calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

राजनीतिले बिराएको बाटो

मधुसूदन सुवेदी

नेपालको राजनीति पटक–पटक विवादमा परेको छ र त्यसमाथि देश र जनताको वितृष्णा बढेर जानाले परिवर्तनसमेत गर्नुपरेको छ । २००७ सालअघि र पछि गर्दै आजसम्म पनि हेर्र्दै र नियाल्दै जाने हो भने नेपालको राजनीति विवादित नबनेको इतिहास नै छैन । यसो हुनुको कारण नेपालको राजनीतिक व्यवस्था नै कमजोर भने पक्कै होइन । नेपालको राजनीति सञ्चालन गर्ने, चलाउने वा हाँक्ने सारथी नै कमजोर हुनु आजसम्मको मूल समस्या हो ।

अर्थात नेपालको बदलिँदो राजनीति सम्हाल्ने प्रमुख व्यक्तिले नै राजनीतिको बाटो बिराउनु प्रमुख समस्या हो । यतिबेलाको नेपालको राजनीति तथा संविधान एक उत्कृष्ट हुँदाहुँदै पनि किन यति राजनीतिक विकृत र विसंगति बढ्दै छ ? यो आफैमा गहन प्रश्न हो । जब नेपालको राजनीति हाँक्ने सारथी नै गन्तव्यहीन बन्दछ तबसम्म यो समस्या देखा पर्दछ । नेपालको राजनीति लोकतन्त्र, गणतन्त्र, समाजवादी, प्रजातन्त्र, समावेशी, जनवादी जे–जे भने पनि यो एउटा नयाँ सवारी साधनजस्तै हो ।

जति रामो मोडेलको, जति खरिद गरे पनि, भित्र्याए पनि त्यो गाडी आफै त पक्कै गुड्दैन । त्यसलाई गुडाउन र गन्तव्यस्थलमा पु¥याउनका लागि त गाडीअनुसार चालक अर्थात् ड्राइभर त पक्कै चाहियो । त्यो ड्राइभर कति कौशल छ र कति गाडीसम्बन्धी जानकार छ ? भन्ने विषय नै प्रमुख हो । यदि गाडी चालक कुशल, दक्ष, अनुभवी र चारित्रिक छ भने त्यो नयाँ गाडी कैयौं पुस्ता चल्न सक्छ, चलाउन सक्छ र मानव सेवामा समर्पित हुनसक्छ । यदि गाडी चालक नै असभ्य र गन्तव्यहीन छ भने गाडी चलाउको एकै घण्टामा पनि भीर, खाल्डो, नदी, खोल्सा, पहाड आदिमा खसाएर वा ठोक्काएर काम नलाग्ने बनाउन सक्दछ ।

त्यसकारण हामीले सवारी साधन जति चिल्लो र आकर्षक छ, त्यत्तिकै त्यसको चालक चिल्लो र चमकदार छ कि छैन ? हेर्नुपर्दछ र विचार्नुपर्दछ । यदि चालक असल र दक्ष छ भने पुरानै गाडी पनि नयाँ गाडीसरह सेवा दिने बनाउन सक्दछ । तसर्थ कुरा के हो भने राजनीतिले बाटो बिराउनु भनेको राम्रो होइन । राजनीति जतातिर ढल्कनुपर्ने हो त्यतातिर ढल्किएन भने त्यो पक्कै पनि दुर्घटनामा पर्दछ । वर्तमान राजनीीतले अनेकौं बाटाहरु बिर्सिएको छ, भुलेको छ, चुकेको छ, गुमाएको छ र गन्तव्यहीन भएको छ । राजनीति जतातिर जानुपर्ने हो र जतातिर लम्कनुपर्ने हो त्यतातिर गएको छैन र लम्केको छैन । विकासका र समृद्धिका कुरा गर्दा पनि जो अति आवश्यक र छोटो समयमा विकास हुनुपर्ने र गर्नुपर्ने हो त्यतातिर ध्यान छैन । जो अति लामो समय लाग्ने र धेरै उच्चस्तरको विकास हो, त्यतातिर ध्यान दिइएको छ ।

अर्थात् ५ महिनामा सम्पन्न गर्ने विकास पहिले गर्ने कि ५ वर्षमा सकिने विकास सम्पन्न गर्ने ? १० महिनिामा सम्पन्न हुने विकास पहिले गर्ने कि १० वर्षमा सम्पन्न हुने विकास पहिले गर्ने ? त्यसकारण यहाँ जो अत्यावश्यक र छोटो समयमा सम्पन्न हुन सक्छन् त्यसलाई ध्यान दिइएको छैन र प्राथमिकतामा राखिएको छैन । अर्थात् भउका र चालु भएका सडकहरुको सम्हार, स्याहार र स्तरोन्नति नै नगरे नयाँ बाटो खन्ने योजना बनाउनु राम्रो होइन । पहिले हामीसँग जे छ त्यसलाई थप मजबुद, बलियो, भरपर्दो र मापदण्डमा आधारित बनाऔं । हामीसँग भएका सम्पूर्ण पुराना योजना सम्पन्न गर्ने दिशामा जाऔं । नेपालमा भएका पुराना उद्योग, कलकारखानालाई पुनः सञ्चालनमा ल्याऊ ।

नेपालमा भएका प्राकृतिक स्रोतको पहिचान गर्दै त्यसको उत्खनन् र उत्पादनमा ध्यान दिऔं । नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाऔं । नेपालको जल सम्पदालाई पूर्णरुपले प्रयोगमा ल्याऊ । नेपालको गरिबी दरलाई घटाऊ । नेपाली जनताको स्वास्य अवस्था र सरदर आयुको आँकलन गरी स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाऊ । नेपालको युवा–युवती विदेशिने वातावरण सिर्जना नगर । नेपालको भूमि र माटोलाई सबैले माया–प्रेम र भक्तिभाव राख्ने वातावरण सिर्जना गर । देशप्रेम र देशभक्तिको पाठ सिकाऔं । नेपालका दुर्गम बस्ती तथा गाउँमा शहरको सेवा विस्तार गर । सडक मार्गभन्दा हवाइमार्गलाई विस्तार र सर्वपहुँच बनाऔं ।

कृषिमा प्रयोग हुने बीऊ, मल, जल, औजार, ज्ञान, प्रविधिलगायत भूमिको समेत हकअधिकार ग्यारेन्टी गर । खेत जोत्ने मान्छे भोकै र घर पोत्ने मान्छे पाखै बस्ने स्थिति नबनाऔं । यति गरेपछि मात्र नेपालको राजनीतिले बाटो बिराएको ठहर्दैन । अन्यथा जति काम गरे पनि उस्त्ै हो । आज देशमा किन राजनीतिप्रति सन्तुष्टि बढ्न सकेको छैन ? के व्यवस्था नै राम्रो नभएर हो त ? कदापि होइन । किमार्थ होइन । राजनीति हाँक्ने सारथी योग्य नभएर हो ।

राजनीति हाँक्ने चालक दूरदर्शी नभएर हो । राजनीति सञ्चालन ग र्ने व्यक्ति, सञ्चालक महत्वाकांक्षी भएर हो । राजनीति डो¥याउने अग्रव्यक्ति गन्तव्यहीन भएर हो । राजनीति चढाउने व्यक्ति चालक ठीक नहुनाले हो । राजनीतिको कुर्सी र पदमा बस्ने व्यक्ति कुहिरोको काग भएर हो । राजनीीत गर्ने प्रमुख व्यक्तिले नै राजनीतिको बाटो बिराएको हो । यति आजसम्म ठीक बाटो र मार्गमा लागेको र जागेको भए देशमा यो राजनीतिको पटके विकल्प खोजिने र रोजिने थिएन । यहाँ हामीलाई पटके र चटके राजनीति किन चाहियो ? राजनीतिले बाटो बिराएको कारणले गर्दा नै हो ।