मेरो खुशी : नगरपालिकाले दिएको सम्मान …

  •   
  •  

शालीन, भद्र सधैँ सामाजिक कार्यमा रुचि राख्ने व्यक्ति होस् या गाउँघर, व्यवसायिक वा जुनसुकै कार्यमा उनी दिएको जिम्मेवारी पूरा गर्ने व्यक्तित्व हुन् । आफ्नो कामले अरूको विश्वास बटुुल्न सक्षम युवाको नाम हो ।

मिजासिला सरल सबै अग्रजप्रति सम्मान तथा आदरको भावना भएका सहयोगी तुलसीपुर उपमहानगरपालिका वडा नं. ६, दाङ निवासी सन्तोष न्यौपाने सधँै खुसीका साथ आफ्नो कर्ममा लाग्ने गरेका छन् । आफ्नो जीवनमा आरोह अबरोह तथा विभिन्न कठिनाइ एवम् समस्या आए पनि आफूले सत्कर्मका साथ काम गर्दा त्यसको सफलता मिल्ने भन्दै उनी सधैँ आफ्नो कार्यमा खुसी हुने बताउँछन् ।

खुसी खोज्ने हो खुसी आफैभित्र हुन्छ खुसीको लागि कहिँ पनि जानु नपर्ने मुस्कुराउँदै उनले भने– सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १४ माल्नेटामा जन्मेका न्यौपानेले माल्नेटाको त्रिभुवन जनता माध्यमिक विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरेका थिए सालिन लगनशील व्यक्ति सल्यानमा बस्दासम्म विद्यालय बाहेकको समय घरको कामहरूमा रमाउँदै पढ्दै गरेको बताउछन् । विसंं २०५२ सालमा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ डुरुवामा बसाइ सरी आएपछि अध्ययनको लागि श्री बालमितेरी माध्यमिक विद्यालयमा फेरि कक्षा ७ मै भर्ना भइ् आफ्नो अध्ययन सुरु गरेको बताउँछन् ।

दिउँसो विद्यालय जाने बिहान र साँझ खेती किसानी गर्दै कक्षा १० सम्म अध्ययन गरी २०६१ सालमा सोही विद्यालयबाट एस.एल.सी. उत्तीर्ण गरेको बताउँछन् । उनी एस.एल.सी. उत्तीर्ण भएपछि उच्चशिक्षाको लागि घोराही उपमहा नगरपालिकाको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भइ बिहानको सिफ्मा अध्ययन गर्दै आउँदा उनी पढाइसँग सँगै प्राविधिक शिक्षा पनि सँग–सँगै सिक्नको लागि घोराहीमा रहेको प्युठान डट कम कम्प्युटर इन्ष्टिच्युटमा कम्प्युटर सिक्नको लागि भर्ना भए ।

बिहान क्याम्पस र दिउँसो कम्प्युटर सिक्न थाले बिहान क्याम्पस जाँने र दिउँसो कम्प्युटर जाने भएको हुँदा बिहानको खाना उनले ६ महिनासम्म नखाई कम्प्युटर मै तल्लीन हुँदै इन्ष्टिच्युट कै उत्कृष्ट विद्यार्थीको रूपमा छनौट भइ त्यसैमा कम्प्युटर सिकाउँदै आफूले सिक्दै गर्न पाएकोमा खुसी व्यक्त गर्छन् ।

सन्तोष संगीतमा पनि रुचि राख्ने व्यक्ति भएको कारण उनले घोराहीमा रहेको रेडियो स्वर्गद्वारी एफएममा करिब १ वर्षसम्म रेडियोको दोहोरी कार्यक्रममा बाध्य बादनको रूपमा मादल बजाइ त्यहाँ पनि आफ्नो नाम राख्न सफल भएको भन्दै खुसी व्यक्त गरे । आफूले केही गर्नुपर्छ भन्ने भावना भएको सन्तोषले त्यही घोराहीमा एउटा कम्प्युटरसम्बन्धी जागिरमा मासिक रु. २५००।– मा आवद्ध भएको बताउँछन् ।

विभिन्न समस्यासँग जुध्दै सङ्घर्ष गर्दै आएको उनले क्याम्पसमा अर्थशास्त्र विषयमा आइए गरेपछि कम्प्युटरसम्बन्धी जागिरको लागि सल्यानको श्रीनगरमा रहेको कलर ल्याबमा गइ करिब ५ वर्ष काम गरी सल्यानमा आफ्नो नाम राख्दै फेरी दाङको तुलसीपुर स्थित त्रिसिद्धेश्वरी अफसेट प्रेसमा वि.स. २०६८ सालमा कम्प्युटर अपरेटरको रूपमा जोडिए आफ्नो काममा तल्लीन हुँदै अहिले उनी तुलसीपुर क्षेत्र मै आफ्नो नाम र इज्जत उच्च राख्न सफल भएका खुसी व्यक्त गरे ।

आफूले सिकेको सिप अरूलाई सिकाउनु पर्छ भन्ने मानसिकता बोकेका सन्तोषले शिक्षण पेसा पनि अङ्गाल्नको लागि छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौर, सल्यानमा रहेको भानुभक्त माध्यमिक विद्यालयबाट नेपाली विषय लिइ आइ.एड. गरेको बताउँछन् । शिक्षक बन्न रुचि भएका उनले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा समावेश भइ अध्यापन अनुमति पत्रको परीक्षामा सफल भएका भन्दै अर्को खुसी प्राप्त भएको बताए ।

उनले त्यति मात्र होइन संगीतको पनि रुचि राख्ने व्यक्ति हुन् । उनलाई मादल केही कार्यक्रम भएमा मादल बजाउनको लागि अहिले पनि तुलसीपुरमा खोजी गर्ने गरेको पाइन्छ । उनले बजाएको खमारीले मोरेको मादलले विभिन्न साङ्गितिक कार्यक्रमलाई थप रोचक बनाउँछ ।  अहिले पनि उनी दिन भर सधै कम्प्युटरमा नै व्यस्थ हुन्छन् । उनीसँग पालो पर्खेर बस्दा पनि पालो नै नपाइने स्थिति अहिले पनि रहेको छ ।

उनका धेरै साथीहरू यूरोप अमेरिकादेखि विदेशमा समेत पुगी सकेका छन् तर सन्तोषले भने धेरैलाई काम गरेर सन्तोष गराउने गरेका छन् । आफ्नै देशमा आफ्नो सिप बेचेर उनी कर्ममा तल्लिन छन् । सधै खुसी र सतकर्ममा लागेर सबैलाई रिझाएका सन्तोषलाई नखोज्ने मान्छे बिरलै होलान् । मुस्कुराउँदै हरेकका डिजाइनदेखि कृति, लेख रचना र आलेख र छापासम्बन्धी काम गरेर सबैलाई खुुसी तुल्याउने सन्तोषको खुसी पनि अरूको सेवामा लाग्दा लाग्ने गरेको बताउँछन् । उनको दैनिकि ग्राहक र सेवाग्राहीहरूलाई खुसी गराउँनुु नै हो ।

सानैदेखि कम्प्यूटरमा दखल राख्ने सन्तोषका खुसीहरू धेरै छन् । उनको खुसीका बारेमा कुरा खोल्दा उनी निकै हौसिए । ‘सेवाग्राहीलाई सन्तुष्टी र सेवा दिनु मेरो खुसी हो’ जीवनका उकाली ओरालीहरूमा दुःखसँगै धेरै खुसीहरू पनि छन् उनले भने । उनले पहिलो खुसी नगरपालिकाबाट सम्मान पाएको लाई लिए । उनी तुलसीपुरमा नामुख डिजाइनर र कप्युटर अफरेटर हुन् । करिब १४ वर्षदेखि त्रिसिद्धेश्वरी अफसेट प्रेसमा आफ्नो कर्म गरिरहेका सन्तोषलाई नखोज्ने र न रुचाउने मान्छे सहायत कमै होलान् ।

शिक्षक, कर्मचारी, वकिल पत्रकारदेखि प्रतिष्ठीत व्यक्तिहरू उनकै खोजीमा हुन्छन् । स्वदेश मै आफ्नो कर्म थलो बनाएका सन्तोषको विदेश मोह भने पटकै छैन् । उनले सरकारी कार्यालयहरूमा कम्प्युटर अपरेटरको अफर आउँदा पनि जागिर नखाएको बताउँछन । यहि बसेर आफ्नो काम र नाम कमाउन पाउँदा उनी खुसी भएको बताउछन् । विदेशी भूमिमा रगत पसिना बगाउनुभन्दा स्वदेश त्यो पनि आफू जन्मे कै ठाउँमा सबैको सेवा गर्न पाउँदा आफूलाई खुसी लाग्ने गरेको सन्तोष बताउँछन् ।

विदेश गएर अर्काको भूमि माताको हावामा काम गरी आफ्नो सिप बेच्नुभन्दा यहि स्वदेश मै आफ्नो कर्म गरेर सिप देखाउन पाउँदा पनि मलाई निकै खुसी लाग्छ सन्तोषले भने । उनले आफ्नो कर्म र काम गरे वापतवी भिन्न स्थानमा पुरस्कृत हुन पाउँदा तथा सङ्घ संस्थाहरूले सम्मान गर्दा अझै त्यो सम्मानले आफूलाई प्रेरित गरेको उनी बताउँछन् ।

सन्तोषले भने मैले मिति २०८०÷०३÷३० गते बागचौर नगरपालिकाको ११औँ नगरसभाबाट सम्मान तथा पुरस्कृत हुँदा निकै खुसी लागेको थियो उनले भने । त्यो दिन उनका लागि निकै अविस्मरणीय क्षण बन्यो । सम्मानित भएपछि उनले साथीभाइलाई सामान्य मिठाइ समेत खुवाए । परिवारमा खुसी साटे । उनी भन्छन्, खुसी कर्मको फल हो, भाग्यको खेल होइन । भाग्यमाभन्दा कर्ममा विश्वास गर्नु नै खुसी हो । प्रस्तुती ः बालाराम खड्का