Goraksha

National Daily

राष्ट्र र राष्ट्रियताको चिन्ता कसैमा छैन

भूपेन्द्र सुवेदी

नेपालको राजनीतिको अवस्था देख्दा, भोग्दा महामानव वीपी कोइरालालाई स्मरण गर्न मन लाग्यो । आजका नेताहरुले बुझ्न त केबुझ्लान् त्यही पनि मनको भावनासँग सोच्न र सम्झन मन लाग्यो । वीपी बाबुको व्यावहारिक राजनीतिको सन्दर्भमा उहाँका आकांक्षा र इच्छा त नेपालको राष्ट्रियता र नेपाली जनताको लागि उहाँले भन्नुभएको छ – ‘मेरो इच्छा हुन्छ कि नेपालका सबै जनतालाई एउटा कोट पाइयोस्, यो आदर्शको कुरा हो तर म आज सक्छु, गनलाई यहाँ एक लाख गजमात्र बन्दछ भने के म सक्छु ? दुई बित्ताको टुक्रा मात्र दिन सकिएला । त्यसो हुनाले आदर्शको कुरा गरेर आजै म सबैलाई कोट दिन्छु भने भने त्यो पूरा हुन सक्दैन, तर त्यो कोट दिलाउने प्रयत्न आजैदेखि हुनुपर्दछ, त्यो व्यावहारिक पक्ष हो, दिलाउन सक्तैन भनेर प्रयत्नै नगरेर बस्ने र आफू मात्रै दशवटा कोट लगाएर बस्ने होइन । त्यसो हुनाले मलाई यहाँ धेरैले उपदेश दिएका छन् । तिमी धेरै आदर्शवादी भयौ भनेर व्यावहारिक हुनुपर्‍यो भनेका छन् ।

मतलव सबैलाई कोट दिन सक्दैन भने सबै कोट गुटुमुटु पारेर आफैसँग राख । सबैलाई पैसाले पुग्दैन भने आफू महल बनाएर बस, त्यसलाई व्यावहारिक भन्दछन् । म त्यसैलाई व्यावहारीक भन्दैन ।म भन्दछु आजैदेखी थालौ आफना आदर्सहरुलाई पुरागर्ने प्रयात्न । मेरो बिचारमा त्योहो व्यावहारिक राजनीति भन्ने उहाँको उहिलेको दूरदर्शीताको राजनीतिक चिन्तन आजसम्म कुनै पार्टीका नेताकार्यकर्ताहरुले पालना गरेनन् ।

गरेको भए आज राष्ट्रको राष्ट्रियता, नेपाली जनता, नेपालको राजनीतिको अवस्था यस्तो अवस्थामा रुमलिने थिएन । महामानव वीपी कोइरालापछिको दलीय नेतृत्वले कुन दलका प्रधानमन्त्रीहरुले राष्ट्रको र नेपाली जनताको निष्पक्षतामा काम गरे ? जो-जो पार्टीको नेतृत्वमा सरकार चल्यो उसले खाली आफ्नै र आफैको उन्नतिमा लागे र केही आफूसँग विचार मिल्नेहरुलाई मात्र छानी-छानी व्यवहार गरेको हामीले देखेका छौँ र भोगेका छौँ ।

विचार नमिल्नेले राम्रै काम गर्न खोजे पनि सुनुवाई भएको छैन । यसकारण जो बाम शक्तिका अगुवा पुष्पलाल र नेकाका महामानव वीपीको सैद्धान्तिक पक्षले यसो भनेको छैन । खाली जनताको भलाईको लागि र देशको विकासको लागि उहाँहरुले बसालेका जग नीतिनिर्माणहरु आजका नेताहरुले सबै भत्काएर आ-आफनो स्वार्थमा व्यस्त भएको कारण हो । जनताको आक्रोश, जनताको अवस्था विकराल स्थिति छ तर सरकार खाली हल्लाको भरमा चलेको छ ।

वर्तमान राजनीतिक गतिविध केवल प्रचार र लेखन शैलीले चलेको छ । जस्तै वर्षको एकपटक बाम विचारधाराको नेताहरुले केवल पुष्पलाल र नेपाली कांग्रेसका नेताहरुले केवल वीपी स्मृति, पुस्पलाल स्मृति दिवसमा नेता-कार्यकर्ता भेला भएर सय पचास विरूवा रोपेर वृक्षारोपण स्मृति दिवस मनाइन्छ । सालैपिच्छे तर यस्तो वृक्षारोपण कार्यक्रम मेरो जानकारमा जहाँसम्म २०३५।

२०३६ सालदेखि निरन्तर हुँदै आएका हुन् । तर जो-जसले जहाँ-जहाँ त्यस्तो वृृक्षारोपण धेरै भएको हो । त्यो स्थानमा हामीले हाम्रा नेताहरुको सम्झनाका वा स्मृति दिवसमा वृक्षारोपण गरेका हौँ । ती विरूवा कति बाँचे र कति बचाउन सकियो ? त्यसको लेखाजोखा हामी गर्‍यौँ वा गरेका छैनौँ ? ती दिवसमा गरिएको वृक्षारोपणको अवलोकन गरेको भएर सबै विरूवा बचाउनसकेको भए आज महामानव नेताहरुको स्मृति दिवसमा गरिएको वृक्षारोपणले दाङ उहीले हराभराले भरिपूणर् हुने थियो र सालैपिच्छे सरकारी रकम खर्चिएर वृक्षारोपण गरिरहनुपर्ने थिएन होला ।

यस्तै नेपाल सरकारको वार्षिक कार्यक्रममा विगतदेखि आजसम्म सरकारी कार्यालय तथा अन्य संघसंस्थाको हाताभित्र गरिँदै आएको वृक्षारोपण कार्यक्रमको अवस्था पनि भण्डै-झण्डै उस्तै अवस्था छ । वृक्षारोपण गरिसकेपछि मर्‍यो या जाग्यो अनुगमन गर्ने, गोडमेल गर्ने, सिंचाई गर्ने निरन्तरता कहिले पाएको छैन । गोडमेल र सरसफाई भनेको एउटा नेपाली सेनाको एरिया, अर्को नेपाल प्रहरीको एरिया, अर्को जिल्ला प्रशासन त्यहाँ प्रत्यक्ष प्रहरीको निरन्तरता उपस्थितिको कारण तर आज हेर्नुस् अन्य कार्यालयको कम्पाउण्ड एरियाको अवस्था तर संसार गफमा व्यस्त छ ।

महामानव वीपी र पुष्पलालको आकांक्षा र विचारअनुसार नेपालको प्रजातान्त्रिक शक्ति र बामपन्थी शक्ति दुवैले उहाँहरुको निर्दष्ट बाटोमा चल्नसकेको भए आज आप्mनै घरका आप्mनै सन्तानले आफ्नै घरमा आगो लगाउने थिएनन् होला । आप्mनै घरमा सधैँको झैझगडा हुने थिएन । हामी घरमै नलडेको भए पराइले हामीलाई यसरी हेप्ने थिएन र नेपालको भूमिमा अतिक्रमण गर्ने थिएनन् । आज नेताहरुको आ-आप्mनै पार्टीभित्र झगडा मच्चिएको छ ।

सरकारमा रहेर राज्य सञ्चालन गर्ने व्यत्तित्वहरुले सबै जनताको मनसाय बुभ्mन नसक्नु र जथाभावी अनियमितता गरेको अवस्था छ । नेताहरुले नागरिकको भावना बुभ्mन आवश्यक छ । बोल्ने बेला गरिब जनतालाई प्रलोभन देखाउने र पार्टीको घोषणापत्र अनुसार कुनै पनि पार्टीका नेताहरुले आप्mनो इमानदारिता पूरा गरेको अवस्था छैन । हाम्रो आर्थिक पुँजीले नभ्याउने भए किन जनतालाई आस्वासन दिनु ? आपूmसँग जे-जति पुँजी छ त्यसको लागि रीतपूर्वक व्यवस्थापन गर्नु भनेकै माथि उल्लेख गरेको महामानव वीपी कोइरालाको व्यावहारिक राजनीतिमा आजैदेखि थालौँ । व्यावहारिक राजनीतिमा आदर्शहरुलाई पूरा गर्ने प्रयत्न भने र उहाँको आकांक्षामा त कोही चल्नसकेका छैनन् । देश र जनताको लागि अब कसैले सोच्नेवाला छँदै छैनन् ।

खाली आ-आप्mनो स्वार्थ र नाताकुटुम्ब र घरपरिवार, पारिवारिक राजनीतिको चपेटामा गम्भीर तवरले फसेको छ । अब नेपालमा त्रिपक्षीय राष्ट्रहरुको इसारामा चल्दाको परिणाम हो । यो अवस्था विगतदेखि नै हाम्रा नेताहरुले नै भिœयाएका हुन् । भारतको शरणमा पुग्ने व्यवस्थाले नेपालको राजनीति संकटमा परेको हो । आजको देशको कहालिलाग्दो समस्याको समाधानको लागि सबै पार्टी सबै नेता एकजुट भएर समस्याको समाधान गर्नुपर्नेमा आ-आप्mनो स्वार्थमा लागेर रातो दिन जनताको सामू तमासा देखाएका छन् ।

अबको देशको आजको कोरोनाको समस्या, सीमा विवादको समस्या, आजको बाढीपहिरो, डुबानबाट हजारौँ नागरिकको ज्यान गएको छ र हजारौँको संख्यामा लाश बेपत्ता छ । अर्बौंको कृषि नदी कटानले र सलहले नष्ट पारेको छ । तर देश बनाउने तम्सिएर राज्य चलाउन पुगेका नेताहरु आज आ-आप्mन पार्टीभित्रको किचलोमा व्यस्त छन्, यसको परिणाम भोलि के आउने हो ?

तर अब आम नागरिकले जनताको लागि र राष्ट्रको लागि राजनीति गरेको होइन रहेछ र खाली आ-आप्mनो स्वार्थको लागि मात्र रहेछ । राजनीति गरेको कसैको वास्ता छैन । एउटा नेताका १०/१२ जना परिवार आफन्तलाई सरकारमा भित्राएर नपुगेर प्राप्त भएको लोकतान्त्रिक अधिकार समेत धरापमा पार्दैछन् र यिनीहरुलाई नेपाली जनताको माया भएको भए त्यत्रो विधि जनताको हत्या किन गर्दा हुन र ? यस्ताको आश गर्ने नेपाली जनताले अब सोच्नेबेला आएको छ ।

अब समयमै सोचौँ एक दिनको गल्तीले सधैँभरि रुन नपरोस् र अबको राजनीतिक निकाश नेपाली जनताकै हातमा छ । तर सही तरिकाले उपयोग गरौँ र यो न त दिशा गर्ने न त बाटो छोड्ने, उमेर पाकेका अहमकारी निर्दयी विचार बोकेका भुत्ते खुकुरी जस्ताहरुलाई साइड लगाएर प्रत्यक्ष राष्ट्रपति र प्रत्यक्ष प्रधानमन्त्री स्वयम् नेपाली जनताले छान्नु पर्दछ ।

त्यसमा विज्ञ, प्राचार्य, शिक्षक, युवाहरुको जमातले नेतृत्व लिने र पुरानो असल सोच भएका व्यक्तित्वहरुलाई अविभावकको जिम्मा दिने र आजको भ्रष्टहरुको सञ्जालमा अनुसन्धानको राम्रो व्यवस्था हुन जरुरी छ । जस्तै न्यायालयको अवस्था हेर्नुस् हिजो आप्mनै श्रीमतीको हत्यारा घोषित रञ्जन कोइरालाको २० वर्ष कैद घोषणा गर्ने न्यायालयले आज किन मात्र आठ वर्षमै रीहा गर्न वाध्य पर्‍यो ? को छ यो देशमा न्यायालयभन्दा माथि ? त्यसको खोजी गरौँ र त्यस्ताको नागरिक अगाडि भण्डाफोर गरौँ मात्र देशको कानुनी राज्यले सार्थकता पाउला र नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश जाला ।