Goraksha

National Daily

तुलसीपुरको ज्ञानदीप कलेज प्रदेशमै उत्कृष्ट

सन्तोष केसी

तुलसीपुर,१६ असोज । दाङको तुलसीपुरमा रहेको ज्ञानदीप कलेज लुम्बिनी प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

विज्ञान संकायको (विएस्सी) स्नातक तह चौथो वर्षको परीक्षामा छात्रातर्फबाट स्वस्तिका विष्टले लुम्बिनी प्रदेशमा प्रथम स्थान ल्याउन हुनु भएको हो ।

शैक्षिक सत्र २०७९/८० मा भएको विज्ञान संकायको (विएस्सी) स्नातक तह चौथो वर्षको परीक्षामा ८५ दशमलव ८ प्रतिशत अंक ल्याएर लुम्बिनीमै प्रथम स्थान हासिल गर्न सफल भएको कलेजका प्रिन्सीपल सुरेन्द्र जिसीले जानकारी दिएका छन् ।

त्यस्तै स्वस्तिकासहित सोही संकायमा अध्ययनरत शतप्रतिशत विद्यार्थीहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन सफल भएका हुन ।

यस कलेजले वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञानदीप कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ । यस कलेजमा अध्ययन गरिसकेका विद्यार्थीहरु देश बिदेशमा बिक्न र टिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक सस्थाको रुपमा स्थापित हुदै आएको छ ।