एउटी नारी मितिले जिस्काउने
फुर्सदको समय सदुपयोग गर्ने
साधन बन्नु अघि सोच,
ऊ कसैकी छोरी
कसैकी बहिनी
कसैकी श्रीमती, बुहारी, र आमा पनि हुन्
नारीलाई बुझ्छौ भने मात्र
आफ्नी आमालाई पुज्छौ
तब मात्र राख्न सक्छौ आमाको मान,
सक्छौ गर नारीलाई सम्मान
सक्दैनौ छैन अधकािर
तिमिलाई गर्न अपमान ।
फेसबुकमा कुनै नारीलाई अनलाइन छ छैन खोज्छौ
झुक्किएर कसैलाई अनलाइन देख्नु मात्र पर्छ
अनि, हुन्छ शुरु तिम्रा एकोहोरो म्यासेज,
मिस्कल, अझ भिडियो कल
अरे यार,
समयको हेक्कासम्म हुन्न तिमिलाई
एउटा पशु पनि हुन्छ जानकार
रात र दिन बीचको भिन्नता
तिमि त त्यो भन्दा पनि गैभार
एउटी नारी
अनलाइन बस्नै हुन्न र ?
धरधन्दा सकेर
आफ्नो जिम्मेवारी पूरा गरेर
एकै छिनको फुर्सदमा
सामाजिक सञ्जालका गतिबिधि नियाल्नु
केही पल रमाउन खोज्नु
नारीका निम्ति ठूलै अपराध हो र ?
डराउनु पर्ने हामीले
हरपल, हरक्षण
आफ्नै मोबाइल चलाउन
कति समय डराउनु हामी
कति सुन्ने हो र गाली
त्यो पनि तिम्रो कारण
तिम्रा लागि होइन
फेसबुक खोलेकी नारीले,
समस्या अधकािंश नारीको साझा
कोही बोल्ने हम्मति गर्छन् खुलेर
कसैले चुपचाप सहन्छन् भुलेर ।
यति बुझिदिए पुग्छ महासय
तिम्रो म्यासेजको घण्टीले
म अनि म जस्तै
कति नारीको बढ्ने गर्छ धड्कन
त्यो पनि खुसीले होइन
भयले, त्रासले
कतै त्यो घण्टीको आवाजले
मेरो जीवनमा तरङ्ग त ल्याउन्न
अभिसाप बनेर बज्दै त छैन्
त्रासमय हुनु पर्ने
नारी भएकै कारण
बिना गल्ती
अन्जान हुँदा हुँदै
एउटी नारीका निम्ती
तिम्रो रमाइलो पर्न जान्छ भारी
सहनेको पनि सीमा हुन्छ हजुर
नगरेको गल्तीको सजाय
किन भोग्नु पर्छ नारीले ?
नारी हुनु साँच्चै नै पाप हो ?
पुरुषले गरेका प्रत्येक गल्तीहरु
हाँसेर सहन गरदनिुि पर्ने ?
तिम्रा गल्तीहरुलाई
कहिलेसम्म बाटोको
काँडा सम्झेर
पन्छाउँदै, तर्कदै
हिड्नु पर्ने हो नारीले ?
